Category Archives: समाचार

पर्वत जिल्लालाई पूर्ण सरसफाई युक्त नमूना क्षेत्र बनाउने अभियान तिब्र !

देवराज पुरी

पर्वत जिल्लामा आधारभुत खानेपानी तथा सरसफाईको पहुँच शत प्रतिशत पुर्याउने उद्देश्यले जिल्लाका विभिन्न गाविसहरुलाई पूर्ण सरसफाई नमूना गाउँ बनाउने कार्यक्रमहरु सघन रुपमा संचालन गरिएको छ । जिल्ला विकास समिति , पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण पर्वत , जिल्ला खानेपानी तथा सरसफाई डिविजन कार्यालय, पर्वत लगायतका सरकारी तथा गैर सरकारी संघ संस्थाहरुबाट पूर्ण सरसफाई अभियानले तिब्रता पाएको हो ।

पर्वत जिल्लामा सरसफाईको इतिहासलाई हेर्दा पहिलो खुल्ला दिसा मुक्त वार्ड बर्राचौर गाविसको वार्ड नं. ३ घोषणा भएको र पहिलो खुल्ला दिसा मुक्त गाविसको रुपमा रानीपानी रहेको छ । खुल्ला दिसा मुक्त अबस्थाको दिगोपनाका गतिविधिहरु निरन्तर गरिनु पर्छ । अन्यथा खुल्ला दिसा मुक्त घोषणा गर्दैमा सँधै सरसफाईको अबस्था बलियो भइरहने हुदैन । त्यसैले खुल्ला दिसा मुक्त पछिका गतिविधिहरु निरन्तर भइरहेमा सरसफाईको स्तर उन्नती हुन सक्दछ । समाज प्रगतिशिल सभ्यता तर्फ उन्मुख हुन सक्छ । सफा घर ,बस्ती ,टोल , गाउँमा बस्ने ब्यक्तिहरुको चिनारी निरागी , सकारात्मक सोंचका , सभ्य ब्यक्ति भनेर उदाहरणीय रुपमा हुन सक्छ । त्यसकारण सफा गाउँ बनाउने गरी विभिन्न सरसफाईको क्षमता अभिबृद्धि गर्ने , खानेपानी योजनाहरुको निर्माण एबं बनी सकेका योजनाहरुको सुरक्षित तथा दिगो संचालन प्रकृयालाई ब्यापक जोड गरिएको बताईन्छ । मूलत गाविसहरुमा ग्रामिण खानेपानी , सरसफाई तथा क्षमता विकासका कृयाकलापहरु अगाडी बढाइएको छ । पूर्ण सरसफाई तयारी अबस्थाका वार्डहरुलाई घोषणा गर्दै जिल्लालाई नै पूर्ण सरसफाई युक्त जिल्ला बनाउने गतिविधिहरुलाई तिब्रता दिईएको हो । जिल्लाको थापाठाना गाविस मात्रै पूर्ण सरसफाई युक्त गाविसको रुपमा घोषणा भएको हुँदा यही २०७३ आश्विन सम्म ३० वटा वार्डलाई पूर्ण सरसफाई युक्त क्षेत्र घोषणा गर्ने तयारी भईरहेको छ । सघन रुपमा वास कार्यक्रम संचालन भएका गाविसहरुमा फोहोर संकलन विन निर्माण , सरसफाई सम्बन्धी होर्डिड बोर्ड टाँस ,बाटो ,धारा ,गोठ , घर आँगन ,भान्सा घर देखि चर्पी सम्म सफा गर्ने अभ्यास गरिएको छ । गाविसमा कृयाशिल भि वास सि सीको अगुवाइमा सरसफाईका गतिविधिहरु बढीरहेका मात्र नभई दिगोपनाको भरपर्दो आधार समेत स्थानिय संघ संस्थाको सक्षमता एबं निरन्तरता हो । गाविसमा रहेका सरकारी तथा गैर सरकारी संघ संस्था एबं स्थानिय आमा समूह , युवा क्लब ,वाल क्लब , खानेपानी तथा सरसफाई उपभोक्ता समिति लगायतको सामुहिक जोड बल बाट ब्यक्तिगत सरसफाई , घरायसी सरसफाई तथा वातावरणीय सरसफाईमा प्रगति हुन सक्छ । कच्ची चर्पीलाई स्तर उन्नती गर्ने , सार्बजनिक स्थानमाचर्पी बनाउने अनि खानेपानीका श्रोतहरुलाई ब्यबस्थित गर्ने, प्रभावकारी रुपमा वातावरणीय सरसफाई गर्ने आदि कार्य गर्न सकिएमा आफ्नो क्षेत्र नमूना बन्न सक्छ । यी र यस्तै गतिविधिहरु गर्ने गरी निरन्तर विभिन्न तालिम , गोष्ठी ,भ्रमण ,बैठक , आम भेला लगायतका कृयाकलापहरु अगाडी बढीरहेका छन ।

