Tag Archives: प्रवास

saudi arab

दशैंका बेला, नेपाली चेलीहरु रुँदैछन् साउदी अरबको जेलमा !

महेश श्रेष्ठ, साउदी अरब २०७३ असोज २३ । नेपाल फर्केर बालबच्चा र घरपरिवारकासाथ दुःख सुख दशैं मनाउला भन्दै महिनौदेखि नेपाली राजदुतावासको सेल्टरमा रहेका नेपाली चेलीहरु अहिले साउदी अरबको जेलमा रुँदै बस्न बाध्य भएका छन् ।

कुवैतबाट साउदी अरब आइपुगेका र राजदुतावासको शरणमा पुगेका ती चेलीहरुलाई दुतावासले उद्धार गर्न गरेको प्रयास असफल भएपछि उनीहरुको जेलको बास भएको हो । कुवैतमा घरेलु कामदारका रुपमा काम गर्न श्रमस्वीकृति दिलाएर नेपालबाट ल्याईएका र कुवैतमा नेपाली र अरबीयन दलालबाट बेचिएर साउदी अरबमा बधुँवा कामदार सरह बनाईएका उनीहरुको उद्धारका लागि दुतावासले नेपाल सरकारको परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कामदार कल्याण कोष लगायतमा पटकपटक रिर्पोट पठाएर र सहयोगका लागि अनुरोध गरे पनि वेवास्ता गरेका कारण नेपाली चेलीहरु साउदीको जेलमा पुगेका हुन् । कुवैतबाट पर्यटक भिसामा साउदी अरब भित्राइएका उनीहरुलाई गैरकानुनी रुपमा बसोबास गरेको आरोपमा साउदी सरकारले तोकेको जरिवाना तिर्न नसकेपछि जेल बस्नु पर्ने भएको हो । कार्यबाहक राजदुत आनन्द शर्माका अनुसार कुवैतबाट ल्याईएका ती चेलीहरुले १५ हजार रियाल ९४ लाख २७ हजार रुपैयाँ० सम्म गैरकानुनी बसोबास वापतको जरिवान तिर्नु पर्दछ । त्यो जरिवाना मिन्हा गर्न र नेपाल फर्कन एक्जिट भिसा दिलाउन तीन महिना अघिदेखि दुतावासले साउदी सरकारसंग अनुरोध गरेको थियो तर अस्विकृत भएका कारण दुतावासको शेल्टरमा रहेका उनीहरुलाई त्यहाँस्थित डिपोर्टेशन सेन्टर तथा महिला जेलमा पठाईएको हो । अब उनीहरुलाई साउदी सरकारको निर्णय अनुसार जेलबाटै नेपाल पठाउने व्यवस्था हुने छ ।

पीडित चेलीहरुका अनुसार घरेलु कामदारका रुपमा कुवैतका लागि ल्याईएका उनीहरुलाई कुवैती र नेपाली दलालले कुवैतबाटै साउदी अरबको आफन्तकोमा केही दिनका लागि जानुपर्ने भनेर झुक्काई बिक्री गरेर साउदी अरबमा पठाउछन् । साउदी अरबमा बिक्री गरिएका कतिपयलाई मालिकले अन्यत्र घर र स्थानमा काम गर्न लगाएर कमाई खाएर श्रमशोषण पनि गर्ने गर्दछन् । नेपाली राहदानी खोसी बधँुवा कामदार बनाईएका उनीहरुलाई साउदी कुवैत सीमाबाट ६ महिनाको पर्यटक भिसामा साउदी भित्राईन्छ । उनीहरुलाई पुनः कुवैत नफर्काई गैरकानुनी रुपमा घरभित्रै लुकाएर काम गर्न लगाईन्छ र तलब समेत नदिई काममा खटाएर भौतिक तथा मानसिक यातना दिई शाररिक शोषण समेत गरिन्छ । उनीहरुको बसाई अवैध भएका कारण नेपाल समेत फर्कन नदिई वर्षौसम्म काममा लगाईन्छ । यसरी शोषित भएकाहरु विभिन्न उपायले भागेर राजदुवासको शरणमा आउने गर्दछन् । त्यसरी भागेर दुतावासको शरणमा आउनेहरुमा दुई वर्षदेखि १० वर्षबढी साउदी अरबमा काम गरेकाहरु छन् ।

बाध्यताबस साउदी अरबमा गैरकानुनी रुपमा रहेका नेपाली चेलीहरुलाई साउदी सरकारले जरिवाना र जेल सजाय तोक्नु र उनीहरु नै थप पीडित हुनु अन्याय भएको पीडितहरु बताउछन् । यसै सम्बन्धमा कार्यबाहक राजदुत शर्मा भन्छन् “यसअघि हाम्रो अनुरोधलाई स्वीकार गरेर साउदी सरकारले जरिवाना र सजाय माफी दिने गरेको थियो तर यस पटक भने त्यसो गरेन । त्यसकारण हामीले शेल्टरमा रहेका चेलीहरुलाई डिर्पोटेशन सेन्टरमा पठाउन बाध्य भयौ ।”

“साउदी सरकारको यो परिवर्तिनीति घरेलु कामदारका रुपमा नेपाली चेलीहरुलाई साउदी आउन नेपाल सरकारले स्वीकृत दियोस् भन्ने कुटनीति दवाब पनि हुन् सक्छ” राजदुत शर्माको अनुमान छ । साउदी अरबमा महिलाहरुलाई घरेलु कामदारका रुपमा पठाउने व्यवस्थित कानुनी व्यवस्था नगरेसम्म र कुवैतबाट नेपाली महिलाहरुलाई ल्याउन नरोकिएसम्म यो समस्या रहिरहने पनि उनको ठहर छ ।

