Tag Archives: गल्कोट

hulak

आज भोलि हुलाकको नाम नै सुन्न छोडियो …

गुमानसिँह भण्डारी, गल्कोट २०७३ असोज २३ । केही वर्ष अघिसम्म टाढा रहेका परिवारका सदस्य, नातेदार, आफन्त र साथीहरुको हालखबर थाहा पाउन हुलाकबाट चिठीपत्र आदानप्रदान गरिन्थ्यो । प्रत्युत्तर पाउँन हप्तौं र महिनौं कुर्नु पथ्र्यो । तर अहिले इमेल–इन्टरेनट चलाए पुग्छ । धेरैको हातहातमा मोबाइल, घरघरमा इन्टरनेट र गाउँगाउँमा टेलिफोन सुविधा पुगेपछि कुनै समय एउटै मात्र विकल्पको रुपमा रहेको हुलाक सेवालाई भने सबैले लगभग बिर्सिसकेका छन् । भन्छन, केहि वर्ष यता हुलाकको नाम नै सुन्न छोडियो …!

पहिले धनादेश (बैंकिङ)को कारोबर समेत हुलाकबाट हुने हुलाक कार्यालयहरु यतिबेला कामविहीन अवस्थामा पुगेका छन् । चिठ्ठी-पत्र, पत्र-पत्रिका, रजिष्टरी-पत्र लगायत पुलिन्दाका पोकाहरु बोकेर घरघरमा पुग्ने हल्काराहरु अहिले बिरलै देख्न पाईन्छ । बागलुङ बजारको उद्यान सामुन्नेको चोकमा रहेको जिल्ला हुलाक कार्यालय भवनको भूर्इँतला सबै भाडामा लगाईएको छ भने माथिल्लो तला सुनसान देखिन्छ । गाउँगाउँमा रहेका ईलाका हुलाक कार्यालयहरु पनि सुनसान अवस्थामा रहेका छन् । सेवाग्राहीहरुको अभावमा त्यसैत सुनसान बनेको हुलाक त्यस्मा पनि इलाका हुलाकहरुमा आउने (निकासा भएको) रकम जिल्लाबाट रोकिएपछी काम-माम सबैबाट कर्मचारीहरु पीडित बनेको चर्चा सार्वजनिक भएको छ ।

हुलाकबाट सेवा लिने सेवाग्राहीहरुको संख्यामा उल्लेख्य कमी आएको ईलाका हुलाक कार्यालय गल्कोट हरिचौरका प्रमुख सन्तोष थापाले बताए । कार्यालयका अनुसार चिठ्ठीपत्रको आदानप्रदान गर्ने क्रम ५/६ वर्षयता खस्केको छ, व्यक्तिगत काममा चिठीपत्रको प्रयोग हुन छाडेको छ, सरकारी र संस्थागत काम तथा पत्रिका पुर्याउनको लागि मात्र हुलाकको प्रयोग सिमित भएको थापाको भनाई छ ।

हुलाकमा चिठीपत्र आउन छोडेपनि कर्मचारीको काम भने रोकिएको छैन भन्छन थापा । ईकाला हुलाक कार्यालयमा आउने रकम जिल्लामा रोकिएको भन्दै सेवा प्रवाहमा केहि समस्या देखिएको उनको गुनासो छ ।

ब्यक्तिगत प्रयोजनका चिठिपत्र पठाउन छोडे पनि बिद्यालयका चिठिपत्र भने हुलाकबाटै पठाउने गरेको दिपज्योति आधारभुत बिद्यालयकी प्रध्यानाध्यापिका शारदादेवी शर्माले बताईन् ।

सन्देश छिटो पुयाउने फोन, इमेल, इन्टरनेटको बढ्दो प्रयोगले गर्दा चिठ्ठीपत्र आदान–प्रदानका लागि खोलिएका हुलाक कार्यालय सरकारी कार्यालयका औपचारिक पत्राचारमा सीमित बनेका छन् ।

arjun

हटियालाई नमुना शहर बनाउने शहरी विकास मन्त्री केसीको प्रतिबद्धता !

