Category Archives: फिचर

हे, त्रिशुली ! नढाँटी भन, तिमीले कति मानिसहरु निल्यौं प्रिय ?

बैकुण्ठ गिरी

कुनै समय नेपालमा दैनिक लडाई हुन्थे र मानिसहरु दैनिक मर्थे । समाचारका ठुला ठुला हेडलाईनहरु बन्थे र भनिन्थ्यो आज फलानो ठाउँमा माओवादी आतंककारीहरुको आक्रमणबाट यति जना नेपाली सेना, प्रहरी वा सशस्त्रका वीर जवानहरुले वीरगती प्राप्त गरे । उस्तै माओवादीहरु तर्फ यति जनाको मृत्यु हुनुको साथै सयौंको संख्यामा हताहत भएको खबर छ । भन्दा मन निकै भावबिह्वल हुन्थ्यो अनि लाग्थ्यो यो देशमा मानिसहरु कहिलेसम्म मर्नु पर्ने होला । त्यो १०÷१२ बर्षकोे अबधीमा अनेक बहानामा हजारौं नेपाली आमाका सपुतहरु मरे आज धेरैको पारिवारीक बिचल्ली भएको दैनिक संचार माध्यममा सुन्न र पढ्न पर्दा बिगत संझिएर पीडा हुने गर्छ । धेरै मानिसहरु समाज रुपान्तरणको नाममा मरे । तिनीहरुको आज कोहि शहिदको रुपमा पुकारिएका छन् कोहि कुनै पार्टीको झण्डाले छोपिएका छन् । यी राजनैतिक कुरा भए ।

तर यहाँ उठाउन खोजिएको गम्भिर कुरा राजनैतिक होईन त्रिशुली नदीको हो । जहाँ सडक दुर्घटनाको नाममा दैनिक जसो मानिसहरु मरिरहेका छन् । प्रिय त्रिशुली यो देशमा राजनैतिक तथा सामाजिक रुपान्तरणको लागि हजारौंको बलिदानी भएको कुरा तिमीलाई राम्रैसँग थाहा छ । तर तिमी किन केहि कुरा थाहा नभएजस्तो गरि हरेक समय नेपालीहरुलाई झस्काउने गरेर गाडीका गाडी मानिसहरुलाई आफ्नो शिकार बनाएकी छौं । अब तिमी बोल, कहिलेसम्म तिम्रो काखबाट हिड्दा हामी नेपालीहरुले असुरक्षित महसूस गर्नु पर्ने हो ? तिमी किन दिन प्रतिदिन यति निर्दयी बन्दै गएको ? तिमीले निलेका कैयौं मानिसहरु अहिले कहाँ छन् ? यसको जवाफ हामीले पाउने कि नपाउने ? देशको लागि भन्दै मरेकाहरुको लागि भन्दै बेपत्ता आयोग बनाइएको छ । तिमीले निलेका मानिसहरु खोज्न हामीले के नाममा आयोग बनाउने ? जसको कारण तिम्रो काखमा हिँड्दा हामीहरु सुरक्षित महसूस गर्न पाईयोस् ।
प्रिय त्रिशुली, २००७ सालमा सयौं मानिसहरु मर्दा देशले प्रजातन्त्र पायो, २०२८ सालमा झापा बिद्रोह गर्दा नेपालमा सामाजिक रुपान्तरण भयो । २०३६ सालमा नेपाली जनताको आन्दोलनले जनताको पक्षमा बहुदलीय शासन ब्याबस्थाको लागि अगाडी बढ्ने शाहस पायो । २०४६ सालको आन्दोलनले नेपाली जनताको लागि जनताका प्रतिनिधीले बनाएको बिश्वको उत्कृष्ठ संबिधान पायो । २०५२ देखिको माओवादी युद्धले झण्डै १४ हजारमा मानिसहरुको ज्यान लियो साथै २०६२÷०६३ को जनआन्दोलनले केहि मानिसहरुको बलिदानीबाट नेपालले संघीय लोकतान्त्रिक गणतन्त्र पायो । तर तिमीले भने हरेक समय नेपालीहरुलाई निलेको निल्यै छौ तर खै आजसम्म किन केहि दिन नसकेको ? कि मर्नेहरुको मुल्य तिमीलाई थाहा नै भएन । प्रिय त्रिशुली, अब तिमी चुप बस्ने अधिकार नै छैन भनिदेउ केहिले सम्म हामीले तिम्रो नाउँमा बलिदान गर्नुपर्ने हो ? नेपालका जननेता मदन भण्डारी तिमीले खायौं, अस्तिभर्खर पूर्वगृहमन्त्री माधव घिमिरे खायौ, भरखर जन्मिएका साना नावालाकहरु तिमीले खायांै, देशको लागि केहि गर्ने सपना बुनेका सयौं युवाहरुलाई तिमीले खायौं, तिमीले हरेक बर्गका मानिसहरुलाई बसेर्नी कतिको सङख्यामा खाएकी छौं त्यसको हिसाव नै छैन । त्यसको बदलामा न तिमीले केहि पाएकी छौं । यदि तिमीले केहि पाएको भए आज नेपालीहरुका सामु भन्देउ प्रिय त्रिशुली । मानिसहरुको रगत तिम्रो मुहार लत्पताउने कोशिस अब नगर । केहि दिन अगाडी नेपालको पुर्ब मन्त्रीलाई पनि तिमीले निलेको कुरा बिर्सिएकी छैनौं होला । देशको पुर्व बिशिष्ट मानिसलाई त तिमी पत्तै नहुने गरी देशको सबै सुरक्षा संयन्त्र प्रयोग गर्दा फेला नपारिने गरि लुकाउन सक्ने रहिछौं भने आम सामान्य नागरिकहरु त तिम्रो काखमा कति लुके लुके ? प्रिय त्रिशुली अब बोलिदेउ हामीले तिम्रो नाम कति बलिदानी गर्नुपर्ने हो । आफ्नी आमालाई मुक्तीनाथ दर्शन गराएर फर्किएकाहरु मात्रै होईन तिमीले रोजगारीमा गएका मानिसहरुलाई निलेकी छौं । घरपरिवारको सपना पुरा गर्नको लागि हिडेका मानिसहरु निलेकी छौं । परदेशबाट घर फर्किएकाहरु आफ्न्त भेट्न नपाई बिच बाटो मै निलेकी छौं । यस्ता अनेक सन्दर्भमा तिमीले निलेकाको हिसाब नै छैन् । प्रिय त्रिशुली तिमी अब बोल्नुपर्छ र जसरी पनि बोल्नुपर्छ ? हामीले क का लागि बलि दिनुपर्ने हो ? त्यसको कारण तिमीले जवाफ दिनुपर्ने छ ।

कुनै काममा हिडेकालाई बिगतमा आतंककारीहरु तथा राज्यका मानिसहरुले छापेको जस्तो गरि चिलले चल्ला झै टपक्प टिपेर पानी मुनी लुकाउने तिमी को हो ? त्यो बारेमा पनि तिमी बोल्नुपर्छ । होईन भने कहिले राती, कहिले बिहान गर्दै जुन समयमा पनि तिमीलाई स्वाद लाग्दा टपक्क टिपेर निर्दोस मानिसहरु लुकाउने तिमीलाई कुनै अधिकार नै छैन् । प्रिय त्रिशुली, काख कि आमा टिपेर छोराछोरी टुहुरो बनाउने तिमी को हो ? समाजको अगुवालाई टिपेर समाज नै टुहुरो बनाउने तिमी कोहो ? बाबा आमा, श्रीमती तथा परिवारको खुसी खोज्न परदेश हिडेको एउटा ईमान्दार मानिसलाई बिच बाटोमा खोस्ने तिमीलाई कसले अधिकार दियो ? के यसको जवाफ अब तिमीले दिन पर्दैन ? अब पनि यस्तै भए प्रिय त्रिसुली तिमीलाई हामी नेपालीको रगत खाने अधिकारबाट बन्चित गर्न आन्दोलनको आँधि बेहरी ल्याउनु पर्ने छ । होईन भने भनिदेउ प्रिय त्रिशुली आजसम्म तिमी कति मानिसहरु निलेकी छौं ।
कुस्मा, पर्वत ।

भैरवसँग खड्‌ग साट्दै पूवराजा ज्ञानेन्द्र

काठमाडौं: २०७३ असोज १० । सरकारले संस्कृति र परम्परालाई वास्ता नगरेको भन्दै पचली भैरवको जात्राको दर्शन र पूजाआजा गर्न तथा खड्ग साट्न यस वर्ष आयोजकहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निमन्त्रणा गरेका छन् । पचली भैरवको नयाँ घ्याम्पो फेरेको वर्ष राष्ट्राध्यक्ष गएर पूजाआजा र दर्शन गर्ने परम्परा छ । असोज १६ गते यस अवसरमा पूर्वराजा ज्ञानेन्द्र जाने भएको अन्नपूर्णपोष्टले खबर छापैको छ ।

मल्ल राजा गुणकामदेवको पालादेखि सुरु भएको पचली भैरव जात्रामा राजा त्रिभुवन बर्सेनि जान्थे भने राजा वीरेन्द्र दर्शन र पूजाआजाका लागि जाने गरेका थिए । २०५८ सालमा राजा भएपछि राष्ट्राध्यक्षको हैसियतमा पचली भैरवको पूजा गरेका ज्ञानेन्द्र त्यसको १५ वर्षपछि फेरि जात्रामा सहभागी हुन असोज १६ गते भीमसेनस्थान पुग्दैछन् ।

२०५८ सालमा फेरिएको घ्याम्पो जीर्ण भएपछि यस वर्ष पचली भैरवको घ्याम्पो फेरिएको हो । नयाँ घ्याम्पो शनिबार थकुजुजु (नेवारी राजा) को घरमा भित्र्याएर पूजाआजा गरियो । हरेकपटक घ्याम्पो फेर्दा राष्ट्राध्यक्षले पचली भैरवको पूजा गर्ने चलन छ । घ्याम्पो फेर्न पूर्वराजा ज्ञानेन्द्रले २६ लाख रुपैयाँ सहयोग गरेको र सरकारी पक्षलाई पटकपटक आग्रह गर्दा पनि वास्ता नगरिएपछि पूजाआजा र दर्शनका लागि पूर्वराजालाई बोलाइएको आयोजक बताउँछन् ।

घ्याम्पोमा पचली भैरवको ठूलो आकृतिको मूर्ति हुन्छ भने यसको माथि पाथीजस्तो आकारमा भैरवकै पत्नीको सानो मूर्ति रहन्छ । तामामा सुनको लेपन गरेर बनाइएको घ्याम्पो निर्माणमा २६ लाख रुपैयाँ खर्च लागेको छ । ‘कुनै बेला पचली भैरव गुठीका नाममा छाउनीदेखि टेकुसम्म चार सय ७० रोपनी जग्गा थियो, सरकारले गुठीको नाममा ल्याएपछि अहिले एक आना पनि छैन’, कूल परम्परा धान्न गोजीको खर्च गर्दै आएको जानकारी दिँदै थकुजुजु जयराम मल्लले अन्नपूर्णसँग भने ।

उनका अनुसार घ्याम्पो निर्माणलगायत जात्रा सञ्चालनका लागि संस्कृति मन्त्रालयलाई जानकारी गराउँदा कुनै प्रतिक्रियासम्म दिएन । उनले भने, ‘त्यसपछि घ्याम्पो फेर्न पूर्वराजा ज्ञानेन्द्रलाई निवेदन गर्‌यौं । तत्कालै मौखिक आश्वासन दिनुभएको थियो । निर्माण भएर आएकाले आज शनिबार स्थापना गर्‌यौं ।’

कूलको परम्परा धान्दै आएकाले कतिपय काममा गोजीकै खर्च भइरहेको गुणकामदेवका सन्तान जयरामले बताए । उनले घ्याम्पो फेरेको वर्ष राष्ट्राध्यक्षका हैसियतमा राष्ट्रपतिको उपस्थिति उदाहरणीय हुने भए पनि सरकारी बेवास्ताका कारण आफू पछि सरेर पूर्वराजा ज्ञानेन्द्रलाई आग्रह गरेको बताए । एकपटक जात्रा सम्पन्न गर्न साढे तीन लाखजति खर्च लाग्छ भने गुठी संस्थानले ४० हजार रुपैयाँमात्र दिँदै आएको छ ।

‘भाषण गर्ने बेलामा मन्त्री र नेताहरू सम्पदा नेपालको सम्पत्ति भन्छन् तर स्थानीयको पहलमा समेत कुनै प्रतिक्रियासम्म दिँदैनन्, योभन्दा विडम्बना के हुन्छ ? ‘ थकुजुजु मल्लले थपे, ‘हामी संस्कृति मास्न चाहँदैनौं, जसले सहयोग गरे पनि संस्कृति जीवित हुनुपर्‌यो । २०५८ र अहिले पनि ज्ञानेन्द्रले नै गर्नुभयो । उहाँले संस्कार बचाइदिनुभयो, त्यसैले असोज १६ गतेको दर्शन र पूजाआजाका लागि उहाँलाई निम्ता गरेका हौं ।’

