hulak

आज भोलि हुलाकको नाम नै सुन्न छोडियो …

गुमानसिँह भण्डारी, गल्कोट २०७३ असोज २३ । केही वर्ष अघिसम्म टाढा रहेका परिवारका सदस्य, नातेदार, आफन्त र साथीहरुको हालखबर थाहा पाउन हुलाकबाट चिठीपत्र आदानप्रदान गरिन्थ्यो । प्रत्युत्तर पाउँन हप्तौं र महिनौं कुर्नु पथ्र्यो । तर अहिले इमेल–इन्टरेनट चलाए पुग्छ । धेरैको हातहातमा मोबाइल, घरघरमा इन्टरनेट र गाउँगाउँमा टेलिफोन सुविधा पुगेपछि कुनै समय एउटै मात्र विकल्पको रुपमा रहेको हुलाक सेवालाई भने सबैले लगभग बिर्सिसकेका छन् । भन्छन, केहि वर्ष यता हुलाकको नाम नै सुन्न छोडियो …!

पहिले धनादेश (बैंकिङ)को कारोबर समेत हुलाकबाट हुने हुलाक कार्यालयहरु यतिबेला कामविहीन अवस्थामा पुगेका छन् । चिठ्ठी-पत्र, पत्र-पत्रिका, रजिष्टरी-पत्र लगायत पुलिन्दाका पोकाहरु बोकेर घरघरमा पुग्ने हल्काराहरु अहिले बिरलै देख्न पाईन्छ । बागलुङ बजारको उद्यान सामुन्नेको चोकमा रहेको जिल्ला हुलाक कार्यालय भवनको भूर्इँतला सबै भाडामा लगाईएको छ भने माथिल्लो तला सुनसान देखिन्छ । गाउँगाउँमा रहेका ईलाका हुलाक कार्यालयहरु पनि सुनसान अवस्थामा रहेका छन् । सेवाग्राहीहरुको अभावमा त्यसैत सुनसान बनेको हुलाक त्यस्मा पनि इलाका हुलाकहरुमा आउने (निकासा भएको) रकम जिल्लाबाट रोकिएपछी काम-माम सबैबाट कर्मचारीहरु पीडित बनेको चर्चा सार्वजनिक भएको छ ।

हुलाकबाट सेवा लिने सेवाग्राहीहरुको संख्यामा उल्लेख्य कमी आएको ईलाका हुलाक कार्यालय गल्कोट हरिचौरका प्रमुख सन्तोष थापाले बताए । कार्यालयका अनुसार चिठ्ठीपत्रको आदानप्रदान गर्ने क्रम ५/६ वर्षयता खस्केको छ, व्यक्तिगत काममा चिठीपत्रको प्रयोग हुन छाडेको छ, सरकारी र संस्थागत काम तथा पत्रिका पुर्याउनको लागि मात्र हुलाकको प्रयोग सिमित भएको थापाको भनाई छ ।

हुलाकमा चिठीपत्र आउन छोडेपनि कर्मचारीको काम भने रोकिएको छैन भन्छन थापा । ईकाला हुलाक कार्यालयमा आउने रकम जिल्लामा रोकिएको भन्दै सेवा प्रवाहमा केहि समस्या देखिएको उनको गुनासो छ ।

ब्यक्तिगत प्रयोजनका चिठिपत्र पठाउन छोडे पनि बिद्यालयका चिठिपत्र भने हुलाकबाटै पठाउने गरेको दिपज्योति आधारभुत बिद्यालयकी प्रध्यानाध्यापिका शारदादेवी शर्माले बताईन् ।

सन्देश छिटो पुयाउने फोन, इमेल, इन्टरनेटको बढ्दो प्रयोगले गर्दा चिठ्ठीपत्र आदान–प्रदानका लागि खोलिएका हुलाक कार्यालय सरकारी कार्यालयका औपचारिक पत्राचारमा सीमित बनेका छन् ।

Leave a Reply