सिंगो पार्टीले बालेको टुकीमा महिला संघले तेल थप्दै जानेछ : केस आचार्य

नारायण रिजाल, बागलुङ २०७३ असोज १४ । नेपाल महिला संघका केन्द्रिय सदस्य पार्वती आचार्यले नेपाली काँग्रेस पार्टी भित्र मौलाएको गुट उपगुटको अन्य हुनुपर्ने बताएकी छन ।

शुक्रबार आफ्नो गृह जिल्ला बागलुङमा महिला संघको तेस्रो अधिवेशनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पर्णु शुभचिन्तकलाई धन्यबाद तथा शुभकामना आदान प्र्रदान कार्यक्रममा बोल्दै आचार्यले नेपाल महिला संघ भनेको काँग्रेसको एउटा सशक्त खम्बा भएकोले सिंगो पार्टीले बालेको टुकीमा महिला संघले तेल थप्दै जाने बताएकी छन । हालै सम्पन्न महिला संघको तेस्रो महाधिवेशनबाट प्रदेश नं. ४ को केन्द्रिय सदस्यमा निर्वाचित आचार्यले अबको महिला संघ भनेको गाउँ तह देखी केन्द्र सम्म एउटा नमुना संगठनको रुपमा स्थापित हुने बताईन ।

कार्यक्रममा नेपाली काँग्रेस बागलुङका पार्टी सभापति दिपेन्द्र बहादुर थापा, नेपाल किसान संघका केन्द्रिय सभापति भानु सिग्देल, काँग्रेस बागलुङका पुर्व पार्टी सभापति हरिप्रसाद श्रेष्ठ, निर्वतमान उपसभापति एवं महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्मा, नेपाल टे«ड युनियन काँग्रेस बागलुङका अध्यक्ष रामप्रसाद अधिकारी, नेपाल रेडक्रस सोसाईटी बागलुङका उपसभापति राजेन्द्र आचार्य लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

बागलुङबाट आचार्य प्रदेश नं. ४ को केन्दिय सदस्य र रेणुका काउचा जनजाती कोटाबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए ।

कार्यक्रम नेपाल महिला संघ बागलुङका सचिव उषा पौडेलले सन्चालन गरेकी थिईन् ।

मुस्ताङका मार्फा र टुकुचे गाविसमा नागरिक संवाद कार्यक्रम सम्पन्न !

तजबिज खबर/जोमसोम २०७३ असोज १४ । नेपाल कानून समजा नागरिक संवाद केन्द्र धौलागीरी कार्यलय बागलुङको आयोजनामा मुस्ताङ जिल्लाको मार्फा र टुकुचे गाविसमा यहि असोज ९ र ११ गते नेपालको संविधानमा रहेका मुलभुत विषेशता, विशेष गरि निर्वाचनमा भएका व्यवस्था, नागरिकता तथा मतदाता शिक्षाको विषयमा नागरिक संवाद कार्यक्र सम्पन्न गरिएको छ ।

कार्यक्रममा सहभागीहरुले स्थानियस्तरको चुनाव तोकीएकै समयमा हुनुपर्ने, संविधानमा भएका विषलाई छिटै लागु गरिनुपर्ने, दलित आदिवासी जनजातीको अधिकारलाई सुन्चित गरिनुपर्ने , मुखिया प्रथा यथावत राख्नु पर्ने माग गरेका थिए ।
sabitri
सहभागीहरुले अरु जिल्लामा गा।वि।स सचिव सदरमुकाम रहने भए पनि मुस्ताङ जिल्लामा सचिवहरु गाविसमा नै रहने हुदा हाम्रो जिल्लाको अरु जिल्लाले समेत पाठ सिक्नुपर्ने कुरामा जोड दिदै टुकुचे गाविसमा नेपाली काग्रेसका प्रतिनिधी पथ वहादुर थकाली, योगेन्द्र उमाविका प्रअ केशवराज अधिकारी, गाउ सुधार समितिकाका इन्द्र वहादुर तुलाचन समेतले आफ्नो मन्त्वय राखेका थिए ।

यस्तै मार्फा गाविसमा पूर्व सहायक मन्त्री नरबहादुर हिराचन, जिविसका केदार सिह थापा, आइतलाल काली अपाङग सञ्जाल, काल वहादुर लालचनले पनि बोलेका थिए ।
मार्फा गाविसमा गाविस सचिव प्रेम पौडेल र टुकचे गाविसमा अमृता पुनको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सहजिकरण केन्द्रका संयोजक राम शर्मा र केन्द्रको कार्यक्रम अधिकृत सावित्री खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

बिजुली जडान चार्ज ७० हजार लिने अडान नछोडे पछी टुंगिएन बिवाद !

