Tag Archives: पर्बत

parbat

Baglung Kalika

बडा दशैँको टीकाको उत्तम साइत विहान ८ बजेर ४५ मिनेटमा !

बागलुङ, २०७३ असोज २५ । नेपालीहरुको महान पर्व विजया दशमी मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदै छ । विजया दशमीको टीका लगाउने साईत आज असोज २५ गते मंगलबार विहान ८ बजेर ४५ मिनेट जाँदा उत्तम रहेको ज्योतिषीहरुको ठहर छ ।

नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले मंगलबार बिहान ८ बजेर २५ मिनेट जाँदा दुर्गा बिसर्जन गर्ने साइत रहेको बताएका छन् ।

अध्यक्ष गौतमले आम सर्वसाधारणले टीकाको साइत हेर्नु नपर्ने बताएका छन् । अध्यक्ष गौतमका अनुसार टीका थाप्ने व्यक्ति पश्चिम दिशामा र टीका लगाइदिने व्यक्ति पूर्व दिशामा फर्केर टीका लगाइदिँदा उत्तम हुन्छ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीकको रुप लिएका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।

बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानै देखी विजया दशमीको टीका लगाउनेहरुको भीड लाग्छ ।

Sammaab

बृद्धबृद्धा, अशक्तहरु प्रति अवहेलनाले भरिएको बिचार शिक्षाको देन !

माधब पराजुली, पर्वत २०७३ असोज २२ । जेष्ठ नागरिकहरुलाई सम्मान नै राष्ट्रको समृद्धी हो भन्ने नाराका साथ पर्वत जिल्लाको २ नं निर्वाचन क्षेत्रका २९ वटै गाविसका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने अभियान शुरु गरेका पर्वत क्षेत्र नम्वर २ का सांसद विकास लम्सालले उक्त अभियान जारीनै राखेका छन्।

दुई वर्ष अगाडीदेखि शुरु गरेको अभियान अन्तर्गत साँसद लम्सालले शुक्रबार खानीगाउँ गाविसका १८१ जना जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

गाविसको तथ्याङ्कका आधारमा ७० वर्ष माथिका जेष्ठनागरीकहरु लाई सम्मान गरिएको सांसद लम्सालले बताए । गाविसको वडा नं.२ मा आयोजित एक कार्यक्रमका अवसरमा बृद्धबृद्धाहरुलाई दोसल्ला र खादा ओढाएर सम्मान गर्दै लम्सालले गाउँमा भएका जेष्ठ नागरिकहरु आफ्नै सदस्यबाट अपहेलित भएका बेला सम्मान गर्दा सम्मानित जीवन जिउन प्रेरणा मिल्ने भएकोले आफुले यस्तो कार्यक्रम ल्याएको स्पष्ट पारे ।

हाल सम्म ७ गाविसका जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिसकेका सासंद लम्सालले पछील्लो समय बृद्धबृद्धाहरुलाई सम्मानको भाव तिब्र रुपमा लोप हुर्दै गएको बताए । शिक्षाबाट संस्कार बन्ने र संस्कारबाट बिचार बन्ने भन्दै सांसद लम्सालले बृद्धबृद्धा अशक्तहरु प्रति अवहेलनाले भरिएको बिचार शिक्षाको देन भएको धारण राखे । शिक्षा प्रणालीमा बुढा पाकाहरूलाई सम्मान गर्ने शिक्षा दिने जस्ता कुराको स्थान हुनुपर्नेमा पनि सांसद लम्सालले जोड दिए ।

कार्यक्रमका अवसरमा बोल्दै सम्मानित बृद्धा पबित्रा लम्सालले सांसदको तर्फबाट पाएको सम्मान आफूहरुका लागि स्मरणीय हुने भन्दै खुशी व्यक्त गरेकी थिईन् ।

