त्रिशुलीमा गाडी खसेर पूर्व गृहमन्त्री घिमिरे सहित तीन बेपत्ता, तीन जनाको मृत्यु !

बागलुङ २०७३ असोज ९ । परिवार सहित मुस्ताङ जिल्लामा अवस्थित पवित्र मुक्तिनाथको दर्शन र कागवेनीमा श्राद्ध गरेर काठमाडौँ फर्कने क्रममा पूर्व गृहमन्त्री माधव प्रसाद घिमिरे चढेको बा १ च १५१३ को गाडी त्रिशुलीमा खसेर दुर्घटना हुँदा उनी सहित उनका अन्य दुई भाईहरु मोहन र प्रकाश घिमिरे बेपत्ता भएका छन् । गाडीमा सवार उनकी आमा चैतन्य कुमारी घिमिरे, भान्जा नारायण प्रसाद काफले र सुरक्षा गार्ड प्रनानि रामचन्द्र कार्कीको मृत्यु भएको छ । गाडी चालक विष्णु राईको भरतपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

बेपत्ताहुनेहरुको खोजी कार्य भैरहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारले जनाएको छ ।

समाचार श्रोतका अनुसार गाडी पूर्व गृहमन्त्री घिमिरे आपैm चलाइएका थिए भने घोप्टेभीरबाट करीब ३ सय मिटर तल त्रिशुलीमा खसेकोे थियो । दुर्घटनामा ज्यान जोगाउने एकमात्र व्यक्ति चालक राई दुर्घटना पश्चात आपैm मुग्लिङ पुगेर प्रहरीलाई खबर गरेपछी उद्धारको कार्य सुरु गरिएको थियो ।

पत्रकार महासंघको अन्तरक्रिया: पत्रकारका समस्या र भूभिका बारेमा छलफल

टोकियो, जापान २०७३ असोज ९। नेपाल पत्रकार महासंघ जापानको आयोजनामा जापानमा क्रियाशील पत्रकारहरुकोविचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आईतवार जापानको टोकियोमा पत्रकारको भूमिका, समस्या, भावी कार्यक्रम लगायतका विषयमा जापानमा क्रियाशील तीन दर्जन पत्रकारहरुको सहभागीता रहेको थियो ।

अन्तरक्रियामा सहभागी पत्रकारहरुले जापानमा क्रियाशील पत्रकारहरुबिच समन्वयको अभाव, एउटै समाचार प्रस्तुतीमा तथ्यको भिन्नता, पत्रकारको परिचयपत्र, नेपाल पत्रकार महासंघ जापानले खेलिरहेको भूमिकाका विषयमा आफ्ना धारणा राखेका थिए । पत्रकारहरुलाई कुनै समस्या आइपर्दा सहयोग गर्नको लागि आपतकालीन कोष खडा गर्ने लगायतका विषयमा समेत छलफल भएको थियो । आगामी दिनमा यस्ता छलफल कार्यक्रम र प्रशिक्षण तथा अन्य विषयमा निरन्तर अन्तरक्रिया कार्यक्रम राख्ने विषयमा समेत सहभागीहरुबिच छलफल भएको थियो ।

कार्यक्रमा उठेका विषय तथा समाधानको प्रयास, नेपाल पत्रकार महासंघले भूमिका तथा भावी कार्यक्रमका विषयमा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल र उपाध्यक्ष बेलुकाजी थापाले जवाफ दिएका थिए । अन्चरत्रियामा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य पवन वर्षा शाह लगायत विभिन्न अनलाईन र पत्रिका आवद्ध पत्रकारहरुको उपस्थिती रहेको टोकियोबाट सहकर्मी पत्रकार बेलुकाजी थापाले जानकारी दिएका छन् ।

गल्कोट हरिचौरको एउटा बृद्धमय गाउँ : कायसा !

