भाषा र साहित्यको उत्थानमा लाग्नु युवाकवि भट्टप्रति सम्मान : पाण्डे

कोपिला कंडेल्, बागलुङ २०७३ भदौ १६ । यसवर्षको स्मृति युवा सम्मान पर्वतका कवि एबं पत्रकार ओम प्रसाद घायललाई प्रदान गरिएको छ । १ सय ५१ औ मोती जयन्तीको अवसर पारेर स्मृति प्रकाशन बागलुङले सो सम्मान घायललाई प्रदान गरेको हो ।

युवाहरुलाई साहित्यमा प्रोत्साहन गर्ने उदेश्यले प्रकाशनले मोती जयन्तीका अवसरमा प्रदान गर्दै आएको सो सम्मान घायलले नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै प्रदान गरिएको प्रकाशनका अध्यक्ष काजी रोशनले जानकारी दिए ।

घायललाई प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गरेका थिए । घायललाई प्रकाशनले प्रदान गर्दै आएका सर्जक मध्य नवौ स्रस्टा हुन ।

सो अवसरमा मन्तब्य ब्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले युवाकवी मोतीराम भट्टको सच्चा सम्मानका लागि भाषा र साहित्यको उत्थानमा निरन्तर लाग्नुपर्ने बताए । उनले कला साहित्य र संस्कृतिको जगेर्नाका लागि यस्ताखाले कार्यक्रम महत्वपुर्ण हुने चर्चा गर्दै सम्मानित ब्याक्तित्व घायल लाई बधाई ज्ञापन समेत गरे ।

त्यसैगरी सम्मानित ब्याक्तित्व घायलले स्मृति प्रकाशनले गरेको सम्मानबाट आफु थप उत्साहित भएको भन्दै साहित्य क्षेत्रमा लाग्नका लागि थप जिम्मेवारी थपिएको बताएका थिए ।

सो अवसरमा बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारी, नेपाल रेडक्रस शोसाईटी बागलुङ शाखाका उपसभापति राजेन्द्र आचार्य र नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाका सचिव दिल शिरिष लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सो अवसरमा सर्जकहरु दिल शिरिष, कोपिला कंडेल, राज थापा, बिक्रम सुनार सुमित्रा सुनार लगायतले साहित्यीक सृजना बाचन गरेका थिए ।

सम्मानित ब्याक्तित्व बारे सर्जक एबं पत्रकार तारा शर्मा स्टारले प्रकास पार्नुभएको थियो । कार्यक्रम स्मृति प्रकाशनका अध्यक्ष काजि रोशनको अध्यक्षता, सदस्य कोपिला कडेलको स्वागत मन्तब्य र सचिव राम थापा अबिरलको संचालनमा सम्पन्न भएको थियो ।

सुनार दम्पतिव्दारा गलेश्वरका जेष्ठ नागरिकलाई आर्थिक सहयोग !

विक्रम सुनार, म्याग्दी २०७३ भदौ १६ । म्याग्दीको गलेश्वर मन्दिरमा रहेका जेष्ठ नागरिकहरुलाई बागलुङका एक दम्पतिले आर्थिक सहयोग गरेका छन ।
बागलुङ नरेठाँटी घर भई हाल बेल्जियममा बस्दै आएका केशव सुनार र सीता सुनारले १० हजार १० रुपैया आर्थिक सहयोग गरेका हुन् ।

भाद्र कृष्ण औसी अर्थात वुवाको मुख हेर्ने दिनको अवसर पारेर आफ्नो स्वर्गीय वुवा भुपलाल सुनारको सम्झनामा रकम सहयोग गरेको सुनार दम्पतिले तजबिजलाई बताएका छन ।

जन्मदिने वुवाको मुख हेर्ने दिनको अवसरमा गलेश्वर मन्दिरमा रहेका ५५ जना जेष्ठ नागरिकहरुको भोजन र स्वास्थ्यका लागि सामान्य राहत होस भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको केशव सुनारले बताए ।

सुनार दम्पत्तिले भदौ ८ गते बागलुङको रामरेखामा रहेको रामरेखा निमाविमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण तथा स्वर्गीय वुवा भुपलाल सुनारको स्मृतिमा १० हजार १० रुपैयाको अक्षय कोष स्थापना समेत गरेका छन् ।

बुर्तिबाङमा फेन्सी व्यवसायीको तीजी कार्यक्रम: खेलमा भयो खिचलो !