पछिल्लो जानकारी अनुसार दुतावासबाट पठाईएका ९ र यसअघि नै त्यहाँ रहेका ८ जना समेत १७ जना नेपाली चेलीहरु नेपाल फर्कने प्रतिक्षामा त्यहाँको महिला जेलमा छन् । दशैंमा घरपरिवारका माझमा पुग्ने आसाका साथ दुतावासको सेल्टरमा ९ महिनाअघिदेखि बस्दै आएका ती चेलीहरुको अपेक्षामा अहिले तुषारोपात भएको छ । महिलाजेलमा उनीहरुलाई संचारसेवाबाट समेत सम्पर्कविहीन अवस्थामा राखिएको छ । नेपाली र कुवैती दलालबाट साउदी अरबमा बेचिएर शोषित र पीडित भएका ती निर्दोष चेलीहरुलाई नेपाल सरकारले कुटनैतिक पहल गरेर मुक्त गराउनु पर्ने र उनीहरुलाई त्यो अवस्थामा पुर्याउने दलालहरुलाई कडाकार्वाही गर्नुपर्ने देखिएको छ । त्यसैगरी राजदुतावासले पठाएको प्रतिवेदन र अनुरोधलाई सरकारले गम्भिरतापूर्वक लिनु पर्ने समेत देखिएको छ ।

कार्यबाहक राजदुत शर्माका अनुसार श्रम तथा रोजगार मन्त्रालयले दुतावासको प्रतिवेदन र अनुरोध वेवास्ता गर्नुका साथै दुतावासका लागि अरबियन भाषा अनुवादक, जनसम्पर्क कर्मचारी र चालकका लागि प्राप्त हुँदै गरेको तलब रकम समेत रोक्का गरेर जनशक्तिको अभावमा दुतावासलाई लाचार बनाइएको छ । जस्को कारण पीडित महिलाहरुको हकअधिकारका लागि पर्याप्त कानुनी पहल गर्न समेत समस्या भएको छ ।

saudi arab

साउदी अरबका एक व्यवसायीव्दारा खोजी पत्रकारितालाई १ लाख सहयोग !

महेश श्रेष्ठ, साउदी अरब २०७३ असोज २० खोजी पत्रकारितालाई प्रोत्साहन गर्न साउदी अरबमा रहेको एक नेपाली रेष्टुरेण्ट व्यवसायीले एक लाख रुपैयाँ प्रदान गरेका छन् ।
जुबैल स्थित न्यू अन्नपूर्ण नेपाली रेष्टुरेण्टका संचालक श्री यावा लिम्बूले नेपाली साझा मंचको “देशका लागि केही त गरौं १” अभियान अन्तर्गत खोजी पत्रकारितालाई प्रोत्साहित गर्न घोषणा गरेको कार्यक्रमलाई शुक्रबार सहयोग स्वरुप एक लाख रुपैयाँ प्रदान गरेका हुन् ।

प्रथम न्यू अन्नपूर्ण गोल्डकप २०१६ का सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा प्रमुख प्रायोजक समेत रहेको सो नेपाली रेष्टुरेण्टका संचालक एवं कार्यक्रमका संयोजक श्री यावा लिम्बूले मंचका अन्तर्राष्ट्रिय अभियंता महेश श्रेष्ठलाई सो रकम हस्तान्तरण गरेका हुन । लिम्बूले मंचको अभियानलाई सहयोग गरेर आफूले राष्ट्रको सेवामा सानो अंश भएपनि योगदान गर्न पाएकोमा खुसी लागेको बताए । मंचका अभियंता श्रेष्ठले लिम्बूलाई धन्यवाद दिदै प्रवासी नेपालीहरुले खोजी पत्रकारितामा सहयोग र पत्रकारहरुलाई प्रोत्साहित गर्न सके राष्ट्र र जनताकै भलो हुने विचार व्यक्त गरे । नेपाली पत्रकारितालाई राष्ट्र र जनताको पक्षमा परिचालन गर्न मंचको अभियानमा सबैले सहयोग गर्न पनि श्रेष्ठले आह्वान गरे । मंचले सुनसरीका चार जना खोज पत्रकार र भूकम्प खोजी पत्रकारितालाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।

न्यू अन्नपूर्ण स्पोर्टस् क्लबद्वारा आयोजित उक्त धन्यवाद ज्ञापन कार्यक्रममा आयोजक टिमका उपविजेता खेलाडीहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा आयोजकले प्रतियोगितामा भएको खर्च तथा आम्दानीको हरहिशाब सहप्रायोजकका जिम्मेवार व्यक्तिहरु दुई महिने घरविदामा रहेकाले आगामी डिसेम्बर १५ मा सार्वजनिक गर्ने जानकारी समेत दिएको छ । नेपाली साझा मंच र नेपाली विवेकशिल पार्टी साउदी अरब समेत सह आयोजक रहेको प्रथम न्यू अन्नपूर्ण गोल्डकप २०१६ गत सेप्टेम्बर १३ मा सम्पन्न भएको थियो । उक्त गोल्डकप पीडित प्रवासी नेपालीहरु र पाँचथरस्थित यावा मार्गको स्तरोन्नतीको सहयोगार्थ आयोजना गरिएको थियो ।

यसैवीच मलेशियामा रहेका नेपाली साझा मंचका अभियंताहरुले “देशका लागि केही त गरौं १” मंचको अभियानलाई सहयोग गर्न मलेशिया शाखा गठन गरेका छन् । नवगठित मलेशिया मंचले त्यहाँस्थित एक विमारी नेपालीलाई सहयोग गरेर समाजसेवाको कार्य समेत प्रारम्भ गरेको छ ।

मलेशियास्थित मंचको अन्तर्राष्ट्रिय अभियंता लक्ष्मण थापाका अनुसार पर्वतका प्रताप सुवेदी, मोरंगका दलबहादुर लिम्बू, शेरचन राजवंशी, विजय साह, रामबहादुर तामाङ, कंचनपुरका ईन्द्र बिष्ट, सुनिल शाही, नुवाकोटका अमिर दोङग, सर्लाहीका सुमन कुश्वरा, भोजपुरका रामप्रसाद राई, तेह्रथुमका नरप्रसाद लिम्बू, सिन्धुपाल्चोक सोनाम तामाङग, सुनसरीका मनोज राई, संतोष कार्की, कृष्णकुमार विष्ट, नवलपरासी मिलन बिश्वकर्मा र उनी सहित १७ जना रहेका छन् । सो नवगठित मंचका अभियंताहरुले सिन्धुली हर्साई गाविस ३ का माझी सुब्बालाई तत्काल उपचारका लागि चार सय एक रिंगेट प्रदान गरेर मंचका तर्फबाट समाजसेवाको कार्य पनि प्रारम्भ गरे ।

