rape

२ कक्षामा पढ्ने छात्रालाई यौनशोषण गर्ने प्रअलाई कारबाही होला ?

जोमसोम २०७३ भदौ २२ । छुसाङको जननर्मल आवासीय प्राविमा अध्ययनरत एक छात्रा बिद्यालयकै प्रधानाध्यापकव्दारा बलात्कृत भएको सनसनीपूर्ण समाचार प्रकाशमा आएको छ । समाचार श्रोतका अनुसार १२ वर्षिया पीडित बालिका आर्थिक अवस्था कमजोर हुँदा छुसाङको लमजुङ होटलका सन्चालक आफन्त पर्ने भएकाले अध्ययनका लागि लमजुङ देखी छुसाङ पुगेकी थिईन् । २०७१ सालको फागुन महिनामा २ कक्षामा भर्ना भएर निशुल्क अध्ययन गरिरहेकी पीडित छात्रालाई सोही विद्यालयका प्रधानाध्यापक गुरु प्रसाद सापकोटाले यौन शोषण गरेको उनको आरोप छ । कोठामा बोलाएर शरीरमा तेल लगाईदिन भन्दै पटक पटक यौन शोषण गर्ने गरेको पीडित छात्राले बताईन् ।

पीडित बालिकाका अनुसार प्रधानाध्यापक सापकोटाको कुकृत्यको विरोध गर्दा अहिले सम्म विद्यालयमा पढेको पैसा तिर भनेर धम्काउने गरेकोले २०७२ साल जेठमा लमजुङ फर्केकी थिईन् । प्रधानाध्यापक सापकोटा छुसाङबाट लोमान्थाङको राष्ट्रिय निमाविमा सरुवा भएपछि पीडित छात्रा लमजुङ गएको तीन महिना पछी २०७२ भदौ १ गते लमजुङ देखि पुनः सोही विद्यालयमा फर्किइ अध्ययन गरिरहेकी छन् । उनको फिस्टेल अस्पतालमा उपचार गराइएको बताईएको छ । पीडित छात्राले राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय पोखरामा उजुरी दिँदै आफ्नो उपचारको सम्पूर्ण क्षतिपूर्ति सहित पीडक शिक्षकलाई कारबाहीको माग गरेको श्रोतले बतायो ।

पीडित बालिका एक वर्ष भन्दा बढी समय चूप लागेर बस्नु अनि हाल आएर मात्र आफु यौन उत्पीडनमा परेको कुरा सार्वजनिक गर्नु पछिको रहस्य खुल्न आएको छैन । आरोपी पीडक सापकोटा भने केही वर्ष अघि सहकर्मी शिक्षिकालाई यौन दुब्र्यबहार गरेको घटनामा पनि मुछिएका थिए ।

One thought on “२ कक्षामा पढ्ने छात्रालाई यौनशोषण गर्ने प्रअलाई कारबाही होला ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>