बिमल खड्का, २०७३ भदौ १६ । कपडा तथा फेन्सी व्यवसायी समिति बुर्तिबाङले हरितालिका तीज पर्वका अवसरमा आयोजना गरेको तीजीगीत कार्यक्रमहरु आज सम्पन्न भएका छन् ।

हिजोबाट सुरुभएको पुरुष भलिवल प्रतियोगीतमा ६ टिमको सहभागिता रहेको थियो । प्रतियोगीताको फाईनल खेलमा खेडाडीबीच देखिएको सामान्य विवादले भलिवल प्रतियोगिता सम्पन्न हुन सकेन । निसीखोलाको प्रतियोगी टिम र त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिका तर्फबाट फाईनलमा प्रवेश गरेका खेलाडीबीच फाईनल खेल भइरहेको अवस्थामा रेफ्रीले दिएको निर्देशन चित्त नबुझेको भन्दै खेल रोकिएपछि आयोजकले आजका लागि प्रतियोगिता सूचारु गर्ने भनेको थियो । तर आयोजकले दिएको समयमा दुवै समुह उपस्थित नभएपछि खेल नै स्थगित गरिएको छ ।

आयोजक समुहका तर्फबाट भलिवल खेलको प्रथम पुरस्कार १० हजार तथा व्दितिय पुरस्कार ५ हजार ५ सय राखेको थियो । ४० वर्ष उमेर माथिका खेलाडीहरुका लागि प्रोत्साहन हुने र बुर्तिबाङमै पहिलोपटक आयोजना गरिएको उक्त प्रतियोगिता आफैमा रोचकताका साथ हेर्ने दर्शकले लिएका थिए । खेल चलिरहेको अवस्थामा स्थानीय व्यवसायीहरुले खेलाडीहरुको प्रोत्साहनका लागि भन्दै प्रथम पु्रस्का्र ्राशीमा ४ हजार थपेर १४ हजार बनाएका थिए भने व्दितिय पु्रस्कारका लागि पनि ४ हजार नै थपेर ९ हजार ५ सय पु¥याइदिएका थिए ।

पाका उमेरका खेलाडिलाई दर्शक र सहयोगदाताले सम्मान उत्तिकै दिए, प्रोत्साहन पनि त्यति नै दिएका थिए । सामान्य विषयलाई लिएर खेलमा आएका पाका खेलाडी अर्थात अभिभावक खेलाडीहरुबीचमा देखिएको विवाद र विचैमा खेल रोकिदा भने हेर्ने दर्शकहरुमा एकाएक निरासा छायो ।

उता कार्यक्रमकै शिलशीलामा आयोजना गरिएको तीजगीत तथा नृत्य प्रतियोगीतामा उत्तरगंगा उच्च माध्यमिक विद्यालय प्रथम भएको छ । र्भिरहेड ईन्टरनेशनल एकेडेमी व्दितिय तथा जनता ईग्लिस बोर्डिङ स्कुत तृतिय भएको छ ।

तीजगीत प्रतियोगीतामा ९ टिमको बीचमा प्रतिस्पर्धा भएको थियो । सबै कार्यक्रम सम्पन्न भएसँगै आजै विजयी टिमलाई आयोजकले पुरस्कार वितरण गरेको छ । भलिवल प्रतियोगिताका लागि तय गरिएको पुरस्कार समेत सबै तीजगीत प्रतियोगीहरुलाई थप एक एक हजारका दरले पुरस्कार स्वरुप प्रदान गरिएको संघका अध्यक्ष सहविन अर्गेजाले बताए । अध्यक्ष अर्गेजाको अध्यक्षता तथा प्रशान्त घर्ति मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

भूकम्प पीडितको नाममा करोडौ ठगी गर्ने पक्राउ !

काठमाडौं, २०७३ भदौ १६ । एनजीओको आवरणमा ठगी गर्ने बुद्धिष्ट जनाधिकार मंच, नेपाल नामको गैरसरकारी संस्थाका अध्यक्ष काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ बस्ने ५७ वर्षीय सकुन शेरचन्द र संस्थाका महासचिव सप्तरी पाटो गाविस–१ बस्ने ३५ वर्षीय अमरकान्त चौधरीलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरोको प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा संस्था दर्ता गरी राहत तथा सहयोगका नाममा अमेरिकास्थित “गो फण्ड मि,” मलेशियाको शाक्यमुनि फाउण्डेसन र दुवईको मेकान्नी जस्ता संस्था तथा सयौं मानिसहरुबाट राहतस्वरुप पटक–पटक गरी संस्थाको बैंक खातामा जम्मा भएको ३ करोड १७ लाख ४६ हजार ५ सय १ रुपैंयामध्ये १ करोड ६७ लाख ७८ हजार ५ सय रुपैंया भुकम्प पिडितलाई राहत वितरण गरेको देखाइ ठगी गरेको भन्ने सम्बन्धमा अनुसन्धान तथा कारवाहीको लागि शेरचन्दलाई भदौ ८ गते र चौधरीलाई १० गते व्यूरोले पक्राउ गरी थप आवश्यक अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

जुम्लामा एसएमजी, पेस्तोल तथा गोली सहित पक्राउ !