यसैवीच नेकपा एमाले गाउँ कमिटि खानीगाउँ पर्वतले बिजया दशमीको अवसर पारेर शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । दशैँको अवसरमा सांसद बिकास लम्सालको बिशेष उपस्थितीमा स्थानीए जन समुदायको बिच शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमा बोल्दै सांसद लम्सालले धार्मिक तथा जातीय विविधतासँगै बहुसांस्कृतिक महान चाडहरु दशैँ,तिहार नेपालीको साझा चिनारी भएको बताउदैँ नेपालीको महान चाडहरु लाई संरक्षण र संवद्र्धन गर्नु सबैको प्रमुख दायित्व भएको बताए । हिन्दुनेपालीहरुको महान चाड दशैँ लाई हर्ष उल्लासका साथ मनाउन आग्रह गर्दै आफ्नो क्षमता अनुसार दशैँमा खर्च गर्नुपर्नेमा जोड दिए ।

फरक प्रसंगमा लम्सालले राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेसहोल्डका लागि संशोधन प्रस्ताव दर्ता गरेको जानकारी दिदैँ १० प्रतिशत थ्रेसहोल्ड राख्नुपर्नेमा जोड दिए । राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेस होल्डको प्रावधान राख्न यो समयमा जरुरत भएको भन्दै लम्सालले यस सम्बन्धि बिधेयक प्रस्ट नल्याए अनावश्यक पार्टी खोलेर देशलाई राजनितिक अस्थिरता तर्फ ढल्काउने परिपाटीको बिकासहुने बताए ।

उनले देशलाई सम्मृद्धी तर्फ लैजान तथा बिकासोन्मुख गराउनको निम्त्ति राजनीतक दल एक हुन जरुरत रहेको बताउदै एक राजनीतीक दल ले १० प्रतिशत मत पनी ल्याउन नसके राष्ट्रिय पार्टी हुन नसक्ने बिधयेक प्रस्ट ल्याउनुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमाले पर्वत जिल्ला कमिटिका पुर्व अध्यक्ष मोती पौडेल,नेकपा एमाले जिल्ला कमिटि सदस्य मञ्जु अधिकारी,एन.आर एन क्यानडाका सचिब सुमन पौडेल, अनेरास्वबियु जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्र पौडेल,लघुउधमी केशा परियार,भवानी बिधा पिठ उ.मा.बि.का प्राचार्य अर्जुन कुमार रेग्मी,समाज सेवी दुर्गा दत्त लम्साल,निलकण्ठ शर्मा, सांसद लम्सालल पुत्री योजना लम्साल लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

नेकपा एमाले गाउँ कमिटि अध्यक्ष खानीगाउँका अध्यक्ष नारायण लामीछानेको अध्यक्षता, अनेरास्वबियु जिल्ला कमिटी सचिब बिक्रम जि.सी.को स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नेकपा एमाले गाउँ कमिटि उपसचिब लकास सुवेदीले गरेका थिए ।

parat

पर्वतमा मनाईयो ६१ औ प्रहरी दिवस !

पर्वत २०७३ असोज २० । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा सदरमुकाम कुस्माबजारमा ‘समाजको चौतारी छ राष्ट्रको छहारी, नागरीक सुरक्षा नै हाम्रो जिम्मेवारी’ भन्ने मुल मन्त्रका साथ कर्तव्य पालनाको सिलसिलामा देश र जनताका लागी आफ्नो प्राणको आहुति दिई वीरगती प्राप्त गरेका अमर प्रहरीको सम्झना गर्दै ६१ औ प्रहरी दिवस मनाईएको छ ।

जिल्ला प्रहरी कार्यालय , पर्वतको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा सशस्त्र प्रहरी वल चण्डिका गणका गणपति सुदर्शन प्रसाद सिलवाल, नेपाली सेनाका सह सेनानी दिपेन्द्र श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष, पुर्व प्रहरी कर्मचारीहरू, अमर प्रहरीका आश्रित परिवारहरू, समाजसेवी, वुद्दीजिवी, राजनितिक दलका प्रतिनिधी, सञ्चारकर्मी तथा जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुको सहभागिता रहेको जिप््रका पर्वतले जनाएको छ ।

