nooooooo

म्याग्दी शिखमा घर भत्किदा पुरिएर एक बृद्धको मृत्यु !

म्याग्दी, २०७३ साउन १६ । म्याग्दी जिल्लाको शिख गाविस २ टोँड्केवासका ८६ वर्षिय आईत सिँह दमाईको आफनै कच्ची घर भत्किएर पुरिँदा मृत्यु भएको छ भने उनकी श्रीमती ८३ बर्षिया रुपा दमिनी गम्भीरघाईते भएकी छिन् । घर भत्किदा करीब ७ लाख रुपयाँको नोक्सानी भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण आईतसिँहको कच्ची घर शनिवार भत्किएको थियो । घाईते बृद्धाको जिल्ला अस्पताल बेनीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यसैवीच म्याग्दी दाना–९ गुइठेपानीमा बर्षाको कारण शुक्रबार शान्ती परियारको घर चर्किएर बस्न नमिल्ने भई क्षति भएको छ । परिवारका सदस्यहरु आफन्तको घरमा गई बसेका छन् भने घर चर्कने क्रममा सोही ठाउँ बस्ने राजकुमारी वि।क।की छोरी ४ वर्षीया मन्जु वि।क। ढुङगाले लागेर गम्भीर घाइते भएकीले उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा मणीपाल अस्पताल पोखरा रिफर गरिएको छ ।

Leave a Reply