जुम्ला, २०७३ भदौ १६ । जुम्ला बुम्म्रा माडी चौर गाबिस–३ स्थित रोशन होटेलबाट प्रहरीले ५ जनालाई एसएमजी हतियार १ थान, सोको म्याग्जीन १ थान तथा सोको गोली ७ राउण्ड र चाइनिज पेस्तोल १ थान, सोको म्याग्जीन १ थान, गोली ३ राउण्ड र नगद सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोज्र्याङ्गकोट–२ बस्ने ३० बर्षीय धिर बहादुर परियार, धापा–६ बस्ने ३३ बर्षीय अशोक तिरुवा, मुगु जिमा– ३ बस्ने २५ बर्षीय गोबिन्द टमाटा, मुगु कोड–८ बस्ने ३१ बर्षीय दल बहादुर कार्की, जुम्ला मालिका ठाडा–४ बस्ने ३२ बर्षीय मन बहादुर बोहरा रहेका छन् ।

अंचल प्रहरी कार्यालय कर्णालीबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा बुधबार उक्त होटल तलासी गर्दा परियारको झोलाबाट ICR57A.IPL1465 नम्वरको एमएमजी,29046493 नम्वरको चाइनिज पेस्तोल,म्याग्जीन र गोलीहरु तथा तिरुवाको साथबाट नगद ७१ हजार ४ सय ७८ रुपैयाँ र टमाटाको साथबाट नगद १ हजार २ सय ५० रुपैया बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

छोरो गुमाएकी आमाको पीडा देखेर एम्बुलेन्स अभियान सुरु गरेका हौँ !

मोहन घिमिरे,

गुल्मी, संसारले प्रबिधी र विकासमा हामिलाई निकै पछि पारेको छ । जटिल पहाडी भुभाग भएकै कारण हाम्रोमा हरेक दिन भिरबाट लडेर मानिसहरुले आफ्नो जीवन गुमाउछन। घाँस दाउरा गर्न बन जङ्गल जानेहरु सवै शकुसल फर्केको मैले देखेन । कोहि लडेर अपाङ्ग बनेका छन त कोहि आफ्नो अन्तिम श्वास नै उतै फेर्न विवश छन ।

गाउँघरमा बाटो पनि ठिक छैन । मौसमी रुपले भए पनि अहिले बर्षको नौ महिना कच्ची बाटोमा धुलो उडाउदै गाडी गुड्छन। तर यसरी गुड्ने गाडिहरु निकै महङ्गा छन। भनेको समयमा उपलब्ध हुन सक्दैनन। तम्घासमा भएका गाडिलाई फोन गरेर बोलाउनु पर्छ। गम्भीर खालका घाईतेहरु लामो समय अस्पत्ताल जान पाउदैनन र परिवारजनहरु महङ्गो शुल्क तिर्न बिबश छन।

२५ बर्ष कै उमेरमा छोरो गुमाएर बसेकी नेटाकी ईन्द्रकला ख्रेरेलको आँसु अझै रोकिएको छैन । उनी भन्छिन( छोरो भिरबाट लडेछ! टाउकोमा चोट लागेको कारण समयमा अस्पताल लानु पर्ने थियो तर उसलाई अस्पताल लाने साधन समयमा पाएईन र उ गयो। केही बर्ष पहिले पुस १५ को पिकनिकबाट घर फर्कने क्रममा उनको छोरा मनोजको लडेर ज्यान गएको थियो।

यो त एक सानो उदाहरण मात्र हो। गुल्मीको पौदी अमराई, नेटा, दर्लिङ्ग र ह्वान्दी तथा छिमेकी जिल्ला बगलुङको ग्वालिचौरमा यस्ता घटना हरेक दिन घट्छन। यो क्षेत्रमा कैयौ सुत्केरी हुने महिला बच्चा जन्माउन अस्पताल पुग्दैनन। घरमा नै सुत्केरी बनाउन खोज्दा समस्या सृजना हुन्छ। अस्पत्ताल लान खोज्यो, भनेको बेला गाडी हुदैन। अत्याधिक रक्त श्रावको कारण भर्खर जन्मेको नवजात शिशुको मुहार हेर्न नपाउदै कैयौ आमाहरु परलोक भएका छन।
छोरो गुमाएकी आमा र आमा गुमाएका बच्चाहरुको आखामा बगेको आँसु देख्न नसकेर एम्बुलेन्स अभियान सुरु गरिएको हो । समाज र राजनीति फरक कुरा होलान तर विपतमा परेका मानिसहरुको सेवा गर्ने लक्ष्यले सुरु गरिएको एम्बुलेन्स अभियान मानवीय कार्य हो। मानव सेवा नै सबै भन्दा ठूलो धर्म हो।

