Tag Archives: बुर्तिवाङ

एड्स रोगले ग्रसीत निसीकी महिलालाई राहत प्रदान !

छबिलाल पाण्डे, बुर्तिवाङ २०७३ असोज २२ । निसी गाविस स्थित निसी दलीत युवा क्लबको आयोजनामा एचआईभी एड्स रोगले सँक्रमित निसीकी एक महिलालाई सहयोग हस्तान्तरण गरीएको छ ।

निसी वडा नँ ४ कि ४३ बर्षिय कर्मा बिश्वकर्मालाई सँस्थाको तर्फदेखि नगद पाँच हजार एक सय पचास चार बोरा चामल र एक पिस बगाङकेट हस्तान्तरण गरीएको हो

कार्यक्रममा निरुवा बिश्वकर्माको अध्यक्षता, समाजसेवी वीरमान बिश्वकर्माको प्रमुख आतिथ्यता एवम मन बहादुर बिश्वकर्मा, भुल बहादुर बिश्वकर्मा, बल बहादुर बिश्वकर्मा, हर्क बहादुर बिश्वकर्मा र सेर बहादुर बिश्वकर्माको आतिथ्यता रहेको थियो । क्लबका सचिब दयासरी बिश्वकर्माको स्वागत राजिब बिस्वकर्माको मन्तब्य रहेको थियो ।

पीडित बिकको परीवारमा दुई छोरी र १ छोरा रहेको र श्रीमान एड्सका कारणनै दुई बर्ष अगाडि निधन भएको थियो । पीडित बिकले पछिल्लो समय एड्स सँक्रमणले जित्न थालेसँगै आँखा नदेख्ने ,कान नसुन्ने, बोल्न नसक्ने, लगाएतका समस्याका कारण ओच्छ्यानमानै छटपटाउनु परेको बताईएको छ । निजलाई छोरा छोरीले हेरचाह गर्नै गरेका छन् ।

बुर्तिवाङ खबर : बागलुङ पश्चिमका बाढी पीडितलाई राहत रकम वितरण !

बिमल खडका, बुर्तिवाङ २०७३ असोज २१ । वाढी पीडित सरोकार समिति बागलुङको सक्रियतामा बागलुङ पश्चिमका बाढी पीडितलाइ संकलित राहत रकम वितरण कार्यक्रम आज शुक्रबार सम्पन्न भएको छ । हिजोदेखि सुरु गरिएको उक्त राहत रकम वितरण अभियानमा बोंगादोभानमा १९ घर, अधिकारीचौरको छालहाल्ना र दोगाडीमा ८५ घर, निसीमा ५ घर, बोहरागाउँमा ६ घर तथा देविस्थामा १३ घर परिवारलाई राहत रकम वितरण गरिएको हो ।

त्यसैगरि आजै बुर्तिबाङमा ६ घर, भीमगिठेमा ५ घर, राजकुतमा १९ घर, दर्लिङमा ११ घर र ग्वालीचौरमा १ घर बाढीपीडित परिवारलाई राहत रकम वितरण गरिएको बताईएको छ ।

बाढीपीडित सरोकार समितिको सक्रियतामा समितिका सदस्यहरुबाट संकलित रकमका साथै प्रभु बैंकबाट १ लाख ३० हजार रुपैयाँ, ग्लोबल बैंकबाट ५० हजार रुपैयाँ, विभिन्न व्यक्ति तथा संघसंस्थाबाट संकलित ५७ हजार रुपैयाँ, अधिकारीचौर घर भई हाल अमेरिका निवासी खिम बहादुर अदैबाट १५ हजार रुपैयाँ, अधिकारीचौरकै किम बहादुर भण्डारीबाट १० हजार रुपैयाँ, भेक बहादुर अदैबाट ८ हजार रुपैयाँ, बुर्तिबाङ घर भई हाल काठमाण्डौ निवासी हिक्मत शेरचनबाट ५ हजार रुपैयाँ, काठमाण्डौ असन चोकमा माइकिङ गरि संकलित २५ हजार रुपैयाँ गरि कुल ३ लाख ४१ हजार रुपैयाँ रकम संकलन गरि बाढीपीडित परिवारलाई प्रति घरपरिवार २ हजारका दरले राहत रकम वितरण गरिएको बाढी पीडित सरोकार समिति बागलुङका संयोजक एवं नेपाली काँग्रेस महाधिवेसन प्रतिनिधि जीत शेरचनले जानाकारी दिए । राहत संकलनका लागि समितिका अन्य सदस्यहरु तिलक श्रीपाली, जीवन भट्टचन लगायतको समेत सक्रियता रहेको बताइएको छ । गत साउन १० र ११ गते आएको बाढीका कारण बागलुङ पश्चिम क्षेत्रमा ठूलो धनजनको क्षती पुराएको थियो ।

सिवाईसीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सिवाईसी बचत तथा रिण सहकारी संस्था लिमिटेड बुर्तिबाङ शाखाले आफ्नो सातौं समृद्धि दिवसको अवसर पारि बुर्तिबाङमा आज दशैं तिहार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा सांसद् ज्ञान कुमारी छन्त्यालले सबैलाई शुभकामना दिंदै सिवाईसी वचत तथा रिण सहकारी संस्था लिमिटेडले ग्रामीणस्तरका जनतासम्म सेवा पुराउनमा उल्लेखनीय कार्य गरेको भन्दै धन्यवाद दिएकी थिईन् ।

कार्यक्रममा एकीकृत सेवा केन्द्र बुर्तिबाङका सह प्रमुख लोक बहादुर कुँवर, मालपोत कार्यालय बुर्तिबाङका नायब सुब्बा नन्दराम भुसाल, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख शिवराज क्षेत्री, लक्ष्मी बैंङ्क बुर्तिबाङका शाखा प्रबन्धक शिशिर भण्डारी, शेयर सदस्य एवं समाजसेवी चन्द्रलाल अर्याल, हरि कुँवर, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं संचारकर्मी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

उक्त शुभकामना आदानप्रदान कार्यक्रममा सिवाईसी बुर्तिबाङ शाखाका प्रबन्धक दामोदर गौतमले सिवाईसी वचत तथा रिण सहकारी संस्था लिमिटेड सेवा केन्द्र बुर्तिबाङको प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।

सवाईसी बचत तथा रिण सहकारी संस्था लिमिटेड बुर्तिबाङ शखाकी संयोजक गण्डकी थापा अधिकारीको अध्यक्षता रहेको उक्त शुभकामना आदान प्रदान कार्यक्रमको संचालन शाखाका सचिव चुडामणि भुसालले गरेका थिए ।

नयाँ शक्ति पार्टी नेपालका शुभकामना तथा चियापान कार्यक्रम

शक्ति पाटी नेपाल, क्षेत्र नं. ३ बागलुङको आयोजनामा आज बुर्तिबाङमा दशैतिहारको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका जिल्ला सचिवालय सदस्य एवं क्षेत्रीय संयोजक कुशल बुढाले विकसित एवं समृद्ध नेपालका लागि नयाँ शक्ति पार्टीको आवश्यकता रहेको भन्दै अब आर्थिक क्रान्तिले मात्र देशको मुहार फेर्न सकिने बताए ।

उक्त कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका जिल्ला सदस्य चन्द्रकान्त भुसाल, डिलाराम रेग्मी, नेकपा माओवादी केन्द्रका प्रतिनिधि चन्द्रलाल अर्याल, मालपोत कार्यालय बुर्तिबाङका नायब सुब्बा नन्दराम भुसाल, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख शिवराज क्षेत्री, बुर्तिबाङ यातायात व्यावसाय समितिका अध्यक्ष शेरमान घर्ती, पश्चिमान्चल यातायात समितिका प्रतिनिधि रामप्रसाद आचार्य, दलित संजालका क्षेत्रीय अध्यक्ष विष्णु वि.क., दलित सशक्तिकरण केन्द्र बागलुङका प्रतिनिधि गोपाल वि.क., बुर्तिबाङ गाविस कार्यालयका प्रतिनिधि चुडामणि भुसाल, अन्तराष्ट्रिय बागुलुङ सेवा समाज कतारका सह सचिव राम बहादुर थापा, नेपाल पत्रकार महासंघ बागलुङका सदस्य एवं सामुदायिक रेडियो परिवर्तन बुर्तिबाङका अध्यक्ष लोकेन्द्र सुनार, रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छबिलाल पाण्डे, रेडियो बुर्तिबाङका स्टेशन म्यानेजर कृष्ण कँडेल, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतले शुभकामना व्यक्त गरेका थिए ।

नयाँ शक्ति पार्टी नेपाल बागलुङका क्षेत्रीय सह संयोजक शंकर कुँवरको अध्यक्षता रहेको उक्त कार्याक्रमको संचालन जिल्ला सदस्य मनोज कुमार वि.क.ले गरेका थिए ।

यात्रुहरुबाट जथाभावी भाडा असुल्ने ‘सवारी/चालक’ माथी प्रहरी कार्बाही !