गुमानसिँह भण्डारी

गल्कोट उपत्यकाका अधिकाँश युवाहरु बैदेशिक रोगगारीको लागि जापान, कोरिया, मलेशिया लगायत खाडी मुलुकहरुमा गएपछी अधिकाँश गाउँहरु बृद्धबृद्धाहरुको मात्र बासस्थान बन्न पुगेका छन् । गल्कोट क्षत्रका अधिकाँश युवायुवती रोजगारीका लागि जापान पुगेका छन् । गल्कोटे युवाहरुका लागी जापान रोजगारीका निम्ति आकर्षणको केन्द्र बनेको छ भने यता गल्कोटका गाउँघर भने बृद्धमय बन्दै गएका छन् ।

यस्तै गल्कोट हरिचौर-९ कायसा युवाविहीन गाउँ बनेको छ । कुनैपनि घरमा युवायुवती देख्न पाईन्न । यतिबेला बुढापाका मात्र बस्दै आएका छन कायसामा । बिरामी पर्दा, बिवाह, ब्रतबन्ध लगायतका कार्य देखी मर्दा मलामी जानपनि सम्म गाउँका बृद्धहरुलाई समस्या परेको छ । उमेर पुगेका अधिकाँश युवायुवती, छोरा बुहारी रोजगारीका लागि विदेशमा गएपछि कायसा बृद्धमय बनेको हो ।

छोराबुहारीहरु पैसा कमाउन बिदेश गएकाले घरमा एक्लै भएको बताउछन् हरिचौर ९ कायासाका बल बहादुर बुढाथोकी । घरमा पकाएर खान दिने कोहि नभएपछि छिमेकीले ल्याईदिने गरेको उनले बताए । बुढेसकालमा पकाएर खान दिने बुहारीपनि छोराले जापानमै लगेपछि बुढाथोकीलाई थप समस्या परेको छ । बुहारीले १ बर्षकोे नातिलाई छोडेर गएको भन्दै बुढाथोकीले दुखेसो पोखे ।

कुनै समय १४ जना सदस्य रहेको घरमा हाल बुढाबुढी मात्र टक्रक्क बस्छौ, कति उराठ लाग्दो जीवन भोग्न पयो यो बुढेसकालमा बुढाथोकीले चित्त दुखाए ।

कायसाकी ६५ वर्षिया गंगा कुमारी बस्नेतको दुखेसो पनि त्यस्तै छ । छोराबुहारी जापान गएपछि घरमा बुढाबुढी छौँ, बिरामी पर्दा, घरायसी सरसामान किनमेल र खेतीपातीका लागि निकै समस्या परेको छ बस्नेतले भनिन् । छोराबुहारी, नातिनातिनाहरु सबै जपानमा गएपछि घरमा बुढाबुढी मात्र रहेका ८८ बर्षिय हर्क बहादुर बस्नेतले बताए ।

युवाहरुलाई सरकारले योग्यताका आधारमा रोजगारीको ग्यारेन्टी गर्न सके मात्र नेपालमा युवाहरु रहनेछन । होईन भने गल्कोट क्षेत्र जस्तै अन्य ठाउँका युवाहरु पनि बिदेशीएर गाउँघरमा अशक्क्त, असहाय, बृद्धहरु मात्र नहोलान भन्न सकिन्न ।

गल्कोट हरिचौरको हालै खिचिएको हवाई तस्बिर ।
Gumansingh Bhandari
पत्रकार भण्डारी गल्कोट एफएममा कार्यरत छन् ।

केहिबेर सँग–सँगै रोएर जाउली !

आऊ अन्तिम पटक छोएर जाउली,
अस्मिताका दाग सबै धोएर जाउली,
बिछोडको पिडामा बियोगको आँशु झार्दै,
केहिबेर सँग–सँगै रोएर जाउली !

***
आटो पिठो एकातिर चोक्कर फाल्तु भो,
मालिकसँग मालिक मिल्यो नोक्कर फाल्तु भो,
एक्काईस पत्ती खेलमा तिमि बाजी बसेको बेला,
जब सिक्क्वेन्स मिल्यो अनि जोक्कर फाल्तु भो ।

***

जवानीले विस्तारै भुलेपछि रोएँ,
कालो त्यो केश फुलेपछि रोएँ,
रस रित्तिएको फुललाई छोडेर,
भमरा अन्त कतै डुलेपछि रोएँ ।

***

म तिम्रो प्रेमजालमा परि बिग्रिन चाहान्छु,
गर्न नहुने सबै कार्य गरी बिग्रिन चाहान्छु,
भन्नेले भनुन् तैले राम्रो गरिनस् भनेर,
तर तिमि सँग मात्र नराम्ररी बिग्रिन चाहान्छु !