बिमल खड्का, बुर्तिवाङ २०७३ असोज १४ । बुर्तिबाङ स्थित आर सी जी लघु लजविद्युत आयोजना र विद्युत उपभोक्ता संवाद समितिबीच शुक्रबार एकीकृत सेवाकेन्द्र (प्रशासन) मा छलफल भएको छ । विद्युत संचालकले अनियमित रुपमा सेवा शुल्कको नाममा रकम असुल्न खोजेको भन्दै विद्युत उपभोक्ताहरुले विरोध गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङमा लिखित उजुरी दिएका थिए । सोही उजुरीको लागि जिल्ला प्रशासनको निर्देशनमा आज एकीकृत सेवा केन्द्र बुर्तिबाङले दुबै पक्षलाई छलफलको लागि बोलाएको थियो ।

प्रशासनको रोहबरमा विद्युत संचालक र विद्युत उपभोक्ता कार्य संपादन समितिबीच छलफल भई सहमती खोज्ने प्रयास भए पनि उपभोक्ताको माग अनुसार सबै विषयको टुंगो भने अझै लागेको छैन । तर पनि केही महत्वपूर्ण विषयमा सहमती भएको बताइएको छ । आज भएको दुई पक्षीय सहमती अनुसार संचालकले बाढीले विद्युतलाई क्षती पुराएको भनी सेवा शुल्कको नाममा लिने भने बिलिङ गरेको २ हजार रुपैंया नलिने, घर किन बेच गर्दा ठाउँसारी र नामसारीको नाममा लिदैं आएको १० देखि १५ हजार रुपैयाँ नलिने र कलकारखाना र उद्योग संचालकलाई न्युनतम शुल्क भनी २४ सय रुपैया अनिवार्य लिएकोमा अबदेखि विद्युत मिटर बक्समा चढे अनुसारको युनिटको मात्र विद्युत रकम उपभोक्ताबाट लिनुपर्ने विषयमा सहमती भएको बताइएको छ ।

विद्युत संचालकले लिंदै आएको प्रति १५ रुपैया युनिट महसुल दर, विद्युत जडान चार्जको नाममा लिंदै आएको ५० हजार रुपैयादेखि ७० हजार रुपैयाँ सम्मको सेवा शुल्क र अन्य उपभोक्ताका मागको विषयमा भने अझै टुँगो लागेको छैन । यसको लागि फेरि छलफल गरिने निर्णय भएको छ । विद्युत उपभोक्ता कार्यसमितिको पहलमा रिठाखोला लघुजल विद्युतको लाइन बुर्तिबाङमा लिई विद्युत आपूर्ति गर्नका लागि काम सुरु भएको भएपनि लोड सेन्टरको बारेमा समेत निर्णय नभएकाले यस विषयमा समेत अर्काे बैठकमा निर्णय हुने बताइएको छ

धौलागिरीका लायन्स क्लबहरुको वैठक सम्पन्न : लायन्स कुँवर सम्मानित !

महेन्द्र जीसी, कुस्मा २०७३ असोज १४ । धौलागिरीका लायन्स कल्वहरुको जोन वैठक कुस्मामा सम्पन्न भएको छ । पर्वत, म्याग्दी र बागलुङ जिल्लाका अन्तराष्ट्रिय लायन्स क्लब प्रतिनिधिहरुको वैठक बिहीबार भएको हो ।

लायन्स वर्ष ५९ ÷६० का जोन चियर पर्सन अमृता भण्डारीको अध्यक्षतामा भएको वैठकमा धौलागिरीका एक दर्जन क्लबहरुले वर्ष भरी गरेका कामको विवरण प्रस्तुत गरेका थिए । वैठकमा आगामी वर्षमा गरीने काम र त्यसको तयारीका बारेमा छलफल गरिएको थियो ।