जनताको स्वास्थ्य सङ्ग राज्य बेखवर छ। वस र जहाज दुर्घटनाको ठूलो चर्चा हुन्छ तर कति नेपाली दाजुभाई दिदी बहिनीहरु भिरबाट लडेर मर्छन, कति महिलाहरु प्रसव पीडाले छट्पटिन्छन ! राज्य सङ्ग यसको लगत पनि छैन। हामीहरुलाई यो अवस्थाले दुखित बनायो । कम्तिमा पनि गाउमा एम्बुलेन्स भए बिरामीहरु समयमा अस्पताल पुग्न सक्थे भन्ने साँेचेर यो अभियान सुरु गरिएको हो, अब हामीहरु यो पूरा नगरी विश्राम लिन्नौ।
एम्बुलेन्स सेवा सन्चालन गर्ने, जनताहरुलाई स्वास्थ्यमुलक कार्यक्रम सन्चालन गर्ने लक्ष्यका साथ निस्ती बडीगाड सामुदायिक विकास केन्द्र गुल्मीको गठन गरिएको हो । यो सस्था नेपाल सरकारको सस्था दर्ता ऐन अनुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता गरे पश्चात् मात्र हामीले एम्बुलेन्स अभियान सुरु गरेका हौ।
अभियान सुरु गरेको २ हप्ता सम्म विभिन्न देशहरुमा गरि करिव २ लाख संकलन भएको छ । एम्बुलेन्स अभियानको लागि गठन गरिएको टिम आफ्नो कार्य सम्पादन गर्न प्रतिबद्ध छ । कतारमा बुद्ध पाण्डेय, युएईमा चिरन केसी, कोरियामा किशोर पौडेल र राजन केसी (डम्मर) , जापानमा टीका गिरि र राजन केसी, मलेसियामा देवेन्द्र थापा, रसियामा रेसम कुवर र अष्ट्रेलियामा प्रकाश अर्यालको नेतृत्वमा सहयोग संकलन थालिएको छ । यसै गरि असिम थापाको नेतृत्वमा बुटवल आसपासको क्षेत्रमा सहयोग संकलन गर्ने कार्य जारी छ ।
यो पवित्र मानव सेवामा जुट्नु हुने सवै प्रती हामी आभारी छौ । पश्चिमको कन्चनपुर देखि पुर्वको झापा र सुनसरी सम्मका साथीहरुले यो अभियानलाई साथ दिनु भएको छ । उहाहरुको सहयोगको लागि हामी आभारी छौ । देश विदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई यो अभियानमा सक्दो सहयोग गर्न हामी विनम्र अनुरोध गर्दछौ।
२०७३ भदौ १६ ।

घिमिरे, निस्ती–बडिगाड सामुदायिक बिकास केन्द्र गुल्मीका अध्यक्ष हुन् ।

शिक्षक विद्यार्थीको सहकार्यमा हटियाको एक विद्यालयमा व्यवसायिक तरकारी खेती !

गुमानसिह भण्डारी, गल्कोट २०७३ भदौ १६ । गल्कोट हटिया गाविस स्थित एक आवासीय बिद्यालयले ब्यवसायिक रुपमा तरकारी खेती सुरु गरेको छ । हटियाको डाडाँखेत स्थित गोल्डेन फयूचर आवासीय माद्यमिक बिद्यालयले व्यवसायिक तरकारी खेती सुरु गरेको हो ।
विद्यालय सन्चालनका लागी आवश्यक आर्थिक श्रोत संकलन गर्न धनधान्यान्चल महायज्ञ लगायतका कार्यक्रम गर्ने स्थानीय प्रचलन भन्दा बाहिर गएर विद्यालयको आर्थिक संकलनका लागि नभै बिद्यार्थीलाई पढाई, खेलकुदका अलावा तरकारी खेतीको बारेमा समेत जानकारी गराउने उद्देश्यले शिक्षक विद्यार्थीहरुको सहकार्यमा ५ रोपनी जग्गामा ब्यवसायीक तरकारी खेति गरेको बिद्यालयका प्रिन्सिपल चुडामणी शर्माले बताए ।

तरकारी खेतीका निम्ति बिद्यालयले बार्षिक २४ हजार रुपयाँ दिने गरि स्थानियको जग्गा भाडामा लिएको छ । बारीमा यतिबेला बिद्यालयका बिद्यार्थी, शिक्षकले टमाटर, बोडी, भिण्डी, करेला, काँक्रा, घिरौला, लौका, साग लगायतका तरकारी बाली लगाएका छन । उत्पादित तरकारी बिक्रिबाटै यसबर्ष बिद्यालयले १५ हजार आम्दानी गर्न सफल भएको छ भने करिब २० हजार बराबरको तरकारी बिद्यालयकै होस्टेलमा प्रयोग गरिएको छ ।

