prakas

बाढीपहिरो पीडितका लागि तत्काल राहत र क्षतीपुर्तिको व्यवस्था गर्न माग !

कोपिला कंडेल, बागलुङ २०७३ साउन १६ । बागलुङ क्षेत्र नम्वर २ का सांसद प्रकाश शर्मा पौडेलले बर्षा र बाढी पहिरोका कारण क्षेती पुगेका घर परिवारलाई तत्काल राहत र क्षेतीपुर्तिकोको व्यवस्था गर्न माग गरेका छन् । व्यवस्थापिका संसद अन्र्तगत बिकास समितिको आजको बैठकमा बोल्दै उनले पश्चिम बागलुङको अधिकारीचौर , बोङ्गादोभान– भीमगिठेमा बूर्तिवाङ, दर्लिङ्गमा– रायडाँडा –कुश्मिशेरा– ग्वालीचौर राजकुत रांखानी धुल्लुबास्कोट, मालिका, बानपा लगायतका बाढी पहिरो पीडितलाई तत्काल राहत र क्षेतिपुर्तिको व्यवस्थ ागर्न सरकार संग आग्रह गरेका हुन् ।

व्यवस्थापिका संसद अन्र्तगतको बिकास समिति सदस्य समेत रहेका सांसद पौडेलले बाढी र बर्षाका कारण मृत्यु भएका परिवार प्रति समबेदना प्रकट गर्दै पीडित एबं बिस्थापित परिवारलाई राहत र उद्धारको व्यवस्था गर्न माग गरे । उनले बाढी पहिरोका कारण अबरुद्ध सडक खण्ड खुलाउनका लागि समेत आफ्नो तर्फबाट पहल भैरहेको जानकारी दिँदै मृतक परिवारका लागि ४० हजार र बिस्थापितका लागि १० हजार मात्र सरकारले राहत रकमको व्यवस्था गरेको भन्दै यो रकमलाई अझै बढाउन सरकार संग माग गरेको जानकारी सांसद बिकास समितले दिएको छ ।

p-k

सरकार निर्माणमा सहयोग गर्न राप्रपा नेपाललाई प्रचण्डको आग्रह !

काठमाडौ, २०७३ साउन १६ । नेपाली काँग्रस संग मिलेर आफनो नेतृत्वमा नयाँ सरकार बनाउने तयारीमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेटेका छन् । दुई नेताहरुवीच पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा विस्तृत छलफल भएको बताईएको छ ।

भेटका अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार निर्माणमा सहयोग गर्नका लागि राप्रपा नेपालका अध्यक्ष थापालाई प्रस्ताव गरेको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।

केन्द्रका अध्यक्ष प्रचण्डले राखेको प्रस्तावको प्रत्युत्तरमा अध्यक्ष कमल थापाले यस सम्बन्धमा पार्टीमा छलफल गरी जानकारी दिने बताएको पनि राप्रपा नेपालव्दारा जारी विज्ञप्तीमा उल्लेख छ ।

youth-gang

केटीको विषयलाई लिएर भीडन्त हुँदा एक युवकको मृत्यु !

काठमाडौँ, २०७३ साउन १६ । केटीको विषयलाई लिएर आईतवार क्षेत्रपाटीमा युवाहरुवीच भीडन्त हुँदा एक जनाको मृत्यु भएकोे छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले दिएको जानकारी अनुसार सो भीडन्तमा १८ वर्षीय सुशान्त श्रेष्ठको मृत्यु भएको छ ।

भीडन्तमा संलग्न सहास थापा, सौरभ श्रेष्ठ, सोहिल खान, सागर नगरकोटी, क्रिस्टल भण्डारी, सौरभ लामिछाने, सुमन तामाङ, रोशन मगर, रोहित बोहोरा, किस्मत हमाल र शरद अर्याल समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ भने फरार रहेका अन्य अन्य ८ जनाको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

यसैवीच काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेस्थित कविन्द्र श्रेष्ठले कपडा पसल भित्र जुवातास खेलाइरहेको सूचनाको आाधारमा महानगरीय बृत्त लैनचौर त्यहा पुगेको प्रहरी टोलीले कपडा पसल भित्र जुवा तास खेलाउने पसल संचालक सहित १६ जनालाई नगद १ लाख १५ हजार रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको छ ।

ldo

बागलुङ-कुस्मीसेरा सडक अबरुद्ध हुँदा दक्षिण भेगका हजारौँ जनता मर्कामा !