खानेपानी , सरसफाई तथा स्वच्छता सम्बन्धी वास कार्यक्रम सघन रुपमा लागू भएका बर्राचौर , रानीपानी , खानीगाउँ , लिमिठाना , ठुलीपोखरी र धाईरिड गरी पुराना ६ वटा र नयाँ थप १० वटा गाविसहरुमा समेत तिब्र रुपमा वास गतिविधिहरु अगाडी बढीरहेका छन । जिल्लाका अन्य गाविसहरु समेत सरसफाईलाई विशेष महत्वका साथ लिदै सरसफाई गतिविधिहरुमा होमिएका छन । विश्व वातावरण दिवस, राष्ट्रिय सरसफाई सप्ताह , अन्तर्रािषर््ट्रय महिना वारी स्वच्छता दिवस , विश्व हात धुने दिवस , विश्व स्वास्थ्य दिवस , पृथ्वी दिवस आदि दिवसहरुको मर्म एबं सन्देशलाई आत्मसाथ गर्दै चर्पीको निरन्तर र सही प्रयोग , साबुन पानीले हात मिचिमिचि धुने बानी , सुरक्षित पानीको प्रयोग ,सुरक्षित खानाको प्रयोग , सफा घर आँगन तथा वातावरणीय सरसफाईमा हरेक ब्यक्तिले आफ्नो नित्य कर्ममा अभ्यासमा ल्याई स्वास्थ्य , इज्जत र प्रतिष्ठासँग जोडिएको सामूहिक सरसफाईमा हातेमालो गर्दै सभ्य नागरिकको परिचय दिने महान कार्यमा अहिलेबाटै थप सकृय हुदै आफ्नो गाविसलाई जति सक्दो चाडो पूर्ण सरसफाई युक्त क्षेत्र बनाउनका लागि सकारात्मक तथा रचनात्मक भूमिका सबै जन जनबाट हुन सकेमा सफलता टाढा छैन ।