तजबिज खबर/ बागलुङ २०७३ असोज २० । दशैँको मौकामा घर जान हिँडेका यात्रुसंग मनपरी भाडा असुल्ने एक यात्रुबाहक जीपलाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको छ । प्रहरीले अहिले विहान ८ बजेको समयमा बागलुङ सदरमुकाम देखी बुर्तिवाङ जाने तयारीमा रहेको लु १ ज २७३८ नम्बरको यात्रुबाहक जीपले प्रति यात्रु एक एक हजार रुपयाँ नदिए नलैजाने भने पछी यात्रुहरुले प्रहरीलाई खबर गरेका थिए ।

केहि दिन पहिले टिकट बुकिंग गर्दा जनही ८ सय भनेको र आज जीपमा चढेर गन्तव्यमा जान लागेपछी एक एक हजार रुपयाँ मागे पछी जीप चालक र यात्रुवीच विवाद भएको थियो । जीप चालकले एक हजार रुपयाँ नदिए ओर्ल भनेर यात्रुलाई जीपबाट झर्न भनेकाले पीडितहरुले प्रहरीलाई खबर गरेपछी जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको टोलीले जीपलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयमा जीप चालकले नियमानुसारको भाडा रु ७ सय लिने सहमति जनाएपछी सो जीप यात्रुहरुलाई लिएर गन्तव्यतिर लागेको छ ।
चाडबाडको मौका छोपेर यात्रुहरुको ढाडै भाच्ने गरी आफुखुशी भाडा असुल्दै आएका सवारी चालकहरुलाई प्रहरीको यस कार्बाहीले केहि सतर्क भने बनाएको छ ।

सदरमुकाम देखी ग्रामिण ईलाकाहरुमा चल्ने सवारी साधनहरुले मात्र नभएर सदरमुकाम देखी जिल्ला बाहिर चल्ने सवारी साधनहरुका चालकहरुले समेत मौकाको फाईदा उठाउदै आएका छन् । यतातिरपनि प्रहरीको ध्यान जानु जरुरी देखिन्छ । ई रिक्सा सन्चालनमा प्रहरीले रोक लगाएको विषय जिल्लामा व्यापक चासो र चर्चाको विषय बनेको छ । यसका बारेमा पनि जिल्ला प्रहरी कार्यालय बागलुङको ध्यानाकर्षण हुन जरुरी छ ।

बुर्तिवाङ क्षेत्रबाट एक वर्षमा १७ महिला सहित २१ बेपत्ता, ३१ जनाको मृत्यु !

छबिलाल पाण्डे, बुर्तिवाङ २०७३ असोज २१ । निसीभूजी (बुतिर्वाङ) क्षेत्रमा गत एक वर्ष (आर्थिक वर्ष २०७२/०७३ं) मा २१ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १७ महिला रहेका छन् भने ४ जना बालबालिका हराएका छन् । अवधिमा आत्महत्या र विभिन्न तवरले ५ नाबालिक सहित ३१ जनाले ज्यान गुमाएका छन् । आत्महत्या वा मृत्यु हुंनेमा १८ पुरुष र ८ जना महिला रहेका छन् ।

यस क्षेत्रबाट गत एक वर्षमा महिला २७, पुरुष २ र बालबालिका १३ जना हराएकोमा २ पुरुष, महिला १३ र ९ बालबालिका भेट्टिएको ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक शिवराज क्षेत्रीले ६१ औँ प्रहरी दिवसका अवसरमा बिहीबार ईप्रका बुर्तिवाङमा आयोजित भेटघाट तथा जलपान कार्यक्रममा जानकारी दिए ।