राजेन्द्र ढकाल
धौलागिरी एफएम
बागलुङ ।

नेपाल भुटान बनेकै हो त ?

दुर्गानाथ शर्मा

प्रधानमन्त्री पुष्पकमल दाहाल कुर्सीमा बसेको एक महिना नपुग्दै हान्निएर भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा चार दिनको राजकीय भ्रमण सम्पन्न गरी फर्किएका छन् । भारतमा उनको राम्रै सम्मान र स्वागत भयो । यसअघि भारत गएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई यति सम्मान दिइएको थिएन । उनको भ्रमणमा त भ्रमणको सफलता नाप्ने ‘संयुक्त विज्ञप्ति’ नै निकालिएन । त्यतिबेलैदेखि कांग्रेस-माओवादी गठबन्धनको सरकार आउँछ भन्ने लख काटिएकै हो ।
भौगोलिक रूपमा नेपाल र भारत राम्रो सम्बन्ध भएका छिमेकी मुलुक हुन् । भारत ठूलो छ, नेपाल सानो । तर पनि दुवैबीच हार्दिक मित्रता छ । बेलाबेलामा यी दुई मुलुकबीच पनि मित्रतामा खलल आउने गरेको छ । दुइटा भाँडा नजिकै राख्दा कोही बेला ठोक्किएर आवाज आउँछ भन्ने उखान नै छ । सायद त्यही भएर होला ! नेपालका कुनै पनि प्रधानमन्त्री भारत भ्रमणमा जाँदा कतै भारतीय स्वार्थमा कुनै गोप्य सम्झौता हुन्छ भनेर नेपालीका कान ठाडो हुने गरेको मातृकाप्रसाददेखि गिरिजाप्रसाद कोइरालाको पालादेखि नै हो ।
कोसी सम्झौता र टनकपुर सम्झौता यसका दुई उदाहरण हुन् । पछिल्लोपटक टनकपुरलाई समझदारी भनेर कोइरालाले भारत गएका बेला सही धस्काएपछि यो त सन्धि हो, संसद्बाट स्वीकृति नलिई हुन्न भनेर ठूलै विवाद भएको थियो ।
यसपटक पुष्पकमल दाहालको भारत भ्रमण उनकै शब्दमा सफल रहेको छ । तर भ्रमणको अन्त्यमा प्रकाशित संयुक्त विज्ञप्तिका केही बुँदाले भने उनको भ्रमणप्रति शंका उब्जाएको छ । नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र हो । भारतले नेपालका राजाहरूलाई पनि ‘भुटानकै राजा’ जस्तो बनाउन प्रयत्न नगरेको होइन ।
तर राजाहरूले देशको राष्ट्रियता र सर्वभौमतामा आँच पुग्ने काम गरेनन् र भारतको यो प्रस्तावलाई अस्वीकार गर्दै आए । पछिल्ला राजा ज्ञानेन्द्रलाई पनि भारतले तपाईं भुटानको राजाजस्तै भइदिन स्वीकार गर्नोस्, हामी यो जनयुद्ध बन्द गराइदिन्छौं भन्ने भारतको प्रस्ताव लिएर करण सिंह काठमाडौं आएको अनौपचारिक हल्ला सुनेकै हो ।
तर यसपटक प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसितको वार्तामा अन्तर्राष्ट्रिय मुद्दामा समान धारणा बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्ने भारतको आग्रहमा सही गरेर फर्केको कुराले भने अब नेपाल स्वतन्त्र मुलुक रहेन कमसेकम भारतका दृष्टिमा भन्ने कुराचाहिँ पक्कै जस्तो भएको छ ।
अन्तर्राष्ट्रिय वादविवाद र कैयन् मुद्दामा भारत र नेपालमा समान धारणा हुनु एउटा कुरा हो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्जस्ता संस्थामा भारतको उम्मेदवारीलाई नेपालले समर्थन गर्नु पनि अस्वाभाविक होइन । आफू पुग्न नसक्ने तहमा आएमा छिमेकीलाई समर्थन गर्नु स्वाभाविकै हुन्छ, तर विज्ञप्तिमा उल्लेख भएको भाषा हेर्ने हो भने अन्तर्राष्ट्रिय मुद्दामा समान धारणा बनाउने भारतको यो प्रस्तावचाहिँ हाम्रो स्वतन्त्र विदेश नीतिविपरीत हुन्छ । यसबाट भारतले नेपाललाई भुटान बनाउन खोजेको पुष्टि हुन्छ ।
भारत र भुटानबीच १९४७ मा एउटा सम्झौता भएको छ, जसमा भुटानको विदेश र सुरक्षा मामला भारतले हेर्ने भनिएको छ । अब यसबाट हामीले कतै भारतले नेपाललाई पनि भुटान बनाउन खोजेको त होइन ? अनेक शंकाले ठाउँ पाएको छ । यसो हो भने त भारत र पाकिस्तानबीच पाकिस्तान अधीनस्थ कश्मीरमा भएको आतंककारी घटनालाई लिएर युद्ध हुने स्थितिमा पुगिसकेको छ । कमसेकम भारतका टेलिभिजन मिडिया हेर्ने हो भने भोलि नै या अर्को हप्ताभित्रै दुई मुलुक संर्घषमा भिड्ने हो कि जस्तो गरेर जनता र सरकारलाई उचालिराखेका छन् ।
त्यसो भए भोलि भारतसित समान धारणा बनाउने सहमतिअनुसार नेपालले पाकिस्तानप्रति विरोध जनाउने र मागेका खण्डमा सैनिक सहयोग पनि गर्ने हो त ? विज्ञप्तिले त्यही जनाउँछ । भारतले पाकिस्तानको ठूलो प्रान्त बलुचिस्तानलाई पाकिस्तानबाट छुट्याउने रणनीति बनाउँदैछ, के नेपालले यसमा पनि भारतकै कुरा मान्नुपर्ने ?
त्यसो भए राजा महेन्द्रले नेपाललाई असंलग्न आन्दोलनमा सरिक गराएको कुरा अबको सरकारले झिकिसकेको ठाने हुन्छ ? युगोस्लाभियाका मार्सल रिटो, भारतका जवाहरलाल नेहरूजस्ता नेताले अमेरिका र तत्कालीन सोभियत संघका गुटबाट अलग रहन असंलग्न आन्दोलन स्थापना गरेर हाम्रो मुलुक असंलग्न नीतिका सदस्य भएका हुन् ।

