swa

सिंगो पार्टीले बालेको टुकीमा महिला संघले तेल थप्दै जानेछ : केस आचार्य

नारायण रिजाल, बागलुङ २०७३ असोज १४ । नेपाल महिला संघका केन्द्रिय सदस्य पार्वती आचार्यले नेपाली काँग्रेस पार्टी भित्र मौलाएको गुट उपगुटको अन्य हुनुपर्ने बताएकी छन ।

शुक्रबार आफ्नो गृह जिल्ला बागलुङमा महिला संघको तेस्रो अधिवेशनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पर्णु शुभचिन्तकलाई धन्यबाद तथा शुभकामना आदान प्र्रदान कार्यक्रममा बोल्दै आचार्यले नेपाल महिला संघ भनेको काँग्रेसको एउटा सशक्त खम्बा भएकोले सिंगो पार्टीले बालेको टुकीमा महिला संघले तेल थप्दै जाने बताएकी छन । हालै सम्पन्न महिला संघको तेस्रो महाधिवेशनबाट प्रदेश नं. ४ को केन्द्रिय सदस्यमा निर्वाचित आचार्यले अबको महिला संघ भनेको गाउँ तह देखी केन्द्र सम्म एउटा नमुना संगठनको रुपमा स्थापित हुने बताईन ।

कार्यक्रममा नेपाली काँग्रेस बागलुङका पार्टी सभापति दिपेन्द्र बहादुर थापा, नेपाल किसान संघका केन्द्रिय सभापति भानु सिग्देल, काँग्रेस बागलुङका पुर्व पार्टी सभापति हरिप्रसाद श्रेष्ठ, निर्वतमान उपसभापति एवं महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्मा, नेपाल टे«ड युनियन काँग्रेस बागलुङका अध्यक्ष रामप्रसाद अधिकारी, नेपाल रेडक्रस सोसाईटी बागलुङका उपसभापति राजेन्द्र आचार्य लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

बागलुङबाट आचार्य प्रदेश नं. ४ को केन्दिय सदस्य र रेणुका काउचा जनजाती कोटाबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए ।

कार्यक्रम नेपाल महिला संघ बागलुङका सचिव उषा पौडेलले सन्चालन गरेकी थिईन् ।

Leave a Reply