वैठकमा लायन्स क्लब अफ वेनी म्याग्दीका वरिष्ठ उपाध्यक्ष अमर बानियाँ, पर्वत वृज शिटीका सचिव देवी प्रसाद विलासी , लायन्स वेनीका सचिव जानकी विक ,वेनी मल्लाजका रभी भण्डारी ,लायन्स वागलुङका सचिव प्रकाश चालिसे पर्वत कुस्मा शिटीका मन्जु शिलाकारले लगायतले क्लबमा आवद्ध भएर गरेको मानवीय सेवाको प्रस्तुती साथै अनुभव आदान प्रदान गरेका थिए ।

वैठकले उत्कृष्ट लायन्स वर्ष व्याक्ति अन्तर्गत लायन्स वागलुङका दुर्गा कुंवरलाई सम्मान गरेको छ । वैठकका अध्यक्ष अमृता भण्डारीले पिन पहि-याएर सम्मान गरेकी थिईन् ।
वैठकमा वेनी म्याग्दीका अध्यक्ष ठाकुर शर्मा , वृज शिटीका शिव अधिकारी , म्यग्दी वेनीका लक्षमी भण्डारी , कुश्मा शिटीका चित्रकला शर्मा , वाग्लुङ कालिकाको बुद्ध विष्ठ लागायतले कल्वको ससक्तीकरणका विषयमा मन्तव्य दिएका थिए । कुस्मामा भएको वैठकका सहभागिहरुले आँफु भन्दा कम भाग्यमानीलाई सेवा गर्दा जीवनमा सन्तोष मिलेको अनुभव सुनाएका थिए । पर्वत वृजशिटी र लायन्स वागलुङको आयोजनामा सम्पन्न भएको वैठकको सञ्चालन लायन्स देवी प्रसाद विलाशी र सरोज वानियाँले गरेका थिए ।

प्रहरीले तीन दर्जन फरार अभियुक्त अदालतमा बुझायो, धरपकड जारी !

महेन्द्र केसी, पर्वत २०७३ असोज १४ । विजया दशमी मुखैमा आएको मौकामा पर्वत जिल्लामा जिल्ला अदालतबाट विभिन्न मुद्दाहरुमा सजायँ पाएर फरार रहेका अभियुक्तहरु भागाभागको अवस्थामा रहेका छन् । उनिहरुलाई मुखैमा आएको चाडबाड भन्दा कता प्रहरीले समातेर अदालतमा बुझाउछ भन्ने तर्सोले पर्नु पीरमा पारेको छ । तर प्रहरीले भने पर्वत जिल्लाका विभिन्न गाविसहरुमा लुकीछिपी बसेका फरार अभियुक्तहरुमाथी धरपकड अभै तीब्र बनाएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय पर्वतले अभियान थालेको चौथो दिन सम्म ३२ जना फरार अभियुक्तहरुलाइ पक्राउ गरि अदालतमा बुझाइसकेको प्रहरीले जनाएको छ । अदालतले विभिन्न अभियोगमा कैद तथा जरिवाना तोकेका फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान अन्तर्गत प्रहरीले बुझाउदै आएको हो । जिल्ला प्रहरी कार्यालय तथा विभिन्न इलाका प्रहरी कार्यालयहरुबाट अदालतबाट विभिन्न अभियोगमा सजायँ खाएर फराररही लुकीछिपी हिँडिरहेका अभियुक्तहरुलाई नियन्त्रणाम लिने गरेको छ ।

सार्वजानिक अपराध अन्तरगत बाजुङ १ का गणेश बहादुर बानियाँ, कुनपा १० का अभिषेक गुरुङ, तनहुँ सतिसुँवारा ९ का डिप्सन गुरुङ, कुनपा ८ का राहुल खड्का क्षेत्री, तिलाहार ६ का समिर लामिछाने, देउपुर २ का बलबहादुर परियार, कुनपा १० का विवश नेपाली, रहेका छन् । उनीहरुमध्ये बानियाँलाइ ५ हजार र अन्यलाई जनही १ हजार जरिवाना फैसला सुनाइएको थियो । त्यस्तै जुवा मुद्धामा नाङलीवाङ ९ का खड्क बहादुर केसी र बुद्धि थापालाई अदालतले १ सय २५ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । प्रहरीले सम्बन्ध विच्छेदको मुद्धामा फरार रहेका कटुवाचौपारी ९ का रामचन्द्र विकलाई समेत पक्राउ गरेको छ । उनलाई अदालतले १ सय २५ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । त्यसैगरी प्रहरीले नकवजनी चोरी मुद्धामा लेखफाट २ का टेक बहादुर बि.क लाई पक्राउ गरेको छ । अदालतले विकलाई २८ दिनको कैद सजाय सुनाएको थियो ।