आर्थिक बर्ष २०७२/७३ मा यस क्षत्रका बिभिन्न घटनामा गरी कुल ७ सय २२ उजुरी दर्ता भएकोमा ६ सय ७४ उजुरी बुर्तिबाङमा मिलापत्र भएका छन् भने बाँकि केहि मुद्दा जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाईएको ईप्रकाले जनाएको छ । ।

ईप्रका बुर्तिवाङबाट सवारी ज्यानमा ४, सार्वजनिक अपराधमा ४, हात हतीयारमा ३, , जबरजस्ती करणीमा ५, ज्यान मार्न उद्योगमा ८, लागु औषध चरेसमा ७, कर्तब्य ज्यानमा ८, जुवामा ४, कर्तब्य ज्यान जानेगरी आगोलगाउनेमा २ गरी २४ मुद्दामा ४५ जनालाई जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराईएको हो ।

त्यस्तै एक बर्षमा घरेलु मदिरा बनाउने कच्चा पदार्थ र तयारी मदिरा गरी १४ हजार १ सय ३ लिटर बरामद गरी नष्ट गरिएको ईप्रका बुर्तिवाङले जानकारी दिएकोछ ।

ट्राफिक कार्वाहिमा १ सय ८१ जनालाई कारबाहि गरी ८० हजार ६ सय राजस्व सँकलन भएको प्रहरीले जनाएको छ । उता मापसे गरेकाबाट बैँक दाखिला ३७ हजार ७० गरिएको छ ।

यसैगरी गत आवमा लागु औषध चरेस ५६ केजी ३ सय ग्राम जफत गरीएको छ भने ६ रोपनी क्षेत्रफलमा निसी क्षेत्रमा गाजा फडानी गरिएको छ । प्रहरी बिभागीय कार्वाहि प्रहरी बिभागीय कार्वाहिमा १ जना परेको बताईएको छ ।

प्रहरीले चाडपर्वका अबसरमा बिशेष सुरक्षा ब्यबस्था कडा पारिने बताएको छ ।

बुर्तिवाङ-ढोरपाटन गाडी चल्न सुरु !

बुर्तिवाङ २०७३ असोज १७ । वर्षातको समयमा बन्दभएको बुर्तिवाङ ढोरपाटन मोटरबाटोमा सन्चालनमा आएको छ । गत साउन १० गते आएको भीषण वर्षा बाढी पहिरोले बिगारेको बाटो मरम्मत गरेपछी आईतवार देखी गाडीहरु बुर्तिवाङ देखी ढोरपाटन जान आउन थालेका हुन् ।

अधिकारीचौर दोगाडीमा बाढी पहिरोले विगारेको सडक मरम्मत गरिएपछी आईतबार देखी सवारी साधन चल्न थालेको दिलमायाँ अदैले जानकारी दिईन् ।

बुर्तिवाङ आउदै गरेको बस याम्दीमा दुर्घटना, २ को मृत्यु २६ जना घाईते !

तजबिज खबर/ बागलुङ २०७३ असोज १७ । काठमाडौँवाट बागलुङ बुर्तिवाङका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ भने २६ जना घाइते भएका छन् ।

पोखरा बागलुङ राजमार्गको कास्की याम्दीमा काठमाडौँवाट बुर्तिवाङका लागि छुटेको ग १ ख ६१६९ नम्वरको बस आज बिहान दुर्घटना हुदा गुल्मी नेटाकी ४७ बर्षिया मनरुपा अर्याल र निजको नाती २ बर्षका अर्चित अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको मणिपाल शिक्षण अस्पतालमा उपरचार भैरहको र घाइते मध्ये एक जनाको डिस्चार्ज भएको पनि प्रहरीले जनाइएको छ ।

दुर्घटनामा घाईते हुनेहरुमा गुल्मीका सरस्वती अर्याल, जीवन अर्याल र नारायण अर्याल सहित अन्य बुर्तिवाङ तिरका स्मृति बुढा मगर, घलेन्द्र बुढा मगर, चन्द्रकला थापा, मिना बिक, भिम माया घर्ति मगर, लेख बहादुर कामी, बाल कुमारी घर्ती मगर , तेजेन्द्र सुनार, सृष्टी पुन, आसा पुन ,देबी घर्ती मगर ,शिला घर्ती मगर , बिश्वास घर्ती मगर लगायतका यात्रुहरु रहेको बताईएको छ ।

लोकल मदिरा नियन्त्रणले ग्रामीण क्षेत्रमा ९० प्रतिशत घटनामा कमी ?

