BADIGAD1

बडीगाडको बाढीले उत्पात, नदी किनार जलमग्न, सयौँ रोपनी जग्गा बगायो !

बुर्तिवाङ २०७३ साउन ११ । अबिरल वर्षासँगै बडीगाड खोलामा आएको भीषण बाढीले उत्पात मच्चाएको छ । प्रत्यक्षदर्शी बुढापाकाहरुले जीवनमा अहिले सम्मकै भीषण बाढी बताएका छन् ।

राति २ बजेको समयमा मस्त निदाएको अवस्थामा बुर्तिवाङ बजारमा जोडिने तमान र भुजी खोलामा एक्कासी आएको भीषण बाढीले बुर्तिवाङ बजारवासीको निद हराम गरायो । रातको समयमा बजारवासीहरु कोलाहल बने । घर घरबाट निस्किएर बडीगाड खोला किनारमा पुगेका त्रसित बजारवासीहरुले खोलाको उग्ररुप देखेर बजार नै बगाउने भयावह स्थितिको कल्पना सम्म गर्ने अवस्थामा पुगे ।
BADIGAD1
भूजी र तमान खोला मिसिएपछी बडीगाड खोला भनिने बुर्तिवाङ गाविसको फुलबारी किनारका घरहरु कटान गर्न थालेपछी जलत्रासले स्थानीयवासी अत्तिएका छन् ।

भुजी खोलाले अधिकारीचौर गाविसको दोगाडीमा रहेको झोलुंगे पुल बगाउने अवस्थामा रहको छ भने तमान र भुजी खोलाको दोभान नजिक रहेको भुजीखोलाको पुल बगाएको छ ।
sssasa
अधिकारीचौर गाविसको ओखे्रनीमा दुई घर बगाएको छ भने विद्युत पावर हाउस समेत बगाएको छ । बोबाङको फलेक गाउँमा एक झेलुंगे पुल पनि बगाएको छ ।
13731673_1150221055019557_8175749195284324360_n
बुर्तिवाङ- १ फुलवारीमा रहेको थकाली समाजको घर बाढीले भत्किने अवस्थामा रहेको छ । बंगुर फर्म सहित ३ दर्जन बंगुर खोलाले बगाएको छ । एक फर्निचर उद्योग ध्वस्त बनाएको छ । बुर्तिवाङका दुई जलविद्युत आयोजनामा ठुलो क्षती पुराएको विद्युत उत्पादन बन्द भएको छ । बुर्तिवाङ बजार अन्धकार बनेको छ । वर्षा अभैm थामिएको छैन । खोलामा पानीको बहाव घटेको छैन, बरु बढनेक्रम जारी छ । बाढीको डरलाग्दो रुपले स्थानीयवासी त्राहिमाम बनेका छन् ।
13620846_1150221318352864_6465509040463123476_n
बडीगाड खोलामा आएको भीषण बाढीले खोलाकिनारका हजारौँ रोपनी उव्जाउ भूमी बगाएर बगरमा परिणत गरेको छ । बाढीले भिङगिठे गाविसको भिङखालमा रहेको बडीगाड खोलाको पुल बगाएको छ भने वामीटक्सारको सुदीको पुल र ग्वालिचौर गाविसको बालुवाको पुलपनिे बगाएको छ । पुलहरु बगाएपछी स्थानीयवासीहरुको वारीपारीका आफन्तहरुसंग सम्वन्ध विच्छेद हुन पुगेको छ । खोला किनारका मानिसहरु आफना सामान पोका पुन्टुरा बोकेर आश्रयको खोजीमा लागेका छन् । भरखर भरखर धान रोपाईँ सकेर बसेका किसानहरु धान खेत खोलाले बगाएपछी मर्मान्त बनेका छन् ।

सहकर्मी छविलाल पाण्डेका अनुसार यस क्षेत्रका अधिकाँश बिधुत आयोजनाको मुहान तथा पावर हाउस बाढीले बगाउँदा यस क्षेत्रको जनजिवन कस्टकर बन्नुका साथै सञ्चार सेवा अबरुद्ध भएको छ । स्थानीय रेडियो स्टेशनहरु समेत बिधुत आपुर्ति नँहुदा अबरुद्ध भएकाछन् ।
बोङगादोभान बजारमा बाडि पस्दा एक घर बगाएको र दुई घर उच्च जोखिममा परेका छन् । त्यस्तै ग्वालीचौर देखि खर्वाङ सम्म ३ वटा पुल र ग्वालीचौरमा ३ वटा घर बगाएको बताईएको छ । अधिकारीचौरको सैखोला बजार, देबिस्थान, बोहोरागाँउको झिँवाखोला, निसि बजार लगाएत अधिकाँस नदि किनार आसपासका बजार क्षेत्र जोखिममा छन् । कतिपय बासिन्दा घर छोडेर भगरहेको बताईएको छ भने बुर्तिबाङका अधिकाँस बासिन्दाले आफना सरसामान अन्यत्र सारीरहेका छन् । सञ्चार सेवा अबरुद्ध भएका कारण पुर्ण बिवरण आउन बाँकि रहेको छ ।

यसैवीच अविरल वर्षा संगैआएको पहिरोले राजकुत गाविस ७ कुडुलमा माथिबाट आएको पहिरोले रामलाल तामाङको घरपुर्दा ७ वर्षिया नातिनी दुमी तामङको मृत्यु भएको छ भने निजकी आमा सहित ३ जना घाईते भएको राजकुतबाट प्रकाश कुँवरले बताएका छन् । कुँवरका अनुसार कुँवरका अनुसार राजकुत २ का शिवलाल श्रेष्ठको घर भत्किएको छ भने घरमा २ गोरु पुरिएका छन् । त्यस्तै सोही गाविसका तिर्थबहादुर मल्लको गोठ पहिरोले पुरिएको छ ।