अलौकिक शक्ति मानिने पचली भैरवको प्रत्येक १२ वर्षमा खड्गसिद्धि जात्रा हुन्छ । उक्त अवसरमा राजाहरूले तरबार साट्ने गर्थे । ‘जात्राका क्रममा पचली भैरव अर्थात् गठु प्याखसँग श्री ५ (राजा) सवारी भई पचली भैरवको खड्गसँग आफ्नो खड्ग साट्ने गर्छन्, अब हुने यो जात्रामा पनि ज्ञानेन्द्र शाहले खड्ग साट्नुहुनेछ’, थकुजुजु जयराम मल्लले भने ।

नुवाकोटका ठकुरी राजा गुणकामदेवले आफ्ना पूर्वज ठकुरी राजा शिवदेव भैरवका रूपमा सिद्ध भएकाले भैरव आजु (पूर्वज) का रूपमा काठमाडौंमा पचली भैरव स्थापना गरेका हुन् ।

पुरातत्त्व विभागका पूर्वमहानिर्देशक खड्गमान श्रेष्ठका अनुसार राष्ट्रिय अभिलेखालयमा सुरक्षित ग्रन्थ ‘उल्लेखत’ मा यो लेखिएको छ ।

पचली भैरवको देवस्थललाई पञ्चलिंगेश्वर अर्थात् पञ्चमुखी लिंगेश्वर भन्ने गरिन्छ । हिमाली क्षेत्रमध्ये काश्मीरमा चलेको लिंगायत मत, सिन्ध उपत्यकामा चलेको शिवलिंग र जलहरिको पूजा परम्परा, पाशुपत क्षेत्रमा चलेको पञ्चमुखी ज्योतिर्लिंग पूजाजस्तै पूजा यहाँ नभए पनि तान्त्रिक दृष्टिले शिवको संहारका रूपमा पचली भैरवको पूजा गर्ने परम्परा छ । उनी महादेव मसानमा बास गर्ने पिशाच आदि आसुरी शक्तिसँग बास गर्ने देवका रूपमा पनि पुजिन्छन् ।

गल्कोट हरिचौरको एउटा बृद्धमय गाउँ : कायसा !

गुमानसिँह भण्डारी

गल्कोट उपत्यकाका अधिकाँश युवाहरु बैदेशिक रोगगारीको लागि जापान, कोरिया, मलेशिया लगायत खाडी मुलुकहरुमा गएपछी अधिकाँश गाउँहरु बृद्धबृद्धाहरुको मात्र बासस्थान बन्न पुगेका छन् । गल्कोट क्षत्रका अधिकाँश युवायुवती रोजगारीका लागि जापान पुगेका छन् । गल्कोटे युवाहरुका लागी जापान रोजगारीका निम्ति आकर्षणको केन्द्र बनेको छ भने यता गल्कोटका गाउँघर भने बृद्धमय बन्दै गएका छन् ।

यस्तै गल्कोट हरिचौर-९ कायसा युवाविहीन गाउँ बनेको छ । कुनैपनि घरमा युवायुवती देख्न पाईन्न । यतिबेला बुढापाका मात्र बस्दै आएका छन कायसामा । बिरामी पर्दा, बिवाह, ब्रतबन्ध लगायतका कार्य देखी मर्दा मलामी जानपनि सम्म गाउँका बृद्धहरुलाई समस्या परेको छ । उमेर पुगेका अधिकाँश युवायुवती, छोरा बुहारी रोजगारीका लागि विदेशमा गएपछि कायसा बृद्धमय बनेको हो ।

छोराबुहारीहरु पैसा कमाउन बिदेश गएकाले घरमा एक्लै भएको बताउछन् हरिचौर ९ कायासाका बल बहादुर बुढाथोकी । घरमा पकाएर खान दिने कोहि नभएपछि छिमेकीले ल्याईदिने गरेको उनले बताए । बुढेसकालमा पकाएर खान दिने बुहारीपनि छोराले जापानमै लगेपछि बुढाथोकीलाई थप समस्या परेको छ । बुहारीले १ बर्षकोे नातिलाई छोडेर गएको भन्दै बुढाथोकीले दुखेसो पोखे ।

कुनै समय १४ जना सदस्य रहेको घरमा हाल बुढाबुढी मात्र टक्रक्क बस्छौ, कति उराठ लाग्दो जीवन भोग्न पयो यो बुढेसकालमा बुढाथोकीले चित्त दुखाए ।

कायसाकी ६५ वर्षिया गंगा कुमारी बस्नेतको दुखेसो पनि त्यस्तै छ । छोराबुहारी जापान गएपछि घरमा बुढाबुढी छौँ, बिरामी पर्दा, घरायसी सरसामान किनमेल र खेतीपातीका लागि निकै समस्या परेको छ बस्नेतले भनिन् । छोराबुहारी, नातिनातिनाहरु सबै जपानमा गएपछि घरमा बुढाबुढी मात्र रहेका ८८ बर्षिय हर्क बहादुर बस्नेतले बताए ।

युवाहरुलाई सरकारले योग्यताका आधारमा रोजगारीको ग्यारेन्टी गर्न सके मात्र नेपालमा युवाहरु रहनेछन । होईन भने गल्कोट क्षेत्र जस्तै अन्य ठाउँका युवाहरु पनि बिदेशीएर गाउँघरमा अशक्क्त, असहाय, बृद्धहरु मात्र नहोलान भन्न सकिन्न ।

गल्कोट हरिचौरको हालै खिचिएको हवाई तस्बिर ।
Gumansingh Bhandari
पत्रकार भण्डारी गल्कोट एफएममा कार्यरत छन् ।

नेपाल भुटान बनेकै हो त ?

दुर्गानाथ शर्मा

प्रधानमन्त्री पुष्पकमल दाहाल कुर्सीमा बसेको एक महिना नपुग्दै हान्निएर भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा चार दिनको राजकीय भ्रमण सम्पन्न गरी फर्किएका छन् । भारतमा उनको राम्रै सम्मान र स्वागत भयो । यसअघि भारत गएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई यति सम्मान दिइएको थिएन । उनको भ्रमणमा त भ्रमणको सफलता नाप्ने ‘संयुक्त विज्ञप्ति’ नै निकालिएन । त्यतिबेलैदेखि कांग्रेस-माओवादी गठबन्धनको सरकार आउँछ भन्ने लख काटिएकै हो ।
भौगोलिक रूपमा नेपाल र भारत राम्रो सम्बन्ध भएका छिमेकी मुलुक हुन् । भारत ठूलो छ, नेपाल सानो । तर पनि दुवैबीच हार्दिक मित्रता छ । बेलाबेलामा यी दुई मुलुकबीच पनि मित्रतामा खलल आउने गरेको छ । दुइटा भाँडा नजिकै राख्दा कोही बेला ठोक्किएर आवाज आउँछ भन्ने उखान नै छ । सायद त्यही भएर होला ! नेपालका कुनै पनि प्रधानमन्त्री भारत भ्रमणमा जाँदा कतै भारतीय स्वार्थमा कुनै गोप्य सम्झौता हुन्छ भनेर नेपालीका कान ठाडो हुने गरेको मातृकाप्रसाददेखि गिरिजाप्रसाद कोइरालाको पालादेखि नै हो ।
कोसी सम्झौता र टनकपुर सम्झौता यसका दुई उदाहरण हुन् । पछिल्लोपटक टनकपुरलाई समझदारी भनेर कोइरालाले भारत गएका बेला सही धस्काएपछि यो त सन्धि हो, संसद्बाट स्वीकृति नलिई हुन्न भनेर ठूलै विवाद भएको थियो ।
यसपटक पुष्पकमल दाहालको भारत भ्रमण उनकै शब्दमा सफल रहेको छ । तर भ्रमणको अन्त्यमा प्रकाशित संयुक्त विज्ञप्तिका केही बुँदाले भने उनको भ्रमणप्रति शंका उब्जाएको छ । नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र हो । भारतले नेपालका राजाहरूलाई पनि ‘भुटानकै राजा’ जस्तो बनाउन प्रयत्न नगरेको होइन ।
तर राजाहरूले देशको राष्ट्रियता र सर्वभौमतामा आँच पुग्ने काम गरेनन् र भारतको यो प्रस्तावलाई अस्वीकार गर्दै आए । पछिल्ला राजा ज्ञानेन्द्रलाई पनि भारतले तपाईं भुटानको राजाजस्तै भइदिन स्वीकार गर्नोस्, हामी यो जनयुद्ध बन्द गराइदिन्छौं भन्ने भारतको प्रस्ताव लिएर करण सिंह काठमाडौं आएको अनौपचारिक हल्ला सुनेकै हो ।
तर यसपटक प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसितको वार्तामा अन्तर्राष्ट्रिय मुद्दामा समान धारणा बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्ने भारतको आग्रहमा सही गरेर फर्केको कुराले भने अब नेपाल स्वतन्त्र मुलुक रहेन कमसेकम भारतका दृष्टिमा भन्ने कुराचाहिँ पक्कै जस्तो भएको छ ।
अन्तर्राष्ट्रिय वादविवाद र कैयन् मुद्दामा भारत र नेपालमा समान धारणा हुनु एउटा कुरा हो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्जस्ता संस्थामा भारतको उम्मेदवारीलाई नेपालले समर्थन गर्नु पनि अस्वाभाविक होइन । आफू पुग्न नसक्ने तहमा आएमा छिमेकीलाई समर्थन गर्नु स्वाभाविकै हुन्छ, तर विज्ञप्तिमा उल्लेख भएको भाषा हेर्ने हो भने अन्तर्राष्ट्रिय मुद्दामा समान धारणा बनाउने भारतको यो प्रस्तावचाहिँ हाम्रो स्वतन्त्र विदेश नीतिविपरीत हुन्छ । यसबाट भारतले नेपाललाई भुटान बनाउन खोजेको पुष्टि हुन्छ ।
भारत र भुटानबीच १९४७ मा एउटा सम्झौता भएको छ, जसमा भुटानको विदेश र सुरक्षा मामला भारतले हेर्ने भनिएको छ । अब यसबाट हामीले कतै भारतले नेपाललाई पनि भुटान बनाउन खोजेको त होइन ? अनेक शंकाले ठाउँ पाएको छ । यसो हो भने त भारत र पाकिस्तानबीच पाकिस्तान अधीनस्थ कश्मीरमा भएको आतंककारी घटनालाई लिएर युद्ध हुने स्थितिमा पुगिसकेको छ । कमसेकम भारतका टेलिभिजन मिडिया हेर्ने हो भने भोलि नै या अर्को हप्ताभित्रै दुई मुलुक संर्घषमा भिड्ने हो कि जस्तो गरेर जनता र सरकारलाई उचालिराखेका छन् ।
त्यसो भए भोलि भारतसित समान धारणा बनाउने सहमतिअनुसार नेपालले पाकिस्तानप्रति विरोध जनाउने र मागेका खण्डमा सैनिक सहयोग पनि गर्ने हो त ? विज्ञप्तिले त्यही जनाउँछ । भारतले पाकिस्तानको ठूलो प्रान्त बलुचिस्तानलाई पाकिस्तानबाट छुट्याउने रणनीति बनाउँदैछ, के नेपालले यसमा पनि भारतकै कुरा मान्नुपर्ने ?
त्यसो भए राजा महेन्द्रले नेपाललाई असंलग्न आन्दोलनमा सरिक गराएको कुरा अबको सरकारले झिकिसकेको ठाने हुन्छ ? युगोस्लाभियाका मार्सल रिटो, भारतका जवाहरलाल नेहरूजस्ता नेताले अमेरिका र तत्कालीन सोभियत संघका गुटबाट अलग रहन असंलग्न आन्दोलन स्थापना गरेर हाम्रो मुलुक असंलग्न नीतिका सदस्य भएका हुन् ।

कि त हामीले असंलग्न आन्दोलनबाट आफू हटेको घोषणा गर्नुपर्ने हुन्छ, कि त भारतसित भएको पुष्पकमल दाहालको सहमति खण्डन गर्न सक्नुपर्छ । कुनै पनि अन्तर्राष्ट्रिय विवादमा नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर विवादको गुण र दोष विश्लेषण गरेर आफ्नो ‘विचार’ बनाउनु उपयुक्त हुन्छ ।
अमेरिकाले नेपाललाई र दक्षिण एसियाका मुलुकलाई भारतको आँखाले हेर्ने जस्तो अव्यावहारिक र गैरकूटनीतिक निर्णयतर्फ नेपाल जानु हुँदैन ।