पर्वतको दक्षिणमा खुल्ला दिसा मूक्त पश्चातका गतिबिधिहरु तिब्र गतिमा अगाडी बढीरहेका छन । त्यसो त बर्राचौर गाविसमा वार्ड नं. ३ , ५ र ७ सरसफाईमा बलियो अबस्था देखिन्छ भने रानीपानी गाविसमा वार्ड नं. ८, १ र ९ सरसफाईमा अगाडी रहेका छन । दूबै गाविसका अन्य वार्डहरुमा सरसफाईको स्तरोन्नती भइरहेको छ । प्लास्टिक जथाभावी नफाली संकलन गर्ने अभ्यास गरीएको छ भने विभिन्न स्थानहरुमा फोहोर संकलन वीनहरु बनाइएको छ । हरेक घर घरमा नमूना घरका लागि आबश्यक सरसफाई कृयाकलापहरुलाई जोड गरिएको छ । सार्बजनिक स्थानहरु बाटो ,चोक, विधालय लगायतका स्थानमा बोराहरु पनि फोहोर संकलन गर्नका लागि राखिएको छ । आन्तरिक वार्डहरुमा कुन वार्ड सरसफाइमा अगाडी भनी सकारात्मक प्रतिष्पर्धा भएको देखिन्छ भने छिमेकी गाविसहरुमा को अगाडी हुने भन्नेमा पनि जोड घटाउ भईरहेको छ । त्यसैगरी बाच्छा , लिमीठाना , खानीगाउँ , धाइरिड , सालिजा , ठुलीपोखरी , त्रिबेणी , टकलाक , होर्साडदी , चित्रे ,कार्कीनेटा लगायतका गाविसहरुमा समेत सरसफाईका गतिविधिहरु तिब्र गतिमा बढीरहेका छन । जिल्लाको दक्षिण बर्राचौर , रानीपानी देखि उत्तर सालिजा तथा पूर्ब , पश्चिम चौकिल्ला नै सरसफाईको अभियानमा लागेका छन् । कुश्मा नगरपालिकामा साप्ताहिक रुपमै नगर सफा गर्ने तथा धमाधम टोल सुधार समिति गठन गरी सरसफाई अभियानमा कृयाशिल तुल्याइएको छ । जिल्लाको पहिलो पूर्ण सरसफाई युक्त गाविस थापाठाना पछि दोस्रो पूर्ण सरसफाई युक्त गाविस बन्नका लागि निकै नै होडबाजी चलिरहेको छ ।

स्थानीय संघ संस्थाहरु गाविस , स्वास्थ्य चौकी ,सामुदायिक बन उपभोक्ता समूह ,बिधालय ,आमा समूह , यूवा क्लब ,वाल क्लब ,गाविसमा कृयाशिल गैर सरकारी संघ संस्थाहरु लगायतका सबै ब्यक्ति नागरिक समाज , स्थानीय पार्टी नेतृत्व ,जिविस सबैको सकारात्मक एबं रचनात्मक भूमीका बाट नै आफ्नो गाउँ, सफा गाउँ अनि हाम्रो ठाउँ, राम्रो गाउँ बनाउन सकिन्छ भन्ने कुराको गहिरोमहशुष भएमा सभ्य नागरिकको नाम रोशन हुनेमा दुईमत छैन । यसमा सरोकारवालाहरुको पनि जिम्मेवारीपूर्ण उत्तरदायित्व पूरा गरिनु पर्छ । सम्पन्न भएका राम्रा , उदाहरणीय कार्यहरुको ठिक समयमा बजारीकरण समेत हुनुपर्छ , यसमा संचार जगतको समेत भूमिका रहन्छ ।

(लेखक जिल्ला विकास समिति, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण पर्वत अन्तर्गत फिल्ड संयोजक हुन्)

मेडिकलवालाको रुची बिरामीको उपचार भन्दा चर्को मुनाफामा !

महेन्द्र केसी, पर्वत २०७३ भदौ १४ । तपाई विरामी भई औषधि पसलमा औषधि खरीद गर्न जानुभयो भने कहिल्यै मूल्यमा छुट पाउनु भएको छ ? किन्दै र खादै गरेको औषधिको मूल्यमा कति छुट छ भनी पसलेलाई सोध्नु भएको छ ? पक्कै सोध्नु भएको छैन । अझ तपाईलाई मेडिकलवालाले चर्को बोनस पाउन मनपरि ढंगले औषधि विक्री गर्छन् भन्ने कुरा समेत पत्तो छैन ।

