galkot yuwa samaj

गल्कोट युवा समाज गठन

तजबिज खबर/ गल्कोट २०७३ असोज २ । गल्कोट क्षेत्रका विभिन्न गाविसहरुका युवाहरुको एक भेलाले गल्कोट उपत्यकामा हुने बिकास निर्माण, सामाजिक, आर्थिक सम्वन्धी कृयाकलापहरुमो हातेमालो गर्ने उद्देश्यका साथ गल्कोट युवा समाजको गठन गरेको छ ।

भेलाले समाजको अध्यक्षमा जीवन साहानीलाई चयन गरेको छ भने प्रथम उपाध्यक्ष र व्दीतिय उपाध्यक्षमा क्रमश थम्मन सुनार र महेन्द्र खडकालाई चयन गरेको छ । यसैगरी समाजको महासचिवमा पत्रकार गुमानसिँह भण्डारी र सतिवमा अर्जुन खत्री तथा कोषाध्यक्षमा सुरेन्द्र श्रेष्ठलाई चयन गरेको छ ।

स्मरणीयछ, गत भदौ २८ गते हटिया, हरिचौर, मल्म, दुदिलाभाटी लगायतका गाबिसका युवाहरुबिचको सोमबार हटियामा भएको भेलाले गल्कोट क्षेत्रका युवाहरुलाई एकिकृत गर्ने गरि गल्कोटस्तरिय क्लब स्थापना गर्ने निर्णय गरेको थियो ।

Leave a Reply