यसैगरी हिँजो बिहीबार मात्रै जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्ला प्रहरी कार्यालय पर्वत र ईलाका प्रहरी कार्यालय लुंखु देउराली ,प्रहरी चौकी देउपुर , प्रहरी चौकी रानिपानी वाट खटीएको विशेष टोलीले पक्राउ गरेका तपसिल बमोजिमका फरार अभियुक्तहरुलाई अदालतमा बुझाएको छ ।
farar

प्रहरीले योभन्दा अगाडि ८ फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाई सकेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शेखर खनालले फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान नै जिप्रकाले चलाएको बताएका छन् । उनले अपराध गर्ने कोहि पनि कानून बाहिर नरहने भन्दै फरार अभियुक्तलाई कानूनको दायरामा ल्याइ छाड्ने बताए । विभिन्न मुद्दामा जिल्ला अदालतले फैसला सुनाएका ३ सय भन्दा बढि व्यक्तिहरु अझै पनि फरार रहेका छन् ।

राकेश काफ्लेको एकल शब्द रचनामा रमेश कडेलको ‘प्रयास’ बजारमा आउदै

अविश अधिकारी, अमेरिका २०७३ असोज १४ । नेपाली भाषी भूटानीहरूले संसारमा कही न्याय पाएका छैनन । उनीहरूलाई देशको राजा बैरी भएर जबरजस्ती देशबाट धपायो । पुर्ख्यौली घर नेपाल पुगेका उनीहरूले त्याँहा पनि वर्षौसम्म शरणार्थीको दर्जा पाए,अपमान झेले र विलयको पर्खाल नाघ्न बाध्य भए । यस्तो दुःखद राजनीति झेलेका भए पनि नेपाली भाषी भूटानीहरूको तन,मन भने सदैव नेपाली नै रह्यो । नेपाली भाषा,साहित्य,संगीत,कला र समाजका क्षेत्रमा देखिएको नेपाली भाषी भूटानीहरूको उपस्थिति उनीहरूको नेपाली पहिचानको स्वर्ण दस्ताका रूपमा सदियौँदेखि दाखेल छ ।

राकेश काफ्लेका एकल शब्दररचनामा रमेश कडेलको एकल एल्बम ‘प्रयास’ ले अमेरिका र डायसपोरामा रहेको नेपाली गीत संगीतको बजार कब्जा गर्दै गरेको अहिलेको बर्तमान पनि भूटानीहरूको नेपाली संगीति फाँटको सफलता,प्रगति र सम्राज्यको एउटा दर्बिलो धरोहर हो । नेपाली भाषी भूटानी युवा गीतकार राकेश काफ्लेका एकल शब्दररचनाहरू अनि नवा उदायमान गायक रमेश कडेलको एकल आवाजमा विभिन्न भावमा संगृहित ूप्रयासू गीत तथा गजलहरूको संगालो एल्वम चाँडै आउने जानकारी प्राप्त भएको छ ।

उक्त संकलनमा एक गजल र पाँच समसामयिक आधुनिक गीतहरू रहेको गीतकार राकेश काफ्लेले बताए । ‘यो सहर मैले छाडेपछि..’ ‘न्यूयोर्क सहरमाू र ‘तिम्रो लजाउने कतथभि बेग्लै’ नामक गीतहरूमा संगीत साधना संगीतकाररगायक सी।डी बिजय अधिकारीले भरेका छन् भने संगीत संयोजन क्रमश किरण कडेल,उदयराज पौडेल र राजू कार्कीले गरेका छन्।ूमुटु फोरी जानेलाईू गीतमा संगीतकार राजु कार्कीले संगीत भरेका छन् भने संगीत संयोजन बिष्णु अधिकारी गरेका छन्।

त्यस्तै ‘डिम्पल गालैमा’ बोलको गीतमा संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् भने संगीत संयोजन उदयराज पौडेलले गरेका छन् र ‘हर्रा बोटे साईली’ बोलको गीतमा संगीतकार रमन गायकले संगीत भरेका छन् भने संगीत संयोजन महाराज थापाले गरेका छन्,गीतकार राकेश काफ्लेले बताए ।