बालकृष्ण सुवेदी/ गल्कोट २०७३ असोज १९ । नेपाली काग्रेसका नेता तथा शहरी विकास मन्त्री अर्जुननर्सिह केसीले संघर्षबाटनेपाली जनताले प्राप्त गरेको उपलब्धीको रक्षा र संविधान कार्यान्वयनमा राजनीतिक दलको प्रमुख दायित्व भएकोले राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका छन् । बागलुङ उद्योग वाणिज्य संघ गल्कोट ईकाईले हटियामा आयोजना गरेको दशैँ उत्सवको उट्घाटन कार्यक्रममा बोल्दै मन्त्री केसीले यस्तो धारणा राखेका हुन् ।

राज्य पुर्नसंरचना ,स्थानिय निकायको निर्वाचन लगाएत मधेसका मुद्दाको निकासको लागि सवै राजनीतिक दलबिच राष्ट्रिय सहमती र सहकार्य आवश्यक रहेको पनि उनले बताए ।

फरक प्रसंगमा मन्त्री केसीले राज्य पुनर्संंरचनागर्दा ईलाका आधारमा गरिने भएपनि जस्ताको तस्तै ईलाकालाई गाउँपालिका नबनाईने प्रष्ट पारे । ईलाकालाई आधार मानि भौगोलिक बनावटलाई ध्यान दिदै जनतालाई सहज हुने गरि पुर्नसंरचना गरिने उनको भनाई थियो ।

गल्कोटको विकास निर्माणमा सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै साना शहरी विकास कार्यक्रम मार्फत हटियालाई नमुना र ब्यबस्थित सहर बनाउन सहयोग गर्ने मन्त्री केसीले बताए ।
कार्यक्रम मा उद्योग बाणिज्य संघ बागलुङको बरिस्ठ उपाध्यक्ष युबराज राजभन्डारी ,नेपाली काङ्ग्रेस बागलुङका सचिब नबराज पौडेल , नेकपा एमाले प्रदेस नं ४ का सदस्य जनक पौडेल ,नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समिती सदस्य तिलक उप्रेती ,राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष बेदिलाल सापकोटा ,नयाँ शक्ति नेपालका केन्द्रिय परिषद सदस्य बम गुरुङ लगाएतले बोलेका थिए ।

कार्यक्रम अध्यक्ष वीरेन्द्र श्रेष्ठको अध्यक्षता , उपाध्यक्ष ढालिन्द्र गौतमको स्वागत र सचिव हेमन्त भन्डारिको संचालन मा सम्पन्न भएको थियो ।

बुधवार देखि सुरु भएको मेला २२ गते सम्म चल्ने आयोजकले जनाएका छन । मेलामा १ लाख बढी धन राशिको भलिबल प्रतियोगिता सहित अन्य खेलकुद र मनोरञ्जनात्मक कार्यक्रम सन्चालन हुने जनाइएको छ ।

nooooooo

टुहुरी बालिकालाई जुल्फे सामाजिक संस्थाव्दारा सहयोग !

खगेन्द्र विश्वकर्मा, गल्कोट २०७३ असोज १७ । जन्म दिनमै आमा गुमाएकी शिशुलाई हेरचारको लागी स्थानीय सामाजिक संघ स्थाबाट १५ हजार आर्थिक सहयोग प्रदान गरिएको छ । जुल्फे सामुदायिक महिला समुह तथा जुल्फे सामुदायिक वन गरी दुई सामाजिक संस्था ताराले तारा ७ कौगुनकी लक्ष्मी रोकालाई शिशुको स्वास्थ तथा हेरचारका लागी आर्थिक सहयोग प्रदान गरेका हुन ।

गल्कोटको तारा गाविसमा रहेको १,२,५,७,८,ले बनपैदावारबाट संकलन भएको रकमबाट गत भदौ ८ गते तारा ७ कौगुनकी दया रोकाले प्रशव पीडाका बिच उनले शिशु जन्माई बेहोस बनेकी उनी कहिल्यै न झने गरि अस्ताईन । उनीबाट जन्मेको तेस्रो सन्तान लक्ष्मीले जन्मदै आमा गुमाईन अहिले उनको हेरचाह बाजेबजैले पालन पोषण गरिरहेका छन् । शिशु लक्ष्मीको स्वास्थ परिक्षण तथा अन्य रेहचारको लागी भनी जुल्फे महिला समुह तारा ७ ले नगद १० हजार र जुल्फे सामुदायीक वन ताराले नदत ५ हजार रुपैया लक्ष्मीकी हजुर आमालाई महिला समुहकी सचिव अलमाया घर्ती र सामुदायीक वनको सचिव अध्यक्ष राजकुमारी गौतमले हस्तान्तरण जुल्फे सामुदायीक वनका सचिव नारायण घर्तीले बताए ।

मृतक दया रोका मगर जुल्फे महिला समुह तथा जुल्फे सामुदायीक बनकी संक्रीय सदस्य थिईन् ।

loaf

सफल उद्योगी बन्दै, हटियाका सन्तबहादुर भण्डारी !