विज्ञप्तिको भाषामा नेपालको नयाँ संविधानप्रति असन्तुष्ट मधेसकेन्द्रित दलको मोर्चाको कुरा उल्लेख हुनु पनि गलत हो । मधेसी दलको सरोकार नितान्त नेपालको आन्तरिक मामला हो । मधेसीप्रति भारतको सहयोग, समर्थन र सहानुभूति हुनु ‘उनीहरूले भन्ने गरेको रोटी र बेटीको नाता’ ले ठीकै पनि होला । भारतले अहिले पनि प्रधानमन्त्री गएको मौकामा नेपालको संविधानलाई समर्थन गरेको छैन, स्वीकार गरेको छैन ।

अमेरिकाले नेपाललाई र दक्षिण एसियाका मुलुकलाई भारतको आँखाले हेर्ने जस्तो अव्यावहारिक र गैरकूटनीतिक निर्णयतर्फ नेपाल जानु हुँदैन ।

घोषणा भई लागू भएको एक वर्ष बितेर कार्यान्वयनको तहमा पुगिसक्दा पनि सम्भवतः मधेसकेन्द्रित दलकै पोल सुनेर भारतले समर्थन नगरेको हुन सक्छ । मधेसकेन्द्रित दलले पनि आफ्नो ‘घर-झगडा’ लाई भित्रै वार्ता गरेर अथवा संघर्ष गरेर समाधानको खोजी गर्नुपर्छ नकि छिमेकी मुलुकलाई गुहारेर ! घरैभित्र झगडा छ, एकले अर्काको खुट्टा हान्ने प्रवृत्ति छ ।
सबैको रुचि सत्तामा गएर मोज गर्नेछ भने कसरी हुन्छ वार्ता ! संसद्मा दोस्रो ठूलो दल एमालेसित मिलेर, निःस्वार्थ रहेर घनीभूत छलफल गरेर सहमतिमा नपुगी संविधान संशोधन हुनै सक्दैन । यो कुरालाई सबैले बुझेकै छन्, तर बुझ पचाएर बस्ने हो भने यो दोस्रोपटक अर्बौं रुपैयाँ खर्च गरेर ल्याएको संविधानले पनि काम गर्ने छैन । हाम्रो मुलुक संविधानविहीन हुनेछ ।
प्रधानमन्त्रीले न्युयोर्क जाने कार्यक्रम रद्द गरेर राम्रो काम गरेका छन् । राष्ट्रसंघमा नेपालले गर्ने केही छैन । प्रधानमन्त्रीले एउटा भाषण दिनेबाहेक अरू के काम हुन्छ ? परराष्ट्रमन्त्री नै पर्याप्त हुन्छन् । तर यो कुरा भारतबाट फर्केपछि मात्र प्रचण्डलाई लाग्नुको के अर्थ छ ? केही समयअघि यसरी नै दाहालले अस्ट्रेलियाको भ्रमण पनि अन्तिम समयमा स्थगित गरेका थिए ।
त्यसबेला उनलाई जनयुद्धमा गरेको हत्याको आरोपमा अन्तर्राष्ट्रिय अदालतले समात्छ भन्ने हल्ला सुनेरै प्रचण्डले भ्रमण रद्द गरेको हल्ला नचलेको होइन । यसपालि त एउटा मुलुकको प्रधानमन्त्रीको हैसियतमा राष्ट्रसंघमा जाँदा कूटनीतिक मर्यादाले पनि त्यसो गर्ने सम्भावना थिएन । तर जे होस्, राष्ट्रभित्रै गर्नुपर्ने धेरै काम बाँकी रहेकाले ‘आफू नजाने’ निर्णय गरेर एउटा राम्रो काम गरेका छन् ।
बरु यसपटकको भ्रमणमा ‘प्रचण्डपत्नीको गैरकूटनीतिक आचरण’ को भने केही नराम्रा हल्ला पनि आए र टेलिभिजनका पर्दामा पनि देखियो । तर यसमा ‘प्रचण्डपत्नी’ लाई दोष दिने ठाउँ छैन । उनलाई पतिले पनि प्रथम महिला विदेश जाँदा के गर्ने, के नगर्ने बताउनुपथ्र्यो । मुख्य कुरा राष्ट्रकै प्रथम महिला भएकोले हाम्रो पराराष्ट्र मन्त्रालयका शिष्टाचार महापालले त्यहाँ उहाँबाट पालना गरिनुपर्ने शिष्टाचारका बारेमा राम्रो व्याख्या गर्नुपर्ने हो, सायद त्यो भएन कि ?
Durga-Nath-Sharma_1
दुर्गानाथ शर्मा

अन्नपूर्णपोष्टबाट साभार ।

राराबास देखि राराताल सम्म पर्यटकीय प्याकेज बनाउँदै सोट्टो–नेपाल

नेपालका थुप्रै गन्तव्यहरुको खोजी, प्रबद्र्धन र पर्यटकीय प्याकेज बनाउँदै आएको सोसाईटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो–नेपाल) नेपालले राराबास देखि नेपालकै ठूलो रारातालसम्मको पर्यटन प्रबद्र्धन र पर्यटकीय प्याकेज कार्यक्रम अगाडि बढाएको छ । आन्तरिक पर्यटन प्रबद्र्धन कार्यक्रम अन्तर्गत बर्दिया–बाँके(गाभर भ्याली)–सुर्खेत–दैलेख–कालिकोट–जुम्ला–मुगुको रारासम्म स्थलगत अध्ययन अवलोकन पछि सोट्टोले उक्त कार्यक्रम अगाडि बढाउने भएको हो ।

पर्यटनसँग सरोकार राख्ने विभिन्न संघसंस्था, राजनीतिज्ञ, सरकारी निकायका पदाधिकारीहरु र पर्यटन पत्रकारहरु सहित दुई दर्जन व्यक्तिहरुको सहभागीता सहितको फार्म टुर पछि उक्त प्याकेज कार्यक्रम निर्माण गर्न लागिएको हो । बर्दियादेखि रारासम्म रहेका प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक, धार्मिक महत्वका सम्पदाहरुको अवलोकनका साथै कर्णालीका जिल्ला–जिल्लाका पर्यटकीय सम्पदाहरु र तीनीहरुको विकासमा पर्यटन प्याकेज निर्माण गरेर अगाडि बढिने बताइएको छ । त्यस क्षेत्रको पर्यटनका सम्भावना र पर्यटनबाट लिन सकिने फाईदाका विषयमा सरोकार पक्षलाई भोक जगाईदिएको छ । सरकारले घुमफिर वर्ष मनाइरहेको सन्दर्भ पारेर नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सोट्टोले भदौ ३० देखि असोज ८ सम्म उक्त अध्ययन भ्रमण गरेको हो ।

भ्रमणलगतै सोट्टोले अब रारा क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटक पठाउनको लागि गृहकार्य थाल्ने सोट्टो–नेपालका अध्यक्ष यमबहादुर खड्काले बताए ।

फार्म टुर अबधिभर सँगै रहेका नेकपा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापाले राराबास देखि रारातालसम्मका पर्यटकीय स्थलको संरक्षण र सम्बद्र्धन, बजारीकरणमार्फत उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सबै लागि पर्नुपर्ने बताए । उनले भने, ʽराराबास(गाभरभ्याली)देखि रारातालसम्म पर्यटकलाई पुर्याउँदाका दुःखहरु के छन् ? रारामा पर्यटक आए भने त्यसको लाभ तपाई कर्णालीबासी र देशले यी विषयलाई कसरी सम्बोधन गर्न सक्छ भनेर हामी यहाँ आएका हौं । यसमा कर्णालीबासी जनताले यहाँको पर्यटनको विकासमा अन्तिम निर्णय लिनुपर्नेछ ।ʼ प्रमुख थापाले गुनासोमात्र होईन काम गर्न एक भएर जुट्नुपर्ने बताए ।
जुम्लाका साँसद एवं पूर्व पर्यटन राज्यमन्त्री बलबहादुर महतले सुन्दर कर्णालीको समग्र पर्यटनको विकासमा आफुले सक्दो बजेट विनियोजन गरेको, त्यसको सदुपयोगमा लाग्न सबैसँग आग्रह गरे । कर्णालीका पर्यटकीय सम्पदालाई राष्ट्रियरुपमा जोड्न र यसको विकासमा आफु संधै लागि पर्ने उनले बताए ।

फार्म टुरमा सँगै रहेका नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक मणि लामिछानेले कर्णालीका पर्यटकीय सम्पदाहरुबारे यथार्थ सूचना दिन भ्रमण फलदायी बनेको बताए ।

त्यस्तै होमस्टे एसोसियसनका अध्यक्ष भिम केसीले बर्दियादेखि मुगुको रारासम्म पर्यटकलाई बसाउने होमस्टेको विकास गरिनुपर्ने र यसका लागि सहयोग गर्न आफुहरु लागिपर्ने बताए ।

मुगु(रारा)का पर्यटन व्यवसायी गोपाल बमले राष्ट्रकै प्रमुख पर्यटकीय क्षेत्र रारालाई सबैले महत्व दिएर लगानी बढाउँदै स्थानीयका साथै राष्ट्रकै आम्दानीमा योगदान दिनुपर्ने बताए ।
उक्त समूहले बाँके–बर्दियामा (गाभर भ्याली होमस्टे अर्थात राराबास), सुर्खेत, दैलेखको गुराँसे, कालिकोटको मान्मा, जुम्लाको खलंगा, मुगुको रारातालमा पर्यटकीय सम्भावना र चुनौति विषयमा छुट्टाछुट्टै अन्तक्रिया कार्यक्रम गरेको थियो । अन्तक्रियामा हरेक जिल्लाका पर्यटन व्यवसायी, स्थानीय वासिन्दा, राजनीतिक दलका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, विभिन्न कार्यालयका प्रमुखहरु, पर्यटन व्यवसायी, संचारकर्मीहरु सहितको सहभागीता रहेको थियो । रारा ताल परिसरमा राष्ट्रिय ताल संरक्षण विकास समितिसँगको सहकार्यमा संयुक्त अन्तक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
यसअघि पनि सोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो–नेपाल) ले नेपालका थुप्रै नयाँ गन्तव्यहरुको प्रबद्र्धन र प्याकेजिङ गर्दै आएको छ । रारासम्म पुग्ने सबैले मानव भएर जन्मिएपछि एक पटक धर्तीको स्वर्ग मानिने रारातालसम्म पुग्नै पर्ने बताएका छन् ।

२१ किलो मिटर लामो मालढुंगा-कुस्मीसेरा सडक २१ वर्ष सम्म अधुरै (भिडियो)

भ्रष्टाचारीलाई कार्बाहीको माग गर्दै उपभोक्ताले दिए अख्तियारमा उजुरी !

तजबिज खबर, बागलुङ २०७३ असोज ७ । २१ किलो मिटर लामो बागलुङको खुँदुर्के मालढुंगा कुस्मीसेरा सडक निर्माण सुरु भएको २१ वर्ष बित्दापनि अधुरो छ । २०५२ सालमा निर्माण सुरु गरिएको सो सडक २०७३ सालको आधा समय सकिँदा सम्म सडक ग्राबलिंग भएको छैन । सदरमुकामसंग जिल्लाको दक्षिण क्षेत्रका डेढ दर्जन गाविसहरुलाई जोड्ने यो सडकमा स्थानीय जनता ज्यान हत्केलामा राखेर यात्रा गर्न बाध्य छन । सुरु देखी पुछार सम्मको सडक हिलाम्मे छ, ठुला ठुला खाल्डा खुल्डीले यात्रा असुरक्षित एवं असहज बनेको छ ।

यो २१ किमि सडक निर्माणमा करोडौँ रकम खर्च भैसकेको छ । कार्य प्रगति कछुवा गतिमा छ । घरघरमा चर्चा छ, मालढुंगा कुस्मीसेरा सडक भ्रष्टाचारीहरुका लागि दुहुनो गाई साबित भएको छ । सडक निर्माणमा कुन आबमा कति रकम खर्च भएको छ भन्ने उपभोक्ताहरुको जिज्ञासालाई जिल्ला विकास समिति बागलुङले सम्वोधन गर्न हिच्किचाए पछी सडक निर्माणमा व्यापक आर्थिक दुरुपयोग भएको पुष्टी भएको हो ।

मालढुंगा कुस्मीसेरा सडक निर्माणमा भएको भ्रष्टाचारको दुर्गन्धले जिल्ला गन्हाए पछी गत साउन महिनामा पीडित उपभोक्ताहरुले प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे समक्ष सडकको यथार्थ गतिविधी जाहेर गरी निवेदन समेत दिई तत्काल कार्बाहीको माग गरेका थिए । प्रजिअ पाण्डेले सम्वन्धित निकायका प्रमुख, प्राविधक एवं सरोकार राख्नेहरुलाई तुरुन्तै छलफल गरी यथार्थ कुरा बाहिर ल्याउन निर्देशन दिएपनि त्यस्को पालना हुन नसकेको पीडित उपभोक्ताहरुको भनाईछ ।


यस्तो छ, मालढुंगा कुस्मीसेरा सडकको दर्गती !

