nooooooo

रामरेखामा एक युवक र एक बृद्ध मृत भेट्टिए !

तजबिज खबर, बागलुङ २०७३ असोज २४ । बागलुङ नगरपालिका १ रामरेखाकोे अलग अलग स्थानमा एक युवक र अर्का एक बृद्धको शव फेला परेको प्रहरीले जनाएको छ ।

आईतवार विहान रामरेखा कुरीको फुलवारी नेरको नालीमा अड्किएको अवस्थामा मृत भेटिएका युवक बानपा- १ रामरेखा कालिका भगवती मन्दिर प्रवेशव्दार अगाडी फुलप्रसाद विक्री गर्ने श्रीमती देवी खत्रीको छोरा भएको खुल्न आएको छ भने अर्का मृतक गोविन्द जोगी (भारत) कालिका भगवती मन्दिर आसपासमा बस्दै आएको स्थानीयले बताएका छन् ।

अन्दाजी ७५ वर्ष उमेरका बृद्ध जोगी गोविन्द दश बाह्र वर्ष देखी यहाँ बस्दै आएका थिए र कहिले पर्वत, कहिले म्याग्दी र अधिक समय कालिका भगवती मन्दिरमा बसेर भीक्षाटन गर्दै आएका थिए ।

नाली माथी राखिएको स्ल्याबका मुनी रडले बेरिएको अवस्थामा फेला परेका दिपकको मृत्य स्वाभाविक नभएको स्थानीयको भनाई रहेको छ ।

घटना बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) चक्रबहादुर सिहंले बताएका छन् ।

अहिलै नै मृत्यु या हत्या केही भन्न नसकिने बताउदै एसपी सिहंले पोष्टमार्टम र भिसेरा रिपोर्ट आएपछी थप भन्न सकिने पनि बताए ।

Leave a Reply