Category Archives: साहित्य/कला

भाषा र साहित्यको उत्थानमा लाग्नु युवाकवि भट्टप्रति सम्मान : पाण्डे

कोपिला कंडेल्, बागलुङ २०७३ भदौ १६ । यसवर्षको स्मृति युवा सम्मान पर्वतका कवि एबं पत्रकार ओम प्रसाद घायललाई प्रदान गरिएको छ । १ सय ५१ औ मोती जयन्तीको अवसर पारेर स्मृति प्रकाशन बागलुङले सो सम्मान घायललाई प्रदान गरेको हो ।

युवाहरुलाई साहित्यमा प्रोत्साहन गर्ने उदेश्यले प्रकाशनले मोती जयन्तीका अवसरमा प्रदान गर्दै आएको सो सम्मान घायलले नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै प्रदान गरिएको प्रकाशनका अध्यक्ष काजी रोशनले जानकारी दिए ।

घायललाई प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गरेका थिए । घायललाई प्रकाशनले प्रदान गर्दै आएका सर्जक मध्य नवौ स्रस्टा हुन ।

सो अवसरमा मन्तब्य ब्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले युवाकवी मोतीराम भट्टको सच्चा सम्मानका लागि भाषा र साहित्यको उत्थानमा निरन्तर लाग्नुपर्ने बताए । उनले कला साहित्य र संस्कृतिको जगेर्नाका लागि यस्ताखाले कार्यक्रम महत्वपुर्ण हुने चर्चा गर्दै सम्मानित ब्याक्तित्व घायल लाई बधाई ज्ञापन समेत गरे ।

त्यसैगरी सम्मानित ब्याक्तित्व घायलले स्मृति प्रकाशनले गरेको सम्मानबाट आफु थप उत्साहित भएको भन्दै साहित्य क्षेत्रमा लाग्नका लागि थप जिम्मेवारी थपिएको बताएका थिए ।

सो अवसरमा बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारी, नेपाल रेडक्रस शोसाईटी बागलुङ शाखाका उपसभापति राजेन्द्र आचार्य र नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाका सचिव दिल शिरिष लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सो अवसरमा सर्जकहरु दिल शिरिष, कोपिला कंडेल, राज थापा, बिक्रम सुनार सुमित्रा सुनार लगायतले साहित्यीक सृजना बाचन गरेका थिए ।

सम्मानित ब्याक्तित्व बारे सर्जक एबं पत्रकार तारा शर्मा स्टारले प्रकास पार्नुभएको थियो । कार्यक्रम स्मृति प्रकाशनका अध्यक्ष काजि रोशनको अध्यक्षता, सदस्य कोपिला कडेलको स्वागत मन्तब्य र सचिव राम थापा अबिरलको संचालनमा सम्पन्न भएको थियो ।