वीर अमर प्रहरीहरूको सम्झनामा प्रहरी स्मारिकामा पुष्प गुच्छा तथा माल्यार्पण गर्दै मनाईएको कार्यक्रममा उत्कृष्ट कार्य गर्ने ८ जना प्रहरी कर्मचारीहरू क्रमशस् प्रहरी सहायक निरिक्षक भोज बहदुर गुरूङ, प्रहरी हवल्दार भक्त बहादुर पुन र हरी बहादुर थापा, प्रहरी जवान मिन ब लामा , प्रहरी जवान दुग्ध लाल श्रेष्ठ, प्रहरी जवान श्याम कुमार श्रेष्ठ, प्रहरी जवान निर्मल गाहा र प्रहरी जवान रेशम बहादुर क्षेत्रीलाई पुरस्कृत गरीनुका साथै अमर प्रहरीका आश्रीत परिवारलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो

कार्यक्रममा प्रमुख अतिथि प्र।जि।अ शम्भु प्रसाद मरासिनीले शान्ति सुरक्षा स्थापनामा प्रहरीको भुमिका महत्वष्ूर्ण रहेको बताएका थिए भने प्रहरी नायव उपरीक्षक शेखर खनालले प्रहरीलाई निर्देशन दिएका थिए ।

सो अवसरमा पुर्व प्रहरीको तर्फवाट थमन बहादुर क्षेत्री, अमर प्रहरीको तर्फ वाट मेनका लामगादेले पनि बोलेका थिए । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक दिपक पातलीले गरेका थिए ।

nooooooo

दशैमा यस्तो छ, पर्वतको विशेष सुरक्षा योजना !

महेन्द्र केसी, पर्वत २०७३ असोज २० । चाडपर्वमा लक्षित गरी जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालयले विषेश शुरक्षा योजना तयार पारेको छ ।

चाडपर्वमा विभिन्न प्रकृतिका घटना हुन सक्ने भन्दै प्रशासन र प्रहरीले विशेष योजना बनाएको बुधबार जिल्ला प्रशासनका पत्रकारसँग शुभकामना कार्यक्रमको आयोजना गरी जिल्ला प्रशासन कार्यालय पर्वतले दशै लक्षित आफ्नो सुरक्षा व्यवस्थापन योजना सार्वजानिक गरेको हो ।

दशैमा हुने घरेली हिंसा तथा घरेलु हिंसा रोकथामको लागि प्रहरीले विशेष योजना बनाएको छ । प्र्रहरीले कर्मचारी थप गरी पैदल गस्ती, मोवाइल गस्ती, रात्री गस्ती, सादापोषाक गस्ती तथा सिसिक्यामेरा मनिटरिङ योजनालाई प्रभावकारी बनाउने जनाएको छ ।

दशैको बेलामा घरेलु मदिराको प्रयोग बढी हुने भएकोले त्यसको न्यूनिकरणको लागि आफुहरुले अम्रेला योजना ल्याएको प्रहरीले बताएको छ ।

प्रमुख जिल्ला अधिकारी शम्भु मरासिनीले जिल्लामा दशैको लागि लक्षित गरी विशेष सुरक्षा योजना तयार गरीएको बताए । उनले जिल्ला प्रहरी कार्यालय र शसस्त्र प्रहरीसँग समन्वय गरी विशेष सुरक्षा योजना तयार पारेको जानकारी दिए ।

दशैको बेलामा हुने अपराधलाई न्यूनिकरण गर्नको लागि विशेष सुरक्षा योजना तयार पारिएको उनको तर्क छ ।

शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले आव २०७३।०७४ साउन देखि असोज महिना सम्मको आफ्नो काम विवरण समेत सार्वजानिक गरेको छ । जिल्लामा रहेको सरकारी कार्यालयमा विद्युतीय हाजिरी मेशिनको प्रयोगको व्यवस्था मिलाउनु, हुवासमा इलाका प्रशासन कार्यालय स्थापना गरी सेवा प्रवाह गर्नु, एकीकृत घुम्ती शिविर संचालन, जिल्ला शुरक्षा योजना तयार पार्नु, प्रशासनको नयाँ भवन निर्माण प्रारम्भ गर्नुलाई महत्वपूर्ण उपलब्धी मानेको छ ।

