youth-gang

केटीको विषयलाई लिएर भीडन्त हुँदा एक युवकको मृत्यु !

काठमाडौँ, २०७३ साउन १६ । केटीको विषयलाई लिएर आईतवार क्षेत्रपाटीमा युवाहरुवीच भीडन्त हुँदा एक जनाको मृत्यु भएकोे छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले दिएको जानकारी अनुसार सो भीडन्तमा १८ वर्षीय सुशान्त श्रेष्ठको मृत्यु भएको छ ।

भीडन्तमा संलग्न सहास थापा, सौरभ श्रेष्ठ, सोहिल खान, सागर नगरकोटी, क्रिस्टल भण्डारी, सौरभ लामिछाने, सुमन तामाङ, रोशन मगर, रोहित बोहोरा, किस्मत हमाल र शरद अर्याल समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ भने फरार रहेका अन्य अन्य ८ जनाको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

यसैवीच काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेस्थित कविन्द्र श्रेष्ठले कपडा पसल भित्र जुवातास खेलाइरहेको सूचनाको आाधारमा महानगरीय बृत्त लैनचौर त्यहा पुगेको प्रहरी टोलीले कपडा पसल भित्र जुवा तास खेलाउने पसल संचालक सहित १६ जनालाई नगद १ लाख १५ हजार रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको छ ।

Leave a Reply