मेनरा मुतियारा वन्सार जमलन लिकु एम।जे।सि। कन्स्ट्रक्सन कम्पनिमा कार्यरत सुब्बा एक महिना अघिदेखि विमारी भएर क्वालालम्पुरको युनिभर्सिटी हस्पिटल ९पिजे० मा उपचारका लागि भर्ना गरिएका छन् । उनको उपचारमा कम्पनीले वेवास्ता गरेपछि सुब्बाको उपचारमा कठिनाई भएको छ । उनका लागि उपचार खर्च जुटाउन अभियन्ता सुमन कुश्वारा, राम राई र नरप्रसाद लिम्बू लागि परेका छन् । उनीहरुकै पहलमा सुब्बालाई विहिबार अस्पताल भर्ना गरिएको र उपचार प्रारम्भ गरिएको छ ।

dn (2)

राकेश काफ्लेको एकल शब्द रचनामा रमेश कडेलको ‘प्रयास’ बजारमा आउदै

अविश अधिकारी, अमेरिका २०७३ असोज १४ । नेपाली भाषी भूटानीहरूले संसारमा कही न्याय पाएका छैनन । उनीहरूलाई देशको राजा बैरी भएर जबरजस्ती देशबाट धपायो । पुर्ख्यौली घर नेपाल पुगेका उनीहरूले त्याँहा पनि वर्षौसम्म शरणार्थीको दर्जा पाए,अपमान झेले र विलयको पर्खाल नाघ्न बाध्य भए । यस्तो दुःखद राजनीति झेलेका भए पनि नेपाली भाषी भूटानीहरूको तन,मन भने सदैव नेपाली नै रह्यो । नेपाली भाषा,साहित्य,संगीत,कला र समाजका क्षेत्रमा देखिएको नेपाली भाषी भूटानीहरूको उपस्थिति उनीहरूको नेपाली पहिचानको स्वर्ण दस्ताका रूपमा सदियौँदेखि दाखेल छ ।

राकेश काफ्लेका एकल शब्दररचनामा रमेश कडेलको एकल एल्बम ‘प्रयास’ ले अमेरिका र डायसपोरामा रहेको नेपाली गीत संगीतको बजार कब्जा गर्दै गरेको अहिलेको बर्तमान पनि भूटानीहरूको नेपाली संगीति फाँटको सफलता,प्रगति र सम्राज्यको एउटा दर्बिलो धरोहर हो । नेपाली भाषी भूटानी युवा गीतकार राकेश काफ्लेका एकल शब्दररचनाहरू अनि नवा उदायमान गायक रमेश कडेलको एकल आवाजमा विभिन्न भावमा संगृहित ूप्रयासू गीत तथा गजलहरूको संगालो एल्वम चाँडै आउने जानकारी प्राप्त भएको छ ।

उक्त संकलनमा एक गजल र पाँच समसामयिक आधुनिक गीतहरू रहेको गीतकार राकेश काफ्लेले बताए । ‘यो सहर मैले छाडेपछि..’ ‘न्यूयोर्क सहरमाू र ‘तिम्रो लजाउने कतथभि बेग्लै’ नामक गीतहरूमा संगीत साधना संगीतकाररगायक सी।डी बिजय अधिकारीले भरेका छन् भने संगीत संयोजन क्रमश किरण कडेल,उदयराज पौडेल र राजू कार्कीले गरेका छन्।ूमुटु फोरी जानेलाईू गीतमा संगीतकार राजु कार्कीले संगीत भरेका छन् भने संगीत संयोजन बिष्णु अधिकारी गरेका छन्।

त्यस्तै ‘डिम्पल गालैमा’ बोलको गीतमा संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् भने संगीत संयोजन उदयराज पौडेलले गरेका छन् र ‘हर्रा बोटे साईली’ बोलको गीतमा संगीतकार रमन गायकले संगीत भरेका छन् भने संगीत संयोजन महाराज थापाले गरेका छन्,गीतकार राकेश काफ्लेले बताए ।

सधै युवा प्रतिभाहरूलाई अगाडी ल्याउने क्रममा, यसपल्ट भने युवा सुमधुर स्वारका धनी गायक रमेश कडेललाई यस एल्वम मार्फत अगि बढ़ाउदै छन् गीतकार काफ्ले । काफ्ले भन्छन्,ू बल्न कोसीस वा बली उज्यालो छर्न सक्ने क्षमता भएका दियो बाल्ने मेरो इच्छ र प्रयास सधा रहनेछ, त्यसैको निरन्तरता हो ूप्रयासू एल्वम पनि।ू गीतकार काफ्ले थप्छन्,ू नवा युवा गायक रमेश कडेल एक नक्षत्र भई नेपाली सांगीतिक आकाशमा सधा चम्किने छन्, यो मेरो विश्वास हो।ू यस एल्बमलाई कँडेल परिवारले निजीरूपमा बजारमा ल्याउन लागेको गायक रमेश कँडेलले बताए ।

यही एल्बम प्रकाशन विषयको एक प्रसंगमा भूटानी साहित्यकार पुरानाघरेले भने,ूशरणार्थीका रूपमा तेस्रो देश पुगेका युवाहरूले निजिरूपमा चौतर्फी बिकाश गरिरहेका छन । भूटानीहरूको साहित्य,संगीत र समाज जता पनि माहोल मर्दैछ दिन दिनै तर पनि निजिरूपमा अत्यान्त धेरै प्रतिभाहरू आइरहेका छन । त्यसो भएको हुनाले भविष्यमा डायसपोरामा रहेका भूटानीहरूको साहित्य,संगीत र समाजमा प्रतिनिधि माहोल निर्माण हुने विषयमा म आसावादी छु ।

ू चिराङ भूटानमा देवी र दमन्ता कँडेलका माईला सन्तानका रूपमा २५ वर्ष अगाडि जन्मिएका रमेशले भूटानबाट लखेटिएर नेपालमा पहिलो मृत्यु तगेका सबै नेपाली भाषी भूटानीहरूका पीडा पचाएका छन् । नरम बोलि,अन्तरमुखी स्वभाव,त्यागी विचार र मिलासार चरित्रका उज्जवल प्रतिभाका रूपमा स्थापित हुँदै गरेका कँडेल अहिले अमेरिकाको भर्जिनीया राज्यमा बस्छन र समग्र अमेरिकालाई कर्म थलो बनाउनु निकै लागि परिरहेका देखिन्छन् ।

