Category Archives: लेख/रचना

मनको भित्तामा पुरानो दृश्य !

बलजफ्ती गर्छ समय !
एउटा घेरा नाघेर
पुग्नलाई धेरै पछि
सम्झनाहरु बनिसकेका छन्
विषको प्याला
तर मान्दैन यो मन
नफर्किनलाई पछि ।

त्यता फर्किनुु
श्वास फेर्नु हो काँडाहरुको
ओद्रिएपछि छाती
च्यातिएका शव्दहरु जोडीहेर
बन्छन केवल तिम्रो नाम,
हरेक रात—
मेरो निद्राको साम्राज्यमा
बिष्फोटित सम्झनाका तोपहरु,
केही छैन्न अरु
टुक्रिएका सपनाहरु
जोडिन्छन भनेपनि यदि
एउटा तिम्रो तस्वीर बाहेक
बन्दैन अरु केही ।

कथाहरु कतिपय !
बग्दैनन् आँशुहरुमा
र मेटदैनन् समयका इरेजरहरुले
यो छातीको शिलालेख
उभिएको छ बर्षौंदेखि
ती हस्ताक्षरहरु हुन तिम्रै
ती हरफहरु हुन तिम्रै
एउटा नामको सम्बोधन
हो तिम्रै !!

यो बुजुर्ग ऐना, झुण्डाइबस्छ
पुरानो दृश्य मनको भित्तामा,
प्रिय ! हाम्रो पहिलो भेट
मृत्युदण्ड थियो रहरहरुको ।

— दीपेन्द्र के.सी.
बागलुङ, हालः लुभेन बेल्जियम ।

फोनै आउनै छड्यो अचेल भुल्नै आट्यौ की …….

कठ्याङ्गीदो चिसोमा नी घाम बन्नुपर्छ
देशकै एउटा दर्बिलो थाम बन्नुपर्छ
बलले होईन बुद्धिले संसार जित्ने कोशिस गर
रावण जस्तो होईन तिमी राम बन्नुपर्छ …….
***
एउटाको सम्मान,अर्कोको अपमान देख्छु
शक्तिका पुजारी अचेल तमाम देख्छु
जग बिना घर कहां बलियो बन्छ र
खोई किनहो मत भानु र घासी समान देख्छु
***
कि कसैको मन भित्र फुल्नै आट्यौ की
फोनै आउनै छड्यो अचेल भुल्नै आट्यौ की…….
***
चुहिने त्यो घरको छानो, छाउन छिटो आउ
बर्षाभरी खाने खेती ,लाउन छिटो आउ
आउनै लाग्यो असार १५दहिचिउरा खाउला
संगसंगै असारे गित, गाउन छिटो आउ
मानो छरी मुरी उब्जाउने बेला आयो अब
हिलो छ्यापाछ्याप गर्दै, रमाउन छिटो आउ !

कोपिला कँडेल,
सयपत्री एफएम, बागलुङ ।

नदिनु मलाई चोखो मायाँ, झुटो मायाँको आशमा !

नदिनु मलाई चोखो माया झुटो मायाको आशमा
बाँचिरहेको छु नदिनु मलाई १६ सिंगारहरु
अब त लगाउन छोडि सकेको छु
चाहिदैन मलाई सुखै सुखको खातहरु !

दुखमा नै रमाउन थालिसकेको छु
चाहिदैन मलाई बस्नको लागि महलहरु
अब त झुपडिको बास नै उचित रोजेको छु
चाहिदैन मलाई रमजम र तामझामहरु !

भगवानको शरण र पाउँ छुन पुगेको छु
दिन नखोज्नु मलाई रंगीविरंगी लुगाहरु
पहेलो वस्त्र नै पहिल्याउन खोजेको छु
छैन मलाई कसैको सम्पत्तिमा लोभ र मोह
आखिर जाने अन्तिम ठाउँ
चार हात नै व्यवस्था गरेको छु !