तत्काल मर्मत गरी सडक सुचारु गर्न स्थाविअ गौतमको ध्यानाकर्षण !

नारायण रिजाल, बागलुङ, २०७३ साउन १६ । वर्षा सँगै गएको पहिरोका कारण बागलुङ कुस्मीसेरा सडक खण्ड विभिन्न ठाउँमा अबरुद्ध हुँदापनि सरोकारवाला निकायले कुनै ध्यान नदिएको भन्दै आईतबार दक्षिण भेगका जनताहरुले जिविस बागलुङको ध्याकर्षण गराएका छन । स्थानिय विकास अधिकारी भरत गौतमलाई भेटेर उक्त सडक खण्ड छिटो भन्दा छिटो मर्मत हुनु पर्ने भन्दै माग गरेका छन् ।

नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ का सभापति नारायण शर्मा पौडेलको नेतृत्वमा गएको टोलीले तत्काल सडक सुचारुका लागि पहल थाल्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको थिए ।

बागलुङ कुश्मिसेरा सडक खण्ड वर्षाका कारण लगभग १५।२० ठाउँमा अवरुद्ध भएको कुस्मीसेराका काशिराम आचार्यले तजबिजलाई बताए । उक्त सडक खण्ड विग्रदा जिल्लाका दक्षिण पैयुँपाटा, अमलाचौर, कुस्मीसेरा, अर्जेवा, विनामारे, लगायतका १ दर्जन भन्दा बढि गाविसका हजारौँ जनतालाई आवत जावतमा कठिनाई परको उनको भनाई छ ।

सडकमा नियमित सवारी साधन सुचारु नहुँदा अहिले घण्टौ हिडन पर्ने समस्या भएको छ । स्थानिय विकास अधिकारी गौतमले उक्त क्षेत्रमा तत्काल डोजर पठाएर बाटोलाई सुचारु गर्ने प्रतिबद्धता व्यक्त गरेको टोलीका सहभागीले बताए ।

mahabir pun

महावीर पुनको घोषणा : राष्ट्रिय आविष्कार केन्द्रलाई ३ करोडको सम्पत्ति दिने !

महेन्द्र केसी, पर्वत २०७३ साउन १६ । सूचना प्रविधिलाई अपहेलना गरेर गुुगल वाइ फाउण्डेशनलाई करोडौ रकम विनियोजन गर्ने ओली सरकारलाई महावीर पुनले चुनौति दिदै आफ्नो नीजि सम्पत्ति राष्ट्रिय आविष्कार केन्द्रको स्थापनाको लागि दिने घोषणा गरेका छन् ।

सामाजिक संजालमार्फत उनले आफ्नो व्यक्तिगत ३ करोड भन्दा बढी मुल्यपर्ने सम्पत्ति राष्ट्रिय अनुसन्धान केन्द्र स्थापनाको लागि दिने घोषणा गरेका हुन ।

आईतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले आविष्कार केन्द्रको स्थापनाका लागि चासो नदिएको भन्दै पोखरामा रहेको आफनो नामको २८ रोपनी जग्गा आविस्कार केन्द्रको लागि दिने घोषणा गरेका हुन् ।

पोखराको बेगनास तालको उत्तर पट्टीको ठुलाकोट भन्ने डाँडामा रहेको सो २८ रोपनी जग्गा अहिलेको बजार मूल्य अनुसार तीन करोड पर्ने उनले बताएका छन् ।
उनले सामाजिक सञ्जालमा सरकारप्रति कटाक्ष गर्दै भनेका छन्, यो घोषणा नयाँ होइन, यो घोषणा अर्थमन्त्री डा. रामशरण महतज्यू र बिष्णु पौडेलज्यू सहित अर्थ सचिब, सहसचिब अनी दुई प्रधानमन्त्री र उहाँहरुका सल्लाहकारलाई बिगतका दिनहरुमा बारम्बार भनि सकेको कुरा हो । तर, उहाँहरुले जग्गा बेच्नु पर्दैन बरु त्यहाँ पनि सानो अनुसन्धान केन्द्र बनाउन सकिन्छ भन्नुभएको थियो ।

उनले दान दिने घोषणा गरेको जग्गा हाल अमेरिकामा बस्ने पर्वतका पदम पुनसँग मिलेर २० वर्षअघि किनेको र केहि महिनाअघि मात्रै आफनो स्वामित्वमा आएको बताएका छन् । उनले केन्द्र बनाउन पैसाको चरम अभाव भएको खण्डमा त्यो जग्गा बेच्ने नभए अनुसन्धानको लागी केहि भौतिक संरचना बनाउने बताएका छन् । उनले केन्द्र निर्माणका लागि सबैसँग सहयोगको अपील समेत गरेका छन् । उनी रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित भएका व्यक्ति हुन । उनी बागलुङको सुगंगा पुरस्कारबाट पुरस्कृत व्यक्तित्वपनि हुन् ।

Jilla prasashan

मुस्ताङ जिल्ला प्रशासनमा नागरिकता भन्दा पासपोर्ट लिनेको संख्या बढी !

केशव विश्वकर्मा, जोमसोम २०७३ साउन १६ । मुस्ताङ जिल्लामा गत वर्ष जस्तै यस वर्ष पनि जिल्ला प्रशासन कार्यालय मुस्ताङमा नागरिकता भन्दा पासपोर्ट लिनेको संख्या बढि रहेको छ । कार्यालयले आ.व. ०७२/०७३ मा वंशजको आधारमा ३ सय ४१ वटा नयाँ नागरिकता वितरण गरेको छ । भने आमाको नामबाट नागरिकता वितरण ३, ४ सय ६४ वटा प्रतिलिपि नागरिकता वितरण र २ हजार २ सय १९ पुरानो नागरिकता अभिलेखीकरण गरेको कार्यालयले जनाएको छ ।

त्यसैगरी कार्यालयले आ.व. ०७२/०७३ मा राहदानीको साधारण सिफारिस ३ सय ८६, द्रुत सिफारिस ५ सय १३, राहदानी वितरण ३ सय ६८ र वितरण हुन बाँकी ५४ वटा राहदानी रहेको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले जानकारी दिए ।

गत आ.व. ०७१/०७२ मा कार्यालयबाट वंशजको आधारमा ३ सय ७० नयाँ नागरिकता वितरण, ३ सय ५० प्रतिलिपि नागरिकता वितरण र २ वटा बैबाहिक अंगिकृत नागरिकता वितरण गरिएको थियो । त्यस्तै राहदानी तर्फ साधारण र दु्रत गरी ९ सय ३५ सिफारिस र ४ सय २ वटा राहदानी वितरण गरेको थियो ।
लेखा शाखा तर्फ कार्यालयले आर्थिक बर्ष २०७२÷०७३ मा २२ लाख ११ हजार ७ सय २० रुपैयाँ राजस्व संकलन गरको छ । जुन गत आ.व. को भन्दा ६ लाख ३२ हजार ८४ रुपैयाँले बढि हो ।
प्रशासन शाखाले ०७२÷०७३ मा संस्था दर्ता ७, हातहतियार नविकरण ३६, विवाह दर्ता ७, नावालक परिचयपत्र १८, तिब्बती शरणार्थीको परिचय पत्र नविकरण ६३, शरणार्थीको लागि यात्रा अनुमति पत्र सिफारिस १ र १ सय १६ विविध सिफारिस गरेको छ ।

त्यसैगरी भूकम्प पिडितलाई अस्थायी आवासको लागि राहत वितरण÷परिचय पत्र वितराण ४१, कार्यालय निरिक्षण ६, बजार अनुगमन ७, सिमा क्षेत्र निरिक्षण ७, घुम्ती सेवा शिविर २, सुशासन समितिको बैठक २, जिल्ला सुरक्षा समितिको बैठक २३, विपद व्यवस्थापन समितिको बैठक ३, ठाडो उजुरी ४, कार्यालय प्रमुखको नियमित बैठक १२ पटक गरेको विवरणले कार्यालयल जनाएको छ ।

rising

बुर्तिवाङ राईजिङ युवा क्लबको निर्वाचन आज, अध्यक्षमा लोप्चन र भण्डारी भीड्दै !

rising clubबिमल खड्का, बुर्तिवाङ २०७३ साउन १६ । बुर्तिवाङमा क्रियाशील बुर्तिवाङ राईजिङ युवा क्लबको १४ औ वार्षिकोत्सव एवं आठौँ अधिवेशनको शनिवार स्थानीय समाजसेवी तुलसीराम अर्यालले उद्घाटन गरेका छन् । यस अधिवेशनले क्लबको नयाँ कार्यसमितिको चयन गर्ने कार्यक्रम रहेको छ । आईतबार विहान ११ बजेदेखी सुरु हुने बन्द सत्रमा नयाँ कार्यसमितिको निर्वाचन हुन बताईएको छ ।
z
नयाँ कार्यकालका लागि अध्यक्ष पदमा निवर्तमान अध्यक्ष अमर लोप्चन र बिनोद भण्डारीवीच प्रतिष्पर्धा हुने भएको छ । सो पदका अन्य दुई उम्मेदवार नबीन गुरुङ र मदन गौचनले उम्मेदवारी फिर्ता लिएपछी लोप्चन र भण्डारीवीच सिधा प्रतिष्पर्धा हुने भएको हो ।

क्लबले प्रत्यक विजया दशमीमा पूर्णिमा मेलाको आयोजना गर्दै आएको छ । मेलामा पुरुष, महिला भलिबल लगायत विभिन्न खेलकूद प्रतियोगिता तथा मनोरन्जनात्मक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । क्लबले विभिन्न रचनात्मक कार्यहरु पनि गर्दै आएको छ ।

nooooooo

म्याग्दी शिखमा घर भत्किदा पुरिएर एक बृद्धको मृत्यु !

म्याग्दी, २०७३ साउन १६ । म्याग्दी जिल्लाको शिख गाविस २ टोँड्केवासका ८६ वर्षिय आईत सिँह दमाईको आफनै कच्ची घर भत्किएर पुरिँदा मृत्यु भएको छ भने उनकी श्रीमती ८३ बर्षिया रुपा दमिनी गम्भीरघाईते भएकी छिन् । घर भत्किदा करीब ७ लाख रुपयाँको नोक्सानी भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण आईतसिँहको कच्ची घर शनिवार भत्किएको थियो । घाईते बृद्धाको जिल्ला अस्पताल बेनीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यसैवीच म्याग्दी दाना–९ गुइठेपानीमा बर्षाको कारण शुक्रबार शान्ती परियारको घर चर्किएर बस्न नमिल्ने भई क्षति भएको छ । परिवारका सदस्यहरु आफन्तको घरमा गई बसेका छन् भने घर चर्कने क्रममा सोही ठाउँ बस्ने राजकुमारी वि।क।की छोरी ४ वर्षीया मन्जु वि।क। ढुङगाले लागेर गम्भीर घाइते भएकीले उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा मणीपाल अस्पताल पोखरा रिफर गरिएको छ ।

nooooooo

बोवाङमा खोलाले बगाएर एक युवक र एक बालिका बेपत्ता !

बागलुङ (बुर्तिवाङ) २०७३ साउन १६ । बोवाङ गाविसमा एक युवक र एक बालिका खोलाले बगाएर बेपत्ता भएका छन् । स्थानीयको सहयोगमा दुबैको खोजी कार्य भैरहेको प्रहरीले जनाएकोछ ।

यसरी खोलाले बगाएर बेपत्ता हुनेमा अधिकारीचौर गाविस ५ छ्यांगचुंग बस्ने ४२ वर्षिय जुनबहादुर विक रहेका छन् । उनलाई बोवाङ गाविस ९ ढोर स्थित नवी खोला तर्नेक्रममा चिप्लिदा बगाएको थियो ।

यसैगरी बोवाङ गाविस ४ बस्ने यमकुमार कायस्तकी ७ वर्षिया छोरी मुना कायस्त शुक्रवार स्कूल पढन जाने क्रममा स्थानीय मसाल खोलाको काठेपुल तर्न लाग्दा खसेर खोलाले बगाएर बेपत्ता भएकी हुन् ।

nooooooo

मनहरीमा दुई बस ठोक्किदा ९ जना यात्रुको मृत्यु, ४ गम्भीर !

काठमाडौ, २०७३ साउन १६ । आईतबार विहान सबेरै मकवानपुरको मनहरीमा दुई बस एकापसमा ठक्कर खाँदा ९ जनाको मृत्यु भएको छ ।

पुर्व काकडभिट्टाबाट काठमाडौ आईरहेको ना ५ ख ४०६४ को यात्रुवाहक बस र काठमाडौँ देखी गाईघाट जाँदै गरेको ना ५ ख ५०५५ नम्वरको यात्रुवस मनोहरी रमनटारमा ठोक्किएर दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र अन्य ३ जनाको उपचार गर्न लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते मध्य चार जनाको अवस्था गम्भीर रहेको र घाइते ३१ जनाको हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।