कि त हामीले असंलग्न आन्दोलनबाट आफू हटेको घोषणा गर्नुपर्ने हुन्छ, कि त भारतसित भएको पुष्पकमल दाहालको सहमति खण्डन गर्न सक्नुपर्छ । कुनै पनि अन्तर्राष्ट्रिय विवादमा नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर विवादको गुण र दोष विश्लेषण गरेर आफ्नो ‘विचार’ बनाउनु उपयुक्त हुन्छ ।
अमेरिकाले नेपाललाई र दक्षिण एसियाका मुलुकलाई भारतको आँखाले हेर्ने जस्तो अव्यावहारिक र गैरकूटनीतिक निर्णयतर्फ नेपाल जानु हुँदैन ।

विज्ञप्तिको भाषामा नेपालको नयाँ संविधानप्रति असन्तुष्ट मधेसकेन्द्रित दलको मोर्चाको कुरा उल्लेख हुनु पनि गलत हो । मधेसी दलको सरोकार नितान्त नेपालको आन्तरिक मामला हो । मधेसीप्रति भारतको सहयोग, समर्थन र सहानुभूति हुनु ‘उनीहरूले भन्ने गरेको रोटी र बेटीको नाता’ ले ठीकै पनि होला । भारतले अहिले पनि प्रधानमन्त्री गएको मौकामा नेपालको संविधानलाई समर्थन गरेको छैन, स्वीकार गरेको छैन ।

अमेरिकाले नेपाललाई र दक्षिण एसियाका मुलुकलाई भारतको आँखाले हेर्ने जस्तो अव्यावहारिक र गैरकूटनीतिक निर्णयतर्फ नेपाल जानु हुँदैन ।