प्रशासनले आवको पहिलो दुईमहिनामा ४ सय भन्दा बढी साधरण राहदानी सिफारिस गरेको छ । श्रावण महिनामा २ सय ६८, भाद्रमा १ सय १३ साधरण राहदानी सिफारिस र द्रुतमा श्रावणमा २ सय २० र भाद्रमा २ सय २३ वटा सिफारिस गरेको जनाएको छ । त्यसैगरी श्रावण महिनामा ३ सय ३२, भाद्रमा ३ सय ७९ वटा नयाँ नागरिकता, बैवाहिक अंगिकृत १,द श्रावणमा २ सय २२, भाद्रमा २ सय ९ वटा वितरण गरेको आफ्नो दुई महिने उपलब्धी विवरणमा उल्लेख गरेको छ ।

आवका पहिलो दुइ महिनामा जिल्ला प्रशासनमा ठाडो उजुरी ३२, दर्ता विवाह २, हातहतियार नविकरण ५५, भएको जनाएको छ । प्रशसन शाखा अन्तरगता नाबालक परिचय पत्र ३२, पेन्सन सिफारिस १ सय ४१, विभिन्न प्रमाणित कागजात १ सय ९५, संस्था दर्ता नविकरणमा ८ दर्ता र १ सय १२ नविकरण। पत्रपत्रिका दर्ता ५ वटा भएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी मरासिनीले जिल्लामा २० पटकमा २ सय ७० वटा पसलको अनुगमन गरेको बताए । जसमध्ये २८ वटा पसलललाई कारवाही गरीएको उल्लेख गरे । अबैध रुपमा इसिजि, भिडियो एक्सरे, एक्सरे लगायतका सेवा संचालन गरेका मेडिकलको अनुगमन भएर पनि किन कारवाही हुन सकेन भन्ने पत्रकारहरुको प्रश्नमा उनले १ महिनाको समय अवधि दिएर सु्धारको लागि मौका दिएको र एक महिना पुग्नाािथ अनुगमन गर्ने र रित पुरा नगरे कारवाही गर्ने बताए ।

स्वास्थ्यसंग सम्बन्धीत संवेशनशिल विषयबस्तु भएका कारण आफुले तत्काल बन्द गर्न नसकेको बताए तर उनले नागरिकको संबेदनशिल स्वास्थ्यमाथि खेलवाड भएको कुरालाई भने विर्से । जिल्लामा रहेका मासु, मदिार विक्रिवितरण गर्ने, किराना पसल र औषधी पसलको अनुगमन गरेको उनले बताएता पनि त्यसबाट खासै उपलब्धी भएको भने देखिएन ।

अनुगमन गर्नुभन्दा अगावै सम्बन्धी संस्था वा पसलेलाई सुचना प्रवाह हुने भएकोले अनुगमन प्रभावित नभएको उनले स्वीकार समेत गरे तर कसले र कसरी सूचना लिग हुन्छ भन्ने विषय भने खुलाउन सकेनन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रनाउ शेखर खनालले दशैमा हुने विभिन्न प्रकृतिका घटनाको रोकथामको लागि लक्षित गरी योजना तयार पारेको बताए । जिल्ला अदालत पर्वतले विभिन्न मुद्धामा कसुर फैसला गरी दण्ड सजाय तोकेर पनि फरार रहेका हालसम्म ३८ जना पक्राउ गरी अदालतमा बुझाएको बताउँदै उनले यसलाई निरन्तरता दिने बताए ।

जिल्लामा गाउँघरमा स्थानीयको पहलमा १ हजाभन्दा बढी गाँजाको बोट समेत नष्ट गरेको उनले बताए । चाडपर्वको बेलामा लक्षित गरी प्रहरीले तयार पारेको योजना निकै प्रभावकारी हुनेमा आफु विश्वस्त रहेको उल्लेख गरे ।

14585730_706660869486594_1795193108_o

एक दशक देखी अलपत्र कालीगण्डकी लोकमार्गको स्तरबृद्धि कार्य तीब्र !