भवसागर जस्तै ठूलो देश अमेरिकामा थोरै नेपाली भाषीहरू, नगन्य साँगीतिक माहोल, सुशुप्त साँगीतिक भविष्य र दैनिकीका वावजुद पनि केही वर्ष यता निरन्तर चर्चामा रहेका कँडेल २०१५ मा सक्षम समुहको प्रस्तुति ूवर्षा वेस्ट पर्फरमरूमा पहिलो स्थान चुम्न सफल भएका थिए । त्यसो त सन १९८०को दशकमा भूटानको तानाशाही राजतन्त्रले नेपाली मूलका नागरिकका विरूद्धमा अख्तियार गरेको जातिय सफाय नीतिको सिकाएर भएर सन १९८८देखि १९९३ सालसम्म भूटानबाट लखेटिएका नेपाली मूलका भूटानी नागरिकहरूले नेपालका पुर्वी झापा र मोरङका सात शरणार्थी शिबिरहरूमा २० वर्षसम्म घरदेश जाने सपनामा सुनौलो भाग्यको कल्पना संगाल्दा पनि केही सिप नलागेपछि नेपालमा रहेका भूटानी शरणार्थीहरूलाई तेस्रो देश पुनरबास गरार्इएपछि शरणार्थीहरूले विभिन्न पक्षमा चमत्कार नै देखाएको विज्ञहरू बताउँछन ।

कला क्षेत्रमा सानैदेखि मेधावी प्रमाणित युवा राकेश काफ्ले पुनरबास कार्यक्रमपछि बहुप्रतिभावान स्थापित भएका छन त्यसो त क्षमता र विद्वता हुँदा हुँदै पनि शरणार्थी शिविरमा कैद भएका शरणार्थी युवाहरू पुनरबास कार्यक्रमसँगसँगै संसारका विभिन्न कुनामा डायसोरा नामको भूटान लिएर भूगोलभरि उभिइरहेका पाइन्छन । ऋम्ः ःगकष्अ ऋचभबतष्यल ले बजार व्यवस्थापन गरी बजारमा ल्याइएको ूप्रयासूले,गीतकार काफ्लेको एकल शब्दररचना रहेको ूतुलसी मन्जरीूलेझैं,ूप्रयासूले चर्चा बोटुल्छ(बोटुल्दैन त्यो भने हेर्न बाकी नै छ। गीतकार काफ्ले र गायक रमेश कडेललाई हाम्रो पनि अग्रिम शुभकामना।

k thapa

नेपालको विकासमा जापानको योगदान महत्वपूर्ण – पूर्व उपप्रधानमन्त्री थापा

तजबीज खबर, इवाते, जापान २०७३ असोज ११ । । राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधान तथा परराष्टमन्त्री कमल थापाले जापानका लागानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आव्हान गदैँ अहिले नेपाल सुरक्षित रहेको बताए ।
जापानको इवाते प्रिफेक्चरका गर्भनर ताकुया तासुको निमन्त्रणमा गत शनिवार जापान आएका थापाले नेपाल जापान कुटनीतिक सम्बन्धको ६० औ बर्ष पुरा भएको अवसरमा आयोजित विशेष कार्यक्रमलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने क्रममा यस्तो अभिव्यक्ति दिएका हुन् ।
japan3
आफ्नो सम्बोधनको क्रममा अध्यक्ष थापाले विशेषगरी गत बर्ष नेपालमा गएको महाभुकम्प, त्यसको प्रभाव र त्यसपछि पुर्ननिर्माणको अवस्था, देशको वर्तमान राजनीतिक परिस्थिति तथा नेपाल जापान मैत्री सम्बन्धको बिषयमा प्रकाश पारेका थिए ।
महाभुकम्पपछि जापानले तत्काल नेपाललाई गरको भौतिक तथा आर्थिक सहयोगको चर्चा गर्दै पूर्व उपप्रधान तथ परराष्ट्र मन्त्री थापाले नेपालको आर्थिक विकास बर्षौ देखि जापानको महत्वपूर्ण भूमिका रहको बताए ।उनले जापानले महाभुकम्प पछि नेपाललाई पुर्याएको योगदान प्रति कृतज्ञता प्रकट गर्दै जापान सरकार र सम्पूर्ण जापानीजहरुलाई धन्यवाद दिए ।
japan
सदियौं देखि नेपाल जापानबीच प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै थापाले आफ्नो भम्रणले दुई देशबीचको आपसी सम्बन्धलाई थप सुमधुर बनाउने विश्वास व्यक्त गरे ।

उनले जापनमा पनि विभिन्न समयमा भुकम्प र सुनामीका कारण भएको प्राकृतिक क्षति प्रति आफूहरु पनि उक्तिकै चिन्तित रहेको बताउदै त्यो प्रभावित क्षेत्रमा पुगेर पुर्न निर्माण र विकासलाई हेर्ने र सिक्ने मौका यो भम्रणमा पाएको जानकारी दिदै अध्यक्ष थापाले प्राकृतिक क्षतिपछि जापानले जति छिटो पुर्न निर्माण गर्न सफल हुन्छ त्यसरी हामीले नसके पनि विस्तारै पुर्ननिर्माणको कार्य अगाडी बढेको जनाए ।

सोहि कार्यक्रममा सहभागी नेपाली तथा जापानीज विद्यार्थीहरुले राखेका विभिन्न जिज्ञासाहरुलाई पनि प्रमुख अतिथि थापाले सम्बोधन गरेका थिए । यसअघि थापाले इवाते गर्भनर ताकुया तासो र इवाते इन्टरनेशनलका अध्यक्ष केनिचि हिरामायासँग शिष्टाचार भेट गरेका थिए ।
kthapa
यसअघि प्रमुख अतिको रुपमा अध्यक्ष थापाले गत आईतबार जापानमा सक्रिय राप्रपा नेपालको भातृ संस्था प्रवासी नेपाली संगठन (ओनो) जापानको छैठौं अधिवेशनको टोकियोमा उद्घाटन गर्दै नेपालको आर्थिक विकासको लागि प्रवासमा रहेका ५० लाख भन्दा बढि नेपालीहरुको महत्वपूर्ण योगदान रहेको बताए । उनले विदेशमा बस्ने नेपालीहरुले अझ बढि नेपालको राजनीतिक अवस्था र देशप्रति चासो र चिन्ता राखेको आफूले महशुस गरेको उल्लेख गरे ।

