ldo

बागलुङ-कुस्मीसेरा सडक अबरुद्ध हुँदा दक्षिण भेगका हजारौँ जनता मर्कामा !

तत्काल मर्मत गरी सडक सुचारु गर्न स्थाविअ गौतमको ध्यानाकर्षण !

नारायण रिजाल, बागलुङ, २०७३ साउन १६ । वर्षा सँगै गएको पहिरोका कारण बागलुङ कुस्मीसेरा सडक खण्ड विभिन्न ठाउँमा अबरुद्ध हुँदापनि सरोकारवाला निकायले कुनै ध्यान नदिएको भन्दै आईतबार दक्षिण भेगका जनताहरुले जिविस बागलुङको ध्याकर्षण गराएका छन । स्थानिय विकास अधिकारी भरत गौतमलाई भेटेर उक्त सडक खण्ड छिटो भन्दा छिटो मर्मत हुनु पर्ने भन्दै माग गरेका छन् ।

नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ का सभापति नारायण शर्मा पौडेलको नेतृत्वमा गएको टोलीले तत्काल सडक सुचारुका लागि पहल थाल्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको थिए ।

बागलुङ कुश्मिसेरा सडक खण्ड वर्षाका कारण लगभग १५।२० ठाउँमा अवरुद्ध भएको कुस्मीसेराका काशिराम आचार्यले तजबिजलाई बताए । उक्त सडक खण्ड विग्रदा जिल्लाका दक्षिण पैयुँपाटा, अमलाचौर, कुस्मीसेरा, अर्जेवा, विनामारे, लगायतका १ दर्जन भन्दा बढि गाविसका हजारौँ जनतालाई आवत जावतमा कठिनाई परको उनको भनाई छ ।

सडकमा नियमित सवारी साधन सुचारु नहुँदा अहिले घण्टौ हिडन पर्ने समस्या भएको छ । स्थानिय विकास अधिकारी गौतमले उक्त क्षेत्रमा तत्काल डोजर पठाएर बाटोलाई सुचारु गर्ने प्रतिबद्धता व्यक्त गरेको टोलीका सहभागीले बताए ।

Leave a Reply