सर्वसाधारणले विरामी परेपछि औषधि पसलमा गई औषधि खरीद गर्छन् । विरामी भएपछि बाँच्नकै लागि खाईने औषधिमा सर्वसाधारणको मजबुरीको फाईदा केही औषधि व्यापारीहरुले लिएको भेटिन्छ । पर्वतको खासगरी सदरमुकाम कुश्माका अधिकांश मेडिकल पसलहरुबाट छुट त परै जाओस् चर्को मूल्यमा औषधि विक्री गर्दै आएका छन् । बजारमा यस्ता औषधि पनि छन् जुन विक्री गर्दा मेडिकलवालालाई १०० प्रतिशत सम्म मुनाफा हुने गर्दछ । यिनै १०० प्रतिशत बोनस पाईने औषधि विक्रीमा नै मेडिकलवालाहरुको रुचि हुने खुलासा भएको छ । विरामीको सेवामा भने मेडिकलवालाको कमै रुची छ । कानून विपरित चेकजाँच गर्ने मेडिकल पसलेले सामान्य विमार लागेर उपचार गर्न जाने विरामीलाई समेत दशौ हजार बरावरको औषधि किन्न बाध्य बनाउने गरेको सर्वसाधारणको गुनासो छ ।

पोखराबाट चेकजाँच गर्न दैनिक जसो बोलाईने डाक्टरहरु र औषधि कम्पनिसँगको मिलेमतोमा चर्को बोनस कमाउने लोभले विरामीको स्वास्थ्यलाई भन्दा आफ्नो मुनाफालाई हेरेर औषधि व्यवसायीहरुले औषधि विक्री गर्दै आएको स्वास्थ्यकर्मीहरुनै भन्छन । गै¥हकानूनी रुपले विरामी चेकजाँच गर्ने र मुनाफालाई हेरेर औषधि विक्री गरेपछि सर्वसाधारण मर्कामा परेका छन् । आफू मर्कामा परेको भनी गुनासो गर्ने सर्वसाधारणको संख्या समेत बढ्दो छ । कुश्माकै एक मेडिकल हलमा केही दिन पहिले कुनपा ६ दुर्लुङकी ६५ वर्षीया दमदारी रेग्मी उपचार गर्न भनी गईन् ।

श्वासप्रश्वासको विरामी भएको बताईने उनी आफ्नो नातिको साथ लागेर सामान्य अवस्थामा उपचारकै लागि कुश्मा झरेकी थिइन् । उनलाई मेडिकल हलमा ईन्जेक्सन लगाएर केही समय उपचार गरेको तर पछि बेहोस भएपछि जिल्ला अस्पताल पठाएको खुल्न आएको छ । जिल्ला अस्पताल नपुग्दै उनको प्राण पखेरु उड्यो ।

जिल्ला अस्पताल स्रोतका अनुसार रेग्मीको मुटुको गति र व्लडमा अक्सिजनको मात्रा नभएपछि मृतक घोषणा गरिएको थियो । रेग्मी औषधिकै कारण मारिइन् या स्वभाविक तवरले मरिन् भन्ने केही खोजी हुन सकेन । मृतक रेग्मीबारे सोधपुछ गर्न खोज्दा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.फणिन्द बराल खुल्न चाहदैनन् । रेग्मी मृत्युले सामान्य चर्चा पात्र पाएको थियो ।

बजारमा सामान्यत १० देखि १०० प्रतिशतसम्म बोनसमा औषधि विक्री हुने बताउँछन् औषधि व्यवसायीहरु । बजारमा धेरै मुनाफा दिने औषधि कम्पनिमा आर्य, एसआर, जीडी, विजयदीप लगायत रहेको बताईन्छ । यी औषधि उत्पादकहरुले १०० प्रतिशत मुनाफा दिने गरेको औषधि व्यवसायीहरुकै भनाई छ । त्यसैगरी सामान्यत १० प्रतिशत र केही माथि बोनस दिने औषधि उत्पादकहरुमा सन, ईन्टेस, क्वेष्ट, डिजेपीएल, एनपीएल, नोभाजेनिेटिक लगायत छन् । सामान्यत बजारमा चलेको र गुणस्तरीय औषधि कम्पनिहरुले बोनस कम दिने गर्छन् भने नयाँ कम्पनिहरु जो स्थापित भईसकेका छैनन् र चलेका औषधि छैनन् । त्यस्ता औषधि कम्पनि जसको औषधि प्रभावकारी नभएको हुन्छ । तिनीहरुबाट चर्को बोनस मिल्ने गरेको कुरा औषधि व्यवसायीहरु नै आफ्नो नाम नखुलाउने शर्तमा बताउँछन् ।