***
मैले मात्र चाहेर के गर्नु उसले मलाई नचाहेपछि
उसलाई भेट्न अFतुर हुँदै उसकै पछि दौडेपछि !

बोलाएर निष्ठुरीले अFउनुभनि यस्तो ठाउँमा
उसलाई भेटन पुगे मत खोज्दै सोध्दै उसकै गाउँमा !

छैन कतै पाईन कतै भौतारिदै हिडे मैले,
धोकेबाज निष्ठुरीलाई बल्ल चिने अहिले !

सुशिला पन्त,
भरतपुर ।

पद्धतिहीन नेता र नफापेको राजनीति

राम सुवेदी

कहिले काहिं लाग्छ, राज्यलाई अर्थात राज्यकै सम्पत्तिलाई मेरो भन्नेहरुलाई मैले जवरजस्ति कसरी नेता मानुँ । जनताको करबाट आर्जित राज्य कोषको बजेट कुनै पार्टीको नेताले मैले यसरी विनियोजन गरें भन्ने मनुवाहरुसँग सोध्न मन लाग्छ । तिम्रो पार्टीसँग कति कोष छ ? के त्यो कोषले राज्य चलाउन साक्छौ ? मैले कतिपय मिडिया र सामाजिक सञ्जालमा देख्ने गरेको, सुन्ने गरेको जस्तो पद्धतिहीन कुरालाई लोक हितको काम भएछ भनेर गाईजात्रे हाँसो पनि कतिदिन हाँसेर बसुँ । जो राज्यको कुनै सिस्टममा छैन, उसले भन्छ, मैले यो योजना पारिदिएँ, यति वाँडिदिएँ, यसो गरे उसो गरे ? राजनीतिले पनि आफ्नो धर्मलाई भुल्नु हुँदैन । धर्म छाडेको राजनीतिले देश बनाउँदैन त्यो म सामान्य मान्छेलाई नि थाहा छ र धर्म नभएका नेता जस्ले आफ्नो गाँईगँुई सुनाउन हल्ला चलाउँछन र राज्यको प्रणलीमाथि नै आँच आउने काम गरे भन्छन् तिनीहरु पनि आफु कसरी बन्ने भन्ने प्लेटफर्म खोज्या हुन् । जनताका लागि केही गरिदिने वाला छैनन् ।

यदि मलाई गलत लेखिस् भन्न सक्नेहरुले तर्क पेश गर्नु कि, यो देशमा को कहाँ कुन चाही त्यस्तो राजनैतिक पार्टी वा नेता छ जस्ले जनतासँग चन्दा नमागी आफु चल्दै आएका छौ ? कसैले भन्छन तातपर्दा आफ्ना कार्यकर्ता जनता होईनन् कार्यकर्तामात्र पो रे अनी उनीहरु नै आफ्नै परिभाषा यसरी पल्टी मारेर बोल्छन जनता भनेका त उनै जो आफूलाई समर्थन गर्नेमात्र हुन अरु खै को हुन ? मलाई यो पनि थाहा छैन यो देशमा त्यस्तो कुन दल छ जस्ले देशको कुन ठाउँमा कारखाना चलाएको होस् । पसल वा व्यापार वा उद्योग धन्दा छ जस्ले कमाएको नाफाले जनतालाई बाटो खन्न, पानीको धारा, वालवच्चाका लागि स्कुल बनाउन वा पुल पुलेसा बनाउन मद्दत गरेकोहोस् । त्यसमा तपाई, तपाई जस्ता चर्चामा आउन चाहने नेता वा तपाइ निकटको कुन दल वा नेता छ जस्लाई यो लेखबाट अन्याय गरें । म सचेत हुन चाहन्छु । बाहिर आउन तपाई प्रयत्न गर्नुस् ।