गुमानसिँह भण्डारी, गल्कोट २०७३ असोज १६ । गल्कोटका एक युवाले अत्याधुनिक मेशिनबाट उत्पादित पाउरोटी उद्योगको स्थापना गरेका छन् । गल्कोट क्षेत्रमा पाउरोटीको माग बढ्दै गएपछि पछिल्लो समयमा १५ लाखको लगानिमो लगानीमा उक्त उद्योग स्थापना गरिएको हो ।

युवाहरुको जोश जागर आफनै देशको माटोमा खर्चिनुपर्छ भन्दै हटिया ३ बौराहचौताराका २९ बर्षिय युवा सन्त बहादुर भण्डारीले गत बर्षदेखि पाउरोटी उद्योग सञ्चालनमा ल्याएका हुन । सिद्धि विनायक पाउरोटी नामक उद्योगमा उत्पादन हुने पाउरोटी, केक, क्रिमरोल, बिस्कुट लगायतका सामाग्री बेचेर मासिक ४० देखि ५० हजार सम्म आम्दानी हुने गरेको भण्डारीले तजबिज खबरलाई बताए । ६, ७ बर्ष पहिलेदेखि हटियामा राईस मिल सञ्चालन गरेका भण्डारीले गत बर्षदेखि हटियामै पाउरोटी उद्योग सन्चालन गरेका थिए । उद्योगमा सातजना बाहिरी जनशक्तिले रोजगार पाएका छन । गल्कोट क्षेत्रका एक दर्जनजति गाविसमा आफुले उत्पादन गरेको सामाग्री खपत हुने गरेको भण्डारीले बताए । “गल्कोटमा पाउरोटी, केक लगायतका समाग्रीको माग बढी छ ,” भण्डारीले भन्छन्– “व्यवसायबाट म पूर्ण रुपमा सन्तुष्ट छु । आफ्नै ठाउँमा उद्यमी बनेर चिनिन पाएको छु ।” लगानी अनुसारको आम्दानी भएकाले उद्योग सञ्चालन गर्न समस्या नभएको उनको भनाई छ ।

ढुवानीको लागी २ जनालाई दैनिक खटाउने गरेको छ । केसीको उद्योगमा दैनिक २० हजार बराबरको कारोबार हुने गरेको छ । यहाँ उत्पादित पाउरोटी लगायतका सामाग्री गुणस्तरमा उपभोक्ता पनि सन्तुष्ट छन ” भण्डारीले भन्छन् ।

भण्डारीले आगामि दिनहरुमा उद्योगलाई थप ब्यवस्थापनका साथ अगाडि बढाउने सोचमा छन् भण्डारी ।

पाउरोटी उद्योगबाट परिचित भण्डारी गायन क्षेत्रमा समेत अब्बल मानिन्छन् । गायन क्षेत्रमा राम्रो सम्भावना बोकेका भण्डारीले कुनै एल्वम ननिकालेपनि गाउघरमा सञ्चालन हुने कार्यक्रममा भने आफनो प्रतिभा प्रस्तुत गर्न भने भुलेका छैनन् ।

DSC00636

सयपत्री हाईड्रोपावरमा करेन्ट लागेर एकजनाको मृत्यु !