सधै युवा प्रतिभाहरूलाई अगाडी ल्याउने क्रममा, यसपल्ट भने युवा सुमधुर स्वारका धनी गायक रमेश कडेललाई यस एल्वम मार्फत अगि बढ़ाउदै छन् गीतकार काफ्ले । काफ्ले भन्छन्,ू बल्न कोसीस वा बली उज्यालो छर्न सक्ने क्षमता भएका दियो बाल्ने मेरो इच्छ र प्रयास सधा रहनेछ, त्यसैको निरन्तरता हो ूप्रयासू एल्वम पनि।ू गीतकार काफ्ले थप्छन्,ू नवा युवा गायक रमेश कडेल एक नक्षत्र भई नेपाली सांगीतिक आकाशमा सधा चम्किने छन्, यो मेरो विश्वास हो।ू यस एल्बमलाई कँडेल परिवारले निजीरूपमा बजारमा ल्याउन लागेको गायक रमेश कँडेलले बताए ।

यही एल्बम प्रकाशन विषयको एक प्रसंगमा भूटानी साहित्यकार पुरानाघरेले भने,ूशरणार्थीका रूपमा तेस्रो देश पुगेका युवाहरूले निजिरूपमा चौतर्फी बिकाश गरिरहेका छन । भूटानीहरूको साहित्य,संगीत र समाज जता पनि माहोल मर्दैछ दिन दिनै तर पनि निजिरूपमा अत्यान्त धेरै प्रतिभाहरू आइरहेका छन । त्यसो भएको हुनाले भविष्यमा डायसपोरामा रहेका भूटानीहरूको साहित्य,संगीत र समाजमा प्रतिनिधि माहोल निर्माण हुने विषयमा म आसावादी छु ।

ू चिराङ भूटानमा देवी र दमन्ता कँडेलका माईला सन्तानका रूपमा २५ वर्ष अगाडि जन्मिएका रमेशले भूटानबाट लखेटिएर नेपालमा पहिलो मृत्यु तगेका सबै नेपाली भाषी भूटानीहरूका पीडा पचाएका छन् । नरम बोलि,अन्तरमुखी स्वभाव,त्यागी विचार र मिलासार चरित्रका उज्जवल प्रतिभाका रूपमा स्थापित हुँदै गरेका कँडेल अहिले अमेरिकाको भर्जिनीया राज्यमा बस्छन र समग्र अमेरिकालाई कर्म थलो बनाउनु निकै लागि परिरहेका देखिन्छन् ।

भवसागर जस्तै ठूलो देश अमेरिकामा थोरै नेपाली भाषीहरू, नगन्य साँगीतिक माहोल, सुशुप्त साँगीतिक भविष्य र दैनिकीका वावजुद पनि केही वर्ष यता निरन्तर चर्चामा रहेका कँडेल २०१५ मा सक्षम समुहको प्रस्तुति ूवर्षा वेस्ट पर्फरमरूमा पहिलो स्थान चुम्न सफल भएका थिए । त्यसो त सन १९८०को दशकमा भूटानको तानाशाही राजतन्त्रले नेपाली मूलका नागरिकका विरूद्धमा अख्तियार गरेको जातिय सफाय नीतिको सिकाएर भएर सन १९८८देखि १९९३ सालसम्म भूटानबाट लखेटिएका नेपाली मूलका भूटानी नागरिकहरूले नेपालका पुर्वी झापा र मोरङका सात शरणार्थी शिबिरहरूमा २० वर्षसम्म घरदेश जाने सपनामा सुनौलो भाग्यको कल्पना संगाल्दा पनि केही सिप नलागेपछि नेपालमा रहेका भूटानी शरणार्थीहरूलाई तेस्रो देश पुनरबास गरार्इएपछि शरणार्थीहरूले विभिन्न पक्षमा चमत्कार नै देखाएको विज्ञहरू बताउँछन ।

