Tag Archives: म्याग्दी

myagdi

म्याग्देली कलाकार शर्माको गायन र अभिनयमा डेब्यू !

सन्तोष गौतम, म्याग्दी २०७३ असोज १८ । म्याग्देली कलाकार दिपक शर्माले गायन र अभिनयमा डेब्यु गरेका छन् ।

शर्माको शब्द, संगित र लय भएको लोक पप शैलीको हे बरै … बोलको गित सोमबार सार्वजनिक भएको हो । हाईलाईट्स नेपाल मार्फत सार्वजनिक भएको शर्माको आवाज रहेको गितमा उहाँकै अभिनय देख्न सकिन्छ । युट्युवमा सार्वजनिक भएको १२ घण्टामा साढे चार हजार जनाले गीत हेरेका छन् ।

सो गितको म्युजीक भिडीयोमा शर्माले हाँस्य टेलीशृङखला भद्रगोलकी कलाकार रक्षा केसीसंग अभिनय गर्नुभएको छ । “गायन र अभिनयमा मेरो डेब्यु हो” शर्माले भन्नुभयो । रोमान्टीक शैलीको यो गितमा लोक भजन र कौराको समिश्रण पाईन्छ ।

अनील मानन्धरले छायांकन र बसन्त सापकोटाले निर्देशन गरेको भिडीयोको टेकेन्द साहले सम्पादन गरेका छन् । अभिनयमा शर्माले मन पराएकी रक्षालाई पट्याउन सफल भएको देख्न सकिन्छ । अहिलेको चर्चीत चलचित्र छक्का पञ्जाको समेत संगितकार रहेका कुहुँ ५ पैयुपाटामा जन्मिएका ३१ वर्षिय शर्मा एक दशक भन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा क्रियाशिल छन् ।

वि.स २०६० सालदेखि सांगितिक क्षेत्रमा प्रवेश गरेका शर्माले संगितको माध्यमबाट आफू र जिल्लाको नामलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म चिनाउन सफल भएका हुन् । काठमाडौको ललितकला क्याम्पसबाट संगितमा प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेका शर्माले भारतको ईलहावाद विश्व विद्यालयमा संगितमै पाँच वर्ष कोर्ष गर्दैछन् ।

वि.स २०६२ सालमा पहिलो पटक चलचित्र तेजावको गितमा संगित दिएका शर्माले अहिलेसम्म दर्जन बढी चलचित्र र सात सय गितमा संगित भरीसकेको बताए । उनले दुई सय भन्दा बढी चलचित्र, सुगम संगित र पप गीत लेखेका छन् ।

सानैदेखि गीत संगीतप्रति रुची भएका शर्माले संगीत भरेका अञ्जु पन्तको आवाज रहेको रुदै हिड्छौ जहिले पनि…, प्रमोद खरेलले गाएको छुट्टिएर तिमीसंग.., शिव परियारको सबैले मलाई घृणा गरेपनि…., स्वरुपराजले गाएको रुदै हिड्छौ जहिले पनि लगायतका गीत चर्चीत छन् ।

कान्छा निर्देशक सौगात बिष्टले बनाएको लब यु बाबा चलचित्रको गीतबाट शर्माले गिनीज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । यसैगरी चलचित्र सम्झीराखेहैको आँधी खोला उर्लिएर तारी खेतलाई हान्यो, अन्जु पन्तले गाएको मलाई आफ्नो बनाएर बोलको गीत पनि शर्माले संगीत भरेका मध्यका चर्चित हुन् ।

संगीतमा लागेर खाली बस्नु नपरेको र यसैलाई मुख्य पेशा बनाएका शर्माले वौद्धिक सम्पतीको पहिचान र संरक्षण गर्नु चुनौतीको रुपमा रहेको बताउछन् ।