विषादियुक्त खाद्यपदार्थबाट मानिसमा पर्ने असर बारे सचेतना जगाउदै बिद्यालयका शिक्षक र बिद्यार्थीहरु अर्गानिक खेतीका लागी आफै उत्पादनतर्फ अग्रसर बनेका हुन । विद्यार्थीले समुहगत रुपमा फुर्सदको समयमा करेशाबारीमा काम गर्दै आईरहेका छन । टमाटर र अन्य खेती गर्न सुरुवाति चरणमा ५० हजार खर्च भए यस बर्ष १ लाख बराबरको आम्दानी हुने प्रिन्सिपल शर्माको भनाई छ ।

यस्ता कार्यले विद्यार्थीलाई उद्यमी बन्न सिकाउने बिद्यालयका शिक्षक दिपक खत्रीको विश्वास छ । स्कुलमा बिभिन्न तरकारी फलफुल रोप्दा उनीहरुलाई कृषकहरु ल्याएर प्रशिक्षण दिने गरेको खत्रीले तजबिजलाई बताए । विद्यालय पढ्न गएका आफ्ना छोराछोरीहरुले पढाईका साथै अर्गानिक तरकारी खेती गर्दा आफुहरुको चित्त बुझेको भएको अभिभावकहरुले बताएका छन । विद्यालयमा सिकेको सिपबाटै छोराछोरीले घर करेसामा तरकारी खेती गर्न लालायित भएकोमा अभिभावकहरु मख्ख देखिन्छन् ।

बाबुको मुख हेर्ने दिन : ईश्वरका साक्षात् प्रतिमूर्ति हुन् बाबु–आमा !

–दीपक सुवेदी

वर्तमानमा हाम्रो समाजमा बाबुआमाहरू अपहेलित हुने, कतिपय स्थानहरूमा शिक्षित भनिएका छोराछोरी–बुहारीहरूबाट पनि तिरस्कार हुने जस्ता विकृतिमूलक क्रियाकलापहरू हुनेगरेको सुन्न, देख्न पाइने गरेको छ । जेनेरेशन ग्याभिङ्गको दरार उत्पन्न गरेर ‘यो÷यस्ता कुरा तपाईँले बुझ्नुहुन्न, तपाईँलाई किन चाहियो, नकराइकन बस्नुस आदि भनेर’ कतिपय अवस्थामा अभिभावकहरूलाई सहि सूचनाबाट बन्चित गराउनेसम्मको व्यवहार हुने गेरको पाइन्छ । मातृपितृसेवा गर्न झर्कोमान्ने मानसिकता नयाँ पुस्तामा बढ्दो छ । हुनलाई यस्ता सवालहरूमा ज्येष्ठनागरिक अधिकारको विषय उठाएर काम गर्ने निकायहरू पनि छन् । तथापि आधुनिकताको नाममा शिक्षामा व्यवहारिकरण नहुनाले तथा माटो अनुसारको नभएर पराश्रित मानसिकतामा आधारित पराईको तर्जुमाको शिक्षा नीतिको सञ्चालन हुँदा यस्ता समस्याहरू निराकरण भन्दापनि उत्पादन बढी हुनेक्रम जारी छ । व्यवहारिक शिक्षा र पराविद्या पलाएन हुने र अपरा तथा आयातित अव्यवहारिक विद्यार्जनमा जोड गराइने हुँदा यी समस्या दिनानुदिन बढ्दै गएका छन् ।

भलै बाबु–आमाको लौकिक शिक्षा होस वा नहोस अथवा बाबु–आमा सांसारिक एवम् भौतिक रूपमा कुनै पनि अवस्थामा किन नहुन् यदि सन्ततीले आफ्ना बुबा–आमालाई ईश्वरको रूपमा श्रद्धा, आदर–सम्मान र सेवा गर्यो÷गर्छ भने बुबा–आमाको माध्यमबाट उसले ईश्वर साक्षातकार गर्नसक्छ । यसर्थमा बुबा–आमालाई ईश्वरका प्रतिमूर्ति मानिन्छ र सोही अनुरूप उहाँहरूप्रति व्यवहार गर्नुपर्छ । हाम्रा सनातन शास्त्रले पनि ‘मातृदेवो भवः पितृदेवोभवः’ भनेर हामीलाई मार्गदर्शन गरेका छन् । मातृदेवो भवः पितृदेवो भवः को धर्म, दर्शन, संस्कार, संस्कृति, परम्परा र सभ्यता बोकेको यो सनातन भूमिको मौलिकता नै हो । यो सभ्यताको आज विश्वले नै अनुकरण गरिरहेको छ । विश्वको माथ सगरमाथा रहेको यो सनातनभूमि, धर्मभूमि, योगभूमि, तपोभूमि, ज्ञानभूमि, देवभूमि, बुद्धभूमि, गुरुभूमि तीर्थमयी नेपाललाई ‘मातृदेवो भवः पितृदेवो भवः’को यो संस्कृतिको महत्त्वको सन्देशलाई विश्वभरी प्रवाहित गर्ने जिम्मेवारी रहेको छ ।