प्रवासी नेपालीहरुको उत्साहजनक सहभागीता रहेको सो कार्यक्रममा थापाले राप्रपा नेपालले आफ्ना मुख्य एजेण्डाहरु हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रको बिषयमा पार्टी पछि नहट्ने अडान दोहोराएका थिए । उनले कुनै पनि देशको धर्म संस्कृति, इतिहास र धरोहरहरुको नष्ट गरेर राष्ट्र कहिल्यै समृद्ध नहुने पनि बताए ।

जापान भ्रमणमा अध्यक्ष थापासँगै राप्रपा नेपाल महिला संगठन सल्लाहकार प्रलीता थापा, केन्द्रिय सदस्यव्दय प्रेम कुमार श्रेष्ठ, राजाराम बर्तौला र प्रवास विभाग प्रमुख विजय खड्का सहितको टिम आएको थियो । ओनो जापानका अध्यक्ष रघुदीप खड्काको सभापतित्वमा सम्पन्न सो अधिवेशनले चन्द्र उपाध्यायको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

५ दिने जापान भम्रण र भेटघाट पछि सो टोली शुक्रबार नेपाल फिर्ता हुने कार्यक्रम छ।

dipu

बर्तमान प्रवृत्तिको चर्चा गर्दै संरक्षण कविता आन्दोलनको कार्यक्रम गेण्टमा सम्पन्न !

तजबिज खबर/ गेण्ट, बेल्जियम, २०७३ असोज १० । संरक्षण कविता आन्दोलनको दोश्रो कार्यक्रम नेपाली समुदाय गेण्टको सहकार्यमा हिजो २५ सेप्टेम्वरमा सम्पन्न भयो । कार्यक्रममा आन्दोलनको मूल मर्म अनुरुप स्थलगत लेखन, वाचन र बर्तमान प्रवृत्तिहरुको बारेमा चर्चा भएको थियो ।

नेपाली समुदाय गेण्टका अध्यक्ष कृष्ण पराजुलीको सभापतित्वमा संचालित कार्यक्रममा बेल्जियमका स्रष्टा विमल गिरीको हालै प्रकाशित हाइकू सँग्रह “विभाजित मन”का लागि गिरीलाई बधाई पनि ज्ञापन गरियो ।

कार्यक्रममा दीपेन्द्र के.सी, बिमल गिरी, बिष्णु सापकोटा, मोहन खत्री, टेक बहादुर थापा, पदम ज।क।, प्रमेश कडेल, तीर्थराज धमला, कृष्ण पराजुली, यामु निरौला, दीपकज्योति पौडेल र गोपाल अधिकारीले भाग लिएका थिए ।

आन्दोलनबारे संयोजक दीपेन्द्र के।सी।ले प्रकाश पारेका थिए भने कार्यक्रमको सँचालन आन्दोलनका संचार समन्वयक विष्णु सापकोटाले गरेका थिए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका बर्तमान कुलपति एवं वरिष्ठ साहित्यकार सरुभक्तको नेतृत्वमा २०५३ साल असोज १० गते शुरु गरी २०५५ असोज २५ गते मुस्ताङको मुक्तिनाथमा घोषणा गरेर नेपालका ग्रामीण भेगहरुमा गै प्रकृतिसँग साक्षात्कार गर्दै स्थलगत कविता लेखन, गोष्ठी र स्थानीयहरुलाईनै श्रवण गराउने, उत्प्रेरणा जगाउने, आफनो शैली निर्माण गर्न प्रेरित गर्ने “संरक्षण कविता आन्दोलन” लाई अन्तर्राष्ट्रियकरण गर्ने सवालमा बेल्जियमबाट यूरोपस्तरमा कविता आन्दोलन सँचालन गर्न सँरक्षण कविता आन्दोलन नेपालको मूल मर्म समायोजन गरी “संरक्षण कविता आन्दोलन, यूरोप” को केही महिना पहिले देखि यहाँ शुरुवात गरिएको थियो ।

netherland jana sampraksamiti_final

प्रवास: जनसंपर्क समिति नेदरल्याण्ड्स अधिवेशन तयारी अन्तिम चरणमा !

अधिवेशनलाई संबोधन गर्न परराष्ट्रमन्त्री डा. महत र केस पाण्डे आउने

शालिक गौतम, नेदरल्याण्ड्स २०७३ असोज ९ । नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सको चौथो अधिवेशन आगामी २७ सेप्टेम्बर २०१६ का दिन आमस्ट्राडामको यान फान गाल स्ट्रीटमा मा हुने भएको छ । अधिवेशनलाई संबोधन गर्नका लागि नेपाल सरकारका परराष्ट्रमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. प्रकाश शरण महत र नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र राज पाण्डे आउने भएका छन् ।

अधिवेशनलाई भव्य र सभ्य रुपमा संपन्न गराउनको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र अधिवेशनमा परराष्ट्रमन्त्री महत २७ सेप्टेम्बर, केन्द्रिय सदस्य पाण्डे २६ सेप्टेम्बरमा आमस्ट्राडाम आइ पुग्ने र विभिन्न देशबाट उल्लेख्य रुपमा अतिथीहरुको उपस्थिती रहने अध्यक्ष दिपक रेग्मीले जानकारी दिएका छन् ।

अध्क्ष रेग्मीका अनुसार अधिवेशनका लागि युरोप लगायत विश्वमा रहेका सवै जनसंपर्क समितिहरुलाई आतिथ्यतका लागि निमन्त्रणा भै सकेको र विषेश गरेर युरोप महादेशका जनसंपर्क समितिहरुबाट सहभागिता रहने छ ।