राजनीतिक दलहरुनै चुनावको पक्षमा छैनन् : नीलकण्ठ उप्रेती

तजबिज खबर, पर्वत २०७३ असोज ९ । नेपाल किड्नी फाउन्डेसन’ र अमेरिकाको ‘डाभिटा भिलेज ट्रस्ट’ले कुश्मामा शनिवार आयोजना गरेको नि:शुल्क मृगौला परीक्षण शिविरमा आएका फाउन्डेसनका प्रमुख सल्लाहकार नीलकण्ठ उप्रेतीले पत्रकार भेटघाट कार्यक्रममा राजनीतिक दलहरुनै चुनावको पक्षमा नभएको बताउदै अहिलेकै अवस्थामा तीन वटै निर्वाचन हुने सम्भावना नरहेको ठोकुवा गरेका छन् ।

पूर्व प्रमुख निर्वाचन आयुक्त समेत रहेका उप्रेतीले लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन भएकाले दलहरुको सहमतिमा ऐन निर्माण गरेर निर्वाचन आयोगलाई तयारी गर्न दिनुपर्ने उप्रेतीले बताए । उनले संविधानप्रति असुन्तष्ट दल पनि निर्वाचनबाट अनुमोदित भएर आउनुपर्ने बताउदै अघिल्लो निर्वाचनमा पनि केहि दल असहमत थिए तर मिति घोषणा भएपछि सफल रुपमा निर्वाचन सम्पन्न भयो अहिले पनि त्यहि माध्यमबाट अघि बढ्न जरुरी रहेको उनको सल्लाह थियो ।

उनले निर्वाचनका लागि आवश्यक कानुनी, प्रशासनिक र व्यवस्थापकीय तयार दुई दशकदेखि स्थानिय निकायको निर्वाचन हुन नसक्दा मुलुकको विकास हुन नसकेको उल्लेख गर्दै जतिसक्दो चाडो स्थानिय निकायको निर्वाचन गर्नुपर्ने बताए । निर्वाचनको वातावरण बनाउने तर्फ सरकार पहिलो जिम्मेवार पक्ष भए पनि सबै राजनीतिक दल गम्भीर भएर अघि बढ्नुपर्ने उनको भनाई थियो ।

पर्वत, म्याग्दी र बागलुङ जिल्लामा निशुल्क स्वास्थ्य शिविरको लहर !

यतिबेला पर्वत,बागलुङ र म्याग्दीनेपाल किड्नी फाउन्डेसन’ र अमेरिकाको ‘डाभिटा भिलेज ट्रस्ट’ले जिल्लाका विभिन्न स्थानहरुमा स्वास्थ्य सम्वन्धी निशुल्क शिविरको लहर चलेको छ ।

बागलुङ सदरमुकाममा रहेको धौलागिरी अन्चल अस्पतालमा पाँच दिने निशुल्क बृहत् सर्जिकल शिविर जारी रहेको छ भने ‘ स्थानीय सामाजिक संस्थाहरुको समन्वयमा बिहिवार निलगिरी हस्पिटल, बागलुङमा, शुक्रवार पर्वत जिल्लाको फलेवासमा र शनिवार पर्वतकै कुस्मा बजारमा निशुल्क मृगौला परीक्षण शिविर सम्पन्न भएको छ । यी शिविरहरुबाट करीब २ हजार सेवाग्राही लाभान्वित भएका छन् ।

यस्तै म्याग्दी जिल्लाको भुरुङ तातोपानीमा सम्पन्न ५ दिने निशुल्क स्वास्थ्य शिविरमा २३ सय जना लाभान्वित भएका छन् ।

दानाकी बुद्धिमायाँको हातखुट्टा बाँधी लुटपाट !

तजबीज खबर, म्याग्दी २०७३ असोज ६ । मध्यरातमा मुखमा कालो दलेर आएका तीन जनाको अपरिचित लुटेराहरुले दाना–२ काभ्रेकी ४६ वर्षीया बुद्धिमाया बुढाथोकीको घरको ढोका फोडेर भित्र पसी उनको हात खुट्टा बाधेर नगद ५५ हजार, ४ तोला सुन र २ ओटा सामसुङ मोबाइल चोरेको प्रहरीले जनाएको छ ।

लुटेराले मुखमा कालोमोसो लगाई लुटपाटमा प्रयोग हुने सामाग्री सहित छिमेकका अन्य पाँच घरको ढोका बाहिर चुक्कुल लगाएर योजनावद्ध रुप्मा बुढाथोकीको घरमा लुटपाट गरेको स्थानीयले बताए । यसअघि काभ्रे गाउँमै भीमबहादुर पाईजाको घरमा दुई तोला सुन र नगद २ लाख रुपैयाँ चोरी भएको थियो । लुटपाटमा संलग्न कसैलाईपनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।

एकाहाको प्रसाद खाँदा सातजना बिरामी !