घोषणा भई लागू भएको एक वर्ष बितेर कार्यान्वयनको तहमा पुगिसक्दा पनि सम्भवतः मधेसकेन्द्रित दलकै पोल सुनेर भारतले समर्थन नगरेको हुन सक्छ । मधेसकेन्द्रित दलले पनि आफ्नो ‘घर-झगडा’ लाई भित्रै वार्ता गरेर अथवा संघर्ष गरेर समाधानको खोजी गर्नुपर्छ नकि छिमेकी मुलुकलाई गुहारेर ! घरैभित्र झगडा छ, एकले अर्काको खुट्टा हान्ने प्रवृत्ति छ ।
सबैको रुचि सत्तामा गएर मोज गर्नेछ भने कसरी हुन्छ वार्ता ! संसद्मा दोस्रो ठूलो दल एमालेसित मिलेर, निःस्वार्थ रहेर घनीभूत छलफल गरेर सहमतिमा नपुगी संविधान संशोधन हुनै सक्दैन । यो कुरालाई सबैले बुझेकै छन्, तर बुझ पचाएर बस्ने हो भने यो दोस्रोपटक अर्बौं रुपैयाँ खर्च गरेर ल्याएको संविधानले पनि काम गर्ने छैन । हाम्रो मुलुक संविधानविहीन हुनेछ ।
प्रधानमन्त्रीले न्युयोर्क जाने कार्यक्रम रद्द गरेर राम्रो काम गरेका छन् । राष्ट्रसंघमा नेपालले गर्ने केही छैन । प्रधानमन्त्रीले एउटा भाषण दिनेबाहेक अरू के काम हुन्छ ? परराष्ट्रमन्त्री नै पर्याप्त हुन्छन् । तर यो कुरा भारतबाट फर्केपछि मात्र प्रचण्डलाई लाग्नुको के अर्थ छ ? केही समयअघि यसरी नै दाहालले अस्ट्रेलियाको भ्रमण पनि अन्तिम समयमा स्थगित गरेका थिए ।
त्यसबेला उनलाई जनयुद्धमा गरेको हत्याको आरोपमा अन्तर्राष्ट्रिय अदालतले समात्छ भन्ने हल्ला सुनेरै प्रचण्डले भ्रमण रद्द गरेको हल्ला नचलेको होइन । यसपालि त एउटा मुलुकको प्रधानमन्त्रीको हैसियतमा राष्ट्रसंघमा जाँदा कूटनीतिक मर्यादाले पनि त्यसो गर्ने सम्भावना थिएन । तर जे होस्, राष्ट्रभित्रै गर्नुपर्ने धेरै काम बाँकी रहेकाले ‘आफू नजाने’ निर्णय गरेर एउटा राम्रो काम गरेका छन् ।
बरु यसपटकको भ्रमणमा ‘प्रचण्डपत्नीको गैरकूटनीतिक आचरण’ को भने केही नराम्रा हल्ला पनि आए र टेलिभिजनका पर्दामा पनि देखियो । तर यसमा ‘प्रचण्डपत्नी’ लाई दोष दिने ठाउँ छैन । उनलाई पतिले पनि प्रथम महिला विदेश जाँदा के गर्ने, के नगर्ने बताउनुपथ्र्यो । मुख्य कुरा राष्ट्रकै प्रथम महिला भएकोले हाम्रो पराराष्ट्र मन्त्रालयका शिष्टाचार महापालले त्यहाँ उहाँबाट पालना गरिनुपर्ने शिष्टाचारका बारेमा राम्रो व्याख्या गर्नुपर्ने हो, सायद त्यो भएन कि ?
Durga-Nath-Sharma_1
दुर्गानाथ शर्मा

अन्नपूर्णपोष्टबाट साभार ।

सशक्त अभिनयमा राम बाग्दाश !

केशव बिश्वकर्मा, जोमसोम २०७३ असोज ९ । असिमित नेपाली गीत सँगीतको बजारमा दैनिक ठूलै सँख्यामा गीत उत्पादन हुने गर्छन् । र गीतको म्यूजिक भिडियो पनि उत्तिकै मात्रामा बजारमा भित्रिन्छन् । सँगीतको क्षेत्रलाई बचाईराख्न हजारौँ कलाकर्मी लागिपरिहेका छन् ।

सँगीतकै भिडमा एउटा संघर्षशील नाम हो राम बाग्दाश । नेपाली म्यूजिक भिडियोमा मोडलको रुपमा स्थापित हुँदै गरेका धौलागिरीको एक होनहार प्रतिभा राम बाग्दाश दर्जनौँ म्युजिक भिडियोमा आफ्नो अभिनय प्रस्तुत गरिसकेका छन् ।