नेदरल्याण्ड्स स्थित सवै नेपाली संघसंस्था तथा समुदायलाई समेत कार्यक्रममा उपस्थित हुनको लागि पत्रचार गरिएको छ । विषेश गरेर युरोपेली महादेशमा रहेका सवै जनसंपर्क समितिहरु, अग्रजहरु र नेदरल्याण्ड्सका सवै संस्था तथा समुदायलाई उद्घाटन सत्रमा आतिथ्यताका लागि पत्रचार गरिएको र प्राविधिक कारणबाट जानकारी नभएको भए पनि सवैलाई कार्यक्रममा उपस्थितीको लागि अनुरोध गरेको महामन्त्री उत्तम कंडेलले बताए कार्यक्रम कक्ष, अतिथी सत्कारका लगायत अधिवेसनका आवश्यक प्रवन्ध भैसकेको छ । नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सको आगामी नेतृत्व सर्वसम्मतीमा चयन हुने र संगठनको वृहत्तर हितका लागि सवै पार्टीपत्ति एकढिक्का भएर अगाडि बढ्ने सहमति भएको नेपाली जनसंपर्क समिति चौथो अधिवेसनका लागि निर्वाचन समितिका संयोजक नारायण आर्चायले प्रतिकृया दिएका छन् । तर निर्वाचन समितिले कार्यसमितिको घोषणा भने गरेको छैन ।

saudi rajdoot

आर्थिक उन्नतीतिर लागौं, वैदेशिक रोजगारको पीडा अन्त्य हुनेछः शर्मा

महेश श्रेष्ठ, साउदी अरब २०७३ असोज ५ । मुलुकले संविधान मार्फत राजनैतिक दिशा प्राप्त गरिसकेकाले अब आर्थिक उन्नतीको दिशा तर्फ सबैलाई समेटेर मुलुकको हितमा लाग्न कार्यबाहक राजदुत आनन्द शर्माले आग्रह गरे छन् । नेपालको संविधान २०७२ जारी भएको वार्षिकोत्सवका उपलक्ष्यमा नेपाल सरकारको निर्देशानुसार आयोजित राष्ट्रिय दिवशको अवसरमा सम्बोधन गर्ने क्रममा उनले सबै नेपालका राजनैतिकदलहरुलाई आग्रह गरेका हुन ।
ss
रियाद स्थित राजदुतको निवास स्थलमा आयोजित सो कार्यक्रममा उनले नेपालको संविधान अनुसार नेपाली दुतावास नेपाली जनताको सेवा गर्न समर्पित रहेको र नेपालको कुटनैतिक मर्यादालाई उच्चो तुल्याउने कार्य गरिरहेको पनि बताए । राजदुत शर्माले मुलुकले आर्थिक उन्नती गर्न सकेको नेपालीहरुले वैदेशिक रोजगारीका नाममा भोग्नु परिरहेको पीडाको पनि अन्त्य हुने विश्वास व्यक्त गरेर ।
sss
नेपाली राष्ट्रिय झण्डा राखेर कार्यक्रमको शुरुवातमा शहिदहरुप्रति एक मिनेट मौनधारण, राष्ट्रिय गानका साथै दीप प्रज्जवलन गरेर गरिएको सो कार्यक्रमको संचालन दुतावासका द्वितीय सचिव कुलबहादुर थापा मगर र स्वागत मन्तव्य श्रम सहचारी अम्बिकाप्रशाद अधिकारीले गरेका थिए । अनौपचारिक कार्यक्रमका रुपमा मनाईएको सो कार्यक्रममा नेपाली साझा मंच, एनआरएनए, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच, आदिवासी जनजाति महासंघ, नेपाली जनप्रगतिशील मंच, नेपाली जन सम्पर्क समिति, हेल्प नेपाल, प्रवासी नेपाली मंच, ब्रदर्श हेल्प नेपाल लगायतका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा कुलबहादुर थापा, अरुण बेलबाँसे, लामिछाने, बाबुलाल बुढा मगर लगायतले देशभक्तिपूर्ण कविता गजल सुनाएका थिए ।
s7s2
कार्यक्रममा ‘नेपालको संविधान २०७२’ नेपाली जनताको बलिदान र त्यागबाट प्राप्त उपलब्धी भएकाले यसको रक्षा गर्दै कार्यान्वयन गर्न, संविधानप्रति असन्तुष्टि व्यक्त गर्नेहरुलाई समेट्न र संविधानलाई ढुंगाको अक्षरका रुपमा नबुझ्न पनि त्यहाँ सहभागि प्रवासी नेपालीहरुले आग्रह गरेका थिए ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा सहभागीहरुले नेपालको संविधान काँग्रेस, कम्युनिष्टहरुको राजनैतिक आन्दोलनको योगदानबाट लोकतान्त्रिक भएको । नेकपा माओवादीको दस वर्षे जनयुद्धका कारण गणतान्त्रिक, आदिवासी जनजातिहरुको निरन्तरको संघर्षबाट समावेशी र पहिचानको मुद्दा समेटिएको त्यसैगरी मधेश आन्दोलनले संघीयता लेखिएको चर्चा गर्दै असन्तुष्ट पक्षहरुलाई समेटेर मुलुकलाई समृद्धि तर्फ लैजानु पर्नेमा जोड दिएका थिए ।

श्रेष्ठ, फ्रिलायन्सर लेखक पत्रकार हुन् ।

mao

प्रवासी नेपालीको पीडा र गुनासोको पोको बोकेर श्रेष्ठ नेपाल फर्किए !