बरु देखेको छु मैले, जनता पानी नपाए तडपिएको स्थानमा नेताले बकम्फुसे भाषण गरेर हँसाएको, बरु भोगेको छु मैले, राज्यकोषव्दारा विनियोजन गरिएको वजेटमाथि आफ्ना कार्यकर्ता पदाधिकारी भई भोगचलन गर्न नपाएको ठाउँमा त्यस्ता योजना नै भताभुँग पार्ने गरि राजनैतिक विवाद भएको । बरु सुन्ने गरेको छु भागविलो नपाएको झोँकमा आफ्नै पार्टी भित्र नेता नेताबीच तानातान र हानाहान भएको । मैले मज्जाले देखेको छु राज्यकोषको बजेटमाथि राजनीति हावी भएको र जनताका नाम बेचेर आफ्ना कार्यकर्ता सिझाउने प्रयत्नहरु भएको । यस्तो सयौ, हजारौं उदाहरणहरु पेश गर्न सक्छु, जहाँ अपारदर्शितामा राजनैतिक छायाँ परेको । जनताको जान्न पाउने अधिकारलाई कुण्ठित गरेर केही टाँठाबाठाहरुले रज्याँई गरिरहेको । यही हो आज भन्ने गरिएको राजनैतिक उपलब्धी जस्लाई लोकतन्त्र भनि परिभाषित गरिएको छ । कतै प्रजातन्त्र र कतै गणतन्त्रका नामबाट लेपन लगाएर यहाँ साँढतन्त्र देखाइएको छ । यही हो हाम्रो परिमार्जित राज्य व्यवस्था सम्हाल्ने राजनीति जहाँ भाँडतन्त्र पालेर सजाइएको छ । यसो भन्दै गर्दा यहाँ कसैलाई अन्याय हुन्छ जस्तो लाग्छ भने अझै मलाई यो पनि थाहा छ हाम्रोबीचको राजनीतिले कसैका लागि न्याय होईन, अन्याय गर्नेहरुलाई बचाउने शिप बेचेको छ । जहाँ अभाव छ त्यहाँ दवाव जन्माएको छ । जहाँ पीडा छ त्यहाँ क्रिडा बनेर तँछाड मछाड गरिरहेको छ मेरो देशको राजनैतिक संस्कारले । नपत्याए आफूलाई सुधारेर हेर । किनभने अनुधारेको मानसिकता र आफै विगारेको संस्कारिक आँखाले आफूलाई त देख्दैनौं अरुलाई देख्न कहाँ पो सकिन्छ र ?

मैले यसो भन्दै गर्दा यो देश केवल राजनीतिले मात्र विगा¥यो भन्न मिल्दैन । राजनीतिसँग जोडिएका संस्कार, पद्धति र धर्मलाई जस्ले तिलान्जली दिन्छन् उनीहरुले आफ्नै निती शिद्धान्त र प्रक्रिया बेचेर आफू सुहाउँदो खेल खेलिरहेका छन् । तिन्लाई चिन्नु पर्छ जान्नु पर्छ र सिस्टम बेचेर राजनीतिमा अनुहार देखाउनेहरुलाई अवको राजनीतिबाट अलग्याउनु पर्छ यो मान्यतामा आफूलाई उभ्याउने प्रयत्न गर्दछु । विगार्नेहरु तिनै हुन जो समाजमा आफ्नै वोलवाला देख्न चाहन्छन् ।