औषधि विभागले उल्लेख गरेअनुसार सामान्यत औषधिको खरीद मूल्यमा बढीमा १६ प्रतिशत भन्दा बढी मुनाफा लिन व्यवसायीहरुले पाउदैनन् । औषधिको खरीद मूल्य भन्दा चर्को मूल्यमा बजारमा औषधि विक्री गर्ने औषधि व्यवसायीको संख्या नै धेरै छ । औषधि खरीद विक्रीको विल विजक नै नराख्ने र राज्यलाई स्वास्थ्य सेवा कर तिर्न नखोज्ने औषधि पसलेले सर्वसाधारणलाई भने चर्को बोनस पाईने औषधि विक्री गरी रातारात करोडौ कमाउने धन्दामा लागेका छन् ।

महादेव मन्दिर परिसरमा दुर्गा भवानी मन्दिरको शिलान्याश !

सुमन जि.सी.बागलुङ, २०७३ साउन ७ । तित्याङ गाविस वडा नं ९ मा रहेको आशापुर्णेश्वर शिवालय महादेव मन्दिर परिसरमा दुर्गा भवानी मन्दिर निर्माणका लागि शुक्रवार शिलान्याश कार्य सम्पन्न भएको छ । मन्दिरको शिलान्याश जेष्ठ नागरिक व्दय देवीप्रसाद उपाध्याय र तिर्थप्रसाद उपाध्यायले संयूक्त रुपमा गरेका थिए ।

आशापुर्णेश्वर शिवालय महादेव मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्य स्थल बनाउने उद्देश्यले तित्याङ वडा नं ९ स्थीत स्व.रत्नप्रसाद उपाध्याय तथा रुक्मणी उपाध्यायको सम्झनामा उहाँका छोरा डण्डपाणी उपाध्यायले रु २ लाख ५० हजार बरावरको लागतमा उक्त मन्दिर निर्माण गर्न लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिए ।

मन्दिरलाई पाञ्चायन मन्दिरको रुपमा विकास गर्नका लायि यस पुर्व नै मन्दिर परिसरमा गणेश मन्दिर, लक्ष्मीनारायण मन्दिर निर्माणको कार्य सम्पन्न भईसकेको तथा दुर्गा भवानी मन्दिरको शिलान्याश कार्य सम्पन्न भएको र सूर्य नारायण मन्दिर निर्माणका लागि कार्य प्रकृया अगाडि वढाईएको पौडेलले बताए ।

बागलुङ बजारवाट नजिकै रहेको जिल्लाकै सवैभन्दा लामो र अग्लो पुल पार गरेपश्चात आउने मन्दिरलाई व्यवस्थित एवं पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि मन्दिर परिसरमा १०८ पिपलका विरुवा रोपिएको छ । मन्दिरलाई अझै व्यवस्थित गर्नका लागि मन्दिर परिसरमा विवाह मण्डप, १०८ विलिङ्ग निर्माण, कार्यालयको व्यवस्थापन, पुल देखी मन्दिरसम्म जाने बाटोमा सिँढी चिन्ने र बागलुङ बजारवासीले प्रयोग गर्दै आईरहेको यहाँको शुद्ध पिउने पानीलाई धारा बनाई व्यवस्थापन गर्ने योजना रहेको अध्यक्ष पौडेलले बताए ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पौडेलको अध्यक्षतमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता जेष्ठ नागरिक देवीप्रसाद उपाध्यायले गरेका थिए । कार्यक्रममा दाता दण्डपाणी पौडेल, शिवालय प्राविका प्रध्यानध्यापक घनश्याम पौडेल, समाजसेवी रामचन्द्र पौडेल लगाएतले बोलेको कार्यक्रमको स्वागत मन्दिर व्यवस्थापन समितिका सचिव डण्डपाणी शर्मा र सञ्चालन कोषाध्यक्ष सचिव कुमार प्रसाद उपाध्यायले गरेका थिए ।