माधव पराजुली, पर्वत २०७३ असोज २० । उत्तर देखि दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको स्तरबृद्धिको कार्य तिब्र पारिएको छ । एक दशक देखि अलपत्र परेको लोकमार्गको ट्राक तथा स्तरबृद्धिको काम तिब्र पारिएको हो ।

कुस्मादेखि स्याङजाको मिर्मी सम्मकोको करिब ६८ कि.मि.सडक खण्डमा टूाक वपन तथा स्तरबृद्धि गर्न लागिएको हो । स्तरबृद्धिको क्रममा सडक चक्ल्याउने, तारजाली हाल्ने, कल्र्भट बनाउने,नाली काट्ने लगायतका कामहरु यतिबेला तिब्र रुपमा भैराखेका छन् ।

२०७४ असालमा सम्पन्न हुने गरी शुरु गरिएको उक्त लोकमार्ग निर्माणको लागि झण्डै ३९ करोड लागत लाग्ने बताइएको छ । काष्ठमाण्डप निर्माण कम्पनी र सुर्य कन्ड्रक्सन प्रालिबाट यतिबेला लोकमार्गको स्तरोन्तीको काम भैरहेको छ । काष्टमाण्डप कम्पनीले मिर्मी–रानीपानी खण्डमा र रानीपानी(कुश्मा सडक खण्डमा सुर्य कन्ड्रक्सन प्रा लि जिम्मा लिएको छ ।
सडक १० मिटर फराकिलो बनाइनुका साथै ग्रेड सुधार, ह्यूम पाईप राख्ने काम भैरहेको सूर्य कन्ट्रक्सन प्रालिका सञ्चालक आर.के. थापाले बताए । समयमा निर्माण सम्पन्न भए ३ वटा अंचलका ९ वटा जिल्लाका बासिन्दा लाभान्वित हुनेछन् ।

कालीगण्डकी लोक मार्ग दक्षिण्मा रहेको पूर्व–पश्चिम लोकमार्गबाट प्रारम्भ भई ३ वटा अंचल ९ वटा जिल्ला हुँदै उत्तरी छिमेकी राष्ट्र चीनको कोरला नाका जोडिएकाले यस सडक यस क्षेत्रको विकासका लागि मेरुदण्डको रुपमा लिईएको छ । पर्वतलाई चीनसँग जोडन कालीगण्डकी लोकमार्गको निर्माण कार्य पुरा गरी सरकारले नाका खोल्न सके लामो दुरी भारतबाट आयात गर्ने दैनिक उपभोग्य सामानहरु सहजै चिनबाट आयात गर्न सकिने पर्वतबासीहरु बताउछन् ।

यसैवीच साँसद विकास लम्सालले कालीगण्डकी लोक मार्गको स्तरबृद्धीको गर्न लाग्ने बजेट अर्थमन्त्रालयबाट आफ्नो पहलमा बिनियोजन भएको दाबी गर्दै २०५८ सालदेखि त्यसै अलपत्र परेको लोकमार्गले आफु निर्वाचित भएर गएपछी मात्रै गति लिएको समेत बताए ।

कालीगण्डकी लोकमार्गको निर्माण पश्चात यस क्षेत्रमा धार्मिक पर्यटन र प्राकृतीक सौन्दर्यको अवलोकन गर्ने पर्यटनको विकास हुने देखिन्छ । पहाडीक्षेत्रका बिभिन्न जिल्ला र ती जिल्लाका सयौँ बस्तीलाई जोड्ने यो लोकमार्गबाट लाखौँ जनता प्रत्यक्षरुपमा लाभान्वित हुने छन् भने सडक सञ्जालमा नजोडिएका केही जिल्लाका गाबिस र सदरमुकाम पनि सडकको राष्ट्रिय सञ्जालमा जोडिँदै छन् ।

joshi

आर्थिक समृद्धि सहितको नयाँ नेपाल निर्माणका लागि जोशीको आग्रह !