जसले आमा–बुवाप्रतिको कर्तव्यबोध गर्न सक्तैन उसको जीवन पशुसमान हो । कुनै पनि व्यक्ति, पुस्ता वा पीँढी मातापिताको आर्शिवादबाट बञ्चित हुनपुग्यो भने त्यसले आफ्नो अस्तित्त्व बचाउन सक्तैन, फलस्वरूप किंकर्तव्यविमूढ हुन पुग्दछ । मनोवैज्ञानिक विश्लेषणमा पनि कति यस्ता निस्कर्षहरू निस्किन्छन् कि बाबु–आमाप्रतिको दायित्त्वबाट च्युत हुनपुगेको सन्तानमा पछि गएर विभिन्न खालका मानसिक एवम् सामाजिक र व्यवहारिक तथा भौतिकसमेतका समस्याग्रस्त अवस्था सृजना भइरहेका छन् । पश्चिमी जगतका विद्वानहरूले पनि पूर्वीय वाङ्मयमा रहेको यो मातृ–पितृभक्ति तथा आदर–सम्मानको धर्म–दर्शन र संस्कृति व्यवहारिक, वैज्ञानिक, सामाजिक र मानवीयतापरक रहेको कुरालाई स्वीकार्दछन् ।

भौतिक व्यस्तताको नाममा आज विश्वका करोडौं बाबु–आमाहरू सन्ततीसुःखको न्यानो घामबाट बन्चित हुनेक्रम बढेर गएको छ, जुन मानवसभ्यताको लागि ठूलो चिन्ताको विषय बनेको छ । सन्तान भएर पनि आमा–बुबाहरू अपुततुल्य भइ बृद्धाश्रमको शरण लिनपर्ने बाध्यता सृजना हुँदैगएको छ, जुन कुरा हाम्रो धर्म तथा संस्कृतिपरक छैन । एकातिर मातृपितृको जिम्मेवारीबाट विमुख हुँदै गएको वर्तमान पुस्ताले गम्भीरताको साथमा सोँच्नपर्ने स्थिति आएको छ भने अर्कोतर्फ आधुनिकता तथा भौतिक विकासको नाममा आफ्नो धर्म, दर्शन, संस्कृति, परम्परा, संस्कार र सभ्यतामा खलल आउन नदिइकन तथा विपरित हुननदिइकन आफ्नो समाज तथा जीवन पद्धतिलाई कसरी समयानुकूल गराउने र कसरी विकासगतिलाई अवलम्बन गर्ने भन्ने विषयमा चिन्तनमनन् गरी उपयुक्त मार्ग तय गर्न अपरिहार्य देखिएको छ । सृष्टिको पनि आदिशक्ति माता भगवती र परमपिता हुनुहुन्छ, तीनै शाश्वत सनातन आदि माता पिताका प्रतिकका रूपमा हामीले आफ्ना यस जन्मका बाबुआमालाई साक्षात ईश्वरका रूपमा सेवा, सत्कार, आदर–सम्मान गर्नपर्ने कारणबाट मनसा वाचा कर्मणा च्युत हुनुहुन्न । यदि च्युत भईयो भने त्याहाँ भन्दा धिक्कार हुनपर्ने अर्को स्थान र अवस्था रहँदैन ।

कुनै पनि समयमा कुनै पनि व्यक्तिलाई कुनै प्रकारको समस्या, कठिनाई, दुःख चाहे त्यो आदिदैविक वा आदिभौतिक वा आध्यात्मिक कुनै किन नहोस पर्यो र निस्पट्ट भयो, कतैबाट पनि सो समस्याबाट मुक्तिमिल्ने कुनै उपाय भेटिएन–देखिएन, निकै नै आकुलव्याकुलता छायो, होसहवास उड्ने अवस्था भयो भने पनि यदि यस्तो समस्यामा पर्ने व्यक्तिले जीवनमा मातृ–पितृप्रतिको दायित्तवमा कर्तव्यबाट चुकेको छैन, प्राकृतिक रूपमा (विना चाप्लुसी) आमा–बुवाको सेवा, सत्कार, श्रद्धा र सद्भाव गरेको छ÷थियो भने सो सत्पुत्र÷पुत्रीलाई प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि रूपमा मातृपितृ आर्शिवाद मिल्दछ र कष्ट निवृति हुन्छ । जस्तै नाजुक अवस्थामा भए पनि आवश्यक स्रोत जुट्नै कर लाग्छ । कुनै रोगले ग्रस्त पार्दा पनि रोगमुक्ति हुन्छ, अकाल मृत्यु टर्छ, कथमकदाचित असाध्य रोगबाट ग्रसित भइ देहत्याग गर्नुनै पर्ने भएमा पनि मोक्षगति प्राप्त हुन्छ । यस प्रकारको शक्ति आमाबाबुको सेवा, भक्तिमा रहेको हुन्छ ।