कला क्षेत्रमा सानैदेखि मेधावी प्रमाणित युवा राकेश काफ्ले पुनरबास कार्यक्रमपछि बहुप्रतिभावान स्थापित भएका छन त्यसो त क्षमता र विद्वता हुँदा हुँदै पनि शरणार्थी शिविरमा कैद भएका शरणार्थी युवाहरू पुनरबास कार्यक्रमसँगसँगै संसारका विभिन्न कुनामा डायसोरा नामको भूटान लिएर भूगोलभरि उभिइरहेका पाइन्छन । ऋम्ः ःगकष्अ ऋचभबतष्यल ले बजार व्यवस्थापन गरी बजारमा ल्याइएको ूप्रयासूले,गीतकार काफ्लेको एकल शब्दररचना रहेको ूतुलसी मन्जरीूलेझैं,ूप्रयासूले चर्चा बोटुल्छ(बोटुल्दैन त्यो भने हेर्न बाकी नै छ। गीतकार काफ्ले र गायक रमेश कडेललाई हाम्रो पनि अग्रिम शुभकामना।

जोमसोममा आज देखी कर शिविर संचालन हुने

केशव बि.क/ मुस्ताङ २०७३ असोज १४ । मुस्ताङको सदरमुकाम जोमसोममा आज देखी (असोज १४ र १५ गत)े कर शिविर संचालन हुने भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङ र उद्योग वाणिज्य संघ मुस्ताङको सहयोगमा आन्तरिक राजस्व कार्यालय पोखराले कर शिविर संचालन गर्न लागेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
आन्तरिक राजस्व कार्यालयका कर अधिकृत सूर्य सुर्खानीको नेतृत्वमा ४ जनाको टोलीले कोष तथा लेखा नियन्त्रक कार्यालय जोमसोममा कर शिविर संचालन गर्न लागेको कोष नियन्त्रक गोकर्णराज सुयलले जानकारी दिए ।

दुई दिन सम्म संचालन गरिने शिविरमा स्थायी प्यान नम्बर उपलब्ध गराउने, कर संकलन गर्ने र कर विवरण लिने बताईएको छ । उक्त कर शिविरमा उपस्थित भई मौकाको फाईदा उठाउन कोलेनिकाले सम्पूर्ण उद्योगी ब्यवसायीलाई आग्रह गरेको छ ।

नवनिर्वाचित समिति उपसमितिलाई सहकारी शिक्षा तालिम !

सुमन जि.सी. बागलुङ, २०७३ असोज १४ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको आयोजनामा संस्थाको सातौ वार्षिक साधारण सभावाट निर्वाचीत सञ्चालक समिति, लेखा समिति, सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति र कर्मचारीहरुका लागि होटल पिस प्यालेस बागलुङ बजारमा २ दिने सहकारी शिक्षा तालिम तथा अन्तरक्रियात्मक गोष्ठि बिहिवारदेखि सुरुवात भएको छ ।

तालिम कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले संस्थाको नवनिर्वाचीत समिति उपसमितिमा ८० प्रतिशत भन्दा वढि नयाँ व्यक्तिहरु रहेकाले सिवाईसी के हो ? सिवाईसीको परिकल्पना ध्येय, लक्ष्य, उद्देश्य भावि रणनीति, संस्थाले प्रदान गर्दै आइरहेका सेवासुविधा, ऐक्सेस के हो ?, समिति उपसमितिको संस्थाप्रतीको दायीत्व तथा काम कर्तव्य र अधिकार लगाएतका विषयहरुमा साझा बुझाईको विकास गर्नका लागि यो तालिम तथा अन्तरक्रियाको आयोजना गरेको बताए । पौडेलले यो २ दिने तालिम पश्चात नेफ्स्कुनसंगको सहकार्यमा नवनिर्वाचीत समिति उपसमितिको क्षमता अभिवृद्धिका लागि झापाको कन्काई नदीको तीरमा ५ दिने अन्तराष्ट्रिय स्तरको ऋग्म्ऋऋ तालिम सञ्चालन गर्ने बताए ।

संस्थाका उपाध्यक्ष गितादेवी रेग्मीको स्वागत प्रवन्धक नवराज शर्माको सञ्चालनमा सुरुवात भएको तालिम कार्यक्रमको सहजिकरण नेफ्स्कुनका वरिष्ठ कार्यक्रम अधिकृत दुर्गा ढकालको गर्ने सिवाईसी साकोसले जानकारी दिएको छ ।

सिवाईसीव्दारा स्व. डिल्लीराम गौतम प्रति श्रदाञ्जली व्यक्त !