तजबिज खबर म्याग्दी २०७३ असोज ६ । बेनी नगरपालिका–४ को खबरामा विशाल सापकोटाले लगाएको एकाह पुजाको प्रसाद खाँदा निज सापकोटाका छोरी १२ वर्षीया एञ्जिल सापकोटा, १४ वर्षीया याशिका सापकोटा, ९ वर्षीय विज्ञान सापकोटा र ११ वर्षीया समीक्षा केसी बिरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार प्रसादि खाँदा३१ वर्षीया सन्तु भण्डारी, १३ वर्षीया सानिमा भण्डारी र १५ वर्षीय राजेश घिमिरे बिरामी परेका छन् ।
बिरामीहरुको म्याग्दी अस्पताल बेनीमा उपचार भैरहेको छ ।

म्यूजिक भिडियो क्षेत्रमा छुट्टै पहिचान बनाउने सोँचमा म्याग्दीका अमर थापा !

केशव बिश्वकर्मा, म्याग्दी २०७३ असोज ५ । नेपाली सँगीतको बजारमा गीत सँगीतको गतिविधि दिनानुदिन बढ्दो छ । यहाँ दैनिक सयौँ गीत रेकर्ड हुन्छन् र दैनिक सयौँ गीतको म्युजिक भिडियो तयार गरिन्छ । सँगीतको विकास विस्तार र आफ्नो साँगितिक जीवनलाई सुःखमय बनाउँन यस क्षेत्रमा हजारौँ गायक, सर्जक, मोडल लगायत सम्पूर्ण कलाकर्मी संघर्षशील छन् ।

म्युजिक भिडियोमा संघर्ष गरिरहेका हजारौँ मध्ये एउटा उत्कृष्ट नाम हो अमर थापा । धौलागिरीको माटोले जन्माएको एक होनहार प्रतिभा म्याग्दी जिल्ला पुलाचौरमा जन्मि हुर्किई काठमाण्डौलाई कर्म थलो बनाई म्युजिक भिडियोको क्षेत्रमा संघर्षरत अमर म्युजिक भिडियोको निर्माणमा दिनदिनै ब्यस्त हुन थालेका छन् ।

विशेषगरी दुःख पिडाको बुलन्द गरिएको विछोडका म्युजिक भिडियोमा अभिनय गर्न रुचाउने अमर दर्जनौ गीतमा आफ्नो अभिनयकला प्रस्तुत गरिसकेका छन् । नेपाली सँगीतको बजारलाई जोगाउन लागिपरिरहेका उनले म्युजिक भिडियोको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने सोँचमा छन् ।

बेनीमा सहकारी बैङ्कको शाखा खोल्न बिखर्चीको संयोजकत्वमा उपसमिति !

सन्तोष गौतम, म्याग्दी २०७३ असोज ४ । म्याग्दीको बेनीमा राष्ट्रिय सहकारी बैङ्कको शाखा स्थापना गर्ने विषयमा मंगलबार अन्तरक्रिया गरिएको छ । बैङ्कको बागलुङ शाखाको आयोजनामा म्याग्दी र उत्तरी पर्वतमा रहेका सहकारी संस्थाका प्रतिनिधिहरुसंग अन्तरक्रिया गरिएको हो । सो कार्यक्रममा सहभागिहरुले बेनीमा सहकारी बैङ्कको शाखा स्थापना गर्ने निर्णय गरेका छन् ।