पितासम्मान दिवस मूलतः मूलको सम्झनाको दिवस हो । उपर्युक्त चर्चाबाट पनि मातापिता देवतुल्यताको भावना आइसक्यो । यद्यपि कसैले पनि वर्षमा मात्र एक दिन आमा बाबुको सम्झना गर्ने र अरु दिन वास्ता नगर्ने भन्ने कदापि होइन । एउटा सन्देशात्मक विशेषतालाई महत्त्व दिएको हो यो बाबुको मुख हेर्ने त्यस्तै आमाको मुख हेर्ने दिनले । यो सांस्कृतिक विशेषता विस्तारै नेपालको गौरव बनेर विश्वभरी फैलिँदै गएको यथार्थलाई विश्वले स्वीकार गरेको छ । शुरुमा नेपालमा पनि नेवार समुदायमा रहेको यो संस्कृति विस्तारै सबै समुदाय हुँदै विश्वमा पुग्नु राम्रो संस्कृतिलाई सबैले स्वीकार गर्छन् भन्ने सकारात्मक तथ्यको प्रमाणित सन्देश हो ।

सृष्टिको स्रोत अखण्ड सत्ताको जुन धारा छ सो यो खण्डमय संसारमा पनि अविछिन्नरूपमा लागू भएको छ । त्यही धाराको आस्वादन र अनुभूति हामीले मातापिताबाट पाउनसक्छौ । भन्नाको तात्पर्य जसरी अखण्ड महात्माबाट सृष्टिको प्रक्रिया शुरु भयो त्यही प्रक्रिया तथा पद्धति यो अहिलेको खण्डमय संसारमा बाबुआमा, आफू हुँदै भावी सन्तती तर्फ उन्मुख हुन्छ, सिद्धान्त र पद्धति एउटै हो । आफ्ना बाबुआमामा ईश्वरी अंश देख्न र अनुभूति गर्नसक्ने सन्ततीले साक्षात् परब्रह्मपरमात्मासम्म पुग्ने मूलको धारोको मार्ग समात्नसक्छ र सो मार्गमार्फत अघि बढेमा साधनाको पुरुषार्थले आफ्नो जीवन कृतार्थ गराउनसक्छ भन्ने तात्त्विक मर्म जोडिएको छ यो पितासम्मान दिवससँग ।

समष्टिमा आमा–बाबुप्रति सन्तानबाट सधैं हुनपर्ने सेवा, सत्कार, सद्भाव, आदर–सम्मानको कर्तव्यबोध मातृ र पितृ दर्शन आमावश्याले दिँदै आएको छ । यी दिनमा गरिने मातृश्रद्धा तथा पितृश्रद्धाको भाव सदासर्वदा अक्षुण राख्नसक्नु सत्पुत्रपुत्रीहरूको दायित्त्व हो । सबै आमा–बुबाहरूमा आजको यस पावन पितृदर्शन आमावश्याको दिनको शुभअवसरमा सादर दण्डवत् । अस्तु,
deepaksubedichintak@yahoo.com

तीज पर्वलाई दु:ख पीडा व्यक्त गर्ने माध्यमका रुपमा नलिन थापाको आग्रह !

बागलुङ, २०७३ भदौ १६ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा अखिल नेपाल महिला संघका केन्द्रीय महासचिव थममाया थापाले नेपाली महिलाहरुले संविधानमार्फत प्राप्त गरेको अधिकारलाई सुनिश्चित गर्नका लागि संविधान कार्यान्वयन आवश्यक रहेको बताएकी छिन् ।

अखिल नेपाल महिला संघ बागलुङले बुधवार बागलुङ बजारमा आयोजना गरेको तीज विशेष कार्यक्रममा बोल्दै नेतृ थापाले यस्ता बताएकी हुन् ।

हरितालिका तीज नेपाली महिलाहरुको महत्वपूर्ण पर्व हो, यसलाई घर परिवारमा भएका दु:ख पीडा व्यक्त गर्ने माध्यमका रुपमा मात्र नलिई संविधान कार्यान्वयनका लागि दवाव सिर्जना गर्ने अवसरका रुपमा उपयोग गर्न उनले महिलाहरुलाई आग्रह गरिन ।

