mahabir pun

महावीर पुनको घोषणा : राष्ट्रिय आविष्कार केन्द्रलाई ३ करोडको सम्पत्ति दिने !

महेन्द्र केसी, पर्वत २०७३ साउन १६ । सूचना प्रविधिलाई अपहेलना गरेर गुुगल वाइ फाउण्डेशनलाई करोडौ रकम विनियोजन गर्ने ओली सरकारलाई महावीर पुनले चुनौति दिदै आफ्नो नीजि सम्पत्ति राष्ट्रिय आविष्कार केन्द्रको स्थापनाको लागि दिने घोषणा गरेका छन् ।

सामाजिक संजालमार्फत उनले आफ्नो व्यक्तिगत ३ करोड भन्दा बढी मुल्यपर्ने सम्पत्ति राष्ट्रिय अनुसन्धान केन्द्र स्थापनाको लागि दिने घोषणा गरेका हुन ।

आईतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले आविष्कार केन्द्रको स्थापनाका लागि चासो नदिएको भन्दै पोखरामा रहेको आफनो नामको २८ रोपनी जग्गा आविस्कार केन्द्रको लागि दिने घोषणा गरेका हुन् ।

पोखराको बेगनास तालको उत्तर पट्टीको ठुलाकोट भन्ने डाँडामा रहेको सो २८ रोपनी जग्गा अहिलेको बजार मूल्य अनुसार तीन करोड पर्ने उनले बताएका छन् ।
उनले सामाजिक सञ्जालमा सरकारप्रति कटाक्ष गर्दै भनेका छन्, यो घोषणा नयाँ होइन, यो घोषणा अर्थमन्त्री डा. रामशरण महतज्यू र बिष्णु पौडेलज्यू सहित अर्थ सचिब, सहसचिब अनी दुई प्रधानमन्त्री र उहाँहरुका सल्लाहकारलाई बिगतका दिनहरुमा बारम्बार भनि सकेको कुरा हो । तर, उहाँहरुले जग्गा बेच्नु पर्दैन बरु त्यहाँ पनि सानो अनुसन्धान केन्द्र बनाउन सकिन्छ भन्नुभएको थियो ।

उनले दान दिने घोषणा गरेको जग्गा हाल अमेरिकामा बस्ने पर्वतका पदम पुनसँग मिलेर २० वर्षअघि किनेको र केहि महिनाअघि मात्रै आफनो स्वामित्वमा आएको बताएका छन् । उनले केन्द्र बनाउन पैसाको चरम अभाव भएको खण्डमा त्यो जग्गा बेच्ने नभए अनुसन्धानको लागी केहि भौतिक संरचना बनाउने बताएका छन् । उनले केन्द्र निर्माणका लागि सबैसँग सहयोगको अपील समेत गरेका छन् । उनी रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित भएका व्यक्ति हुन । उनी बागलुङको सुगंगा पुरस्कारबाट पुरस्कृत व्यक्तित्वपनि हुन् ।

Leave a Reply