dnकार्यक्रममा राष्ट्रिय सहकारी बैङ्कका प्रबन्ध सञ्चालक केवी उप्रेतीले सहकारीको विकास र प्रर्वद्धनका लागि शाखा खोल्न आवश्यक रहेको बताए भने बैङ्कका सञ्चालक रामबहादुर जिसीले कार्यक्रमको उद्देश्य र धौलागिरीमा सहकारीको अवस्थाका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका अध्यक्ष बिष्णुहरि ढकाल, बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष अञ्जु जिसी, बचत तथा ऋण सहकारी संघ म्याग्दीका अध्यक्ष अमृता भण्डारी, जिल्ला सहकारी संघ म्याग्दीका पुर्व अध्यक्ष सुर्दशन श्रेष्ठ, मल्लाज बहुउद्देश्यीय सहकारी संस्था पर्वतका अध्यक्ष लालबहादुर अधिकारी, दिदी बहिनी साकोसका अध्यक्ष जमुना आचार्य लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

sasaजिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की (दिपक बिखर्ची)को अध्यक्षता र राष्ट्रिय सहकारी बैङ्क बागलुङ शाखाका प्रबन्धक सुरेश खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
४० भन्दा बढी सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको भेलाले शाखा खोल्नका लागि सदस्य विस्तार गर्न जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्की (दिपक बिखर्ची)को संयोजकत्वमा ११ सदस्यीय समन्वय उपसमिति गठन भएको छ ।

समन्वय उपसमितिका सदस्यहरुमा अमृता भण्डारी, सुदर्शनकुमार श्रेष्ठ, रमेश गिरी, थमबहादुर गर्वुजा, लिलाबहादुर बानिया, विजयकुमार श्रेष्ठ, लालबहादुर अधिकारी, जमुना आचार्य, शेरबहादुर केसी र यामबहादुर खड्का रहेका छन् ।

उपसमितिले बैंकको सदस्य विस्तार लगायत बैंकको शाखा स्थापनाका लागि पहलकदमी गर्ने सदस्य लालबहादुर अधिकारीले जानकारी दिएका थिए । देशभर ३७ शाखा रहेको बैंकमा थप शाखा स्थापनाका लागि पहलकदमी भैरहेको प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले बताए ।

अरिङ्गलले चिलेर बेगखोलामा एकजनाको मृत्यु !

म्याग्दी, २०७३ भदौ ३० । बेगखोला– ६ बस्ने ५५ बर्षीय कृतीमान रोक्काको अरिङ्गलले चिलेर मृत्यु भएको छ । मंगलबार सोही ठाउँमा रहेको टुनिको रुखमा अरिङ्गलाई पोल्ने क्रममा अरिङ्गालले टोकेर घाइते भएका उनी सोही ठाउँमा रहेको बाढी–पिडितको छाप्रोमा आई सुतेकोमा बुधबार बिहान मृत अबस्थामा फेला परेका थिए ।

पहिरोले म्याग्दी लगायत विभिन्न भागमा जनधनको क्षती !

म्याग्दी, २०७३ भदौ १८ । म्याग्दी बेगखोला–१ बस्ने मनदेबी सार्कीको घरमा शुक्रबार पहिरो आई घर पुरिँदा करीव १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । साथै बेगखोला–१ बस्ने केशबहादुर सार्की, सबिन सार्की, केशबहादुर पुर्जा, डिकबहादुर गबुर्जा, निकिसरा पुन र बेगखोला–४ बस्ने नगेन्द्र बि।क।को घरसमेत जमिन चर्कीएर जोखिममा परेको कारण अन्यत्र घरमा सरी बसेका छन् ।
बेगखोला–९ स्थित श्रीकृष्ण निमाबिमा सामान्य क्षति भएको छ । बाढीबाट २८ महिला र २१ पुरूष गरी ४९ जना बिस्थापित भएपछि प्रहरी र नेपाली सेनाले सुरक्षित स्थानमा ६ वटा अस्थाई टहरा बनाई सारेका छन् । सोही ठाउँका करीव ४८ वर्षीय पुर्णप्रसाद सिंजाली हालसम्म सम्पर्कमा नआएकोले खोजतलास भइरहेको छ ।
यसैगरी म्याग्दी देवीस्थान–५ घरथोकमा शनिबार डाँडाबाट पहिरो आई २ वटा घर पुरिँदा १ जना बेपत्ता भएका छन । उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