पर्वत, २०७३ असोज १८ । नेपाली का“ग्रेसका नेता तथा साँसद अर्जुनप्रसाद जोशीले मुलुकले संकल्प गरेको आर्थिक समृद्धि सहितको नया“ नेपाल निर्माणका लागि गाउ“ गाउ“का सबै जनता उद्यमशील हुनुपर्ने वताएका छन् ।

विजयादशमी २०७३ को अवसर पारी तिलाहार युवा क्लवले मंगलबार डिमुवामा आयोजना गरेको अन्तर गाविस स्तरीय भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै नेता जोशीले उक्त कुरा वताएका हुन् ।

नया“ संविधानमार्फत राजनीतिक क्रान्तिको अध्याय पुरा भएको उल्लेख गर्दै जोशीले अबको कार्यदिशा आर्थिक परिवर्तन भएको वताए ।

सांसद जोशीले आर्थिक समृद्धिका लागि गाउ“मा धेरै सम्भावनाहरु रहेको वताउ“दै प्रत्येक व्यक्तिलाई कुनै न कुनै इलममा लाग्न आग्रह गरे । ‘तपाईहरु कुनै न कुनै उद्यमशीलतामा लाग्नोस त्यसका लागि आवश्यक बाटो, विजुली, खानेपानी, सिंचाई को जिम्मा मलाई दिनोस ।’ –जोशीले भने । उनले विकासमा आफूले कुनैपनि राजनीतिक आग्रह र पूर्वाग्रह नराखीकन काम गरेकोले तीनतीन पटकसम्म जनताको साथ पाएको दावी गर्दै अरु राजनीतिक दललाई पनि गाउ“को विकासमा निष्पक्ष भएर काम गर्न सुझाव दिए ।

नेता जोशीले खेलकुदमार्फत विश्वका धेरै मुलुकले आफ्नो पहिचान स्थापित गरेको प्रशंग उल्लेख गर्दै खेलकुद राज्यको सर्वाधिक महत्वको विषय भएको वताए । उनले जिल्लाको समग्र खेलकुदको विकासका लागि आफूले विगतमा पनि सहयोग गर्दै आएको वताउ“दै आगामी दिनमा समेत खेलकुद क्षेत्र आफ्नो विशेष प्राथमिकतामा पर्ने जानाकारी दिए ।

तिलाहार युवा क्लवका अध्यक्ष निर्देश लामिछानेको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघ पर्वतका अध्यक्ष प्रेम गुरुङ माइलाले समेत कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन क्लवका सदस्य दिनेश शर्माले गरेका थिए ।

तीनदिनसम्म संचालन हुने उक्त कार्यक्रमको पहिलोदिन लोकदोहोरी गायिका फूलमाया केसी, गायक देब साहनी र चित्रसागर श्रेष्ठले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

police parbat

प्रहरीले तीन दर्जन फरार अभियुक्त अदालतमा बुझायो, धरपकड जारी !

महेन्द्र केसी, पर्वत २०७३ असोज १४ । विजया दशमी मुखैमा आएको मौकामा पर्वत जिल्लामा जिल्ला अदालतबाट विभिन्न मुद्दाहरुमा सजायँ पाएर फरार रहेका अभियुक्तहरु भागाभागको अवस्थामा रहेका छन् । उनिहरुलाई मुखैमा आएको चाडबाड भन्दा कता प्रहरीले समातेर अदालतमा बुझाउछ भन्ने तर्सोले पर्नु पीरमा पारेको छ । तर प्रहरीले भने पर्वत जिल्लाका विभिन्न गाविसहरुमा लुकीछिपी बसेका फरार अभियुक्तहरुमाथी धरपकड अभै तीब्र बनाएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय पर्वतले अभियान थालेको चौथो दिन सम्म ३२ जना फरार अभियुक्तहरुलाइ पक्राउ गरि अदालतमा बुझाइसकेको प्रहरीले जनाएको छ । अदालतले विभिन्न अभियोगमा कैद तथा जरिवाना तोकेका फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान अन्तर्गत प्रहरीले बुझाउदै आएको हो । जिल्ला प्रहरी कार्यालय तथा विभिन्न इलाका प्रहरी कार्यालयहरुबाट अदालतबाट विभिन्न अभियोगमा सजायँ खाएर फराररही लुकीछिपी हिँडिरहेका अभियुक्तहरुलाई नियन्त्रणाम लिने गरेको छ ।