तजबिज खबर, गल्कोट २०७३ असोज ११ । गल्कोटको हिलमा सञ्चालन सयपक्रि हाईड्रोपावरमा काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

दिउसो करिब साढे १२ बजेको समयमा फलामको पोल उखेल्ने क्रमम उक्त पोलले परियोजनाको हाईटेन्सन लाईनमा छोएपछि करेन्ट लागेर अर्गल ७ का ३० बर्षिय गोबिन्द्र घर्तिमगरको ज्यान गएको हो । त्यस्तै मृतक घर्तिमगर सँगै काम गर्ने अर्गल ५ का ३५ बर्षिय मन बहादुर रोका भने सामान्य घाईते हनुभएको परियोजनाले जनाएको छ । मृतकको शव परियोजनाका प्रोजेक्ट म्यानेजर आएपछि पोष्टमाटम गरिने बताईएको छ ।

galkotma dashai

गल्कोटमा दशैँ महोत्सव: खुला भलिबल र लोकदोहोरी गीत प्रतियोगिता !

गुमानसिँह भण्डारी, गल्कोट २०७३ असोज ११ । बागलुङ उद्योग बाणिज्य संघ गल्कोट ईकाइले आयोजना गरेको दर्शै उत्सवको तयारी तिब्र पारेको छ । दर्शै उत्सवको आकर्षणको रुपमा रहेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको पुरस्कार १ लाख ३ हजार ३३ रहेको अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए ।

युवाहरुलाई भलिबल खेलतर्फ अग्रसर बनाउनका लागी गल्कोटमै ठुलो राशिको भलिबल खेलको आयोजना गरिएको श्रेष्ठको भनाई छ । त्यस्तै दर्शै उत्सवको अवसरमा खुल्ला लोकदोहोरी गीत प्रतियोगिताको आयोजना गरिएको छ । पछिल्लो समय लोकदोहोरी गीत ओझेलमा पर्न थालेको भन्दै खुल्ला प्रतियोगिता आयोजना गरिएका सचिव हेम बहादुर भण्डारी हेमन्तले जानकारी दिए । कार्यक्रममा चर्चित टेलिश्रृङखलाका हास्य कलाकार, राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड् साँगीतिक प्रस्तुति रहने कोषाध्यक्ष दिलिप श्रेष्ठको भनाई छ ।

कार्यक्रम असोज १९ गतेदेखि २२ गतेसम्म चल्ने छ । उत्सव हर्नका लागी कुनै शुल्क नलिने आयोजकले जनाएको छ ।

harichaur

गल्कोट हरिचौरको एउटा बृद्धमय गाउँ : कायसा !

गुमानसिँह भण्डारी

गल्कोट उपत्यकाका अधिकाँश युवाहरु बैदेशिक रोगगारीको लागि जापान, कोरिया, मलेशिया लगायत खाडी मुलुकहरुमा गएपछी अधिकाँश गाउँहरु बृद्धबृद्धाहरुको मात्र बासस्थान बन्न पुगेका छन् । गल्कोट क्षत्रका अधिकाँश युवायुवती रोजगारीका लागि जापान पुगेका छन् । गल्कोटे युवाहरुका लागी जापान रोजगारीका निम्ति आकर्षणको केन्द्र बनेको छ भने यता गल्कोटका गाउँघर भने बृद्धमय बन्दै गएका छन् ।

यस्तै गल्कोट हरिचौर-९ कायसा युवाविहीन गाउँ बनेको छ । कुनैपनि घरमा युवायुवती देख्न पाईन्न । यतिबेला बुढापाका मात्र बस्दै आएका छन कायसामा । बिरामी पर्दा, बिवाह, ब्रतबन्ध लगायतका कार्य देखी मर्दा मलामी जानपनि सम्म गाउँका बृद्धहरुलाई समस्या परेको छ । उमेर पुगेका अधिकाँश युवायुवती, छोरा बुहारी रोजगारीका लागि विदेशमा गएपछि कायसा बृद्धमय बनेको हो ।

छोराबुहारीहरु पैसा कमाउन बिदेश गएकाले घरमा एक्लै भएको बताउछन् हरिचौर ९ कायासाका बल बहादुर बुढाथोकी । घरमा पकाएर खान दिने कोहि नभएपछि छिमेकीले ल्याईदिने गरेको उनले बताए । बुढेसकालमा पकाएर खान दिने बुहारीपनि छोराले जापानमै लगेपछि बुढाथोकीलाई थप समस्या परेको छ । बुहारीले १ बर्षकोे नातिलाई छोडेर गएको भन्दै बुढाथोकीले दुखेसो पोखे ।