नेपाली हाँसो, रोदन, लोक, आधुनिक जुनसुकै गीतमा पनि अभिनय गर्न पोख्त रामले आफुलाई म्यूजिक भिडियो निर्माणमा ब्यस्त राख्न थालेका छन् । जिउडालले पनि उत्तिकै साथ दिएका उनी हेण्डसम अनि शालिन देखिन्छन् । म्यूजिक भिडियोमा दर्शकले रुचाएका राम दर्शकको मायाले आफु यहाँ सम्म आएको बताउँछन् ।

म्यूजिक भिडियोको माध्यमबाट आफ्नो पहिचान र करिअर बनाउन तल्लिन राम यतिखेर काठमाण्डौँलाई कर्मथलो बनाउँदै संघर्ष गरिरहेका छन् । सँगीतको विकास विस्तार र आफ्नो सांगीतिक जीवनलाई सुःखमय बनाउँन यस क्षेत्रमा हजारौँ गायक, सर्जक, मोडल लगायत सम्पूर्ण कलाकर्मी संघर्षशील छन् ।
सँगीतको क्षेत्रलाई बचाउ गर्दै म्यूजिक भिडियोमा जम्दै गरेका राम बाग्दाशलाई सफलताको शुभकामना ।

राजनीतिक दलहरुनै चुनावको पक्षमा छैनन् : नीलकण्ठ उप्रेती

तजबिज खबर, पर्वत २०७३ असोज ९ । नेपाल किड्नी फाउन्डेसन’ र अमेरिकाको ‘डाभिटा भिलेज ट्रस्ट’ले कुश्मामा शनिवार आयोजना गरेको नि:शुल्क मृगौला परीक्षण शिविरमा आएका फाउन्डेसनका प्रमुख सल्लाहकार नीलकण्ठ उप्रेतीले पत्रकार भेटघाट कार्यक्रममा राजनीतिक दलहरुनै चुनावको पक्षमा नभएको बताउदै अहिलेकै अवस्थामा तीन वटै निर्वाचन हुने सम्भावना नरहेको ठोकुवा गरेका छन् ।

पूर्व प्रमुख निर्वाचन आयुक्त समेत रहेका उप्रेतीले लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन भएकाले दलहरुको सहमतिमा ऐन निर्माण गरेर निर्वाचन आयोगलाई तयारी गर्न दिनुपर्ने उप्रेतीले बताए । उनले संविधानप्रति असुन्तष्ट दल पनि निर्वाचनबाट अनुमोदित भएर आउनुपर्ने बताउदै अघिल्लो निर्वाचनमा पनि केहि दल असहमत थिए तर मिति घोषणा भएपछि सफल रुपमा निर्वाचन सम्पन्न भयो अहिले पनि त्यहि माध्यमबाट अघि बढ्न जरुरी रहेको उनको सल्लाह थियो ।

उनले निर्वाचनका लागि आवश्यक कानुनी, प्रशासनिक र व्यवस्थापकीय तयार दुई दशकदेखि स्थानिय निकायको निर्वाचन हुन नसक्दा मुलुकको विकास हुन नसकेको उल्लेख गर्दै जतिसक्दो चाडो स्थानिय निकायको निर्वाचन गर्नुपर्ने बताए । निर्वाचनको वातावरण बनाउने तर्फ सरकार पहिलो जिम्मेवार पक्ष भए पनि सबै राजनीतिक दल गम्भीर भएर अघि बढ्नुपर्ने उनको भनाई थियो ।

पर्वत, म्याग्दी र बागलुङ जिल्लामा निशुल्क स्वास्थ्य शिविरको लहर !