सार्वजानिक अपराध अन्तरगत बाजुङ १ का गणेश बहादुर बानियाँ, कुनपा १० का अभिषेक गुरुङ, तनहुँ सतिसुँवारा ९ का डिप्सन गुरुङ, कुनपा ८ का राहुल खड्का क्षेत्री, तिलाहार ६ का समिर लामिछाने, देउपुर २ का बलबहादुर परियार, कुनपा १० का विवश नेपाली, रहेका छन् । उनीहरुमध्ये बानियाँलाइ ५ हजार र अन्यलाई जनही १ हजार जरिवाना फैसला सुनाइएको थियो । त्यस्तै जुवा मुद्धामा नाङलीवाङ ९ का खड्क बहादुर केसी र बुद्धि थापालाई अदालतले १ सय २५ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । प्रहरीले सम्बन्ध विच्छेदको मुद्धामा फरार रहेका कटुवाचौपारी ९ का रामचन्द्र विकलाई समेत पक्राउ गरेको छ । उनलाई अदालतले १ सय २५ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । त्यसैगरी प्रहरीले नकवजनी चोरी मुद्धामा लेखफाट २ का टेक बहादुर बि.क लाई पक्राउ गरेको छ । अदालतले विकलाई २८ दिनको कैद सजाय सुनाएको थियो ।

यसैगरी हिँजो बिहीबार मात्रै जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्ला प्रहरी कार्यालय पर्वत र ईलाका प्रहरी कार्यालय लुंखु देउराली ,प्रहरी चौकी देउपुर , प्रहरी चौकी रानिपानी वाट खटीएको विशेष टोलीले पक्राउ गरेका तपसिल बमोजिमका फरार अभियुक्तहरुलाई अदालतमा बुझाएको छ ।
farar

प्रहरीले योभन्दा अगाडि ८ फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाई सकेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शेखर खनालले फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान नै जिप्रकाले चलाएको बताएका छन् । उनले अपराध गर्ने कोहि पनि कानून बाहिर नरहने भन्दै फरार अभियुक्तलाई कानूनको दायरामा ल्याइ छाड्ने बताए । विभिन्न मुद्दामा जिल्ला अदालतले फैसला सुनाएका ३ सय भन्दा बढि व्यक्तिहरु अझै पनि फरार रहेका छन् ।

पर्वत देउरालीको जंगलमा बृद्धको शव !

तजबिज खबर, पर्वत २०७३ असोज ११ । पर्वत जिल्लाको देउराली ३ मा रहेको जंगलमा एक बृद्धको शव फेला परेको छ । शव पर्वत देउराली गाविसका ७५ वर्षिय सर्वे परियारको भएको प्रहरीले जनाएको छ ।

मृतक परियार जंगलमा जडीबुटी संकलन गर्न जान्छु भन्दै एक हप्ता पहिले घरबाट निस्केको परिवारले बताएका छन् । उनको मृत्यु कहिले र के कारणले भएको भन्ने अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

nilakantha

राजनीतिक दलहरुनै चुनावको पक्षमा छैनन् : नीलकण्ठ उप्रेती

तजबिज खबर, पर्वत २०७३ असोज ९ । नेपाल किड्नी फाउन्डेसन’ र अमेरिकाको ‘डाभिटा भिलेज ट्रस्ट’ले कुश्मामा शनिवार आयोजना गरेको नि:शुल्क मृगौला परीक्षण शिविरमा आएका फाउन्डेसनका प्रमुख सल्लाहकार नीलकण्ठ उप्रेतीले पत्रकार भेटघाट कार्यक्रममा राजनीतिक दलहरुनै चुनावको पक्षमा नभएको बताउदै अहिलेकै अवस्थामा तीन वटै निर्वाचन हुने सम्भावना नरहेको ठोकुवा गरेका छन् ।

पूर्व प्रमुख निर्वाचन आयुक्त समेत रहेका उप्रेतीले लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन भएकाले दलहरुको सहमतिमा ऐन निर्माण गरेर निर्वाचन आयोगलाई तयारी गर्न दिनुपर्ने उप्रेतीले बताए । उनले संविधानप्रति असुन्तष्ट दल पनि निर्वाचनबाट अनुमोदित भएर आउनुपर्ने बताउदै अघिल्लो निर्वाचनमा पनि केहि दल असहमत थिए तर मिति घोषणा भएपछि सफल रुपमा निर्वाचन सम्पन्न भयो अहिले पनि त्यहि माध्यमबाट अघि बढ्न जरुरी रहेको उनको सल्लाह थियो ।