कुनै समय १४ जना सदस्य रहेको घरमा हाल बुढाबुढी मात्र टक्रक्क बस्छौ, कति उराठ लाग्दो जीवन भोग्न पयो यो बुढेसकालमा बुढाथोकीले चित्त दुखाए ।

कायसाकी ६५ वर्षिया गंगा कुमारी बस्नेतको दुखेसो पनि त्यस्तै छ । छोराबुहारी जापान गएपछि घरमा बुढाबुढी छौँ, बिरामी पर्दा, घरायसी सरसामान किनमेल र खेतीपातीका लागि निकै समस्या परेको छ बस्नेतले भनिन् । छोराबुहारी, नातिनातिनाहरु सबै जपानमा गएपछि घरमा बुढाबुढी मात्र रहेका ८८ बर्षिय हर्क बहादुर बस्नेतले बताए ।

युवाहरुलाई सरकारले योग्यताका आधारमा रोजगारीको ग्यारेन्टी गर्न सके मात्र नेपालमा युवाहरु रहनेछन । होईन भने गल्कोट क्षेत्र जस्तै अन्य ठाउँका युवाहरु पनि बिदेशीएर गाउँघरमा अशक्क्त, असहाय, बृद्धहरु मात्र नहोलान भन्न सकिन्न ।

गल्कोट हरिचौरको हालै खिचिएको हवाई तस्बिर ।
Gumansingh Bhandari
पत्रकार भण्डारी गल्कोट एफएममा कार्यरत छन् ।

kadebas bazar

बसाई सरी जानेको लहरले काँडेवासको एउटा गाउनै रित्तै !

गुमानसिँह भण्डारी, गल्कोट २०७३ असोज ५ । गल्कोट उपत्यकामा रहेको काँडेबास गाविसबाट बसाई सर्नेको संख्या ह्वात्तै बढेको छ । राम्रो शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका आधारभुत आवश्यकता परिपूर्ति गर्नका लागि गाउँलेहरु अन्यत्र बसाई सर्दै गएका हुन् । सुख सुविधाको लागि युवाहरु शहरबजार जान थालेपछि अहिले गाउं नै शुन्य बनेको काडेबास-५ ज्यामिरेवासी बताउछन ।

गाउंबाट बसाई सरेर शहर जान थालेपछि अहिले काँडेबासको वडा नम्बर ४ सिस्नेरी खाली भएको छ । त्यस्तै वडा नम्बर ५ र ६ मा २०७० सालसम्म १ सय ३० घरधुरी रहेकोमा अहिले ७०, ८० घरधुरी मात्र बस्ने गरेको स्थानिय जीवलाल गौतमले बताए । बार्षिक रुपमा २०, २२ घरपरिवार बसाई सराई गरि जान थालेपछि पहिलेको तुलनामा खेतीयोग्य जमिन सबै बाझो हुन थालेको गौतमको भनाई छ ।

विशेषगरि ब्राह्मण र दलित समुदायको बस्ती रहेको काँडेबास ४, ५ र ६ मा यतिबेला आर्थिक रुपमा सम्पन्न ब्राह्मण परिवार बसाईसराई गरि जान थालेपछि वडा नम्बर ४ मा दलित मात्र बाकि रहेका छन । युवाहरु बैदेशिक रोजगारीका लागी बिदेश जाने र केहि कमाएपछि गाउघर भुल्ने परिपाटीले सो गाउवासी भने चिन्तित छन् । दिनानुदिन बसाई सराई गरि जान थालेपछि गाउंमा माहामारी वा विपदको अवस्था आएपनि समयमै खवर गर्ने मानिसको समेत अभाव देखिएको छ । यसलाई रोक्नका लागि सरकारले गाउंमा आधुनिक खेती प्रणालीको विकास गर्नुपर्ने काडेबास ५ ज्यामिरेका पुर्ण बहादुर बिकलले बताए ।

हटिया ३ र ४ जोड्ने मोटरबाटो अवरुद्ध

हटिया वडा नम्बर ३ गोतामे खत्रीको कुल मन्दिर देखि वडा नम्बर ४ सियाला जोड्ने मोटरबाटो गत शनिबार रातिको बर्षाले अबरुद्ध बनाएको छ । यहि आर्थिक बर्षमा निर्माण गरिएको मोटरबाटोको धेरैजसो ठाउमा झरेको पहिरोले अवरुद्ध बनेको हो ।

