Tag Archives: बागलुङ बलेवा

सातौ राष्ट्रिय भलिवलका लागि छिस्तीकी कविता श्रीस छनोट !

केदार शर्मा, बगलुङ २०७३ असोज १० । सातौ राष्ट्रिय भलिवलको लागि राष्ट्रिय खेलकुद प्रतियोगितामा बागलुङ जिल्लाको छिस्तीकी कबिता श्रीस छनोट भएकी छन । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको क्षेत्रीय छनोटका लागि जिल्ला खेलकुद विकास समिति बागलुङले जिल्ला छनौटतर्फ ३ खेलका लागि खेलाडी छनोट गरेको हो । जिल्ला खेलकुद विकास समितिले शनिबार आईटिएफ तेक्वान्दो, डिव्लुटिएफ तेक्वान्दो र भलिवलको लागि खेलाडी छनौट गरेको छ ।

एकाहाको प्रसाद खाँदा सातजना बिरामी !

तजबिज खबर म्याग्दी २०७३ असोज ६ । बेनी नगरपालिका–४ को खबरामा विशाल सापकोटाले लगाएको एकाह पुजाको प्रसाद खाँदा निज सापकोटाका छोरी १२ वर्षीया एञ्जिल सापकोटा, १४ वर्षीया याशिका सापकोटा, ९ वर्षीय विज्ञान सापकोटा र ११ वर्षीया समीक्षा केसी बिरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार प्रसादि खाँदा३१ वर्षीया सन्तु भण्डारी, १३ वर्षीया सानिमा भण्डारी र १५ वर्षीय राजेश घिमिरे बिरामी परेका छन् ।
बिरामीहरुको म्याग्दी अस्पताल बेनीमा उपचार भैरहेको छ ।

नारायणस्थान गाविसमा निर्मित स्वास्थ्य चौकी भवन हस्तान्तरण !

नारायण रिजाल, बागलुङ २०७३ भदौ २२ । बागलुङ नारायणस्थान गाविसमा एक गैह सरकारी संस्थाले निर्माण गरिदिएको स्वास्थ्य चौकी भवन आज एक समारोहवीच स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । नेपाल लोक कल्याण संघ, बागलुङले ९ वटा कोठा १ सभाहल, बाथरुम सहतिको संस्थाको भवन निर्माण गरिदिएको हो ।

स्वान नेपाल बाट १८ लाख, ५० हजार र स्वास्थ्य चौकी साथै स्थानिय जनश्रमदानबाट ५ लाख ५० हजार गरी कुल २४ लाखको लागतमा भवन निर्माण सम्पन्न गरिएको स्वान नेपालका प्रशासकीय अधिकृत कल्पना कार्की बस्नेतले बताईन् ।

भवन हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय, बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले स्वास्थ्य जस्तो सम्बेदनशील क्षेत्रमा स्वानले गरको योगदानको कदर गर्दै हरेक बर्ग र समुदायलाई स्वस्थ्य राख्नका लागि सबै तह र तप्काको सहयोग आवश्यक रहेको बतउदै आगामी दिनमा पनी स्वान नेपाललाई हरेक क्रियाकलापमा साथ दिनका लागी आग्रह गरेका थिए ।

कार्यक्रममा जिविस बागलुङका कार्यक्रम अधिकृत भेषराज शर्मा, नारायणस्थान गाउँ बिकास समितिका सचिव नवराज शर्मा, स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका सल्लाहाकार कृष्णबहादुर खत्री, नेपाली काँग्रेस गाउँ पाटी सभापति चक्र बहादुर खत्री, नेकपा एमालेका टिका बहादुर खत्री, नेकपा माओबादी केन्द्रका धुव्र परियार, राष्ट्रिय जनमोर्चाका लक्ष्मीनारायण श्रेष्ठ, बलेवा नगर विकास समितिका अध्यक्ष कमल बहादुर जि.सी. स्वास्थ्य चौकीका हेल्थ असिष्टेन्ट ऋषिराम शर्मा, वडा नागरिक मंञ्चका संयोजक महानन्द शर्मा, जनताधन उच्च माविका प्रध्यानध्यापक कुमार पौडेल, साना किसान कृषी सहकारी संस्थाका अध्यक्ष नरबहादुर खत्री लगायतले मन्तव्य दिएका थिए ।