छबिलाल पाण्डे, बुर्तिवाङ २०७३ असोज १४ । बुर्तिबाङ स्थित ईलाका प्रहरी कार्यालयको रहोबरमा आर्थिक बर्ष २०७२÷७३ मा यस क्षेत्र आसपासका गाविसबाट स्थानीय प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय बाट करीब १५ हजार लिटर लोकल मदिरा बनाउन तयार पारिएको कच्चा पदार्थ र तयारी मदिरा नस्ट गरेको प्रहरीले जनाएको छ ।

केहि महिना अघिसम्म बुर्तिवाङ क्षेत्रका गाविसहरुमा अवैध मदिरा उत्पादन नियन्त्रण अभियान सन्चालन गरेको ईलाका प्रहरी कार्यालय बुर्तिवाङले शुक्रवार यस्तो जानकारी दिएको हो

प्रहरीले गत आबमा ११ हजार १ सय ८२ लीटर मदिरा बनाउन तयार पारएिको कच्चा पर्दाथ र २ हजार ९ सय २१ लिटर तयार पारएिको मदिरा बरामद गरी नष्ट गरेको हो ।

बुर्तिबाङ सहित बोहोरागाँउ, निसी, ढोरपाटन, भिमगिठे, र ग्वालीचौर गाविसका प्रहरी चौकीको सक्रियतामा बिभिन्न स्थानबाट बरामद गरिएको मदिरा एक बर्षको तथ्याङकमा यसरी नस्ष् गरिएको प्रहरी निरीक्षक शिवराज क्षेत्रिले बताए ।

प्रहरीले लोकल मदिरा नष्ट अभियान चलाएसँगै ग्रामिण क्षेत्रमा हुने करीब ९० प्रतिशत घटनामा कमी आएको पाईएको प्रहरी तथ्याङकमा उल्लेख छ ।
यसैवीच प्रहरीले आजै शुक्रबार बुर्तिबाङ क्षेत्रबाट करीब ७ सय लिटर कच्चा पर्दाथ र १ सय २० लीटर तयारी मदिरा स्थानीय राजनैतिक दल, पत्रकार, बिभिन्न सँघसँस्थाका प्रतिनीधि लगाएतको रोहबरमा नष्ट गरेको छ । प्रहरीले चाडबाडको समयमा कडाईका साथ यस अभियानलाई जारी राख्ने जनाएको छ ।

ढोरपाटन ज्योति विकास विद्यालयको व्यबस्थापन समितिको गठन !

बिमल खडका/ बुर्तिवाङ २०७३ असोज ११ । पश्चिम बोवाङ गाउँ विकास समिति वडा नं. ९ स्थित ज्योति बिकास आधारभुत बिद्यालयमा आज बिद्यालय व्यबस्थापन समितिको गठन गरिएको छ । अभिभावकहरुको भेलाले दिपक थापाको अध्यक्षतामा बसेको भेलाले दिपक थापाकै संयोजत्वमा ८ सदस्यीय समितिको गठन गरेको छ । समितिको सदस्यमा धन बहादुर अदैै ,तेलसरा अदै , समुद्र बिक , सर्जुमला बिक लिला प्रसाद घर्ति तथा शिक्षक प्रतिनिधीमा तुल बहादुर कुमाई तथा सदस्य सचिबका विद्यालयका प्रधानाध्यापक चक बहादुर अदै चयन भएका छन् ।
सोहि भेलामा गरिएको सामाजिक लेखा परीक्षण अनुसार विदालयको आर्थिक वर्ष २०७२÷७३को आम्दानी २१ लाख ८५ हजार ५ सय १२ रुपैया तथा खर्च १६ लाख ९७ हजार ९ सय ५० रहेको छ भने बिद्यालयको ४ लाख ८७ हजार ५ सय ६२ रुपैया बचत रहेको बिद्यालयका प्रधानाध्यापक चक बहादुर अदैले जानाकारी दिएका थिए ।

टेलिकमको टावर नहुँदा गुल्मी र बागलुङका केहि गाविस प्रभावित !

बिमल खड्का, बागलुङ असोज ६ । गुल्मी जिल्लाको छापहिले गाउबिकास समिति अन्र्तगत सिद्धपाटी डाडाँमा रहेको नेपाल टेलिकमको नमस्ते तथा सिडिएमे टावरमा समस्या हुदा स्थानिय सञ्चार बिहीन भएका छन ।

बिगत केहि दिन देखि टावरमा समस्या आउदा सेवा लिईरहेका गुल्मी जिल्लाका छापहिले ,ह्वाङदी , पौदी अमराई, अर्खबाङ नेटा, दर्लिङ र बागलुङ जिल्लाका केहि गाबिसका जनता सेवा ग्रही मर्कामा परेको शिक्षक लोकेश गिरीले तजबिज खवरलाई बताए ।
टावर नआउदा नमस्ते, तथा सिडिएमए प्रयोकर्ता थप चिन्तामा परेका छन । उक्त ठाउमा केहि बर्ष पहिले नेपाल टेलिकमले नमस्ते टावर सञ्चालन गरेपनि सौर्य प्रणाली सोलारबाट सञ्चालन गरेको हुदाँ तापको अभावले रामो काम नगरेका सेबाग्राहीले गुनासो रहेको छ ।
टावरको समस्याको बारेमा बुझदाँ नेपाल टेलिकमका गुल्मी शाखाका प्रमुख उमानाथ पोखेलले आवश्यक सामान काठमाडौ लिन पठाएको र सामान आएपछि सेवा दिने बताए । सोलारबाट सञ्चालन भएको टावरमा अब तत्काल बिधुत सेवा जडान गरी दैनिक सेबा प्रवाहा गर्न स्थानियहरुको माग रहेको छ ।

बाढीले देविस्थान गाविसमा फेरी २ घर बगायो : असार २० को सन्त्रास दिलायो !

बिमल खड्का, बुर्तिवाङ २०७३ असोज ५ । गत असार र साउन महिनामा अबिरल वर्षा पछी बडीगाड, निसी, भूजी, तमान आदि खोलामा आएको भीषण बाढी पहिरोले होसै उडेका जिल्लाको पश्चिम अधिकारीचौर, बोँगादोभान, निसी, देविस्थान, बुर्तिवाङ, दर्लिङ, भिङगिठे गाविस लगायतका जनतालाई हिँजो मंगलवार राति परेको भीषण वर्षाले कतै साउन १० गतेको पुनरावृत्ति त हुदैन भन्ने सन्त्रास दियो ।
jugja 5
गत २०७३ असार २० गते जुग्जा खोलामा आएको भीषण बाढीबाट निकै क्षती पुराएको थियो ।

हिँजो राति वर्षा संगै आएको बाढीले देविस्थान गाविस २ का मुक्त सिंहको घर बगाएको छ भने घरमा रहेका अन्न बाली तथा लत्ताकपडा बगाएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कर्यालय झिवाखोलाका अनुसार देबिस्थान गाउबिकास समिति ७ जुग्जाखोलामा रहेको पक्की पुल, तथा मोटरबाटोमा समेत क्षेती पु-याएको छ । हिजैको बाढीले सोहि ठाउको बिद्युतको प्रशारणमा पनि अबरोध पु-याएको छ ।

burtibangko haal

गत २०७३ साउन १० गते आएको भीषण बाढीले यस्तो बनायो बुर्तिवाङ बजारको हाल ।

यस्तै देविस्थान वडा नम्बर ७ कै आसे परियारको घर बगाएको र बाहोरागाँउ छापखानी ३ मा गर्भी मगरको घरमा क्षेती पु-याए छ भने अहिले सम्म मानबीय क्षेती भएको जानकारी प्राप्त भएको छैन । गए राति नै भिङगिठे गाविसको भिङ खालमा अहिले सम्मके डरलाग्दौ पानी परेर स्थानीय सन्त्रासमा रहेपनि क्षती भने केहि नभएको स्थानीयले बताएका छन् ।

IMG_2896
गत २०७३ साउन १० गते आएको भीषण बाढीले अधिकारीचौर गाविसमा निकै ठुलो क्षती पुरायो ।

स्मरणीय छ, देविस्थान र बोहरागाउँ गाविसमा असार २० गते राति आएको अविरल बर्षा र बाढीले ३ घर बगाएको थियो भने लाखौंको क्षती भएको थियो । बाढीले केहि घर र पुल बगाउनुका साथै दर्जनौ घर परिवार बिस्थापित भएका थिए ।