उनले निर्वाचनका लागि आवश्यक कानुनी, प्रशासनिक र व्यवस्थापकीय तयार दुई दशकदेखि स्थानिय निकायको निर्वाचन हुन नसक्दा मुलुकको विकास हुन नसकेको उल्लेख गर्दै जतिसक्दो चाडो स्थानिय निकायको निर्वाचन गर्नुपर्ने बताए । निर्वाचनको वातावरण बनाउने तर्फ सरकार पहिलो जिम्मेवार पक्ष भए पनि सबै राजनीतिक दल गम्भीर भएर अघि बढ्नुपर्ने उनको भनाई थियो ।

पर्वत, म्याग्दी र बागलुङ जिल्लामा निशुल्क स्वास्थ्य शिविरको लहर !

यतिबेला पर्वत,बागलुङ र म्याग्दीनेपाल किड्नी फाउन्डेसन’ र अमेरिकाको ‘डाभिटा भिलेज ट्रस्ट’ले जिल्लाका विभिन्न स्थानहरुमा स्वास्थ्य सम्वन्धी निशुल्क शिविरको लहर चलेको छ ।

बागलुङ सदरमुकाममा रहेको धौलागिरी अन्चल अस्पतालमा पाँच दिने निशुल्क बृहत् सर्जिकल शिविर जारी रहेको छ भने ‘ स्थानीय सामाजिक संस्थाहरुको समन्वयमा बिहिवार निलगिरी हस्पिटल, बागलुङमा, शुक्रवार पर्वत जिल्लाको फलेवासमा र शनिवार पर्वतकै कुस्मा बजारमा निशुल्क मृगौला परीक्षण शिविर सम्पन्न भएको छ । यी शिविरहरुबाट करीब २ हजार सेवाग्राही लाभान्वित भएका छन् ।

यस्तै म्याग्दी जिल्लाको भुरुङ तातोपानीमा सम्पन्न ५ दिने निशुल्क स्वास्थ्य शिविरमा २३ सय जना लाभान्वित भएका छन् ।

lion

लायन्स क्लव अफ बागलुङव्दारा बिद्यार्थीलाई खाद्यान्न सहयोग !

कोपिला कंडेल, बागलुङ २०७३ असोज ७ । लायन्स क्लव अफ बागलुङव्दारा बा.न.पा १० कुडुले स्थित श्री मुक्तिनाथ बेद बिद्याश्रम सास्कृत पाठशालाका आवासीय बिद्यार्थीलाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।
kudule
सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लव अफ बागलुङले चामल,दाल, आलु तेल लगायत गरी २० हजार रुपैया बराबरको खाद्यान्न सामग्री वितरण गरेको क्लवका अध्यक्ष दुर्गा कुवरले तजबिज खबरलाई बताए ।

सो अवसरमा बोल्दै मन्दिरका उत्तराधिकारी स्वामी श्री ऋषि प्रपन्नाचार्यले आवाशीय बिद्यालयका बिद्यार्थीका लागि लायन्सले गरेको सहयोग महत्वपुर्ण रहेको बताए ।

संस्कृत भाषा र धर्मको रक्षार्थ आफुहरुले संस्कृत पाठशाला संचालन गर्दै आएको चर्चा गर्दै स्वामी प्रपन्नाचार्यले यस्ताखाले सहयोगले बिद्यालय संचालन गर्नका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यसप्रकारको सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह समेत गरे ।
std
सो अवसरमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष किरण कंडेल, बिद्यालयका प्रधानाध्यापक शान्ति ज्ञेवाली लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम लायन्स क्लव अफ बागलुङका अध्यक्ष दुर्गा कुवरको अध्यक्षता, प्रथम उपाध्यक्ष युक्त प्रसाद सुबेदीको स्वागत मन्तब्य, व्दितिय उपाध्यक्ष नारायण प्रसाद गौतमको धन्यबाद र सचिव प्रकाश चालिसेको संचालनमा सम्पन्न भएको थियो ।