सडक निर्माणमा भए गरिएको लापर्बाही एवं ढिलाईलाई लिएर प्रभावित क्षेत्रका उपभोक्ताहरुले स्थानीय सरोकारवाला निकायको बारम्बार ध्यानाकर्षण गराउदा समेत केहि सिप नलागेपछी उपभोक्ताहरुले निर्माण कार्यमा भएको ढिलाई, लापर्बाही एवं भ्रष्टाचारका बारेमा अबिलम्ब छानबिनगरी दोषीलाई कार्बाहीको माग गर्दै सडक निर्माण कार्यलाई गति दिन अख्तियार अनुसन्धान आयोगमा उजुरी दर्ता (३५९१) गराएको बताएका छन् ।

मालढुंगा-कुस्मीसेरा सडक निर्माण प्रति यस्तो छ, स्थानीय जनताको धारणा !

यो सडक २०५२ सालमा निर्माण गर्न सुरु गरिएको भएपनि २०५४ सालबाट एडीबीको सहयोगमा २०५९ साल सम्म रफतारमा काम भएको स्थानीय उपभोक्ताहरु बताउछन् । एडीबीको अफिस बागलुङ जिल्लाबाट स्थानान्तरित भएपछी यसको निर्माण गती रोकियो । केहि समय स्थानीयले चन्दा श्रमदानबाट सडक निर्माण कार्य जारी राखे । स्थानीयको प्रयासबाट मात्र यो सडक निर्माण सम्भव नदेखेपछी राजनीतिक दलहरु, स्थानीयवासीको प्रयासमा जिल्ला विकास समिति बागलुङबाट बजेट विनियोजन गरी सडक निर्माण कार्य अघि बढ्यो । जिल्ला विकास समिति र ड्रिलिपको सहयोगमा मालढुङ्गाबाट कस्मिसेरा सडक खण्डलाई ३ प्याकेजमा विभाजन गरेर मालढुङ्गा देखि नारायणस्थानको खाने पानी ट्यांकी सम्म क खण्ड, नारायणस्थानको खाने पानी ट्यांकी देखि अमलाचौर ९को गहते सम्म खण्ड ख र अमलाचौर ९को गहते देखि कुस्मिसेरा सम्म खण्ड ग मा विभाजन गरेर काम सुरु गरियो । खण्ड क र ख मा काम सम्पन्न गरिएको बताईयो तर बिडम्बना सो सडकमा हिउँद र बर्षाको समयमा साना गाडि पनि चल्न नसक्ने अवस्था देखिएपछी उपभोक्ताहरु सडक निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै बिरोधमा उत्रिए ।

कस्तो छ, मालढुंगा-कुस्मी सेरा सडक ? के भन्छन्, पीडित उपभोक्ताहरु ?

गत वर्षको असोज देखि खण्ड ग मा काम सुरु गर्ने गरि ठेकेदार कम्पनीले मजदुर र औजार लिएर कार्यक्षेत्रमा गैसकेपछि स्थानीय सरोकारवालाहरुले खण्ड क र ख निर्माण सम्पन्न गरेर पनि गाडी आवतजावत गर्न नसकेको हुँदा भौगोलिक अवस्था अनुसार जमिन कम्जोरी भएकोले र बनिरहेको बाटो साँगुरो भएकोले बर्षातको समयमा जताततै पानी निस्कने हुँदा कुलाहरु (नालीहरु) ठुला ठुला बनाउने र पहिला बनेको बाटोमा ठुलाठुला खाडालहरु भएकाले ती खाडालहरुमा अग्रिम ढुंगा बिछ्यानुपर्ने माग सहित स्थानीयहरुले काम गर्न अवरोध गर, करिब १० दिन सम्म काम रोकिए पछि जिल्ला विकास समिति अन्र्तरगतका ड्रिलिप सँस्थाका इन्जिनियर, ओभरसियर र सामाजिक परिचालकहरु विवादित ठाँऊमा पुगो लामो समय सम्म विवाद भए पछि जसको जग्गा छ उसलाई कार्यसमितिमा राख्ने गरि गाउँ विकास समितिका अध्यक्षको अध्यक्षतामा समिति पनि बनाईयो ।

समिति बनाए पनि त्यो समितिलाई कति साइजको बाटो हो ? कुन गुणस्तरको बाटो हो ? र कति समय भित्र बनाई सक्नुपर्ने हो ? कस्ता सामग्री प्रयोग गरिन्छन् त्यस बारेमा कुनै पनि जानकारी गराईएन । जानकारी नगराई सोझा साझा स्थानीयहरुलाई इन्जिनियर, ओभरसियरहरु गएर कुनै पनि गुनासो नसुने पछि स्थानीयहरुले पुनः निर्माण कार्यमा अवरोध गरे पश्चात पुनः काठमाडौं देखि प्रोजेक्ट इन्जिनियर, ओभरसियर समेत कार्यक्षेत्रमा आए । स्थानीय तथा राष्ट्रिय सञ्चार माध्ययमा गुणस्तरहिन काम गरिएको, स्थानीयले काम रोकेको बारे प्रचार प्रसार भयो । समितिलाई माथि उल्लेखित गुणस्तरीय बुँदामा सहभागी गराई उपभोक्ताहरुलाई समेत व्यवास्था गरि बाटो फाराकिलो गर्ने काम गरियो । यसै क्रममा माटो भएको ठाउँमा फराकिलो र पहरो भएको ठाउँमा कामै नगरी साँगुरा नालीहरु बालुवा धेरै सिमेन्ट कम गरि कम्सल काम गरियो । ग्याविन राख्ने क्रममा गुणस्तरहिन जालिहरु प्रयोग गरि थोरै मात्र काम गरिएकोले प्रभावित उपभोक्ताहरु सडक निर्माणमा भएको लापर्वाही र भ्रष्टाचार बारे अबिलम्ब छानविन गरी कार्बाहीगर्न जोडदार आवाज उठाई रहेका छन् ।

परराष्ट्र नीतिमा राजा महेन्द्र

केशवप्रसाद भट्टराई

नेपाली राजनीतिमा रहिआएको भारतीय दबाब र हस्तक्षेपकै कारण २०४६ पछिको नेपाली राजनीति अस्थिर, अराजक र परिणामविहीन छ । त्यसलाई सामना गर्ने सबालमा अपवादको अवस्थामा बाहेक नेपाली राजनीतिले प्रदर्शन गरिरहेको कायरता र लाचारीले समस्या झन् जटिल र कठिन बनाइरहेको छ । राष्ट्रिय सुरक्षा, एकता, अखण्डता इतिहासमा सबैभन्दा कमजोर बनेको आजको अवस्था त्यसैको परिणाम हो ।

यही क्रममा नेपालको वर्तमान संविधान कार्यान्वयनको सवालमा भारतको स्वामित्व स्विकारेर प्रधानमन्त्री पुष्पकमल दाहाल यसै साताको सुरुमा भारत भ्रमणबाट फर्किए ।
नेपालको मुख्य र सबैभन्दा जटिल राजनीतिक समस्या भनेको नेपालको राजनीतिमा भारतले खोजेको स्थायी स्वामित्व हो । नेपालको विदेश र रक्षा नीतिमा खोजेको अभिभावकत्व हो । नेपालको भौगोलिक अप्ठेरोको क्रूर दोहन र शोषण गरेर भारत उक्त लक्ष प्राप्त गर्न चाहन्छ । यसलाई आफ्नो भूराजनीतिक नियतिको रूपमा नेपालले स्विकारोस् भन्ने उसको सात सालदेखिकै नीति हो ।

मुलुकलाई यो भूराजनीतिक नियतिबाट मुक्ति दिलाउने रणनीतिक उपायको रूपमा राजा महेन्द्रले पाँच दसकभन्दा अघि कोदारी राजमार्ग निर्माणबाट सुरु गरेको प्रयासलाई सार्थकरूपमा अद्यावधिक गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीले चीनसँग यातायात तथा पारवहनसम्बन्धी सहमति र सम्झौता गरेर मुलुकको लागि एउटा सुखद र सुरक्षित राजनीतिक र आर्थिक भविष्यको बाटो खोलेका हुन् ।
तर त्यही सहमति र सम्झौताका कारण विकसित नाटकीय राजनीतिक वातावरणको परिणामस्वरूप ओली प्रधानमन्त्री पदबाट मुक्त भए र ओली सरकारकै प्रमुख घटक दलको नेतृत्वमा र नेपाली कांग्रेसको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्री भए ।
नेपाली राजनीतिको यस्तै अशोभनीय दुर्वल चरित्रले आन्तरिक राजनीतिक सवालमा नेपाली जनताको ठूलो पंक्तिमाझ आलोचित रहँदारहँदै पनि स्व. राजा महेन्द्रप्रति जनताको सम्मान र स्वीकृतिमा एक्कासि ठूलो वृद्धि हुन पुगेको छ ।

प्रजातन्त्रको विकल्प अझ उन्नत प्रजातन्त्र मात्र हो भन्ने र निर्वाचित सरकार र शक्ति पृथक्कीकरणको सिद्धान्तलाई आफ्नो सम्पूर्ण राजनीतिक आस्थाको रूपमा उल्लेख गर्दै आएका राजनीतिक दलहरूले पनि संसद्को सबैभन्दा ठूलो दलको निर्वाचित सरकारको ठाउँमा सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई एकैसाथ कार्यपालिका र न्यायपालिकाको प्रमुखको रूपमा स्विकारेर राजा महेन्द्रको सत्र साल पुस १ को कदमलाई राजनीतिक वैधता दिएका हुन् ।
जनादेशको अवमूल्यन हुने गरी २०६२-६३ अघि र पछि गरेर बारम्बार संसद्को तेस्रो ठूलो दलको नेतृत्वमा सरकार गठन गरेर निर्माण गरेको राजनीतिक विकृतिले पनि राजा महेन्द्रको उक्त कदमले स्वीकृति पाउँदै गएको छ ।
राजा महेन्द्रले कुनै औपचारिक शिक्षा पाएनन् । राणाशासनमा अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिबारे प्रत्यक्ष अभ्यास र अनुभवको अवसर पनि उनलाई थिएन । राजा त्रिभुवनको पालामा पनि भारतीय राजदूत र राजाका भारतीय सल्लाहकारको प्रभुत्वअन्तर्गत मुलुकी राजकाजको प्रत्यक्ष अनुभव नगरेका राजा महेन्द्रले आफ्नो हातमा शासन आउनेबित्तिकै त्यसलाई आफ्नो लक्षमा जसरी सञ्चालन गरे र अन्तर्राष्ट्रिय कूटनीति र राजनीतिमा जुन तीक्ष्ण तथा विलक्षण सुझबुझ र प्रतिबद्धता प्रदर्शन गरे, त्यसले उनलाई नेपाली राष्ट्रियताका प्रतीक मात्र बनाएको छैन, असीमित कूटनीतिक साहस र कौशलका स्वामीको रूपमा पनि चिनाएको छ ।

नेपाल-चीन सम्बन्ध, नेहरू र राजा महेन्द्र

अक्टोबर २४, १९५३ मा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले विदेश सचिवलाई दिएको एउटा निर्देशनमा दिल्लीस्थित अमेरिकी राजदूतलाई पुनः नेपालमा अमेरिकी गतिविधिबारे सजग गराउन भनेका छन् । थप रोचक के छ भने राजा त्रिभुवनका एक सल्लाहकार मृगेन्द्र समशेर राणाको अमेरिका भ्रमणबारे पनि नेहरूको तीव्र असन्तुष्टि व्यक्त भएको छ । सोही पत्रमा नेहरूले नेपाली कांग्रेसका नेता बीपी कोइराला र उनका सहयोगीहरू नेपालको स्थिरताविरुद्धका चुनौती भएका र उनीहरूबाट प्रस्तुत चुनौतीलाई हरसम्भव तरिकाले सामना गरिनुपर्ने उल्लेख गरेका छन् ।

अक्टोबर १९५४ मा भारतीय प्रधानमन्त्री नेहरू चीन भ्रमणमा रहेको बेला चिनियाँ प्रधानमन्त्री चाउ एन लाईसमक्ष नेपाल भारतसँग समन्वय गरेर मात्र आफ्नो पररास्ट्र नीति सञ्चालन गर्न सहमत भएको बताएका छन् । भारत नेपाल र चीनबीचको दौत्य सम्बन्धको विपक्षमा नरहे पनि नेपालमा चिनियाँ दूतावास स्थापना गर्दा अमेरिकाले पनि नेपालमा त्यस्तो दूतावास स्थापना गर्ने भएकाले नेपालमा दूतावास स्थापना नगर्न उनले चीनलाई सहमत गराएको अवतार सिंह भासिनले आफ्नो पुस्तकको पछिल्लो संस्करणमा उल्लेख गरेका छन् ।