करिब ३ लाख ५० हजारको लागतमा निर्माण गरिएको उक्त मोटरबाटो निर्माणको क्रममा बिबादका कारण अगाडि बढ्न सकेको थिएन । महिलाहरुको सक्रियतामा निर्माण गरिएको उक्त मोटरबाटो स्थानियको बिबाद मिलेपछि हिउददेखि निर्माण गरिने धौलागीरी आमा समुहकी अध्यक्ष गीता खत्रीले बताईन् । स्थानिय केहि ब्यक्तिले भने मोटरबाटो निर्माणमा गाउमा जग्गा भएका र हटिया बजार बस्ने ब्यक्तिहरुले अबरोध गरेको बताएका छन ।

galkot youth samaj

गलकोट युवा समाजको पहिलो काम बन्यो, सडक सरसफाई !

गुमानसिँह भण्डारी, गल्कोट २०७३ असोज २ । हिंजो मात्र मात्र गठन गरिएको गलकोट युवा समाजको पहलमा शनिवार राति अविरल वर्षाका कारण हटियाको चुत्रेनीमा झरेको पहिरो ब्यवस्थापन गरिएको छ । पहिरो हटाएपछी मध्यपहाडी लोकमार्गमा सवारी आवत जावतमा समस्या नरहेको समाजका अध्यक्ष जीवन साहनीले बताए ।

गत महिना झरेको पहिरोलाई उचित किसीमले ब्यवस्थापन नगरेका कारण ठुला सवारी साधनलाई आवतजावतमा समस्या परेको थियो । गए रातिको अविरल बर्षा पश्चात पहिरो आएपछी थप समस्या देखिएकाले समाजको सक्रियतामा लोकमार्ग निर्माण कम्पनी, स्थानियबासी र युवाहरुको पहलमा बाटो फराकिलो पारिएको हो ।

उक्त खण्डमा अन्य समयमा पनि यात्रु तथा सवारी चालकहरुले जोखिमपुर्ण तरिकाले यात्रा गर्न बाध्य थिए । सड्कको पहिरो सफाई गरे सँगै सवारी साधनहरु आवतजावतमा सहजता भएको समाजका बालकृष्ण सेन्चुरीले बताए ।

baanskhola

मल्मको बाँसखोलामा भीषण पहिरो गएपछी मध्यपहाडी लोकमार्ग अबरुद्ध !

तजबिज खबर, गल्कोट २०७३ असोज २ । मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिवाङ सडक खण्डमा पर्ने गल्कोट मल्म गाविसको बाँसखोलामा बारम्बार पहिरो गैरहने गर्दा सडक अबरुद्ध हुने गरेको छ । बाँसखोलाको पहिरो रोकथाम गर्न सरोकारवालाहरुको समयमै ध्यान जाननसक्दा यो समस्या निरन्तर दोहोरी रहेको छ । मल्म बाँसखोलाको पहिरो मध्यपहाडी लोकमार्गका लागि अभिशाप नै बनेको छ ।

यसैवीच हिँजो शनिवार राति परेको अबिरल वर्षाका कारण मल्मको बाँसखोलामा भीषण पहिरो गएपछी रातिबाटै मध्य पहाडी लोकमार्ग अबरुद्ध छ । बुर्तिवाङ देखी पूर्वलाई छुटेका सवारी साधनहरु र बुर्तिवाङ जाने सवारी साधनहरु पहिरोले गर्दा बाँसखोलामा रोकिएका छन् ।
ठेकदार शंकर माली कन्स्ट्रक्सन कम्पनिले पहिरो पन्छाउने काम अहिले सम्म सुरु गरेको छैन । पहिरोको रुप हेर्दा डोजरले पहिरो पन्छाएर यातायात सुचारु गर्न घण्टौँ लाग्ने प्रत्यक्षदर्शीले बताएका छन् ।

यसैवीच कुस्मा नगरपालिकाको चुवा खोलामा अबिरल वर्षाका कारण हिँजो शनिवार रातभर परेको वर्षाका कारण खोलामा आएको बाढी पहिरोले बागलुङ पोखरा सडक राति देखीनै अवरुद्ध बनेको छ । अहिले बिहान सम्ममा अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।