यतिबेला पर्वत,बागलुङ र म्याग्दीनेपाल किड्नी फाउन्डेसन’ र अमेरिकाको ‘डाभिटा भिलेज ट्रस्ट’ले जिल्लाका विभिन्न स्थानहरुमा स्वास्थ्य सम्वन्धी निशुल्क शिविरको लहर चलेको छ ।

बागलुङ सदरमुकाममा रहेको धौलागिरी अन्चल अस्पतालमा पाँच दिने निशुल्क बृहत् सर्जिकल शिविर जारी रहेको छ भने ‘ स्थानीय सामाजिक संस्थाहरुको समन्वयमा बिहिवार निलगिरी हस्पिटल, बागलुङमा, शुक्रवार पर्वत जिल्लाको फलेवासमा र शनिवार पर्वतकै कुस्मा बजारमा निशुल्क मृगौला परीक्षण शिविर सम्पन्न भएको छ । यी शिविरहरुबाट करीब २ हजार सेवाग्राही लाभान्वित भएका छन् ।

यस्तै म्याग्दी जिल्लाको भुरुङ तातोपानीमा सम्पन्न ५ दिने निशुल्क स्वास्थ्य शिविरमा २३ सय जना लाभान्वित भएका छन् ।

प्रवास: जनसंपर्क समिति नेदरल्याण्ड्स अधिवेशन तयारी अन्तिम चरणमा !

अधिवेशनलाई संबोधन गर्न परराष्ट्रमन्त्री डा. महत र केस पाण्डे आउने

शालिक गौतम, नेदरल्याण्ड्स २०७३ असोज ९ । नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सको चौथो अधिवेशन आगामी २७ सेप्टेम्बर २०१६ का दिन आमस्ट्राडामको यान फान गाल स्ट्रीटमा मा हुने भएको छ । अधिवेशनलाई संबोधन गर्नका लागि नेपाल सरकारका परराष्ट्रमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. प्रकाश शरण महत र नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र राज पाण्डे आउने भएका छन् ।

अधिवेशनलाई भव्य र सभ्य रुपमा संपन्न गराउनको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र अधिवेशनमा परराष्ट्रमन्त्री महत २७ सेप्टेम्बर, केन्द्रिय सदस्य पाण्डे २६ सेप्टेम्बरमा आमस्ट्राडाम आइ पुग्ने र विभिन्न देशबाट उल्लेख्य रुपमा अतिथीहरुको उपस्थिती रहने अध्यक्ष दिपक रेग्मीले जानकारी दिएका छन् ।

अध्क्ष रेग्मीका अनुसार अधिवेशनका लागि युरोप लगायत विश्वमा रहेका सवै जनसंपर्क समितिहरुलाई आतिथ्यतका लागि निमन्त्रणा भै सकेको र विषेश गरेर युरोप महादेशका जनसंपर्क समितिहरुबाट सहभागिता रहने छ ।

नेदरल्याण्ड्स स्थित सवै नेपाली संघसंस्था तथा समुदायलाई समेत कार्यक्रममा उपस्थित हुनको लागि पत्रचार गरिएको छ । विषेश गरेर युरोपेली महादेशमा रहेका सवै जनसंपर्क समितिहरु, अग्रजहरु र नेदरल्याण्ड्सका सवै संस्था तथा समुदायलाई उद्घाटन सत्रमा आतिथ्यताका लागि पत्रचार गरिएको र प्राविधिक कारणबाट जानकारी नभएको भए पनि सवैलाई कार्यक्रममा उपस्थितीको लागि अनुरोध गरेको महामन्त्री उत्तम कंडेलले बताए कार्यक्रम कक्ष, अतिथी सत्कारका लगायत अधिवेसनका आवश्यक प्रवन्ध भैसकेको छ । नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सको आगामी नेतृत्व सर्वसम्मतीमा चयन हुने र संगठनको वृहत्तर हितका लागि सवै पार्टीपत्ति एकढिक्का भएर अगाडि बढ्ने सहमति भएको नेपाली जनसंपर्क समिति चौथो अधिवेसनका लागि निर्वाचन समितिका संयोजक नारायण आर्चायले प्रतिकृया दिएका छन् । तर निर्वाचन समितिले कार्यसमितिको घोषणा भने गरेको छैन ।

थाक खेलकुदको उपाधि जनहित क्लव जोमसोमलाई !

