lions1

धौलागिरीका लायन्स क्लबहरुको वैठक सम्पन्न : लायन्स कुँवर सम्मानित !

महेन्द्र जीसी, कुस्मा २०७३ असोज १४ । धौलागिरीका लायन्स कल्वहरुको जोन वैठक कुस्मामा सम्पन्न भएको छ । पर्वत, म्याग्दी र बागलुङ जिल्लाका अन्तराष्ट्रिय लायन्स क्लब प्रतिनिधिहरुको वैठक बिहीबार भएको हो ।

लायन्स वर्ष ५९ ÷६० का जोन चियर पर्सन अमृता भण्डारीको अध्यक्षतामा भएको वैठकमा धौलागिरीका एक दर्जन क्लबहरुले वर्ष भरी गरेका कामको विवरण प्रस्तुत गरेका थिए । वैठकमा आगामी वर्षमा गरीने काम र त्यसको तयारीका बारेमा छलफल गरिएको थियो ।

वैठकमा लायन्स क्लब अफ वेनी म्याग्दीका वरिष्ठ उपाध्यक्ष अमर बानियाँ, पर्वत वृज शिटीका सचिव देवी प्रसाद विलासी , लायन्स वेनीका सचिव जानकी विक ,वेनी मल्लाजका रभी भण्डारी ,लायन्स वागलुङका सचिव प्रकाश चालिसे पर्वत कुस्मा शिटीका मन्जु शिलाकारले लगायतले क्लबमा आवद्ध भएर गरेको मानवीय सेवाको प्रस्तुती साथै अनुभव आदान प्रदान गरेका थिए ।

वैठकले उत्कृष्ट लायन्स वर्ष व्याक्ति अन्तर्गत लायन्स वागलुङका दुर्गा कुंवरलाई सम्मान गरेको छ । वैठकका अध्यक्ष अमृता भण्डारीले पिन पहि-याएर सम्मान गरेकी थिईन् ।
वैठकमा वेनी म्याग्दीका अध्यक्ष ठाकुर शर्मा , वृज शिटीका शिव अधिकारी , म्यग्दी वेनीका लक्षमी भण्डारी , कुश्मा शिटीका चित्रकला शर्मा , वाग्लुङ कालिकाको बुद्ध विष्ठ लागायतले कल्वको ससक्तीकरणका विषयमा मन्तव्य दिएका थिए । कुस्मामा भएको वैठकका सहभागिहरुले आँफु भन्दा कम भाग्यमानीलाई सेवा गर्दा जीवनमा सन्तोष मिलेको अनुभव सुनाएका थिए । पर्वत वृजशिटी र लायन्स वागलुङको आयोजनामा सम्पन्न भएको वैठकको सञ्चालन लायन्स देवी प्रसाद विलाशी र सरोज वानियाँले गरेका थिए ।

Leave a Reply