महेश श्रेष्ठ, सउदी अरब, २०७३ असोज १ । पूर्व उप प्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले साउदी अरबको अनौपचारिक तीन दिने भ्रमणको क्रममा पीडित प्रवासी नेपालीहरुको पीडा र गुनासोको पोको बोकेर नेपाल फर्केका छन् । श्रेष्ठले प्रवासी पीडितको समस्याका सम्बन्धमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र श्रम तथा रोजगार मन्त्री र सचिव समक्ष गम्भिरतापूर्वक छलफल गर्ने प्रतिबद्धता समेत गरेका छन् ।
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ नेपाली जनप्रगतिशील मंच, साउदी अरबको चौथो एकताको महाधिवेशनको निम्तोमा साउदी अरब आएका थिए । गत ११ सेप्टेम्बरका दिन साउदी अरबको रियादमा आएका नेता श्रेष्ठले साउदी बसाईको क्रममा प्रवासी पीडित नेपाली कामदारहरुसंग छुट्टा छुट्टै भेटघाट गर्नुका साथै विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुसंग अन्तरक्रिया समेत गरे ।
प्रवासी पीडित कामदारहरुले उनीसंगको भेटमा सम्झौता अनुसारको कम्पनी तलब सुविधा नपाएको, महिनौदेखि तलब नपाएका कारण खानबस्नमा समेत समस्या भएको, सम्झौता अवधि पुगिसक्दा पनि घर फर्कन नपाएको, मालिक र प्रहरीको मिलोमतोमा दुःख दिएको र लेबरकोर्टको फैसला ढिलाई हुँदा खाली हात नेपाल फर्कन बाध्य बनाइएको पीडा सुनाए । उनीहरुले नेपाली राजदुतावासले आफूहरुको समस्यामा वेवास्ता गरेको गुनासो पनि गरे ।
भेटघाटकै क्रममा श्रेष्ठले रियादस्थित दुतावासको सेल्टरमा रहेका पीडित महिलाहरुसंग पनि भेटघाट गरे । घरेलु र कम्पनीका कामदारका रुपमा आएका ती महिलाहरुले आफूहरुको उद्धार गरेर यथाशिघ्र नेपाल पठाउने व्यवस्था गरिदिन अनुरोध गरे । सेल्टरमा कुवैतबाट बेचिएर साउदी ल्याइएका, साउदी मै ल्याईएर दुःख पाएका र कम्पनीको काम भनेर अन्यत्र काम लगाई दुःख दिएका र सो क्रममा भागेर दुतावास आएकाहरु छन् । हाल सेल्टरमा १६ जना महिलाहरु छन् । उनी सबै एकै चोटी सुत्न पनि नसक्ने साँघुरो कोठामा बस्दै आएका छन् । सेल्टरमा रहेका कतिपय महिलाहरु विमारी र बच्चा सहितका छन । साउदी सरकारले एक्जिट भिसा लगाउनका लागि कानुनी प्रक्रियामा ढिलाई गरेका कारण डेढ वर्षदेखि सेल्टरमै बसेका महिलाहरु पनि रहेका छन् ।
साउदी बसाईमा श्रेष्ठले वैदेशिक रोजगारका क्रममा साउदी अरबमा रहेका प्रवासी नेपालीहरुले भोग्नु परेको समस्याका बारेमा दुतावासमा आयोजित अन्तरक्रिया कार्यक्रममा महिलाहरुलाई घरेलु कामदारका रुपमा महिलाहरुलाई पठाउन उपयुक्त नलागेको धारणा राख्दै ठूलाठूला पर्खालभित्र बन्द गरेर राखिएका महिलाहरुको पीडा र अपमान असह्य भएको बताए । उनले कम्पनीका कामदारका रुपमा महिलाहरुलाई पठाउन सकिएपनि घरेलु कामदारमा पठाउन नहुने बताए ।
अन्तरक्रियामा माओवादी केन्द्रका सरकार संचालन समितिका ईन्चार्ज समेत रहेका श्रेष्ठले नेपालमा पुगेर यथाशिघ्र साउदी अरबमा रहेका नेपालीहरुले भोग्नु परेको समस्या र पीडाका सम्बन्धमा गम्भिरतापूर्वक प्रधानमन्त्री समक्ष कुरा राख्ने बताए । उनले समस्याको निकासका सम्बन्धमा परराष्ट्र मन्त्रालयका मन्त्री र सचिव त्यसैगरी श्रम तथा रोजगार मन्त्रालयका मन्त्री र सचिवसंग समेत छलफल गर्ने प्रतिबद्धता गरे । रियाद स्थित नेपाली दुतावासको अतिथि गृहमा बसेका श्रेष्ठ विभिन्न संस्थाहरुको कार्यक्रममा समेत सहभागि भएर सेप्टेम्बर १४ मा नेपाल फर्केका हुन् ।

nkaji

प्रवास : गोर्खाली अलअरिदाले जित्यो साउदीको प्रथम अन्नपूर्ण गोल्डकप !

स्वाभिमान नझुकाउन माओवादी केन्द्रका नेता श्रेष्ठको आह्वान !

महेश श्रेष्ठ, २०७३ असोज १ । साउदी अरब÷प्रथम न्यू अन्नपूर्ण गोल्डकप २०१६ को उपाधी चुमेर न्यू गोर्खाली अलअरिद रियादले विजेताको पगरी आफ्नो बनाएको छ । प्रवासी नेपाली कामदारहरुको भूमि साउदी अरबमा उनीहरुले नेपालका पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठबाट विजेताको पगरी, शिल्ड अनि एकलाख रुपैयाँ पुरस्कार प्राप्त गरेर ऐतिहासिक विजेता हुन पनि सफल भए ।

गोर्खालीले आयोजक अन्नपूर्ण “बि” जुबैललाई १–० को अन्तरमा पराजित गरेकोपछि विजेता भएको हो । गोर्खालीका लागि खेलको मध्यान्तरपछि यमन गुरुंगले अन्नपूर्णको पोष्टमा बललाई जाली चुमाउन सफल भएपछि आयोजकलाई पराजित गर्ने निर्णायक गोल भयो ।
saudi
सोही गोललाई फर्काउन नसकेपछि आयोजक अन्नपूर्ण दोस्रो स्थानमा चित्तबुझाउदै रनरअपको उपाधी सहित ७५ हजार रुपैयाँले पुरस्कृत भयो ।

त्यसैगरी सिमेन्सन अलअमारा जुबैलले पिटि स्टिल्सलाई पेनाल्टी सुटआउटमा ६–५ को अन्तरमा पराजित गरेर ५० हजार रुपैयाँ सहित सेकेण्ड रनरअपको उपाधी हात पार्दै प्रतियोगिताको तेस्रो स्थान प्राप्त गर्यो । विजेताहरुलाई शिल्ड, प्रमाणपत्र तथा पुरस्कार श्रेष्ठले प्रदान गरेका थिए ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा सरकार संचालक समितिका ईञ्चार्ज समेत रहेका श्रेष्ठले समापन समारोहलाई सम्बोधन पनि गरेका थिए । श्रेष्ठले नेपालीहरु बाध्यताले वैदेशिक रोजगारमा आएर पनि रोजगारमा देखिएको समस्याले थप पीडित भएकोमा दुःख व्यक्त गर्दै नेपालीहरुलाई वैदेशिक रोजगारमा जान नपर्ने अवस्था सृजना गर्नु पर्ने र यसका लागि नेपालको सरकार र राजनैतिक दलहरु गम्भिर हुनु पर्ने बताए । उनले २५ लाख नेपालीहरु वैदेशिक रोजगारमा रहेको उल्लेख गर्र्दैे नेपालीहरुको स्वाभिमान नगिराउन आग्रह गरे ।
उनले प्रवासमा रहेर पनि खेलकुद प्रतियोगिताको आयोजना गरिएको प्रति सह्राना गर्दै यस्ता खेलले शाररिक, मानसिक तन्दुरुस्तिमा मात्रै फायदा हुने नभई नेपालीहरुका बीचको एकतालाई थप मजबुत बनाउने, राष्ट्रप्रेम र सद्भावलाई समेत बढाउने बताए ।