देश बनायो राजनीतिले, सिंगो राष्ट्रकै रुप निर्धारण गर्छ राजनीतिले, शासन, पद्धति र नियम कानुन नै समयानुकुल परिवर्तन गर्ने पनि राजनीति नै हो, तर सवथोक हो भन्दैमा सवथोक खालकै मानसिकता राजनीतिमा अटाउनुपर्छ भन्ने तर्क म मन्न तयार छैन । मैखाउँ मैलाउँ र म भन्दा अरुथोक समाजमा कोही नहोस भन्ने हरुकै कारण हो राजनीति विग्रेको । राजनीतिले देशको शासन बदल्छ भने त्यो शासन बदल्ने दलको नेता स्वयं आफु बदलिनु पर्छ । राष्ट्रको निर्माण गर्दछ राजनीतिले भने त्यसका सदस्यले राष्ट्र निर्माण गर्नु पर्छ । नभए, आजकै जस्तै शासन फेरिएसँगै शासक फेरिएर देशले के पायो ? जनताको दैनिकिमा यो राजनीतिले के परिवर्तन ल्यायो ? गणतन्त्र प्राप्ति अघिका दिनमा साँसद भएकाहरुको विकास योजना र त्यसपछि अहिलेको विकास योजना तथा देशको शासन शैलीमा नेताहरु र दलहरु कहाँनेर सुध्रिएर आए ? यहाँ नेर भन्ने कुनै देख्न, भोग्न र सोच्न मिल्ने ठाउँ छ ? केवल राज्यसंचालकका रुपमा मात्र दल र तिनका नेता एवं नेतृत्वलाई हेरिरहने विडम्वना जनतामा कतिदिन हुने ? ठाँट, छल र कपटि कुराको प्रचारमा कस्ले कतिदिन गन्दै र पर्खदै बस्लान जनता ? प्रश्न यहाँ हो । राज्य जनताको हुनु पर्छ, जनताको अभिमतद्धारा निर्दिष्ट पद्धतिमा शासन चल्नु पर्छ, त्यसका सञ्चालकमा नैतिकता, इमान र कर्तव्य पनि जोडिनु पर्छ । तवमात्र देशलाई राजनीतिले सहीबाटो देखाउन सक्छ ।

दुःख लाग्ने ठाउँ यहाँ छ कि, आजको राजनीतिले न, नैतिकता बचाउन सक्या,े न त्यसका नेतृत्वमा इमान भन्ने शब्दको कुनै तुक लाग्ने औचित्यता वाँकी देखियो, नत कर्तव्यसंग जोडिएका कुनै वातमा भरोसा देखायो । यस्तो राजनीति, जस्ले चलाएको पद्धति र त्यसका नेताहरुका आचरणलाई जनताले आँखा चिम्लेर कतिदिन नदेख्या झै गरुन्, नसुन्या झै गरेर कतिन्जेल एक छेउमा बसिरहनुन वा नजान्या झै गरेर कतिन्जेल लाचार भै उनीहरुसँग आज्ञाकारी भै बसुन् । त्यस्तो कदापि संभव छैन र हुँदैन । अवको राजनीति यहीनेर अनिवार्य परिवर्तित भएर आउन सक्नु पर्छ । जस्लाई जनलाले मेरो राजनीति भन्न सक्नु पर्छ । नभए आजकै जस्तो तेरो पार्टी, मेरो पार्टी, तँ नराम्रो म पो राम्रो । मेरो प्रश्न छ राजनेता तिम्रो राजनीति साँच्चै राम्रो कहिले हुने हो ?

राज्य आफ्नो पद्धति र प्रक्रिया अनुसार सिस्टममा चल्नु पर्छ । यसका लागि विभिन्न पद्धतिको विकास हुँदै आएका छन् । विषेश गरि राजनीतिले यसको विकास र संरक्षण गर्नु आफ्नो दायित्व संझनु पर्छ । तर पद्धति नै नजान्नेहरु राजनीतिमा अनुहार देखिनु र त्यसको वर्खिलापमा आफ्नो हाईहाई कसैले गाइदियोस् भनेर पद्धतिलाई नै उछिनेर आउन खोज्नुलाई नजान्नेहरुले स्वागत गर्लान । जस्ले जान्या छ उस्ले त्यो गलत हो अवस्य भन्नु पर्छ । सचेत मान्छेहरु नै पद्धतिका संरक्षक हुन् । सन्दर्भ ः राज्य, त्यसको निकाय, निकायले पालना गर्नुपर्ने नियम र नीति विपरित अनावश्यक मान्छेहरु जो ऊ आफै राज्यको कुनै निकाय वाहिर छ त्यस्ले राज्यको पद्धति भन्दा माथि ठानेर आफ्नो गुनगान गर्छ ? शीतको आयु घाम नलाग्नसम्म मात्र हो ।