यसैवीच अबिरल बर्षाको कारण ताप्लेजुङ नगरपालिका–२ बस्ने टिका मगरको घर पहिरोले पुरिदा ३ जनाको मृत्यु भएको छ । यसैगरी ताप्लेजुङ नगरपालिका–८ बस्ने नरध्वज पालुङवाको घर शनिबार पहिरोले पुरिँदा उनका छोरी ५५ वर्षीया दिलमाया पालुङवा लिम्बु बेपत्ता भएकी छन भने ५० वर्षीया कृण्णकुमारी पालुङवा लिम्बु घाइते भएकी छन् । घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको र अवस्था बोल्न नसक्ने रहेको छ । प्रहरीले बेपत्ताको खोजी कार्य जारी राखेको छ ।

यस्तै भोजपुरमा गय राति परेको अबिरल बर्षाको कारण पहिरो गई कुलुङ–९ स्थित जगतधन राईको खेतमा रहेको कटेरोमा सुतेका खेत कमाइ खाने ५८ वर्षीय भरत राई र उनकी श्रीमती ५४ वर्षीया राममणी राई पहिरोले पुरिएर मृत्यु भएको अवस्थामा शनिबार फेला परेका छन् । पहिरोमा २ गाई, २ बाच्छा, ४ भेडासमेत पुरिएका छन् । पहिरो पन्छाई खोजी तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ छ ।

खहरे खोलामा आएको बाढीले बेगखोलामा ११ घर बगायो, एकजना बेपत्ता !

म्याग्दी २०७३ भदौ १७ । म्याग्दी जिल्लाको बेग गाविस-६ मा अबिरल वर्षाका कारण बाढीले ११ घर बगाएको छ । बेनी जोमसोम सडकको नजिकै रहेको बेगखोलाको बस्तीमा खहरे खोलामा आएको बाढी पसेर ११ घर बगाएको हो । बाढीमा परेर ५८ को पूर्ण बहादुर सिंजाली सम्पर्क विहिन भएका छन् भने दुध बहादुर सिंजाली सामान्य घाइते भएका थिए । उक्त स्थानमा नेपाल प्रहरीले उद्धार कार्य गरिरहेको छ ।

राससका अनुसार बाढीले बेगखोलामै रहेको बेनी–जोमसोम सडकमा बनाइएको बेलिब्रिज र झोलुङ्गेपुलसमेत बगाएको छ । राति एक्कासी आएको बाढीले बस्ती नै बगाए पनि स्थानीयवासीले भागदौड गरी ज्यान जोगाएका थिए । बाढीबाट जोखिममा रहेका अन्य चार घरका परिवारलाई पनि त्यहाँबाट अन्यत्र सार्ने काम भइरहेको प्रहरीले जनाएको छ । स्थानीयवासी र प्रहरीले घटनास्थलमा बेपत्ता भएका व्यक्तिको खोजी तथा सामान सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन् ।

सुनार दम्पतिव्दारा गलेश्वरका जेष्ठ नागरिकलाई आर्थिक सहयोग !

विक्रम सुनार, म्याग्दी २०७३ भदौ १६ । म्याग्दीको गलेश्वर मन्दिरमा रहेका जेष्ठ नागरिकहरुलाई बागलुङका एक दम्पतिले आर्थिक सहयोग गरेका छन ।
बागलुङ नरेठाँटी घर भई हाल बेल्जियममा बस्दै आएका केशव सुनार र सीता सुनारले १० हजार १० रुपैया आर्थिक सहयोग गरेका हुन् ।

भाद्र कृष्ण औसी अर्थात वुवाको मुख हेर्ने दिनको अवसर पारेर आफ्नो स्वर्गीय वुवा भुपलाल सुनारको सम्झनामा रकम सहयोग गरेको सुनार दम्पतिले तजबिजलाई बताएका छन ।

जन्मदिने वुवाको मुख हेर्ने दिनको अवसरमा गलेश्वर मन्दिरमा रहेका ५५ जना जेष्ठ नागरिकहरुको भोजन र स्वास्थ्यका लागि सामान्य राहत होस भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको केशव सुनारले बताए ।

सुनार दम्पत्तिले भदौ ८ गते बागलुङको रामरेखामा रहेको रामरेखा निमाविमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण तथा स्वर्गीय वुवा भुपलाल सुनारको स्मृतिमा १० हजार १० रुपैयाको अक्षय कोष स्थापना समेत गरेका छन् ।