साउदी अरबमा पहिलो पटक र अनौपचारिक भ्रमणमा आएका श्रेष्ठले यहाँका नेपाली कामदारहरुको समस्या नजिकबाट बुझेको चर्चा गर्दै समस्या समाधानका लागि यथाशिघ्र गम्भिरतापूर्वक पहल कदमी लिने प्रतिबद्धता पनि गरे ।

साउदी अरबको पूर्वीक्षेत्रीय प्रान्तको जुबैलको रोयल कमिशन स्थित खेल मैदानमा आयोजित उक्त गोल्डकपको समापन समारोह आयोजक न्यू अन्नपूर्ण स्पोर्टस् क्लबका संयोजक श्री यावा लिम्बूको सभापतित्व र पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । समापन समारोहमा नेपाली राजदुतावसका कार्यबाहक राजदुत आनन्द शर्मा, एनआरएनए, साउदीका अध्यक्ष नारायण पासवान, नेपाली जनप्रगतिशील मंचका अध्यक्ष कमल शाही लगायतको उपस्थिति थियो ।

प्रवासी नेपालीहरुले व्यवस्थित खेलमैदानका आयोजना गरेको र हालसम्मकै ठूलो रासीको पुरस्कार सहितको यो प्रतियोगिता साउदी अरबमै पहिलो हो । पाँचथरस्थित यावा मार्गको स्तरवृद्धि र प्रवासी पीडित नेपालीहरुको सहयोगार्थ आयोजना गरिएको यस प्रतियोगितामा सहआयोजकमा नेपाली साझा मंच र नेपाली विवेकशिल पार्टी रहेका छन् । गत ११ सेप्टेम्बरबाट संचालित उक्त प्रतियोगिता तीन दिन पछि आज समापन भएको हो ।

bbbbbbb

प्रवास: क्षेत्री समाज बेल्जियमको तेश्रो अधिवेशन सम्पन्न,अध्यक्षमा बस्नेत !

नवीन केसी, बेल्जियम २०७३ भदौ २९ । क्षेत्री समाज बेल्जियमको तेश्रो अधिवेशनले नगेन्द् बस्नेतको नेतृत्वमा नया समिति चयन गरेको छ । सोमवार बेल्जियमको लुभेनमा सम्पन्न अधिबेशनबाट उपाध्यक्षमा दीपक कार्की, कुलबहादुर कार्की र देवी कार्की, महासचिवमा यशोदा थापा, सचिवमा योगिता थापा र कर्ण अधिकारी, कोषाध्यक्षमा सचिन केसी र सह कोषाध्यक्षमा सीता केसी निर्वाचित भएका छन् ।
belgium
तीन वर्षे कार्यकालको लागि सदस्यहरुमा जयराम केसी, हरि रोका, सारदा धिताल, भद्र बुढा, याम खड्का, मीन कुवर, दीपेन्द्र केसी, बुद्वी बराल र अमृत रोका रमेश कार्की निर्वाचित भएका छन् । साथै पूर्व अध्यक्षहरु ओम थापा र मोहन खत्री संगै दीपेन्द्र केसी, मदन तिमिल्सिना, महेश थापा, झलक केसी,कृष्ण केसी, किसन केसी, इन्द्र पकवान क्षेत्री, खड्कबहादुर केसी,दीप कुँवर,चन्द्र कार्की र शिवकुमार बरुवाल सल्लाहकार चयन भएका छन् भने पूर्व अध्यक्ष् हरु ओम थापा , गोपाल सिंह थापा र मोहन खत्री लगयत तीन सदस्य को समिती गठन गरिएको छ ।

कार्यकममा प्रमुख अतिथि नेपाली दूतावास बेल्जियमका कार्यवाहक राजदूत घनश्याम भण्डारीका साथै सहभागी अतिथि क्षेत्री समाज नेपालका उप महासचिव राम बहादुर पाण्डे, एनआरएन सचिव अर्जुनकुमार श्रेष्ठ, एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतम, महिला संयोजक रजनी प्रधान, आईसीसी सदस्य नेत्र मगर र जानकी गुरुङ, प्रवासी नेपाली मंचका अध्यक्ष बोधराज पौडेल, नेपाली व्यावसायी संघका अध्यक्ष सीपी भट्ट, युरो नेपाल कलाकार संघका अध्यक्ष पार्वती अधिकारी, संरक्षण कविता आन्दोलन युरोप संयोजक दीपेन्द्र केसी नेपाली जनसंपर्क समिती कि प्रतिनिधि तथा माहासमीती सदस्य सीता सापकोटा किरात समाज का अध्यक्ष बिमल सुब्बा लगायत उपस्थित विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए ।
1517604_661421207262762_8707250236296065874_n
मोहन खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दीपक कार्कीले स्वागत मन्तव्य राखेका थिए कार्यक्रममा आर्थिक र प्रगती प्रतिवेदन सर्वसंवत रुपमा पास भएको थियो नेपाली कला संस्कृति र परम्पराको जगेर्ना गर्नको लागि स्थापित समाजले अधिवेशनको क्रममा जनै पूर्णिमा, कृष्ण अष्टमी र तीजको सम्झना गर्दै उपस्थित सबैलाई भोजनको व्यवस्था गरेको थियो ।

समाजले आफ्नो स्थापनाकाल देखि नै नेपाली नेपाली संस्कृतिको जगेर्नाका लागि आफै र आयोजना गरिएका कार्यक्रमममा सहयोग गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि नेपाली पहिचान कायम राख्न नेपाली सांस्कृतिक पर्वहरुको आयोजना गर्दै सबै नेपालीहरु बिचमा एकता र सद्वभाव प्रगाड बनाउने नव निर्वाचित अध्यक्ष नरेन्द्र बस्नेतले बताए ।