स्वास्थ्य संस्थाको भवन निर्माण संगै अहिले बर्थिङ सेन्टर लगायतका स्वास्थ्य सेवा दिनका लागि सहज हुने विश्वास गरिएको छ ।

नेपाल लोककल्याण संघका प्रशासकीय अधिकृत कल्पना कार्की बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पेक्षा लामिछाने र संचालन धनादेवी शर्माले गरेकी थिईन् ।

स्वामित्व नभएकालाई स्वामित्व दिई मालिक वनाउने पद्धती सहकारी- पौडेल

सुमन जि.सी. बागलुङ बलेवा २०७३ भदौ ३ । साँसद प्रकाश शर्मा पौडेलले सहकारी भनेको स्वामित्व नभएका व्यक्तिहरुलाई स्वामित्व दिई मालिक वनाउने पद्धती भएको बताएका छन् ।

जिल्लाको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि बागलुङको सदस्य सेवाकेन्द्र कुस्मीसेराको सातौँ प्रतिनिधिमुलक वार्षिक साधारण सभाको उद्धघाटन गर्दै साँसद पौडेलले यस्तो बताएका हुन् । पौडेलले ग्रामीण क्षेत्रका गरिब विपन्न तथा पछाडि पारे पारीएका वर्गहरुलाई सहकारीमा समाहीत गरी वित्तीय रुपमा समृद्ध बनाउन तर्फ सहकारी संस्थाहरुले ध्यान पुराउनु पर्ने कुरामा जोड दिएका थिए ।

साधारण सभाको उद्घाटन कार्यक्रममा बजार व्यवस्थापन समितिका अध्यक्ष क्या। पदमवहादुर, जिल्ला विकास समितिका योजना अधिकृत भेषराज पौडेल, शैक्षीक संस्थाहरुको तर्फवाट हिमालय उ।मा।विका रवि पौडेल, सदस्य सेवाकेन्द्र कुस्मीसेराका सल्लाहाकार चित्रप्रसाद चापागाई, राजनैतीक दलहरुको तर्फवाट शोभाप्रसाद शर्मा, सिवाईसी नेपालका सल्लाहाकार ईन्द्रराज पौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
prakash
जिल्लाका पैयुँपाटा, अमलाचौर, नारायणस्थान, छिस्ती, जैदी, अर्जेवा, कुस्मीसेरा, दमेक,विनामारे, सर्कुवा, पैयुँथन्थाप, राङखानी, वाटाकाचौर, हुग्दिशिर, सल्यान, सुखौरा र धुल्लुवास्कोट गाविसमा रहेका संस्थाका शेयर सदस्यहरुको उपस्थिीतमा सम्पन्न साधारण सभाले कुस्मीसेरा सेवाकेन्द्र अन्तर्गत रहेको ३४५ सदस्य संख्या मध्येवाट २०७३ भदौ ११ गते सम्पन्न हुन गईरहेको केन्द्रिय साधारण सभाका लागि १० प्रतिशत अर्थात ३६ जना प्रतिनिधि सर्वसम्मतवाट चयन गरेको छ ।

साधारण सभाकै अवसरमा संस्थाका केन्द्रिय अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलवाट सदस्य सेवाकेन्द्र कुस्मीसेराको विधिवत रुपमा संस्थाको वोर्ड अनावरण र रिवन काटी उद्घाटन गरिएको थियो । उद्घाटन पश्चात बाजागाजा, झाकी र -याली सहित कुस्मीसेरा बजार परिक्रमा गरी साधारण सभाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा संस्थामा शेयर सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।