माथिका सन्दर्भले राजा महेन्द्र राजगद्दीमा बस्दा नेपालको परराष्ट्र नीति कुन हदसम्म भारत आ िश्रत थियो, बुझिन्छ । त्यसलाई विशेष सम्बन्धको अर्थात् नेपालको रक्षा र परराष्ट्र मामिलामा भारतीय अभिभावकत्वको युग मानिन्छ ।
मार्च १९५५ मा महेन्द्र राजा हुनेबित्तिकै उनले मुलुकको परराष्ट्र नीतिलाई नयाँ दिशा दिए । राजा त्रिभुवनको पालामा भारत सरकारको अधिकारीको रोहबरमा दिल्लीमा मात्र नेपालले चीनलगायतका अन्य मुलुकसँग वार्ता गर्नुपर्ने भारतीय नीति थियो । त्यही दबाब रहन्थ्यो । त्यसकारण नेपाल-चीन सम्बन्धसम्बन्धी वार्ता अघि बढ्न नसकिरहेको अवस्थामा महेन्द्रले भारतलाई कुनै जानकारी नगराइकनै काठमाडौँमा नेपाल र चीनका प्रतिनिधिमण्डलबीच वार्ता गराए । प्रधानमन्त्री टंकप्रसाद आचार्यलाई चीन भ्रमणमा पठाए । राजा भएको पाँच महिनामै उनले चीनसँग दौत्य सम्बन्ध स्थापना गरे । सेप्टेम्बर १९५६ मा दुवै देशले दिल्लीस्थित आआफ्ना देशका राजदूतलाई एकअर्को देशको लागि राजदूत नियुक्त गरे । यसबारे भारतीय प्रधानमन्त्री नेहरू र उनका विदेश सचिवले नेपालस्थित भारतीय राजदूतसँग चरम असन्तुष्टि पोखेका पत्रहरू भासिनले आफ्नो पुस्तकमा समावेश गरेका छन् ।
राजा महेन्द्रले सोभियत संघसँग दौत्य सम्बन्ध राख्न र सोभियत संघले नेपालमा दूतावाससमेत स्थापना गर्ने कुराले त नेहरू र उनको विदेश मन्त्रालय उत्तेजित हुन पुगेको व्यहोरासमेत उनका पत्रहरूले प्रस्ट पार्छन् । कहाँसम्म भने नेपालको भारतसँग भन्दा डेढ सय वर्ष पहिलादेखि सम्बन्ध रहिआएको बेलायतसँग र भारत स्वतन्त्र हुनुभन्दा अघिदेखि दौत्य सम्बन्ध रहिआएको अमेरिकासँग नेपालले कुनै विषयमा वार्ता र कुराकानी गर्न पनि भारत सरकारको रोहबरमा मात्र गर्नुपर्नेबारे भारतीय प्रधानमन्त्रीले नेपालका राजा र प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई बारबार स्मरण गराएका पत्रहरू माथि उल्लिखित भासिनको कृति र स्वयं मातृकाप्रसादको आत्मकथामा समाविष्ट छन् ।

सात सालको क्रान्तिपूर्व नै नेपालस्थित भारतीय राजदूत चन्द्रेश्वरप्रसाद नारायणलाई नेहरूले एउटा पत्रमा बेलायत र अमेरिकाले भारतसँग सहमति गरेर मात्रै नेपालसँग सम्बन्ध विस्तार गर्न लगाउनुपर्ने उल्लेख गरेका छन् । अप्रिल २५, १९५२ मा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले नेपालका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई भारतसँग पूर्वसहमति कायम गरेर मात्रै अमेरिकालगायतका मुलुकसँग सम्बन्ध विस्तार गर्न परामर्श दिँदै सन् १९५० को सन्धिसँगैको पत्राचारको व्यवस्थाअनुसार त्यस्तो समन्वय आवश्यक भएको बताएका छन् ।
मे २८ को प्रधानमन्त्री नेहरूले भारतीय विदेश सचिवलाई दिइएको निर्देशनमा नेपालमा अमेरिकी सहयोगका सडक र पुल निर्माणजस्ता परियोजनामा अमेरिकी प्राविधिकहरूको उपस्थिति भारत र चीन दुवैका लागि अस्वीकार्य हुने उल्लेख गरेका थिए । जुन २१ मा त्यस्तै अर्को एउटा निर्देशनमा उनले भारतीय विदेश सचिवलाई नेपालस्थित ब्रिटिस दूतावास र अमेरिकी अधिकारीहरूको क्रियाशीलतालाई भारतविरोधी गतिविधिको केन्द्रको रूपमा चित्रण गरेका छन् ।

परराष्ट्र मामिलामा राजा महेन्द्र

सन् १९५६ को बुद्ध जयन्ती राजा महेन्द्रको विशिष्ट कूटनीतिक उपलब्धिको रूपमा रह्यो । सोही अवसरमा चौथो अन्तर्राष्ट्रिय बुद्ध सम्मेलनको पनि आयोजना भएको थियो । संसारका एक मात्र हिन्दु राजाले ३२ राष्ट्रका बौद्ध भिक्षु र बौद्ध दर्शनका विद्वान्हरूको सहभागिता रहेको उक्त सम्मेलनको आयोजना गरेर विश्वका र मुलुकभित्रका बुद्ध धर्मावलम्बीहरूबीच समर्थनको नयाँ क्षेत्र निर्माण गरे ।

एसडी मुनी सम्पादित एउटा पुस्तकमा विनोद कुमारले उल्लेख गरेअनुसार अमेरिकाले नेपाललाई आफ्नो सुरक्षा घेराभित्र रहेको मुलुकको रूपमा उल्लेख गरिरहेको समयमा, जुलाई १९५६ मा राजा महेन्द्रले सोभियत संघसँग दौत्य सम्बन्ध स्थापना गरे । त्यो तत्कालीन परिवेशमा एउटा क्रान्तिकारी निर्णय थियो । जुन १९५८ मा राजा सोभियत संघ गए र फेब्रुअरी १९६० मा सोभियत राष्ट्रपति क्लिमेन्ट भोरोसिलोभ नेपाल आए । भारतका राष्ट्रपति र चीनका प्रधानमन्त्रीहरूको भ्रमणको मात्र अनुभव बोकेको नेपालले संसारको एउटा महाशक्ति राष्ट्रको प्रमुखलाई नेपालमा स्वागत गर्‍यो ।

अक्टोबर १९५८ मा नेपाल र अमेरिकाले आआफ्ना मुलुकमा राजदूतावास स्थापना गर्ने निर्णय गरे र अगस्त १९५९ मा नेपालमा अमेरिकी राजदूतावास पनि खोलियो । जनवरी १९७० मा सर्वशक्तिमान अमेरिकाका उपराष्ट्रपति स्पिरो टी एग्न्यु पनि नेपाल भ्रमणमा आए ।

राजा महेन्द्रले ठूलो कूटनीतिक सुझबुझ र कौशल प्रदर्शन गर्दै नेपाल मामिलामा एकातिर भारत र चीनबीच सन्तुलन राखेका थिए भने अर्कोतिर अमेरिका र सोभियत संघबीच पनि त्यस्तै सन्तुलन राख्न सफल हुँदै नेपालको विकासमा सबै शक्तिराष्ट्रहरूको सहयोग सुनिश्चित गरेका थिए । विश्वेश्वरप्रसाद कोइरालाको प्रथम निर्वाचित सरकारको अप्रजातान्त्रिक तरिकाले भएको विघटनपछि भारतको परोक्ष समर्थनमा सुवर्ण समशेरको नेतृत्वमा नेपाली कांग्रेसले सशस्त्र विद्रोह सञ्चालन गरेको थियो । तर १९६२ मा चीनद्वारा भारतमाथि भएको आक्रमणले राजा महेन्द्र र भारतलाई आआफ्ना नीतिहरूमा पुनर्समीक्षा गर्न बाध्य बनायो । भारतकै दबाबमा नेपाली कांग्रेसको सशस्त्र विद्रोह पनि रोकियो ।

चीनद्वारा भएको भारतको पराजय र चीन सांस्कृतिक क्रान्तिको उग्रताको पूर्वसन्ध्यामा रहेको र नेपालसँगको सम्बन्धमा केही कटुता देखिँदै जाँदा आफ्नो असुरक्षाबाट चिन्तित नेपालले बेलायत र अमेरिकासँग सम्बन्ध अघि बढायो र फेब्रुअरी १९६४ मा अमेरिका र बेलायतसँग हातहतियार तथा रक्षा सामग्री आपूर्तिसम्बन्धी सम्झौता गर्‍यो । नेपालको परराष्ट्र र रक्षा नीतिमा यो एउटा महत्वपूर्ण संरचनात्मक परिवर्तन थियो ।

चीन त्यस्तो सांस्कृतिक क्रान्तिको पूर्वसन्ध्यामा रहेकै बखत नेपालमा चीन समर्थक राजनीति शक्तिशाली हुँदै जाँदा भारतसँग निकट रहने रणनीतिक आवश्यकताअनुरूप सन् १९६५ मा नेपालले फेरि भारतसँग जनवरी १९६५ मा गोप्य सुरक्षा सम्झौता गरेको थियो ।

यहाँ यो पनि स्मरणीय छ- अप्रिल १९५६ मा राजा महेन्द्रको राज्याभिषेकको अवसरमा पाकिस्तानका विदेशमन्त्री आफ्ना राष्ट्रपतिको प्रतिनिधित्व गर्दै नेपाल आएका थिए । भारतसँगको सम्बन्धको त्यस्ता दिनहरूमा त्यो झन्डै असम्भव कूटनीतिक निर्णय थियो ।

जनवरी १९५८ मा नेपाल र अमेरिकाबीच दुवै देशमा राजदूतावास स्थापना गर्ने सहमति भयो । यसले चीन र सोभियत संघलाई पनि नेपालमा दूतावास स्थापना गर्ने बाटो खोल्यो । १९५८ को मध्यमा आएर राजाले नेपालमा तैनाथ भारतीय सैनिक मिसनलाई हटाए । त्यसको एक दसकपछि नेपालको उत्तरी सिमानामा चिनियाँ सैनिक गतिविधि अनुगमन गर्न तैनाथ भारतीय वायरलेस उपकरण र रक्षा प्राविधिज्ञहरूलाई हटाउन लगाएर नेपालको भारत र चीनसँगको सम्बन्धमा नीति सन्तुलनमा साहसिक निर्णय गरेका थिए ।

राजा महेन्द्रले आफ्नो हातमा शासन आउनेबित्तिकै अन्तर्राष्ट्रिय कूटनीति र राजनीतिमा जुन तीक्ष्ण तथा विलक्षण सुझबुझ र प्रतिबद्धता प्रदर्शन गरे, त्यसले उनलाई नेपाली राष्ट्रियताका प्रतीक मात्र बनाएको छैन, असीमित कूटनीतिक साहस र कौशलका स्वामीको रूपमा पनि चिनाएको छ ।

राष्ट्रहरूबीच उच्च तहमा भ्रमणहरूको आदानप्रदानले मुलुकको स्वतन्त्रता र प्रभुसत्ता सुदृढ बनाउने मात्रै होइन, यसले द्विपक्षीय सहयोग र सद्भावनामा वृद्धि गरेर मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई पनि उचालिरहेको हुन्छ । यो क्रममा राजा महेन्द्रले भारत, श्रीलंका, पाकिस्तान, सोभियत संघ, चीन, जापान, अमेरिका, जर्मनी, बेलायत, मंगोलिया, इजरायललगायतका मुलुकहरूको भ्रमण गरे । ती मुलुकहरूमा आफ्नो व्यक्तित्वको छाप छोडे र नेपाललाई अन्तर्राष्ट्रिय समुदायमाझ परिचित र प्रतिष्ठित गराए । असंलग्न राष्ट्रहरूको बेलग्रेड, कायरो र लुसाका शिखर सम्मेलनमा सहभागी भएर उक्त अभियानको पक्षमा नेपालको दह्रो अडान प्रस्तुत गरेका थिए ।

