police parbat

प्रहरीले तीन दर्जन फरार अभियुक्त अदालतमा बुझायो, धरपकड जारी !

महेन्द्र केसी, पर्वत २०७३ असोज १४ । विजया दशमी मुखैमा आएको मौकामा पर्वत जिल्लामा जिल्ला अदालतबाट विभिन्न मुद्दाहरुमा सजायँ पाएर फरार रहेका अभियुक्तहरु भागाभागको अवस्थामा रहेका छन् । उनिहरुलाई मुखैमा आएको चाडबाड भन्दा कता प्रहरीले समातेर अदालतमा बुझाउछ भन्ने तर्सोले पर्नु पीरमा पारेको छ । तर प्रहरीले भने पर्वत जिल्लाका विभिन्न गाविसहरुमा लुकीछिपी बसेका फरार अभियुक्तहरुमाथी धरपकड अभै तीब्र बनाएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय पर्वतले अभियान थालेको चौथो दिन सम्म ३२ जना फरार अभियुक्तहरुलाइ पक्राउ गरि अदालतमा बुझाइसकेको प्रहरीले जनाएको छ । अदालतले विभिन्न अभियोगमा कैद तथा जरिवाना तोकेका फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान अन्तर्गत प्रहरीले बुझाउदै आएको हो । जिल्ला प्रहरी कार्यालय तथा विभिन्न इलाका प्रहरी कार्यालयहरुबाट अदालतबाट विभिन्न अभियोगमा सजायँ खाएर फराररही लुकीछिपी हिँडिरहेका अभियुक्तहरुलाई नियन्त्रणाम लिने गरेको छ ।

सार्वजानिक अपराध अन्तरगत बाजुङ १ का गणेश बहादुर बानियाँ, कुनपा १० का अभिषेक गुरुङ, तनहुँ सतिसुँवारा ९ का डिप्सन गुरुङ, कुनपा ८ का राहुल खड्का क्षेत्री, तिलाहार ६ का समिर लामिछाने, देउपुर २ का बलबहादुर परियार, कुनपा १० का विवश नेपाली, रहेका छन् । उनीहरुमध्ये बानियाँलाइ ५ हजार र अन्यलाई जनही १ हजार जरिवाना फैसला सुनाइएको थियो । त्यस्तै जुवा मुद्धामा नाङलीवाङ ९ का खड्क बहादुर केसी र बुद्धि थापालाई अदालतले १ सय २५ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । प्रहरीले सम्बन्ध विच्छेदको मुद्धामा फरार रहेका कटुवाचौपारी ९ का रामचन्द्र विकलाई समेत पक्राउ गरेको छ । उनलाई अदालतले १ सय २५ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । त्यसैगरी प्रहरीले नकवजनी चोरी मुद्धामा लेखफाट २ का टेक बहादुर बि.क लाई पक्राउ गरेको छ । अदालतले विकलाई २८ दिनको कैद सजाय सुनाएको थियो ।

यसैगरी हिँजो बिहीबार मात्रै जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्ला प्रहरी कार्यालय पर्वत र ईलाका प्रहरी कार्यालय लुंखु देउराली ,प्रहरी चौकी देउपुर , प्रहरी चौकी रानिपानी वाट खटीएको विशेष टोलीले पक्राउ गरेका तपसिल बमोजिमका फरार अभियुक्तहरुलाई अदालतमा बुझाएको छ ।
farar

प्रहरीले योभन्दा अगाडि ८ फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाई सकेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शेखर खनालले फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान नै जिप्रकाले चलाएको बताएका छन् । उनले अपराध गर्ने कोहि पनि कानून बाहिर नरहने भन्दै फरार अभियुक्तलाई कानूनको दायरामा ल्याइ छाड्ने बताए । विभिन्न मुद्दामा जिल्ला अदालतले फैसला सुनाएका ३ सय भन्दा बढि व्यक्तिहरु अझै पनि फरार रहेका छन् ।

Leave a Reply