संस्थाका केन्द्रिय अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको आव २०७२।०७३ को प्रगती सह–सचिव गितादेवी रेग्मी र आ।व। ०७२।०७३ को आर्थिक प्रतिवेदन कोषाध्यक्ष संगिता शर्मा पौडेलले गरेकी थिईन । करिब ३८० जनाको उपस्थीती रहेको कार्यक्रमको स्वागत सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका सह–संयोजक कृष्णप्रसाद रिजाल र सञ्चालन संस्थाको सह–सचिव गितादेवीले गरेकी थिईन् ।

यसैवीच सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङ सदस्य सेवाकेन्द्र विहुँ अन्तर्गत प्रतिनिधिमुलक सातौ वार्षिक साधारण सभा शुक्रवार विहुँ ६ पोखरामा सम्पन्न भएको छ ।
deb bdr
साधारण सभाको उद्घाटन गर्दै सिवाईसी साकोसका सल्लाहाकार समाजसेवी देबवहादुर श्रेष्ठले सहकारीनै आम गरिव जनताहरुको आर्थिक विकासको आधारशिला भएको बताए । श्रेष्ठले सिवाईसीले जिल्लाको ग्रामीण क्षेत्रमा रहेको गरिव विपन्न तथा पछाडि पारे पारिएका वर्गहरुको आर्थिक पहुँच बृद्धिका लागि स्थानीय स्तरमै सदस्य सेवाकेन्द्रहरु मार्फत सञ्चालन गरेको कार्य प्रशंसनीय रहेको बताउदै संस्थालाई सबैको आस्थाको केन्द्र बनाई आफ्ना शेयर सदस्य तथा समुदायलाई आगमी दिनमा थप प्रभावकारी सेवा दिन आग्रह समेत गरेका थिए

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा वागलुङका सभापती जव्वरवहादुर लामीछाने, सिवाईसी साकोसका सल्लाहाकार होमवहादुर हमाल, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. वागलुङका सचिव ऋषिराम गौतम, सदस्य सेवाकेन्द्र विहुँका सल्लाहाकार भवानीप्रसाद कँडेल, हर्कमान वि.क लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिनीधिमुलक साधारण सभाले मिति २०७३ भाद्र ११ गते सम्पन्न हुन गईरहेको संस्थाको सातौ केन्द्रिय वार्षिक साधारण सभाका लागि त्यस क्षेत्रका शेयर सदस्य संख्याको १० प्रतिशत अर्थात ४५ जना प्रतिनीधि सर्वसम्मतीवाट छनौट गरेको छ ।

“हुने खानेको पैसा, हुदा खानेमा पु¥याउने” महान लक्ष्यका साथ २०६६ असोज २२ गतेका दिन स्थापना भएको संस्थाले बागलुङ बजारमा केन्द्रिय कार्यालय, तित्याङ, विहुँ, हटिया, बुर्तिवाङ र कुश्मिसेरामा सदस्य सेवाकेन्द्र मार्फत स्थानीय स्तरमै वित्तीय तथा गैरवित्तीय सेवाहरु सञ्चालन गरिरहेको छ । संस्थामा हाल ३१ सय जना शेयर सदस्य, १२ करोड ७३ लाख शेयर पुँजी, ३० करोड १९ लाख बचत, ४४ करोड ७८ लाख लगानीमा वाँकी ऋण, ४ करोड ५३ लाख जम्मा कोष र ५१ करोड ९३ लाख बराबरको सम्पत्ती रहेको छ । भने संस्थाको दोश्रोे सेवाकेन्द्रको रुपमा स्थापना भएको सदस्य सेवाकेन्द्र विहुँ अन्तर्गत हाल ४५१ जना शेयर सदस्य, १ करोड १७ लाख शेयर रकम, २ करोड ८ लाख बचत र ३ करोड ४० लाख लगानीमा रहीरहेको ऋण र ३ करोड ५१ लाख बराबरको सम्पत्ती रहेको छ ।

संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको आ.व. ०७२÷०७३ को प्रगती र आ.व. ०७३÷०७४ को प्रस्तावीत नीति तथा कार्यक्रम सह–सचिव गितादेवी रेग्मी र आ.व. ०७२/०७३ को आर्थिक प्रतिवेदन तथा आ.व. ०७३÷०७४ को प्रस्तावित आय व्यय तथा कार्ययोजना कोषाध्यक्ष संगिता शर्मा पौडेलले प्रस्तुत गरेकी थिईन ।

३८५ जनाको उपस्थिीती रहेको कार्यक्रमको स्वागत संस्थाका सञ्चालक सदस्य ज्ञानु श्रीस शर्मा र सञ्चालन शिक्षा उपसमितिका संयोजक ओमकुमारी कँडेलले गरेकी थिईन । साधारण सभाले चुडामणि कँडेललाई विहुँ सदस्य सेवाकेन्द्रको नवनिर्वाचीत संयोजकको रुपमा सर्वसम्मतीले चयन गरेको छ ।

बागलुङ-कुस्मीसेरा सडक अबरुद्ध हुँदा दक्षिण भेगका हजारौँ जनता मर्कामा !

तत्काल मर्मत गरी सडक सुचारु गर्न स्थाविअ गौतमको ध्यानाकर्षण !

नारायण रिजाल, बागलुङ, २०७३ साउन १६ । वर्षा सँगै गएको पहिरोका कारण बागलुङ कुस्मीसेरा सडक खण्ड विभिन्न ठाउँमा अबरुद्ध हुँदापनि सरोकारवाला निकायले कुनै ध्यान नदिएको भन्दै आईतबार दक्षिण भेगका जनताहरुले जिविस बागलुङको ध्याकर्षण गराएका छन । स्थानिय विकास अधिकारी भरत गौतमलाई भेटेर उक्त सडक खण्ड छिटो भन्दा छिटो मर्मत हुनु पर्ने भन्दै माग गरेका छन् ।

नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ का सभापति नारायण शर्मा पौडेलको नेतृत्वमा गएको टोलीले तत्काल सडक सुचारुका लागि पहल थाल्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको थिए ।

बागलुङ कुश्मिसेरा सडक खण्ड वर्षाका कारण लगभग १५।२० ठाउँमा अवरुद्ध भएको कुस्मीसेराका काशिराम आचार्यले तजबिजलाई बताए । उक्त सडक खण्ड विग्रदा जिल्लाका दक्षिण पैयुँपाटा, अमलाचौर, कुस्मीसेरा, अर्जेवा, विनामारे, लगायतका १ दर्जन भन्दा बढि गाविसका हजारौँ जनतालाई आवत जावतमा कठिनाई परको उनको भनाई छ ।

सडकमा नियमित सवारी साधन सुचारु नहुँदा अहिले घण्टौ हिडन पर्ने समस्या भएको छ । स्थानिय विकास अधिकारी गौतमले उक्त क्षेत्रमा तत्काल डोजर पठाएर बाटोलाई सुचारु गर्ने प्रतिबद्धता व्यक्त गरेको टोलीका सहभागीले बताए ।

काँग्रेसको क्षेत्रीय बैठकमगाउँपालिका निर्धारण सम्बन्धि छलफल !

नारायण रिजाल, बागलुङ २०७३ साउन १५ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ को संयुक्त बैठक शनिबार सम्पन्न भएको छ । बैठकले स्थानिय निकायको राज्य पुनसंरचनामा गाउँपालिकाको निर्धारण सम्बन्धि छलफल गरेको थियो ।

काँग्रेस क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्ने जिल्ला कार्यसमितिका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्यसमिति, गाउँ विकास समितिका सभापति एवं प्रतिनिधि र बिभिन्न भातृ एवं सुवेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधिको विशेष उपस्थितिमा बैठक सम्पन्न भएको हो ।

बैठकको अवसरमा बोल्दै नेपाली काँग्रेस बागलुङका पार्टी सभापति दिपेन्द्र बहादुर थापाले राज्यको पुर्नसंरचना गर्दा भौगोलिक र राजनैतिक दुबै मिलाएर नयाँ बन्ने गाउँपालिकाको निर्धारण गर्नुपर्ने बताए ।