केशव बिश्वकर्मा, मुस्ताङ २०७३ असोज ९ । गत असोज५ गते देखि मुस्ताङको कोवाङ गाविसमा संचालित ४६ औँ थाक भलिबल च्याम्पियनशीप रनिङ शिल्डको उपाधी जनहित युवा क्लव जोमसोमले हात पार्न सफल भएको छ । जनहित युवा क्लव जोमसोमले हट्रिक गर्दै भलिबल प्रगियोतामा रनिङ शिल्ड जित्न सफल भएको हो ।

जनहित युवा क्लव जोमसोमले सिक्स सोल्टिज क्लव घासालाई पराजित गर्दै आफ्नो प्रथम स्थान कायम गरेको थियो । त्यस्तै सिक्स सोल्टिज क्लव द्धितिय र निर्मल स्पोर्टिङ क्लव लेतेले तृतिय स्थान हासिल गरेको छ । पुरुष भलिवल प्रतियोगितामा ८ समुहको सहभागिता रहेको थियो ।

त्यसैगरी महिला भलिबल प्रतियोगितामा निलगिरी युवा क्लव टुकुचे प्रथम र सिक्स सोल्टिज क्लव घासाले द्धितिय स्थान हासिल गरेको छ । महिला भलिबल प्रतियोगितामा ४ समुहको सहभागिता रहेको थियो ।

खेलकुदको विकास र पर्यटन प्रवद्र्धनको लागि विगतका वर्षहरु देखिनै थाक खेलकुदका कार्यक्रमहरुको आयोजना गर्दै आएको थाक खेलकुद तथा साँस्कृतिक विकास संघ मुस्ताङका अध्यक्ष प्रेम प्रसाद तुलाचनले जनकारी दिए ।

विगत १२ वर्ष देखि आफु थाक खेलकुदको नेतृत्व गर्दै अन्तरनिहित प्रतिभाहरुको पहिचान र विकासका लागि खेलकुदको माध्यमबाट मुस्ताङलाई उचाईमा पु¥याउन प्रतिवद्ध रहँदै आएको अध्यक्ष तुलाचनको भनाई छ ।

४ दिनसम्म संचालित कार्यक्रममा कृषि मेला प्रदर्शनी, राष्ट्रिय तथा स्थानिय कलाकारहरुद्धारा विशेष साँस्कृतिक कार्यक्रम संचालन गरिएको अध्यक्ष तुलाचनले बताए ।

छिस्ती बिद्युतीकरण समिति बिघटन, नयाँ गठनमा खिचातानी !

केदार शर्मा, बागलुङ छिस्ती, २०७३ असोज ९ । बगलुङ–सामुदायिक बिधुतिकरण छिस्ती बागलुङको चाँैथो अधिबेशनले छिस्ती बिद्युतिकरण समितिलाई शनिबार बिघटन गरेपनि राजनैतिक खिचातानिका कारँण नया समिति गठन गर्न सकेन ।

अधिवेशनमा तत्कालिन समितिले प्रस्तुत गरेको ४६ लाख बराबरको आर्थिक प्रतिबेदन लाई लेखा समितिले बिल भरपाई प्रयाप्त नभएको भन्दै बिल तथा भरपाईको पुनः समिति सँग माग गरेर अध्ययन गरेपछि मात्र अनुमोदन गर्न सकिने बताएको छ ।

यस्तै कार्यक्रममा नया समिति गठन समबन्धमा छिस्ती गाबिसका सचिब चिरञ्जीवी पौड्यालको संयोजकत्वमा निर्बाचन समिति गठन गरिएको छ । निर्बाचन समितिले सर्बदलिय संयन्त्रलाई बोलाएर सहमतको प्रयास गर्ने प्रयास सफल नभए नया कार्य समिति गठन प्रक्रिमामा जाँदा चुनावी प्रक्रियाबाट भएपनि छिट्टैनै नया समितिको टुङ्गो लगाईने बताईएको छ ।

कार्यक्रममा नेपाीि काँग्रेसका जिल्ला सचिब नबराज पौडल र जनर्मोचा बागलुङका जिल्ला सदस्य डिल बहादुर श्रीसले बोलेका थिए । कार्यक्रममा नेपाली काँग्रेस गाउँ कमिटि छिस्तीका सभापति दयाराम शर्मा ,नेकपा एमालेका जंग बाहादुर पौड्याल , माओबादी केन्द्रका हिरालाल बिक राजमोका नुर बा पुनले बालेको कार्यक्रममा अध्क्षय भोजराज पौड्यालले जनता बाट उठेका प्रशनको जबाफ दिएका थिए ।

कार्यक्रम सामुदायिक बिधुतिकरण छिस्ती बागलुङका अध्यक्ष भोजराज पौड्यालको अध्क्षयतामा सम्पन्न भएको थियो ।

A Complete News Portal