निजी आग्रह, कुण्ठा वा सैद्धान्तिक मान्यताको आधारमा राजा वा राजसंस्थाको विपक्षमा रहनेहरूले पनि तथ्यगत आधारमा राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रले मुलुकको राष्ट्रिय स्वतन्त्रता, सुरक्षा र सम्मानमा आँच पुग्ने कार्य गरे भनेर भन्न सक्दैनन् । राजाहरूले आफ्नो क्षमताले भ्याएसम्म त्यसो हुन दिएका पनि थिएनन् । राष्ट्रप्रतिको गौरव र निष्ठामा आशंका उठ्ने कुनै कार्य गरेनन् । कारण स्पष्ट छ- मुलुक रहे मात्रै राजा होइने र मुलुकको अस्तित्व र पहिचानसँग राजसंस्थाको पनि अस्तित्व र पहिचान अभिन्न रूपमा गाँसिएकाले मुलुकप्रतिको राजाहरूको निष्ठामा कसैले शंका गर्ने ठाउँ रहेन ।
चारित्रिक रूपमा नै कुनै पनि वैदेशिक शक्ति केन्द्रले देखाउने कुनै प्रलोभन र आकर्षण राजगद्दीको तुलनामा बढी मूल्यवान् हुनै नसक्ने भएकाले राजाहरू कसैको त्यस्तो आकर्षणमा पर्ने सम्भावना पनि रहेन । त्यसै आधारमा बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति उठेको हो ।
तर धेरै वर्षदेखि आमरूपमा नेपालका नेताहरूबाट जनताको विवेक, ऊर्जा र उत्साहको नेतृत्व भइरहेको छैन । राष्ट्रको दीर्घकालीन हितको पनि नेतृत्व भएन । यसरी मुलुकको राजनीतिक नेतृत्वप्रति लामो समयसम्म जनताले विश्वास र सम्मान जाहेर गर्ने स्थिति रहेन, उनीहरूको निष्ठा र इमानमा जनताले भर गर्न सकेनन् भने मुलुक आफ्नो राष्ट्रिय सुरक्षा र सम्मानको जगेर्ना गर्न र मुलुकको समृद्धि आर्जन गर्न आवश्यक नैतिक, मानवीय र भौतिक लगानी जोहो गर्न सक्दैन । भइरहेको त्यही छ । त्यसैले राजाहरूप्रति जनतामा आकर्षण बढिरहेको देखिन्छ ।

—भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजसँग आबद्ध छन् ।

अन्नपूर्ण पोष्टबाट साभार ।

निफ अवार्ड जित्न सफल ‘सोरठी’ युट्युबमा !

सुरेश छन्त्याल, गल्कोट २०७३ भदौ २८ । हिमाल पुन द्वारा निर्देशित वृत्तित्र ‘सोरठी’ हालै युट्युबमा सार्बजनिक भएको छ । यो वृत्तचित्र धौलागिरी र गण्डकी क्षेत्रमा बसोबास गर्ने मगर र गुरुङ जातीमा प्रख्यात छ । यो वृत्तचित्र सोरठी रानीको कथा बोकेको गीगी नाचमा आधारित छ।

दशैको काल रात्रिबाट सुरु भई मंसिर महिनाको पुर्णिमामा समापन हुने सोरठी नाँच हाल पाल्पाको बल्ड्याङ गदिका मगर राजा जयसिँह र उनकी छोरी सोरठी को जीवनमा घटेको घटनाको बारेमा बर्णन गरिएको छ ।

यो कथालाई बलिहाङ राजाले दाजु राजा जयसिँहको सम्झनामा बिशेष गरि तिहारको अवसरमा आफ्नो राज्यमा गाउन उर्दि गरेको पाईन्छ । त्यस समय यता यो नाच ठुलो समुहमा नाच्ने गरिन्छ । ठुलो समुहमा नाचिने भएकोले ठुलो नाँच पनि भन्ने चलन छ। सोरठी वृत्तचित्र के निफ अर्थात नेपाल ईन्टरनेसनल ईन्डिजिनियस फिल्म फेस्टीबल सन २०१३ मा सेकेण्ड रनर अफ अवार्ड पाउने सफल भएको थियो । यो अवार्ड ईन्डिजिनियर्स फिल्म अर्काईभले हरेक बर्षे आयोजना गर्ने गर्दछ ।

यससंगै टिईटिभी टईवानमा पनि छनोट हुन सफल भएको थियो । ब्ल्याक रोज फिल्मस्को प्रस्तुतिमा बनेको ‘सोरठी’ मा शशिराम काउचा मगर र निरज पुनलाई फिचरिङ गरिएको छ । वृत्तचित्रमा सोरठी नाच तथा नाचमा प्रयोग गरिने सांगीतिक बाजासंगको अन्तर्वातामा समेटिएको छ।यो भिडियो पाण्डबखानीमै तयार पारिएको हो।

गाउँ / नगर पालिका सीमाँकन : पश्चिमी जनता प्रति धोका !

कमल पौडेल

२०६२/६३ सालको दोश्रो जनआन्दोलनपछि स्थापित नारा हो ‘संघियता र गणतन्त्र’ । सोहि नारालाई संस्थागत गर्ने संविधान हो ‘नेपालको संविधान २०७२’ । सोहि संविधानको भाग ५ मा राज्यको संरचना र राज्यशक्तिको वाँडफाडको व्यावस्था गरिएको छ भने सोहि धाराको उपधारा ४ मा स्थानिय तहको परिकल्पना गरिएको छ । संविधानको अनुसुची ८ मा स्थानिय तहको अधिकार सूची तय गरिएको छ ।

स्थानिय तह पूनर्संरचनाको लागी नेपाल सरकारले स्थानिय निकाय पुनर्संरचना आयोगको गठन गरेको छ र सोहि समितिको मातहतमा रहेर हरेक जिल्लामा स्थानिय विकास अधिकारीको संयोजकत्वमा प्राविधिक समितिको पनि गठन गरिएको छ । सो समितिले ६ ओटा आधार तय गर्दै त्यसैको आधारमा स्थानिय तहको पुनर्संरचनाको प्रारम्भिक प्रतिवेदन वुझाएको छ । यहि साउन मसान्त सम्मको समय दिएर काम सुरु गरिएपनि राजनैतिक दलको अनिर्णयका कारण १५ दिन थपिएको म्याद पनि भदौ १५ गते समाप्त भएको छ । यस विचमा धेरै जिल्लाहरुमा छलफल वहस भएका छन् र कतिपय जिल्लाहरुमा सहमतिका आधारमा स्थानिय तहको संख्या र सीमांकन टुंगिएको छ भने कतिपय जिल्लामा विवाद कायमै छ र धेरै जिल्लाले समयमै आफ्नो प्रतिवेदन वुझाउन सकेका छैनन् ।

यसै सन्दर्भमा बागलुङ जिल्लामा पनि तोकिएको समयावधिको २ दिन पछि अर्थात भदौ १७ गते २ नगरपालिका र ६ गाउँ पालिका गरि ८ ओटा स्थानिय तहको परिकल्पना गर्दै प्रतिवेदन आयोग समक्ष वुझाईए लगत्तै जिल्लामा व्यापक असन्तुष्टी एवं बिबाद सुरु भएको छ ।

यो प्रतिवेदनमा नितिगत रुपमा सत्तासीन नेपाली काग्रेसले असहमति रहेको तर स्थानिय रुपमा कुनै आपत्ति नरहेको जनाएको छ । र उसले नितिगत रुपमा आयोगले देशभरवाट तोकेको ५६५ ओटा स्थानिय तहवाट कम्तिमा दोव्वर वनाउनु पर्ने माग राख्दै आएको छ । त्यस्तै चुनावमा भाग नलिएका पार्टीहरुले पनि यो संरचनामा असन्तुष्टि जनाइरहेका छन् ।

बागलुङको प्राविधिक समितिका अनुसार साविकको बागलुङ नगरपालिका र मालिका, तित्याङ, भकुण्डे, पैयुपाटा, अमलाचौर र नारायणस्थान गाविस जोडेर वागलुङ नगरपालिका र केन्द्र बागलुङ बजारलाई वनाउने, त्यस्तै जिल्लाको दक्षिण क्षेत्रका आठ गाविस रायडाँडा, दमेक, कुश्मिशेरा, सर्कुवा, अर्जेवा, जैदी, छिस्ती र विनामारे समावेश गरेर कुस्मीसेरा बजार केन्द्र रहने गरि २१ हजार २८ जनसंख्या सहितको जैमिनी गाउँपालिका प्रस्ताव गरिएको छ । नारायणस्थान, पैयुँपाटा अमलाचौर गाविसका जनताले बलेवा नगरपालिकाको माग गर्दै आएका थिए ।

त्यस्तै विहुँको सुल्डाँडा अछेते केन्द्र रहने गरि ३० हजार ९५ जनसंख्या सहितको सिगाना, रेश, लेखानी, विँहु, तंग्राम, धम्जा, भिमपोखरा र पाला समावेश गरेर काठेखोला गाउँ पालिका प्रस्तव गरिएको छ ।

पैयुथन्थाप, राङ्खानी, धुल्लुवास्कोट, हुग्दीशिर, वाटाकाचौर, सल्यान र सुखौरा समावेश गरेर वरेङ गाउँ पालिका र केन्द्र बरेङ बजार, त्यस्तै तारा, हिल, अर्गल, अमरभूमि, हरिचौर, दुदिलाभाटी, मल्म, रिघा, काँडेवास, पाण्डवखानी, हटिया र नरेठाँटी समावेश गरेर गल्कोट नगरपालिका र केन्द्र मजुवाफाँट, सिसाखानी, दगातुन्डाडा, जलजला, ग्वालीचौर, रणसिंहकिटेनी, भिङगिठे, दर्लिङ समावेश गरेर वडीगाड गाउँपालिका र केन्द्र ग्वालिचौरको खौलार, वुर्तिवाङ, खुँगा, तमान, खुङ्खानी, बोङ्गादोभान, अधिकारीचौर र बोवाङ समावेश गरेर ढोरपाटन गाउँपालिका र केन्द्र बुतिवाङ तथा निसि, बोहोरागाउँ, देविस्थान र राजकुत समावेश गरेर निसिखोला गाउँपालिका र केन्द्र झिवाखोला तय गरिएको छ ।

जिल्लाको राजनैतिक नेतृत्वले सो संरचनालाई मोटामोटी सहमति गरि केन्द्रमा सिफारिस गरेपनि पश्चिम भेगका सवै जनताले अपनत्व महसुस गर्न सकेका छैनन् । र भनेका छन् ‘अखण्ड बागलुङ भनेर नारा लगाउनु नै गल्ती गरिएछ’ । उनिहरुको आरोप छ सदरमुकामले सधै पश्चिमलाई उपेक्षा गर्दै आएको छ। यद्यपी अव त्यो दोहोरिन्न भन्ने आसमा वसेका जनता पुन सदरमुकामले पश्चिमी जनताको चाहना विपरित स्थानिय निकायको सीमांकन गरेपछि सो असन्तुष्टी वाहिर देखिएको हो । खासगरि गल्कोटलाई नगरपालिका वनाउने नाममा रिघा, पाण्डवखानी र सिसाखानीको कलस्टरलाई छुट्याई दुई ओटा गाविसलाई मात्रै गल्कोटमा मिसाउनु दुर्भाग्य भनेका छन् ।

यी तीन गाविसको सामाजिक परिवेश र साँस्कृतिक पहिचान समान किसीमको रहेको छ । मगर वाहुल ती तिनै गाविसमा साझा साँस्कृतिक विशेषता पाउन सकिन्छ । नेपालका केहि जिल्लामा नाचिने सती घाटु जस्तो संस्कृति नै यिनै गाविसमा पाईन्छ, जुन बागलुङ जिल्लाकै पहिचान हो । यी तीन गाविसको मध्य विन्दुवाट गिरौंदी खोला वगेको छ जसवाट तिनओटै गाविस संगै दगातुन्डाडा गाविसले पनि जल उपयोग गर्दै आएको छ । भौगोलिक धरातल, धार्मिक आस्था, जातिय सघनता लगाएत समाजशास्त्रीय दृष्टिकोणवाट हेर्दा यी तिन गाविसलाई टुक्राउनु अपराध मानिन्छ । कि त सिसाखानीलाई पनि गल्कोट नगरपालिकामा राख्नु पथ्र्यो या त तिन गाविसलाई वडीगाड गाउँपालिकामा लैजानु पथ्र्यो । अति सन्निकट रहेका यी तीन सिसाखानी, रिघा र पाण्डवखानी गाविसहरुवीचको एकात्मकतालाई टुक्रा पारेर मुटु एकातिर कलेजो अर्कोतिर बनाउनुलाई यस क्षेत्रकावासीले महापाप गरिएको बताएका छन् ।
उता स्थानीय तहको पुनर्संरचनामा स्थानीय चाहना विपरित गाउँपालिका विभाजन गरिएको भन्दै सदरमुकाम आसपासका सिगाना र रायडाँडा दुई गाविसले ज्ञापनपत्र बुझाउदै विरोध जनाएका छन् ।