सो अवसरमा नेपाली काँग्रेसका बागलुङका सचिव नवराज पौडेल, कोषाध्यक्ष उमेश गौतम, सदस्य सिताराम रसाईली, फम बहादुर खत्री, बेमकुमारी थापा, महासमिति सदस्य कल्पना हमाल पाठक, महाधिवेशन प्रतिनिधि, हरिहर शर्मा, मन्जु चालिसे, पुर्व महाधिवेशन प्रतिनिधि दुर्गादत्त आचार्य, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य दिलिप पौडेल, टे«ड युनियन काँग्रेस बागलुङका अध्यक्ष रामप्रसाद अधिकारी, नेपाल महिला संघ बागलुङका अध्यक्ष सकुन्तला शर्मा सचिव उषा पौडेल, काँग्रेस क्षेत्रीय सचिव विष्णु प्रसाद आचार्य, बलेवा नगर विकास समितिका अध्यक्ष कमल जि.सी., महिला संघका क्षेत्रीय अध्यक्ष चन्द्रादेवी शर्मा, तरुण दलका क्षेत्रीय अध्यक्ष दल ब श्रीष राना, प्रध्यापकको तर्फबाट रेशम बहादुर केसी, नेविसंघका श्रीकृष्ण पौडेल, लगायतले आ आफनो धारण राख्नुभएको थियो । साथै क्षेत्र नं. २ अन्र्तगतका सम्पुर्ण गाविसकका सभापति एव प्रतिनिधिले अवको गाउँ पालिका निर्माणमा गाउ कार्यसमितिको भुमिका बारे प्रष्ट पारेका थिए ।

नेपाली काँग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति नारायण शर्मा पौडेलको अध्यक्षता कोषाध्यक्ष विजय अधिकारीको स्वागत र सचिव विकास पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

नहर पुरिँदा नारायणस्थान कैयाको फाँट बाँझै, किसान चिन्तामा !

बागलुङ बलेवा, २०७३ साउन १२ । कालीगण्डकी कोरिडोर निर्माणको क्रममा नहर पुरिएपछि उत्पन्न समस्याबाट बलेवा नारायणस्थानवासी किसानहरुले अभैm पार पाउन सकेका छैनन् । सिँचाईको बैकल्पिक उपायसमेत पहिरोले पुरिदिएपछी ३ हजार रोपनी खेत बाँभैm छ । मध्य साउन महिनासम्ममा जम्मा १० प्रतिशत मात्र रोपाई सकिएको किसानहरुले बताएका छन् ।

बागलुङ नारायणस्थान–८ र ९ को कैयाफाँटका लागि लगिएको ‘ढापखोला अर्माह उपल्लो कैया’, र ‘ढापखोला तल्लो कैया’ सिंचाइ आयोजनाको तीनवटा नहर पुरिएकोमा धापाखोला अर्माह उपल्लो कैया सिंचाई नहरमा पाइपलाईन मार्फ संचालन गरिए पनि सोमबार देखि परेको अविरल वर्षाकाकारण नहर पूर्ण रुपमा क्षति भएकोले किसानलाई समस्या परेको हो ।

दिनभरी काम गर्यो तर बर्षाका कारण माथीबाट पहिरो आई नहर पुरिदिने तथा जडान गरिएको पाईप समेत टुटाईदिने गरेको कृषक काशिराम पौडेलले दुखेसो पोखे । गत बर्ष भदौ देखि नहरमा पानी बग्न छाडे पछि मुख्य तीन खेती धान, गहुँ र मकै उत्पादन गर्न सकिएको छैन, खेत बाँभैmँ छ आकासे पानीको भरमा कताकती मकै खेती गरेपनि दाना लाग्न सकेको छैन । बिगतका बर्षहरुमा साउन महिनाको पहिलो हप्तामा रोपाई गरिसकिने गरेकोमा यस बर्ष १० प्रतिशत भन्दा रोपाई हुन नसकेपछी उत्पादनमा ह्रास आउने चिन्तामा किसानहरु छन् ।