14331661_1779123319012302_1629694713_n

निफ अवार्ड जित्न सफल ‘सोरठी’ युट्युबमा !

सुरेश छन्त्याल, गल्कोट २०७३ भदौ २८ । हिमाल पुन द्वारा निर्देशित वृत्तित्र ‘सोरठी’ हालै युट्युबमा सार्बजनिक भएको छ । यो वृत्तचित्र धौलागिरी र गण्डकी क्षेत्रमा बसोबास गर्ने मगर र गुरुङ जातीमा प्रख्यात छ । यो वृत्तचित्र सोरठी रानीको कथा बोकेको गीगी नाचमा आधारित छ।

दशैको काल रात्रिबाट सुरु भई मंसिर महिनाको पुर्णिमामा समापन हुने सोरठी नाँच हाल पाल्पाको बल्ड्याङ गदिका मगर राजा जयसिँह र उनकी छोरी सोरठी को जीवनमा घटेको घटनाको बारेमा बर्णन गरिएको छ ।

यो कथालाई बलिहाङ राजाले दाजु राजा जयसिँहको सम्झनामा बिशेष गरि तिहारको अवसरमा आफ्नो राज्यमा गाउन उर्दि गरेको पाईन्छ । त्यस समय यता यो नाच ठुलो समुहमा नाच्ने गरिन्छ । ठुलो समुहमा नाचिने भएकोले ठुलो नाँच पनि भन्ने चलन छ। सोरठी वृत्तचित्र के निफ अर्थात नेपाल ईन्टरनेसनल ईन्डिजिनियस फिल्म फेस्टीबल सन २०१३ मा सेकेण्ड रनर अफ अवार्ड पाउने सफल भएको थियो । यो अवार्ड ईन्डिजिनियर्स फिल्म अर्काईभले हरेक बर्षे आयोजना गर्ने गर्दछ ।

यससंगै टिईटिभी टईवानमा पनि छनोट हुन सफल भएको थियो । ब्ल्याक रोज फिल्मस्को प्रस्तुतिमा बनेको ‘सोरठी’ मा शशिराम काउचा मगर र निरज पुनलाई फिचरिङ गरिएको छ । वृत्तचित्रमा सोरठी नाच तथा नाचमा प्रयोग गरिने सांगीतिक बाजासंगको अन्तर्वातामा समेटिएको छ।यो भिडियो पाण्डबखानीमै तयार पारिएको हो।

One thought on “निफ अवार्ड जित्न सफल ‘सोरठी’ युट्युबमा !”

  1. धन्यबाद छ तजबिज दट कमलाई । यो डकुमेन्ट्री फिल्म हामीले सोचे जस्तो रमाईलो मात्र नभई समाज, सस्कार र सस्कृति अध्ययन हो ।

Leave a Reply