सुमन जि.सी, बागलुङ २०७३ असोज १४ । चारतारे युवा क्लव नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संस्थाका सदस्य श्री ऋषिराम गौतम तथा संस्थाका सुभचिन्तक टिका गौतम, सुवास गौतम र प्रेमप्रसाद गौतमका पुज्यानी पिता एवं सदस्य सरिता गौतमका पुज्यनीय शसुरा लेखानी गाविस वडा नं. १ नीवासी समाजसेवी, शिक्षाप्रेमी क्रियाशिल व्यक्तित्व स्व. डिल्लीराम गौतमको ७७ वर्षको उमेरमा मिति २०७३ असोज ८ गते शनिवारका दिन भएको निधनप्रती दुःख र समवेदना व्यक्त गरेको छ ।

संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल नेतृत्वको टोलीले छैठौ दिनको पुण्य तिथीको अवसरमा स्वर्गिय गौतमको घरमै पुगेर शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै संस्थाको नियमानुसार अध्र्वदैहीक कर्मका लागि रु. १० हजार गौतम परिवारलाई उपलव्ध गराएको छ । सो अवसरमा बोल्दै अध्यक्ष पौडेलले स्व. गौतमलाई गुमाउनु पर्दा सिवाईसी मर्माहित भएको र संस्थालाई अपुरणिय क्षती पुगेको बताउनुका साथै परिवारजनलाई स्व. गौतमले गरेका कार्यहरुलाई अनुसरण गर्दै अगाडि वढ्न र धैर्य गर्नका लागि आग्रह गरे ।
साथै सोही अवसरमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङले पनि संघका सचिव ऋषिराम गौतमका पुज्यनीय पिता स्व. गौतमको निधनप्रती दुःख र समवेदना व्यक्त गरेको छ ।

अस्मिता सुमार्गी बाल सारथीको अध्यक्षमा निर्वाचित !

काठमाडौँ २०७३ असोज १३ । बाल सारथिको सप्पन्न निर्वाचनमा समाजसेवी अस्मिता सुमार्गी निर्विरोध निर्वाचित भएकी छिन् भने उपाध्यक्षमा कमला ओली, महासचिवमा भावना ढुङ्गेल, सचिवमा रेखा बस्ताकोटी र कोषाध्यक्षमा दीपा प्याकुरेल निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा क्रमशः रमा उप्रेती र दक्षा अर्याल निर्वाचित भएको कुरा निर्वाचन अधिकृत राधेश्याम लेकालीले सम्प्रेषण गरेको विज्ञप्तिमा उल्लेख छ ।

सस्थाको १० औ साधारणसभाले दुई बर्षको लागि निर्वाचित गरेको नव कार्यसमितिका अध्यक्ष सुमार्गीले सबै सदस्यहरुलाइ धन्यवाद ज्ञापन गर्दै सस्थाको उन्नयन र विकासको लागि विभिन्न रचनात्मक योजनाहरु गर्ने बताईन् । यस अघि पुर्व अध्यक्ष माला खरेलले सस्थाको गतिविधि र कार्ययोजनाबारे र कोषाध्यक्ष रमा उप्रेतीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

साधारणसभाले वरिष्ठ समाजसेवी एव उद्योगपति अजेय सुमार्गी र पुर्व अध्यक्ष माला खरेललाइ सस्थाको सरक्षकमा मनोनयनसमेत गरेको छ । सरक्षक माला खरेल बालसारथी एकेडमीका अध्यक्ष पनि हुन् ।

कार्यक्रममा अध्यक्ष अस्मिता सुमार्गी, उपाध्यक्ष कमला ओली, पुर्व अध्यक्ष माला खरेल, सल्लाहकारहरु नवराज लामिछाने र राजन घिमिरे, निर्वाचन
अधिकृत राधेश्याम लेकालीलगायतले मन्तब्य राखेका थिए।

बाल सारथिले ७५ जना सडकका बालबालिकालाई पढ्ने ब्यवस्था, बागमती सफाइ अभियानमा निरन्तर योगदान गर्दै अन्य विभिन्न सामाजिक दायित्व वहन गर्दै
आएको छ । यो सस्थाले पशुपति क्षेत्रलाई सडक बालबालिका मुक्त क्षेत्र बनाउने अभियानमा समेत जुटेको छ ।