नेपाली महिलाहरुको लामो समयदेखिको सघर्षका कारण संविधानमा महिलाका अधिकार उल्लेख भएको स्मरण गराउदै नेतृ थापाले कागजमा लेखिएको अधिकारलाई व्यवहारमा उतार्नका लागि एकतावद्ध दवाव आवश्यक रहेको बताएकी थिईन् ।

समाजमा हुने राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विषयमा महिलाहरुको ५० प्रतिशत सहभागिताका लागि अखिल नेपाल महिला संघ निरन्तर लडीरहेको जानकारी गराउदै थापाले यसका लागि हरेक तहबाट सहयोग र समन्वय आवश्यक रहेको उल्ल्लेख गरिन ।

नेकपा एमालेको नेतृत्वमा बनेको सरकारले ल्याएका विकासका एजेण्डालाई वर्तमान सरकारले वेवास्ता गरे नेपाली जनताले प्रतिवाद गर्ने थापले स्पष्ट पारिन ।

कार्यक्रममा नेकपा एमाले बागलुङका अध्यक्ष श्रीप्रसाद शर्मा, पूर्व राष्ट्रिय प्रतिनिधि परिषद सदस्य गीता शर्मा, अखिल नेपाल महिला संघ बागलुङका संस्थापक अध्यक्ष ममतादेवी शर्मा, नेपाल महिला संघका सचिव उषा पौडेल, युवा संघ नेपालका केन्द्रीय सदस्य अञ्जु जिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष सावित्री रानाको अध्यक्षता, सचिव अम्बिका रेग्मीको स्वागत र अखिल नेपाल महिला संघ क्षेत्रीय अध्यक्ष लक्ष्मी बोहराको सञ्चालनमा सम्पन्न कार्यक्रममा सीता परियार, रेणु केसी लगायतका कलाकारहरुले तीजगीत प्रस्तुत गरेका थिए ।

क्षेत्रीय सहकारी पत्रकारिता पुरस्कार पत्रकार जिसीलाई !

पोखरा, २०७३ भदौ १६ । पश्चिम क्षेत्रकै अग्रणी सहकारी संस्थाका रुपमा स्थापित पोखरा रोयल सहकारी संस्था लिमिटेड कास्की पोखराले स्थापना गरेको रोयल क्षेत्रीय सहकारी पत्रकारिता पुरस्कार २०७२ बाट बागलुङका पत्रकार रामबहादुर जि.सी. पुरस्कृत हुने भएका छन् । पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रको विकासमा पु¥याएको योगदान कदर गर्दै जिसीलाई रोयल क्षेत्रीय सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको संस्थाले जनाएको छ ।

संस्थाको साउन २७ गते सम्पन्न सञ्चालक समितिको वैठकले यस वर्षको सहकारी पत्रकारिता पुरस्कार जिसीलाई प्रदान गर्ने निर्णय गरेको संस्थाका सचिव तथा प्रवन्ध सञ्चालक भीमबहादुर गुरुङले जानकारी दिए । भदौ २५ गते शनिवार आयोेजित पोखरा रोयल सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभामा नगद ५ हजार ५ सय ५५ रुपैयासहित सम्मानपत्रद्वारा पुरस्कृत गरिने पनि उनले बताए ।

२ दशक देखि बागलुङमा रहेर पत्रकारिता र सहकारी क्षेत्रको प्रवद्र्धनमा सक्रिय जिसी नेपाल पत्रकार महासंघ बागलुङ शाखाको निवर्तमान अध्यक्ष र जिल्ला सहकारी संघ लिमिटेड बागलुङको समेत निवर्तमान अध्यक्ष हुन् ।

आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिकका सम्पादक समेत रहेका जिसीले पत्रकारिता मार्फत सहकारी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएको गुरुङले जानकारी दिए । जिसीले धौलागिरि टेलिभिजनबाट सहकारी सम्बन्धी साप्ताहिक कार्यक्रम रुपान्तरण सञ्चालन गर्दै आएका छन् ।

धौलागिरि अञ्चलमा पहिलो पटक सहकारी मार्फत सञ्चारमाध्यम सञ्चालनको अगुवाई गर्नुका साथै सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकका सञ्चालक समेत रहेका जिसीलाई यस पटक प्रदान गर्न लागिएको क्षेत्रीय सहकारी पत्रकारिता पुरस्कार यस भन्दा पहिला पोखराका अग्रज पत्रकार नारायण कार्की, कृष्णप्रसाद बाँस्तोला लगायतलाई प्रदान गरिएको रोयल सहकारी संस्थाले जनाएको छ ।