tuku

मुस्ताङका मार्फा र टुकुचे गाविसमा नागरिक संवाद कार्यक्रम सम्पन्न !

तजबिज खबर/जोमसोम २०७३ असोज १४ । नेपाल कानून समजा नागरिक संवाद केन्द्र धौलागीरी कार्यलय बागलुङको आयोजनामा मुस्ताङ जिल्लाको मार्फा र टुकुचे गाविसमा यहि असोज ९ र ११ गते नेपालको संविधानमा रहेका मुलभुत विषेशता, विशेष गरि निर्वाचनमा भएका व्यवस्था, नागरिकता तथा मतदाता शिक्षाको विषयमा नागरिक संवाद कार्यक्र सम्पन्न गरिएको छ ।

कार्यक्रममा सहभागीहरुले स्थानियस्तरको चुनाव तोकीएकै समयमा हुनुपर्ने, संविधानमा भएका विषलाई छिटै लागु गरिनुपर्ने, दलित आदिवासी जनजातीको अधिकारलाई सुन्चित गरिनुपर्ने , मुखिया प्रथा यथावत राख्नु पर्ने माग गरेका थिए ।
sabitri
सहभागीहरुले अरु जिल्लामा गा।वि।स सचिव सदरमुकाम रहने भए पनि मुस्ताङ जिल्लामा सचिवहरु गाविसमा नै रहने हुदा हाम्रो जिल्लाको अरु जिल्लाले समेत पाठ सिक्नुपर्ने कुरामा जोड दिदै टुकुचे गाविसमा नेपाली काग्रेसका प्रतिनिधी पथ वहादुर थकाली, योगेन्द्र उमाविका प्रअ केशवराज अधिकारी, गाउ सुधार समितिकाका इन्द्र वहादुर तुलाचन समेतले आफ्नो मन्त्वय राखेका थिए ।

यस्तै मार्फा गाविसमा पूर्व सहायक मन्त्री नरबहादुर हिराचन, जिविसका केदार सिह थापा, आइतलाल काली अपाङग सञ्जाल, काल वहादुर लालचनले पनि बोलेका थिए ।
मार्फा गाविसमा गाविस सचिव प्रेम पौडेल र टुकचे गाविसमा अमृता पुनको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सहजिकरण केन्द्रका संयोजक राम शर्मा र केन्द्रको कार्यक्रम अधिकृत सावित्री खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply