Category Archives: अन्य समाचार

nooooooo

रामरेखामा एक युवक र एक बृद्ध मृत भेट्टिए !

तजबिज खबर, बागलुङ २०७३ असोज २४ । बागलुङ नगरपालिका १ रामरेखाकोे अलग अलग स्थानमा एक युवक र अर्का एक बृद्धको शव फेला परेको प्रहरीले जनाएको छ ।

आईतवार विहान रामरेखा कुरीको फुलवारी नेरको नालीमा अड्किएको अवस्थामा मृत भेटिएका युवक बानपा- १ रामरेखा कालिका भगवती मन्दिर प्रवेशव्दार अगाडी फुलप्रसाद विक्री गर्ने श्रीमती देवी खत्रीको छोरा भएको खुल्न आएको छ भने अर्का मृतक गोविन्द जोगी (भारत) कालिका भगवती मन्दिर आसपासमा बस्दै आएको स्थानीयले बताएका छन् ।

अन्दाजी ७५ वर्ष उमेरका बृद्ध जोगी गोविन्द दश बाह्र वर्ष देखी यहाँ बस्दै आएका थिए र कहिले पर्वत, कहिले म्याग्दी र अधिक समय कालिका भगवती मन्दिरमा बसेर भीक्षाटन गर्दै आएका थिए ।

नाली माथी राखिएको स्ल्याबका मुनी रडले बेरिएको अवस्थामा फेला परेका दिपकको मृत्य स्वाभाविक नभएको स्थानीयको भनाई रहेको छ ।

घटना बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) चक्रबहादुर सिहंले बताएका छन् ।

अहिलै नै मृत्यु या हत्या केही भन्न नसकिने बताउदै एसपी सिहंले पोष्टमार्टम र भिसेरा रिपोर्ट आएपछी थप भन्न सकिने पनि बताए ।

dkc

दशैं ह्याङओभर !

यो बर्ष पनि
हाँसो ओसारेर कुदेन
दशैं एक्सप्रेस
आमाको अनुहारको राजमार्गमा ।
सुदूर लाहूर !
मनभरी न्याउली रुन्छन
रुन्छन प्रतीक्षालयहरु गाउँभरी,
दशैंको हर्न बजेन गामतिर
छुट्टी नमिल्ने शहरमा
ड्युटी लगाईरह्यो लाहूरे !
बर्षेनी
दशैं ह्याङओभर ।
सीमाका काँडेतार कटेपछि
वरै कुरी बस्नुपर्छ
इच्छाहरु,
कान्छीका बैशालु दिनहरु,
त्रसित एकजोर कानहरु
तर पनि उसै नफर्कन सक्छ दशैं
यहाँबाट शुरु हुन्छ
जीन्दगीको “वन वे” ।
खैर, सपना फुल्न सक्लान एकदिन
के काँडा झैं विझाउनु पर्छ
दशैं, हरदिन ?
नढलेसम्म पहाड जस्ता पैसाका सीमाहरु
कैद भैरहन सक्छन शुभकामनाहरु
तर पनि राखँु औपचारिकताहरु ?
बर्षेनी
दशैं ह्याङओभर !
कुरीबस्छ अर्को वर्षलाई
शुभकामना ओसार पसारलाई ।
मान्छे !
अल्झि बस्छ कहाँ ?

—दीपेन्द्र के.सी.
बागलुङः हाल बेल्जियम ।

hulak

आज भोलि हुलाकको नाम नै सुन्न छोडियो …

गुमानसिँह भण्डारी, गल्कोट २०७३ असोज २३ । केही वर्ष अघिसम्म टाढा रहेका परिवारका सदस्य, नातेदार, आफन्त र साथीहरुको हालखबर थाहा पाउन हुलाकबाट चिठीपत्र आदानप्रदान गरिन्थ्यो । प्रत्युत्तर पाउँन हप्तौं र महिनौं कुर्नु पथ्र्यो । तर अहिले इमेल–इन्टरेनट चलाए पुग्छ । धेरैको हातहातमा मोबाइल, घरघरमा इन्टरनेट र गाउँगाउँमा टेलिफोन सुविधा पुगेपछि कुनै समय एउटै मात्र विकल्पको रुपमा रहेको हुलाक सेवालाई भने सबैले लगभग बिर्सिसकेका छन् । भन्छन, केहि वर्ष यता हुलाकको नाम नै सुन्न छोडियो …!

पहिले धनादेश (बैंकिङ)को कारोबर समेत हुलाकबाट हुने हुलाक कार्यालयहरु यतिबेला कामविहीन अवस्थामा पुगेका छन् । चिठ्ठी-पत्र, पत्र-पत्रिका, रजिष्टरी-पत्र लगायत पुलिन्दाका पोकाहरु बोकेर घरघरमा पुग्ने हल्काराहरु अहिले बिरलै देख्न पाईन्छ । बागलुङ बजारको उद्यान सामुन्नेको चोकमा रहेको जिल्ला हुलाक कार्यालय भवनको भूर्इँतला सबै भाडामा लगाईएको छ भने माथिल्लो तला सुनसान देखिन्छ । गाउँगाउँमा रहेका ईलाका हुलाक कार्यालयहरु पनि सुनसान अवस्थामा रहेका छन् । सेवाग्राहीहरुको अभावमा त्यसैत सुनसान बनेको हुलाक त्यस्मा पनि इलाका हुलाकहरुमा आउने (निकासा भएको) रकम जिल्लाबाट रोकिएपछी काम-माम सबैबाट कर्मचारीहरु पीडित बनेको चर्चा सार्वजनिक भएको छ ।

हुलाकबाट सेवा लिने सेवाग्राहीहरुको संख्यामा उल्लेख्य कमी आएको ईलाका हुलाक कार्यालय गल्कोट हरिचौरका प्रमुख सन्तोष थापाले बताए । कार्यालयका अनुसार चिठ्ठीपत्रको आदानप्रदान गर्ने क्रम ५/६ वर्षयता खस्केको छ, व्यक्तिगत काममा चिठीपत्रको प्रयोग हुन छाडेको छ, सरकारी र संस्थागत काम तथा पत्रिका पुर्याउनको लागि मात्र हुलाकको प्रयोग सिमित भएको थापाको भनाई छ ।

हुलाकमा चिठीपत्र आउन छोडेपनि कर्मचारीको काम भने रोकिएको छैन भन्छन थापा । ईकाला हुलाक कार्यालयमा आउने रकम जिल्लामा रोकिएको भन्दै सेवा प्रवाहमा केहि समस्या देखिएको उनको गुनासो छ ।

ब्यक्तिगत प्रयोजनका चिठिपत्र पठाउन छोडे पनि बिद्यालयका चिठिपत्र भने हुलाकबाटै पठाउने गरेको दिपज्योति आधारभुत बिद्यालयकी प्रध्यानाध्यापिका शारदादेवी शर्माले बताईन् ।

सन्देश छिटो पुयाउने फोन, इमेल, इन्टरनेटको बढ्दो प्रयोगले गर्दा चिठ्ठीपत्र आदान–प्रदानका लागि खोलिएका हुलाक कार्यालय सरकारी कार्यालयका औपचारिक पत्राचारमा सीमित बनेका छन् ।

chandra bdr budha

दशैँ पर्वलाई भड्किलो नभै सहज र सरल ढङ्गबाट मनाउन आग्रह !

कोपिला कंडेल, बागलुङ २०७३ असोज २३ ।नेपालीहरुको महान पर्व विजयादशमी ,शुभ दिपावली तथा छटपर्वको अवसरमा नेकपा माओबादी केन्द्र नगर सम्मेलन आयोजक समिति बागलुङले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा बोल्दै नेकपा माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य एबं जिल्ला संयोजक चन्द्र बहादुर बुढा सागरले राष्ट्रियता र समाज रुपान्तरणका लागि सबै एक हुनुपर्ने बताए ।

माओबादी केन्द्र नेतृत्वको सरकार समक्ष सम्भावना र चुनौती दुबै रहेको भन्दै माओबादी नेता सागरले संबिधानमा प्राप्त उपलब्धीको रक्षा गर्न सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिए । उनले दशै पर्वलाई भड्किलो नभै सहज र सरल ढङ्गबाट मनाउनुपर्ने बताए ।

त्यसैगरी नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य अमृत घर्ति आभाष र सांसद केशरी घर्ति मगरले चाडपर्वको नाममा हुने बिकृति र बिसंगतीको अन्त्य गर्दै दशैलाई मेलमिलापको पर्वको रुपमा मनाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा पुनराबेदन बार ईकाई बागलुङका अध्यक्ष केशवराज पराजुली, नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनका अध्यक्ष डा. दिन बहादुर थापा, नेवा राष्ट्रिय मुक्तिमोर्चाका अध्यक्ष रतन मलेपति र प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य कोपिला कंडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम नेकपा माओबादी केन्द्र नगर सम्मेलन आयोजक समितिका संयोजक निर्मल कुमार श्रेष्ठको अध्यक्षता, सदस्य चित्र बहादुर सुबेदीको स्वागत मन्तब्य र कुमार बिक्रम क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो ।

saudi arab

दशैंका बेला, नेपाली चेलीहरु रुँदैछन् साउदी अरबको जेलमा !

महेश श्रेष्ठ, साउदी अरब २०७३ असोज २३ । नेपाल फर्केर बालबच्चा र घरपरिवारकासाथ दुःख सुख दशैं मनाउला भन्दै महिनौदेखि नेपाली राजदुतावासको सेल्टरमा रहेका नेपाली चेलीहरु अहिले साउदी अरबको जेलमा रुँदै बस्न बाध्य भएका छन् ।

कुवैतबाट साउदी अरब आइपुगेका र राजदुतावासको शरणमा पुगेका ती चेलीहरुलाई दुतावासले उद्धार गर्न गरेको प्रयास असफल भएपछि उनीहरुको जेलको बास भएको हो । कुवैतमा घरेलु कामदारका रुपमा काम गर्न श्रमस्वीकृति दिलाएर नेपालबाट ल्याईएका र कुवैतमा नेपाली र अरबीयन दलालबाट बेचिएर साउदी अरबमा बधुँवा कामदार सरह बनाईएका उनीहरुको उद्धारका लागि दुतावासले नेपाल सरकारको परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कामदार कल्याण कोष लगायतमा पटकपटक रिर्पोट पठाएर र सहयोगका लागि अनुरोध गरे पनि वेवास्ता गरेका कारण नेपाली चेलीहरु साउदीको जेलमा पुगेका हुन् । कुवैतबाट पर्यटक भिसामा साउदी अरब भित्राइएका उनीहरुलाई गैरकानुनी रुपमा बसोबास गरेको आरोपमा साउदी सरकारले तोकेको जरिवाना तिर्न नसकेपछि जेल बस्नु पर्ने भएको हो । कार्यबाहक राजदुत आनन्द शर्माका अनुसार कुवैतबाट ल्याईएका ती चेलीहरुले १५ हजार रियाल ९४ लाख २७ हजार रुपैयाँ० सम्म गैरकानुनी बसोबास वापतको जरिवान तिर्नु पर्दछ । त्यो जरिवाना मिन्हा गर्न र नेपाल फर्कन एक्जिट भिसा दिलाउन तीन महिना अघिदेखि दुतावासले साउदी सरकारसंग अनुरोध गरेको थियो तर अस्विकृत भएका कारण दुतावासको शेल्टरमा रहेका उनीहरुलाई त्यहाँस्थित डिपोर्टेशन सेन्टर तथा महिला जेलमा पठाईएको हो । अब उनीहरुलाई साउदी सरकारको निर्णय अनुसार जेलबाटै नेपाल पठाउने व्यवस्था हुने छ ।

पीडित चेलीहरुका अनुसार घरेलु कामदारका रुपमा कुवैतका लागि ल्याईएका उनीहरुलाई कुवैती र नेपाली दलालले कुवैतबाटै साउदी अरबको आफन्तकोमा केही दिनका लागि जानुपर्ने भनेर झुक्काई बिक्री गरेर साउदी अरबमा पठाउछन् । साउदी अरबमा बिक्री गरिएका कतिपयलाई मालिकले अन्यत्र घर र स्थानमा काम गर्न लगाएर कमाई खाएर श्रमशोषण पनि गर्ने गर्दछन् । नेपाली राहदानी खोसी बधँुवा कामदार बनाईएका उनीहरुलाई साउदी कुवैत सीमाबाट ६ महिनाको पर्यटक भिसामा साउदी भित्राईन्छ । उनीहरुलाई पुनः कुवैत नफर्काई गैरकानुनी रुपमा घरभित्रै लुकाएर काम गर्न लगाईन्छ र तलब समेत नदिई काममा खटाएर भौतिक तथा मानसिक यातना दिई शाररिक शोषण समेत गरिन्छ । उनीहरुको बसाई अवैध भएका कारण नेपाल समेत फर्कन नदिई वर्षौसम्म काममा लगाईन्छ । यसरी शोषित भएकाहरु विभिन्न उपायले भागेर राजदुवासको शरणमा आउने गर्दछन् । त्यसरी भागेर दुतावासको शरणमा आउनेहरुमा दुई वर्षदेखि १० वर्षबढी साउदी अरबमा काम गरेकाहरु छन् ।

बाध्यताबस साउदी अरबमा गैरकानुनी रुपमा रहेका नेपाली चेलीहरुलाई साउदी सरकारले जरिवाना र जेल सजाय तोक्नु र उनीहरु नै थप पीडित हुनु अन्याय भएको पीडितहरु बताउछन् । यसै सम्बन्धमा कार्यबाहक राजदुत शर्मा भन्छन् “यसअघि हाम्रो अनुरोधलाई स्वीकार गरेर साउदी सरकारले जरिवाना र सजाय माफी दिने गरेको थियो तर यस पटक भने त्यसो गरेन । त्यसकारण हामीले शेल्टरमा रहेका चेलीहरुलाई डिर्पोटेशन सेन्टरमा पठाउन बाध्य भयौ ।”

“साउदी सरकारको यो परिवर्तिनीति घरेलु कामदारका रुपमा नेपाली चेलीहरुलाई साउदी आउन नेपाल सरकारले स्वीकृत दियोस् भन्ने कुटनीति दवाब पनि हुन् सक्छ” राजदुत शर्माको अनुमान छ । साउदी अरबमा महिलाहरुलाई घरेलु कामदारका रुपमा पठाउने व्यवस्थित कानुनी व्यवस्था नगरेसम्म र कुवैतबाट नेपाली महिलाहरुलाई ल्याउन नरोकिएसम्म यो समस्या रहिरहने पनि उनको ठहर छ ।

पछिल्लो जानकारी अनुसार दुतावासबाट पठाईएका ९ र यसअघि नै त्यहाँ रहेका ८ जना समेत १७ जना नेपाली चेलीहरु नेपाल फर्कने प्रतिक्षामा त्यहाँको महिला जेलमा छन् । दशैंमा घरपरिवारका माझमा पुग्ने आसाका साथ दुतावासको सेल्टरमा ९ महिनाअघिदेखि बस्दै आएका ती चेलीहरुको अपेक्षामा अहिले तुषारोपात भएको छ । महिलाजेलमा उनीहरुलाई संचारसेवाबाट समेत सम्पर्कविहीन अवस्थामा राखिएको छ । नेपाली र कुवैती दलालबाट साउदी अरबमा बेचिएर शोषित र पीडित भएका ती निर्दोष चेलीहरुलाई नेपाल सरकारले कुटनैतिक पहल गरेर मुक्त गराउनु पर्ने र उनीहरुलाई त्यो अवस्थामा पुर्याउने दलालहरुलाई कडाकार्वाही गर्नुपर्ने देखिएको छ । त्यसैगरी राजदुतावासले पठाएको प्रतिवेदन र अनुरोधलाई सरकारले गम्भिरतापूर्वक लिनु पर्ने समेत देखिएको छ ।

कार्यबाहक राजदुत शर्माका अनुसार श्रम तथा रोजगार मन्त्रालयले दुतावासको प्रतिवेदन र अनुरोध वेवास्ता गर्नुका साथै दुतावासका लागि अरबियन भाषा अनुवादक, जनसम्पर्क कर्मचारी र चालकका लागि प्राप्त हुँदै गरेको तलब रकम समेत रोक्का गरेर जनशक्तिको अभावमा दुतावासलाई लाचार बनाइएको छ । जस्को कारण पीडित महिलाहरुको हकअधिकारका लागि पर्याप्त कानुनी पहल गर्न समेत समस्या भएको छ ।

aids_0809

एड्स रोगले ग्रसीत निसीकी महिलालाई राहत प्रदान !

छबिलाल पाण्डे, बुर्तिवाङ २०७३ असोज २२ । निसी गाविस स्थित निसी दलीत युवा क्लबको आयोजनामा एचआईभी एड्स रोगले सँक्रमित निसीकी एक महिलालाई सहयोग हस्तान्तरण गरीएको छ ।

निसी वडा नँ ४ कि ४३ बर्षिय कर्मा बिश्वकर्मालाई सँस्थाको तर्फदेखि नगद पाँच हजार एक सय पचास चार बोरा चामल र एक पिस बगाङकेट हस्तान्तरण गरीएको हो

कार्यक्रममा निरुवा बिश्वकर्माको अध्यक्षता, समाजसेवी वीरमान बिश्वकर्माको प्रमुख आतिथ्यता एवम मन बहादुर बिश्वकर्मा, भुल बहादुर बिश्वकर्मा, बल बहादुर बिश्वकर्मा, हर्क बहादुर बिश्वकर्मा र सेर बहादुर बिश्वकर्माको आतिथ्यता रहेको थियो । क्लबका सचिब दयासरी बिश्वकर्माको स्वागत राजिब बिस्वकर्माको मन्तब्य रहेको थियो ।

पीडित बिकको परीवारमा दुई छोरी र १ छोरा रहेको र श्रीमान एड्सका कारणनै दुई बर्ष अगाडि निधन भएको थियो । पीडित बिकले पछिल्लो समय एड्स सँक्रमणले जित्न थालेसँगै आँखा नदेख्ने ,कान नसुन्ने, बोल्न नसक्ने, लगाएतका समस्याका कारण ओच्छ्यानमानै छटपटाउनु परेको बताईएको छ । निजलाई छोरा छोरीले हेरचाह गर्नै गरेका छन् ।

badhi

बुर्तिवाङ खबर : बागलुङ पश्चिमका बाढी पीडितलाई राहत रकम वितरण !

बिमल खडका, बुर्तिवाङ २०७३ असोज २१ । वाढी पीडित सरोकार समिति बागलुङको सक्रियतामा बागलुङ पश्चिमका बाढी पीडितलाइ संकलित राहत रकम वितरण कार्यक्रम आज शुक्रबार सम्पन्न भएको छ । हिजोदेखि सुरु गरिएको उक्त राहत रकम वितरण अभियानमा बोंगादोभानमा १९ घर, अधिकारीचौरको छालहाल्ना र दोगाडीमा ८५ घर, निसीमा ५ घर, बोहरागाउँमा ६ घर तथा देविस्थामा १३ घर परिवारलाई राहत रकम वितरण गरिएको हो ।

त्यसैगरि आजै बुर्तिबाङमा ६ घर, भीमगिठेमा ५ घर, राजकुतमा १९ घर, दर्लिङमा ११ घर र ग्वालीचौरमा १ घर बाढीपीडित परिवारलाई राहत रकम वितरण गरिएको बताईएको छ ।

बाढीपीडित सरोकार समितिको सक्रियतामा समितिका सदस्यहरुबाट संकलित रकमका साथै प्रभु बैंकबाट १ लाख ३० हजार रुपैयाँ, ग्लोबल बैंकबाट ५० हजार रुपैयाँ, विभिन्न व्यक्ति तथा संघसंस्थाबाट संकलित ५७ हजार रुपैयाँ, अधिकारीचौर घर भई हाल अमेरिका निवासी खिम बहादुर अदैबाट १५ हजार रुपैयाँ, अधिकारीचौरकै किम बहादुर भण्डारीबाट १० हजार रुपैयाँ, भेक बहादुर अदैबाट ८ हजार रुपैयाँ, बुर्तिबाङ घर भई हाल काठमाण्डौ निवासी हिक्मत शेरचनबाट ५ हजार रुपैयाँ, काठमाण्डौ असन चोकमा माइकिङ गरि संकलित २५ हजार रुपैयाँ गरि कुल ३ लाख ४१ हजार रुपैयाँ रकम संकलन गरि बाढीपीडित परिवारलाई प्रति घरपरिवार २ हजारका दरले राहत रकम वितरण गरिएको बाढी पीडित सरोकार समिति बागलुङका संयोजक एवं नेपाली काँग्रेस महाधिवेसन प्रतिनिधि जीत शेरचनले जानाकारी दिए । राहत संकलनका लागि समितिका अन्य सदस्यहरु तिलक श्रीपाली, जीवन भट्टचन लगायतको समेत सक्रियता रहेको बताइएको छ । गत साउन १० र ११ गते आएको बाढीका कारण बागलुङ पश्चिम क्षेत्रमा ठूलो धनजनको क्षती पुराएको थियो ।

सिवाईसीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सिवाईसी बचत तथा रिण सहकारी संस्था लिमिटेड बुर्तिबाङ शाखाले आफ्नो सातौं समृद्धि दिवसको अवसर पारि बुर्तिबाङमा आज दशैं तिहार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा सांसद् ज्ञान कुमारी छन्त्यालले सबैलाई शुभकामना दिंदै सिवाईसी वचत तथा रिण सहकारी संस्था लिमिटेडले ग्रामीणस्तरका जनतासम्म सेवा पुराउनमा उल्लेखनीय कार्य गरेको भन्दै धन्यवाद दिएकी थिईन् ।

कार्यक्रममा एकीकृत सेवा केन्द्र बुर्तिबाङका सह प्रमुख लोक बहादुर कुँवर, मालपोत कार्यालय बुर्तिबाङका नायब सुब्बा नन्दराम भुसाल, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख शिवराज क्षेत्री, लक्ष्मी बैंङ्क बुर्तिबाङका शाखा प्रबन्धक शिशिर भण्डारी, शेयर सदस्य एवं समाजसेवी चन्द्रलाल अर्याल, हरि कुँवर, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं संचारकर्मी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

उक्त शुभकामना आदानप्रदान कार्यक्रममा सिवाईसी बुर्तिबाङ शाखाका प्रबन्धक दामोदर गौतमले सिवाईसी वचत तथा रिण सहकारी संस्था लिमिटेड सेवा केन्द्र बुर्तिबाङको प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।

सवाईसी बचत तथा रिण सहकारी संस्था लिमिटेड बुर्तिबाङ शखाकी संयोजक गण्डकी थापा अधिकारीको अध्यक्षता रहेको उक्त शुभकामना आदान प्रदान कार्यक्रमको संचालन शाखाका सचिव चुडामणि भुसालले गरेका थिए ।

नयाँ शक्ति पार्टी नेपालका शुभकामना तथा चियापान कार्यक्रम

शक्ति पाटी नेपाल, क्षेत्र नं. ३ बागलुङको आयोजनामा आज बुर्तिबाङमा दशैतिहारको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका जिल्ला सचिवालय सदस्य एवं क्षेत्रीय संयोजक कुशल बुढाले विकसित एवं समृद्ध नेपालका लागि नयाँ शक्ति पार्टीको आवश्यकता रहेको भन्दै अब आर्थिक क्रान्तिले मात्र देशको मुहार फेर्न सकिने बताए ।

उक्त कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका जिल्ला सदस्य चन्द्रकान्त भुसाल, डिलाराम रेग्मी, नेकपा माओवादी केन्द्रका प्रतिनिधि चन्द्रलाल अर्याल, मालपोत कार्यालय बुर्तिबाङका नायब सुब्बा नन्दराम भुसाल, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख शिवराज क्षेत्री, बुर्तिबाङ यातायात व्यावसाय समितिका अध्यक्ष शेरमान घर्ती, पश्चिमान्चल यातायात समितिका प्रतिनिधि रामप्रसाद आचार्य, दलित संजालका क्षेत्रीय अध्यक्ष विष्णु वि.क., दलित सशक्तिकरण केन्द्र बागलुङका प्रतिनिधि गोपाल वि.क., बुर्तिबाङ गाविस कार्यालयका प्रतिनिधि चुडामणि भुसाल, अन्तराष्ट्रिय बागुलुङ सेवा समाज कतारका सह सचिव राम बहादुर थापा, नेपाल पत्रकार महासंघ बागलुङका सदस्य एवं सामुदायिक रेडियो परिवर्तन बुर्तिबाङका अध्यक्ष लोकेन्द्र सुनार, रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छबिलाल पाण्डे, रेडियो बुर्तिबाङका स्टेशन म्यानेजर कृष्ण कँडेल, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतले शुभकामना व्यक्त गरेका थिए ।

नयाँ शक्ति पार्टी नेपाल बागलुङका क्षेत्रीय सह संयोजक शंकर कुँवरको अध्यक्षता रहेको उक्त कार्याक्रमको संचालन जिल्ला सदस्य मनोज कुमार वि.क.ले गरेका थिए ।

nooooooo

निसी खोलामा हाम फालेर बेपत्ता !

छबिलाल पाण्डे, बुर्तिबाङ २०७३ असोज २० । बोहोरागाँउ ३ का ५० बर्षिय राम बहादुर बिक शोभा निसी खोलामा हाम फालेर बेपत्ता भएका छन् ।

बिगत २० बर्ष देखि भारतमा परिवारका सदस्य सँगै रोजगारी गरी बिहिबार दुई छोरी श्रीमती र आफु गरी पाँच जनाको परिवार लिएर भारतबाट गाँउ आएका बिकले विहीबार दिँउसो करीब साढे २ बजे बसबाट झिँवाखोला बजार नजिकै र्ओिर्लएर घर पैदल जाने क्रममा सौच जान्छु भनी गएको र नदी किनारमा गएर अचानक हाम फालेको उनकी श्रीमती मिना बिकले बताईन । बिकले अचानक हाम फाल्नुको रहस्य भने खुलेको छैन् । उनको शब समेत नभेटिएको स्थानीयले बताएका छन् । बिकको बोहोरागाँउ ३ स्थित घरमा बृद्ध बुबा आमा, लगाएतको परिवार रहेको बताईएको छ ।

gaika

गायिका तथा मोडल चाहानाश्रीले दिईन उधारोमा माया …

बागलुङ, २०७३ असोज २० ।लोक दोहोरी, आधुनिक, लोक पप् तथा फिल्म गायिका चाहानाश्रीले आफ्ना म्युजिक भिडियोमा आफै मोडलिङ गर्छिन् । पछिल्लो पन्चेबाजा गीतमा गरेउ भने मायामा तिम्ले घात नत मुद्दा न चाहिने अदालत दुई दिनको जिन्दगीयो सम्झि सम्झि रुम्ला लैजाउ सानू उधारो माया भए तिम्रो हुम्ला सानू नभए नहुम्ला राम खत्रीको शब्द तथा ईश्वर सिहंको लयमा रेशम निर्दोषसंग चाहानाले गीत रेकर्डिङ गरेकी छिन् । बागलुङको ताराखोलामा जन्मेकी चाहानाश्रीले दर्जनौ गीतमा स्वर दिएकी छिन् ।

२०६७ सालमा कलाकार बन्ने सपना बोकेर ताराखोलाबाट पोखरा झरेकी चाहानाले पोखरामा दोहोरी साँझमा गीत गाउदै गायनलाई निखारेकी हुन । कार्यथलो पोखरा र गीत रेकर्डिङ काठमाडौं गरि ५ बर्षको समय पोखरामा बिताईन् । ५ बर्षको सांगीतिक यात्रामा दर्जन भन्दा बढि लोक दोहोरी आधुनिक र फिल्मि गीतमा स्वर दिएकी चाहानाले आफ्ना गीतमा आफै अभिनय गरेकी छिन् । मोडलिङमा अभिनय र नृत्य दुवै गर्छिन् ।

उनले पहिलो याल्वम आउनमाया बसौ एकै छिन् बजारमा लिईन आफ्नै स्वर र अभिनयमा गीत तथा म्युजिक भिडियो सार्वजनिक गरेकिहुन् । त्यस पछि ६८ सालमा क्रमश युके बेलायत दोहोरी गीतमा सिडि विजय अधिकारीसंग स्वर दिईन् र विजय थापा संग आफै नाचिन् । विचमा फिल्ममा पनि गीत गाउने अवसर पाईन् ।

२०६९ सालमा उनले संगितकार तथा गायक बि बि अनुरागी संग लोक पप् भन्छौ मलै कालू गायिन र बि बि अनुरागिसंगै भिडियोमा नाचिन पनि यसरी उनले आफ्नै तीज गीत आजकल मलै मेरा बुढाले घरबाट बाहिर जानै दिदैनन् पोईला जान्छेकि भन्ने डरले गाईन र मोडल दुर्गेश थापा र हास्य कलाकार हर्के हल्दार संग नाचिन् । र तीज गीत खुर्सानी पिरोनि मत हिरोनि गायकी छिन् ।

२०७० सालमा आधुनिक गीत संगै जिउने मर्ने कसमहरु टोडेर कहाँ गयौ तिमी एक्लै मलाई छोडेर भन्ने गित गायिन र संग आफै अभिनय गरिन् । अहिले उनको र ईश्वर सिंहको आवाजमा घामकै लागि छाँया बनेको घाम अस्ताउदा छाँया नि हराउनी यहि त होला माया भनेको गीत अहिले चर्चामा छ ।

यसरी गायन र अभिनयमा अगाडि बढेकि चाहानाले दशैको अवसरमा जन्म गाउँ ताराखोलामानै भिडियो गर्ने गरि रेशम निर्दोष संग आफ्नै स्वरमा राम खत्रीको शब्द तथा ईश्वर सिहको लय र बालिसङ परियारको संयोजनमा पन्चेबाजा गीत गरेउभने मायामा तिम्ले घाट न त मुद्दा नचाहिने अदालत रु दुई दिनको जिन्दगीयो सम्झि सम्झि रुम्ला लैजाउ सानू उधारो माया भए तिम्रा हुम्ला सानू नभए न हुम्ला ०गितको अडियो बनिसकेको र भिडियो जन्म गाउँ ताराखोलामानै भिडियो गर्ने तयारि भै राखेको बताईन् ।

पछिल्लो समय गित रेकर्डिङको व्यस्तता बढ्दै गएकाले काठमाडौ मै कर्म थलो बनाएकी छिन् । उनको दैनिकी गायनमै व्यस्त छ ।उनी सांगीतिक कार्यक्रम प्रस्तुतिका लागि विदेश युएई र स्वदेशका विभिन्न स्थानमा पुगेकि छिन् ।
प्रस्तुती: खगेन्द्र विश्वकर्मा

arjun

हटियालाई नमुना शहर बनाउने शहरी विकास मन्त्री केसीको प्रतिबद्धता !

बालकृष्ण सुवेदी/ गल्कोट २०७३ असोज १९ । नेपाली काग्रेसका नेता तथा शहरी विकास मन्त्री अर्जुननर्सिह केसीले संघर्षबाटनेपाली जनताले प्राप्त गरेको उपलब्धीको रक्षा र संविधान कार्यान्वयनमा राजनीतिक दलको प्रमुख दायित्व भएकोले राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका छन् । बागलुङ उद्योग वाणिज्य संघ गल्कोट ईकाईले हटियामा आयोजना गरेको दशैँ उत्सवको उट्घाटन कार्यक्रममा बोल्दै मन्त्री केसीले यस्तो धारणा राखेका हुन् ।

राज्य पुर्नसंरचना ,स्थानिय निकायको निर्वाचन लगाएत मधेसका मुद्दाको निकासको लागि सवै राजनीतिक दलबिच राष्ट्रिय सहमती र सहकार्य आवश्यक रहेको पनि उनले बताए ।

फरक प्रसंगमा मन्त्री केसीले राज्य पुनर्संंरचनागर्दा ईलाका आधारमा गरिने भएपनि जस्ताको तस्तै ईलाकालाई गाउँपालिका नबनाईने प्रष्ट पारे । ईलाकालाई आधार मानि भौगोलिक बनावटलाई ध्यान दिदै जनतालाई सहज हुने गरि पुर्नसंरचना गरिने उनको भनाई थियो ।

गल्कोटको विकास निर्माणमा सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै साना शहरी विकास कार्यक्रम मार्फत हटियालाई नमुना र ब्यबस्थित सहर बनाउन सहयोग गर्ने मन्त्री केसीले बताए ।
कार्यक्रम मा उद्योग बाणिज्य संघ बागलुङको बरिस्ठ उपाध्यक्ष युबराज राजभन्डारी ,नेपाली काङ्ग्रेस बागलुङका सचिब नबराज पौडेल , नेकपा एमाले प्रदेस नं ४ का सदस्य जनक पौडेल ,नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समिती सदस्य तिलक उप्रेती ,राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष बेदिलाल सापकोटा ,नयाँ शक्ति नेपालका केन्द्रिय परिषद सदस्य बम गुरुङ लगाएतले बोलेका थिए ।

कार्यक्रम अध्यक्ष वीरेन्द्र श्रेष्ठको अध्यक्षता , उपाध्यक्ष ढालिन्द्र गौतमको स्वागत र सचिव हेमन्त भन्डारिको संचालन मा सम्पन्न भएको थियो ।

बुधवार देखि सुरु भएको मेला २२ गते सम्म चल्ने आयोजकले जनाएका छन । मेलामा १ लाख बढी धन राशिको भलिबल प्रतियोगिता सहित अन्य खेलकुद र मनोरञ्जनात्मक कार्यक्रम सन्चालन हुने जनाइएको छ ।