उता सधै उत्पीडन महसूस गर्ने वुर्तिवाङ क्षेत्र पनि अन्ततः थाङ्नामा सुतेको छ । किनकि जिल्लामा नगरपालिकाको चर्चा चल्दा हतारिएर नगरपालिकाको लागी पहलकदमी लिने वुर्तिवाङ अन्तत गाउँपालिकामा चित्त वुझाउनु पर्ने भएको छ । त्यो पनि अव कहिले पनि नगरपालिका नवन्ने सर्तमा । मैले यसो भनिरहँदा भोलि किन रोकिन्छ भन्ने प्रश्न उठ्न सक्छ तर ७ गाविसको मात्र वनेको गाउँपालिका भविष्यमा पनि नगरपालिका वन्न जनसंख्या नै पुग्न दशकौं लाग्न सक्छ त्यसैले यो पुस्ताका लागी असम्भव प्रायः छ । खासगरी वुर्तिवाङ संगै जोडिएको भिङगिठे गाविसलाई हँचुवाको भरमा वडीगाड गाउँपालिकामा मिसाउदा र राजकुत संग भौगोलिक तथा प्राविधिक रुपमा समेत एउटै नक्साङ्कनमा रहेको दर्लिङलाई समेत वडिगाड गाउँपालिकामा मिसाउँदा वुर्तिवाङ भविष्यमा पनि नगरपालिका वन्ने सम्भावना सकिएको हो ।

हाल पश्चिम बागलुङका गाविसहरुको केन्द्रको रुपमा स्थापित भएको वुर्तिवाङ सामान्य गाउँपालिका मै चित्त वुझाउनु पर्ने भएको छ । देशकै नमुना सहरको रुपमा विकास भैरहेको वुर्तिवाङलाई साविकका ७ गाविसको मात्रै केन्द्र वनाउनु भनेको भोलिको लागी समेत सम्भावना वन्द गर्नु हो । यस अदूर्दशी निर्णयले यस निसीभूजी भेगका जनताको चित्त दुखाएको छ ।

त्यसैले जिल्लाको नेतृत्वले आफ्नो व्यक्तिगत स्वार्थ तथा राजनैतिक हितको लागी पश्चिमी जनतालाई पुनः प्रयोग गरेको सरोकारवालाले वताउँदै आएका छन् । लामो समयदेखि उत्ीपडन तथा जिल्लाकै दोश्रो नागरिकको रुपमा आफुलाई उभ्याई रहेका क्षेत्र नं. ३ का वासिन्दा मध्यपहाडी लोकमार्गको विकास संगै समान हुन लागेको महसूस गर्न लागेका थिए । त्यसैको फलस्वरुप अखण्ड बागलुङको पक्षमा उभिएका जनताले अव नेतृत्वले धोका नदिनेमा आश्वस्त थिए तर जनताको आकांक्षा विपरित तथा विभिन्न समयमा जनतासंग प्रत्यक्ष गरिएको अन्तक्रिया र छलफलको भावना विपरित स्थानिय तहको सीमांकन प्रतिवेदन केन्द्रमा पठाइएपछि पुन एकपटक पश्चिमी जनताले जिल्ला भित्रकै दोश्रो दर्जाको नागरिकमा आफुलाई दर्ज गराएका छन् । तथापि उनिहरु आशावादि छन् कि नेतृत्वले आफ्नो गल्ती सच्याउने छ र जनताको चाहना अनुरुप गाउँपालिका तथा नगरपालिका निर्माण हुनेछन् र जनताकै हित अनुकुल केन्द्रहरु तोकिने छन् ।

सिगाना र रायडाँडा गाविसलाई नगरपालिकामा समावेश नगरी गाउ पालिकामा राखिएकोमा तीब्र बिरोध बढेको छ । तीनै प्रमुख दलहरुले यस निर्णय प्रति विरोध जनाएका छन् भने गल्कोट, बुर्तिवाङ लगायत दक्षिण क्षेत्रका जनता असन्तुष्टी बाहिर आउन थालेको छ ।

यसैवीच स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी भरत गौतमले अहिले पेश गरिएको प्रस्ताव माथी फेरी पनि स्थानीयको सुझाव अनुसार परीमार्जन गर्न सकिने बताएका त छन् तर जिल्लावासीहरु, जन भावना, जनचाहना विपरीत कसको हितका निम्ति कसको ईशारामा प्राविधिक सहयोग समितिले नगर र गाउँ पालिकाको हँचुवा सीमाँकन गरेर जिल्लावासीलाई मर्मान्त चोट पु-यायो त्यो बुझन चाहिरहेका छन् ।

अर्कोतिर बागलुङ जिल्लाको पश्चिम गल्कोट र सुदूर पश्चिम बुर्तिवाङ क्षेत्रमा सीमांकनमा भए गरिएरका अक्षम्य गल्ती सच्याउने तिर चूँ सम्म नबोली सिगाना, पैयुन्थन्थाप र राङखानीमा केही विवाद देखिएकाले स्थानीयको जनचाहना अनुसार नै परिमार्जन गर्न प्रयत्न गरिने संयोजक स्थाविअ पौडेलले बताईरहँदा जिल्लाव्यापी असन्तुष्टीलाई सम्वोधन गर्ने गरी सच्याउनु पर्ने आवाज उठेको छ । जिल्लाका सबै सरोकारवालाले स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति समक्ष प्रस्ताव सच्याउन माग गरेका छन् ।

लेखक: सारथी एफएम खर्बाङका स्टेशन म्यानेजर हुन् ।

राजा वीरेन्द्रको बाटो

युवराज गौतम,

King-Birendra-57ccc9030edab8.00491989विदेशीका आदेश–निर्देश ठाडै अस्वीकार गर्नू

श्री ५ पृथ्वी वीरविक्रम (राजा त्रिभुवनका पिता) राजा हुँदा राममणि आदी (आचार्य दीक्षित) संवत् १९६६ कात्तिक ४ गतेदेखि राजदरबारको सेवामा प्रवेश गरेका थिए । सुल्टोलाई उल्टो र उल्टो कुरालाई सुल्टो जस्तो बनाएर कतिपय कर्मचारी एवं चाकडीबाजहरूले राजालाई पनि ढाँट्थे भनेर उनले ‘प्राचीन संस्मरण’ पुस्तकमा लेखेका छन् ।

जंगबहादुर कुँवरले कोतपर्वमा आफ्ना प्रतिद्वन्द्वी र शत्रु मासेर शासनको बागडोर लिई तानाशाही चलाए । उनलाई प्रधानमन्त्री र प्रधानसेनापति बनाइएपछि विशेषाधिकार प्राप्त गरे । कुँवरको सट्टा ‘राणा’ लेख्ने अनुमति पाए । अन्ततः राणाहरूले १०४ वर्षसम्म राजाहरूलाई कैदीजस्तै बनाएर पिँजडाको सुगासरह व्यवहार गरे ।

त्यसैले शाहवंशका राजाहरूले २४० वर्ष शासन–प्रशासन चलाए भनेर लेख्ने इतिहासकारहरूले आफ्ना लेख र पुस्तकहरू संशोधन गर्नैपर्छ । दैनिक खर्चसमेत श्री ३ महाराजबाट आशा गर्नुपर्ने राजाहरूले तानाशाही चलाएर जनताको अधिकार कुण्ठित गरे भन्दै नयाँ पुस्तालाई भ्रामक, असत्य र आधारहीन कुरा सिकाउनु ठूलो अपराध हो ।

राजा वीरेन्द्रको रहस्यमय हत्या (२०५८ साल जेठ १९ गते शुक्रबार राति) हुनुभन्दा धेरै वर्ष अघिदेखि राजदरबारमा भएका षड्यन्त्रबारे इतिहासकारहरूले चाखलाग्दा र रोमाञ्चक कुरा लेखेका छन् । ती षड्यन्त्रका कथा पढेपछि मात्र पछिल्ला घटनाक्रम बुझ्न सकिन्छ ।

नेपाली सेना (त्यसबेला शाही नेपाली सेना) का तीन हजारभन्दा बढी सैनिकको घेरामा बसेका राजा वीरेन्द्र सपरिवार मारिएपछि तत्कालीन प्रधानसेनापति प्रज्ज्वल शमशेर राणाले राजा (सेनाको परमाधिपति) जोगाउने काम सेनाको दायित्वमा पर्दैन भन्ने आशयको बक्तव्य दिएका छन् । तत्कालको सैनिक ऐनअनुसार मुलुक, मुकुट र मुलुकी (जनता) बचाउने जिम्मा सेनाकै थियो, तर सेनापतिले गलत अर्थ लाग्ने बक्तव्य दिँदा सर्वसाधारणले ‘यो के भन्न खोजेकोे ? ‘ भन्ने प्रश्न गरे । धेरैले प्रश्न गरे, ‘ऐन मौकामा सुरक्षा दिन नसक्ने ती पल्टन केका लागि राखिएका थिए त ? ‘

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको देहान्त (१८३१ साल माघ १ गते) भएपछि राजगद्दीमा बसेका प्रतापसिंह धेरै वर्ष राजा हुन पाएनन् । उनको निधनपछि युवराज रणबहादुर शाहले राज्यारोहण गरे । त्यसपछि देवर–भाउजू (राजेन्द्रलक्ष्मी र बहादुर शाह) बीच दुई गुट बनाएर दरबारभित्रका षड्यन्त्रकारीहरूले फाइदा लिन खोजे । काजी दामोदर पाँडेजस्ता देशभक्त काटिए । काजी वंशराज पाँडे काटिए । राजकुमार बहादुर शाह जेल गरे ।

अन्ततः उनको पनि रहस्यमय हत्या भयो । राजा रणबहादुर शाह ३१ वर्षकै उमेरमा काटिए । पुराना भारदार काजी नरसिंह गुरुङ र त्रिभुवन प्रधानलाई राजाका हत्यारा भन्दै काटियो । पृथ्वीपाल सेन, विदुर शाही, रणबहादुर सेन आदि मारिए । भीमसेन थापाले नरसिंह र त्रिभुवन प्रधानका छोरा–नातिहरूसमेतलाई विष्णुमतीछेउमा लगेर काट्न लगाएको इतिहासकार बाबुराम आचार्यले लेखेका छन् । (अब यस्तो कहिले नहोस्, पृष्ठ ६०–६१)

शत्रुको दमन गर्ने क्रममा पाल्पाली राजा पृथ्वीपाल सेनका साथमा तानसेनबाट आएका १८ जना अंगरक्षक पनि मारिए । विधिपूर्वक अन्तिम संस्कार गर्नसमेत नदिएर स्याल र गिद्दलाई लास खुवाइयो । राजा रणबहादुरका भाइ शेरबहादुर र चौतारा विदुर शाहीका पत्नी र छोरीहरू पोडेहरूलाई जिम्मा लगाए भीमसेन थापाले । उनका शत्रुहरूको सर्वस्वहरण भयो ।

आठ वर्षको छोरा गीर्वाणबाट अलग गराएर हेलम्बुमा थुनिएकी रानी राजराजेश्वरीसहित १४ जना सुसारेलाई साँखुको शालीनदीमा ज्युँदै पोलेर भीमसेन थापाले ठूलो पाप गरेको इतिहासकारले लेखेका छन् । ७७ जना पुरुष र १६ जना महिलालाई राजाका मान्छे भन्दै पोलेपछि भीमसेन थापा सर्वेसर्वा भए ।

सल्यानकी रानी विलासकुमारी (पृथ्वीनारायण शाहकी छोरी) लगायतका कैयन्का चलअचल सम्पत्ति खोसेर भीमसेन थापा झन् धनी हुन पुगे । चौतारा श्रीकृष्ण शाहको महल ‘बकस पाएर’ (कब्जा गरेर) भीमसेन त्यहाँ बस्न थाले भने उनका प्रिय पात्र रंगनाथलाई कान्छा चौतारा दलमर्दन शाहको महल बकस दिइयो ।

गीर्वाणको मृत्युपछि बालक राजा राजेन्द्र राजगद्दीमा राखिए । राजकुमार देवेन्द्रविक्रम शाहको मृत्युपछि भीमसेन थापाको पतन सुरु भयो । देवेन्द्रलाई विष खुवाएर मारेको अभियोगमा उनी थुनिए । अन्त्यमा जेलमै उनले आत्महत्या गरे । आफ्नै मामा माथवरसिंह थापाको हत्या गरेर रानी राज्यलक्ष्मीका प्रिय बनेका जंगबहादुर कप्तानबाट पदोन्नति हुँदै प्रधानमन्त्री र प्रधानसेनापति भए । त्यहाँबाट सुरु भयो, राणा शासन ।

इतिहास घटना–दुर्घटनाहरूको मुण्डमाला जस्तो हुन्छ र तर पलपलमा षड्यन्त्रका चरण पार गर्दै कालचक्र घुमिरहन्छ । जंगबहादुरले शासन सत्ता हातमा लिएको झन्डै एक सय वर्षपछि जन्म लिएका राजा वीरेन्द्र पनि षड्यन्त्रकै सिकार भए । उनकै जेठा छोरा दीपेन्द्र शाह र श्री ३ मोहन शमशेरकी पनातिनी (पशुपति शमशेरकी छोरी देवयानी) बीचको प्रेमकथालाई राजा वीरेन्द्रको हत्याको पृष्ठभूमि नमान्नेहरू धेरै भेटिन्छन् ।

नारायणहिटी हत्याकाण्डका खलनायक भन्दै चीनका प्राध्यापक वाङ चुङले ‘नेपालको सुरक्षात्मक रणनीति’ पुस्तक (पृष्ठ १९) मार्फत अमेरिका र भारतीय गुप्तचर संस्थाको ‘खुनी हात’ रहेको खुलासा गरेका छन् भने पूर्व परराष्ट्रमन्त्री चक्रप्रसाद बाँस्तोलाले २०६७ सालमा प्रकाशित लेखमा सोही कुराको पुष्टि गरेका छन् । दीपेन्द्र शाहको टाउकोमा सबै दोष थोपरेर गम्भीर अन्तर्राष्ट्रिय षड्यन्त्रबाट जनताको ध्यान अन्यत्रै मोड्न खोजिएको तर्क गर्नेहरू पनि धेरै भेटिन्छन् ।

राजा महेन्द्र परलोक भएपछि २०२८ साल माघ १७ गते २६ वर्षको उमेरमा राजा भएका वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव ल्याए । ११६ राष्ट्रले त्यसको समर्थन गरे पनि भारतले समर्थन गरेन । २०३१ साल फागुन १३ गते शुभराज्याभिषेकको भोलिपल्ट ल्याइएको सो प्रस्तावका कारण राजा वीरेन्द्रलाई भारतले आँखाको कसिंगर नै ठान्न थाल्यो ।

राजाले २०३० साल मंसिर २२ देखि २९ गतेसम्म चीन भ्रमण गरेदेखि नै भारत सशंकित रहेको पाइन्छ । चीनका नेताहरू तुङ पी उ र चाउ–एन–लाईको निमन्त्रणामा भएको भ्रमणमा राजालाई भव्य स्वागत गरिएको थियो । मंसिर २३ गते ‘बेइजिङको ‘ग्रेट हल अफ द पिपुल’ गुन्जयमान भयो, राजाको सारगर्भित भाषणले । चीनका अखबारहरूले त्यसलाई ठूलो महत्त्व दिए ।

चीनसँग ‘नजिकिएको’ भन्दै भारतीयहरू राजा वीरेन्द्रप्रति सशंकित भए । २०२९ साल फागुन २४ गते राजाले दिल्लीमा असंलग्न राष्ट्रहरूको सातौँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै सार्वभौमसत्ता र स्वतन्त्रता सबै राष्ट्रलाई उत्तिकै प्यारो हुन्छ भन्ने धारणा व्यक्त गरे ।

नेपालका राजा नेपालीहरूबीचमै अप्रिय छन् भन्ने देखाउन भारतीय गुप्तचर संस्थाका अधिकृत र केही भारतीय नेताहरूको निर्देशनमा दिल्लीमा बसेका केही नेपाली वामपन्थीहरूले राजा वीरेन्द्रलाई कालो झन्डा देखाए, तीमध्ये एकजना भारतको आशीर्वादमा नेपालको प्रधानमन्त्री बन्न पुगे । त्यसबेला ‘शान्ति क्षेत्र प्रस्ताव चाहिँदैन’ भन्ने प्रदर्शन र नारा लगाउनेहरू मोहनविक्रम सिंहको पार्टीको कार्यकर्ता थिए भने कसको इशारामा त्यो सबै भएको थियो भन्ने कुरा सजिलै बुझ्न सकिन्छ ।

सोही साल चैत ६ गते चीनका राष्ट्रपति ली–स्यान–न्यान काठमाडौं आए । २०४० साल वैशाख १९ गते फ्रान्सका राष्ट्रपति फ्रास्वाँ मितेराँले नेपाल भ्रमण गरे । त्यसको दुई वर्षपछि २०४२ वैशाख १९ गते मालदिभ्सका राष्ट्रपति मौमुन अब्दुल गैयुव राजकीय भ्रमणमा आए । सोही साल बंगलादेशमा सम्पन्न सार्कको प्रथम शिखर सम्मेलनलाई राजा वीरेन्द्रले सम्बोधन गर्दा कतिपय सञ्चारमाध्यमले दक्षिण एसियामा यस्ता प्रखर राजनेता पनि रहेछन् भनेर प्रशंसा गरे ।

२०४२ फागुन ६ गते ब्रिटेनकी महारानी एलिजाबेथले दोस्रोपटक नेपाल भ्रमण गरिन् । त्यसअघि राजा महेन्द्रका पालामा उनी नेपाल आएकी थिइन् । २०४३ साल साउन ६ गते भारतीय राष्ट्रपति ज्ञानी जेलसिंह नेपाल आए । ती भ्रमण कूटनीतिक सफलताका केही उदाहरण हुन् ।

धेरै राष्ट्राध्यक्ष र सरकार प्रमुख नेपाल आए, २०२८ देखि २०५८ सालसम्म लामो तीसबर्से कालखण्डमा । नेपालका राजा र प्रधानमन्त्रीहरूले सम्मान पाएका छन् अरू राष्ट्रमा पनि । शान्ति, स्थिरता र प्रगतिको लागि चालिएका असल कामहरूप्रति दलहरू सकारात्मक नभए पनि राजाले आफ्नो कर्तव्य बिर्सेनन् ।

२०४७ सालको संविधानमा नेपाली नागरिकता प्राप्त गर्न नेपाली हुनैपर्ने प्रावधान थियो । जलस्रोतलगायत प्राकृतिक स्रोतसाधनबारे अन्तिम निर्णय गर्न दुवै संसद् (राष्ट्रिय सभा र प्रतिनिधिसभा) बाट दुईतिहाई सदस्यले अनुमोदन गर्नुपर्ने व्यवस्था गरिएको थियो र नेपालको राष्ट्राध्यक्ष सनातन हिन्दु धर्मावलम्बी हुनुपर्ने उल्लेख थियो । यी सबै कुरा समाप्त नगरेसम्म नेपालमा विदेशी (भारतीय र पश्चिमा शक्ति) हरूको दबाब–प्रभाव सम्भव थिएन ।

यही कारणले राष्ट्रवादीहरूको उन्मूलन गर्ने प्रायोजित खेल सुरु भयो । गाउँगाउँमा कथित जनयुद्धका नाममा माओवादीले देशभक्त र राष्ट्रवादीलाई छानीछानी मारे । वीरगन्जका पूर्व मेयर र पत्रकार गोपाल गिरी, कपिलवस्तुका दानबहादुर श्रीवास्तव, अर्घाखाँचीका शोभाखर भुसाल, इलामका चन्द्रकान्त भट्टराई, सिराहाका चन्द्रनारायण यादव (मन्त्री सीतादेवी यादवका पति), सशस्त्र प्रहरीका आईजीपी कृष्णमोहन श्रेष्ठ र उनकी पत्नी नुडुपलगायतका हजारौँ राजनीतिकर्मी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, सैनिक, प्रहरी, सशस्त्र प्रहरी, उद्योगपति, व्यापारी, सर्वसाधारण राष्ट्रघाती थिएनन् ।

माओवादीहरू आफैँ अपराधी भएकाले जघन्य अपराधी र राष्ट्रघातीहरू उनीहरूका हितैषी भए । राजा वीरेन्द्र जस्ता सरल राजनेतालाई बाँचुञ्जेल माओवादीले कदर गरेनन्, तर उनी मारिएपछि डा. बाबुराम भट्टराईले पृथ्वीनारायणदेखि राजा वीरेन्द्रसम्मका राजाहरूले राष्ट्रियता बचाउन योगदान गरेको भन्दै लेख लेखेर तारिफ गरे । यो गोहीको आँसु मात्र थियो ।

जुन षड्यन्त्रको कारण राजा वीरेन्द्रको हत्या भयो, त्यसकै धारावाहिक शृंखला थियो, राजसंस्थामाथिको हमला । दाजु प्राणहीन भए, भाइ गद्दीहीन । चीनसँग सुमधुर सम्बन्ध बनाएर भारत र पश्चिमाहरूको दबदबा र प्रभावबाट नेपाललाई मुक्त गर्ने चाहना राजा वीरेन्द्रको थियो । चीनलाई सार्कको सदस्य बनाउनुपर्छ भन्ने प्रस्ताव राखेपछि राजा ज्ञानेन्द्रप्रति भारत आक्रामक भएको कतिपय पुराना कूटनीतिज्ञहरूको तर्क छ ।

२०४० सालमा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा प्रवचन दिँदै राजा वीरेन्द्रले भनेका थिए, ‘कुनै देशको प्रजातान्त्रिक व्यवस्था त्यस देशको जनताको नैसर्गिक संस्कार र चरित्रमा आधारित हुन्छ । तसर्थ, प्रजातन्त्रमा संस्कृति प्रतिविम्बित हुनुपर्छ भन्ने मेरो धारणा छ ।’ यसको आशय स्पष्ट छ, आचार–विचार, संस्कार र राजनीतिक संस्कृति परिष्कृत नभएसम्म प्रजातन्त्र स्थापित हुन सक्दैन ।

दिल्लीमा बाह्रबुँदे समभदारी (सम्झौता) गरेर नेपालका आठ दलले राष्ट्रलाई गहिरो, डरलाग्दो र निसास्सिने इनारमा हालेका छन् । संविधानका अन्तरवस्तु विदेशबाटै आयात गरिएको र संविधानमा विदेशीले अर्बौं रुपैयाँ लगानी गरेको कुरा ‘ठूला दलका’ नेताहरू नै स्वीकार गरिरहेका छन् ।

त्यसैले राजा मार्ने, राजा फ्याँक्ने, राष्ट्र टुक्र्याउने, गृहयुद्ध गराउने, परम्परागत धर्म–संस्कृति सिध्याउने, राष्ट्रियता र प्रजातन्त्र कमजोर पार्ने अनि नेपाली जनतालाई ‘देखिजान्ने सुनीजान्ने किनाराका साक्षी’ बनाई ‘पूर्व नेपाली’ बनाउन खोज्ने पद्धति स्थापना गर्न खोजिएको छ । नेपाल देशको नाम र राष्ट्रिय झन्डा फेर्न माओवादीले ल्याएको प्रस्ताव विफल भएपछि विदेशीलाई खुसी पार्न राष्ट्रिय एकता दिवस (पुस २७) खारेज गरियो । यसमा नेपाली कांग्रेसका कतिपय नेताले पनि खलनायकको काम गरेका छन् ।

राष्ट्रलाई सक्षम बनाउन पचासौं राष्ट्रको भ्रमण र विभिन्न राष्ट्रसँग कूटनीतिक सम्बन्ध स्थापना गरेर राजा वीरेन्द्रले प्रशस्त आर्थिक सहायता जुटाएको यथार्थ जगजाहेर छ । २०४० सालमा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा प्रवचन दिँदै राजा वीरेन्द्रले भनेका थिए, ‘कुनै देशको प्रजातान्त्रिक व्यवस्था त्यस देशको जनताको नैसर्गिक संस्कार र चरित्रमा आधारित हुन्छ । तसर्थ, प्रजातन्त्रमा संस्कृति प्रतिविम्बित हुनुपर्छ भन्ने मेरो धारणा छ ।’ यसको आशय स्पष्ट छ, आचार–विचार, संस्कार र राजनीतिक संस्कृति परिष्कृत नभएसम्म प्रजातन्त्र स्थापित हुन सक्दैन ।

राजा वीरेन्द्रले राजनीतिक दलहरूसँग मिलेर तयार गराएको २०४७ सालको संविधान स्वीकार गरेर संसद्मा माओवादीले तेस्रो ठूलो दलको हैसियत प्राप्त गरेका थिए । सबै निर्णय त्यसबेला नेपालभित्र नेपालीले नै गर्थे । बहुजनको निरंकुशता (टाइरेनी अफ मल्टिच्युड) नै प्रजातन्त्र हो भन्नुपरेको थिएन । राजा विदेशीको आदेश–निर्देश ठाडै अस्वीकार गर्थे । राजा वीरेन्द्र हिँडेको बाटो त्यागेर राष्ट्रलाई आज दिग्भ्रमित बनाइएको छ । त्यसैले शान्ति, प्रगति, स्थायित्व र प्रजातन्त्र प्रश्नचिन्हको घेरामा परेको छ ।
Yubaraj-Gautam
युवराज गौतम,
साभार- अन्नपूर्णपोष्ट ।