सोही क्रममा निर्माणधीन शिवालय प्राथामीक विद्यालयको ५ कोठे भवनका लागि मन्दिर निर्माण दाता डण्डपाणी पौडेलले रु १० हजार १ सय रुपैया सहयोग समेत गरेका छन् ।

विपी स्मृति दिवसमा दैवी प्रकोप पीडितका लागि अक्षय कोष स्थापना !

नारायण रिजाल, बागलुङं, २०७३ साउन ६ । नेपाली काँग्रेसका संस्थापक नेता वि.पि. कोईरालाको ३४ औ स्मृति दिवस विहिबार बागलुङमा पनि विविध कार्यक्रम गरी मनाईएको छ । नेपाली काँग्रेस बागलुङको अयोजना तथा काँग्रेस क्षेत्र न. २ को संयोजनमा बागलुङको पैयुँपाटामा वृक्षारोपण गर्नुका साथै विचार गोष्ठीको आयोजना गरिएको थियोे ।

नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै सभापति थापाले मुलुकलाई सहि बाटोमा लानका लागि काँग्रेस विपिले देखाएको बाटो हिडन जरुरी रहेको बताए ।

उनले सम्पुर्ण काँग्रेसी जनहरु हरेक क्रियाकलापमा विपिले परिकल्पना गरेको भावनालाई बुझेर लाग्न जरुरी रहेको बताए । विपि काँग्रेस संस्थापक नेता मात्र नभई नेपाली साहित्यका एक अग्रज व्यक्तित्व पनि भएका कारण हरेक नेपालीले उहाँले परिकल्पना गरेका प्रजातान्त्रिक समाजबादलाई अगाल्न आवश्यक रहेको उनको भनाई थियो ।

विक्रम सम्बत १९७१ साल भदौमा भारतको बानरसमा जन्मेका विपि कोईरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस बागलुङका पार्टी सचिव नवराज पौडेल, कोषाध्यक्ष उमेश गौतम, सदस्य सिताराम रसाईली, महासमिति सदस्य कल्पना हमाल पाठक, महाधिवेशन प्रतिनिधि एवं विद्याथी नेता हरिहर शर्मा, काँग्रेस बागलुङ नगर सभापति महेन्द्र आचार्य, नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्मा, नेपाल तरुण दलका जिल्ला अध्यक्ष उमकान्त शर्मा बाबु, नेपाल टे«ड युनियन काँग्रेस बागलुङका अध्यक्ष रामप्रसाद अधिकारी, प्रजातान्त्रिक विचार समाज प्रदेश नं. ४ का संयोजक दुर्गादत्त आचार्य, विपि चिन्तन प्रतिष्ठान बागलुङका अध्यक्ष चुडामणि शर्मा पौडेल, पैयुँपाटा गाउँपाटी सभापति चन्द्र बहादुर खत्रीले बोलेका थिए ।

कार्यक्रमको अवसरमा बागलुङ क्षेत्र नं. २ मा पर्ने विभिन्न दैवि प्रकोपबाट पीडितलाई राहत पुगोस भन्ने उद्देश्यका साथ क्षेत्रीय समितिले विपि स्मृति अक्षयकोषको स्थापना गरेको छ ।

आफ्ना कार्यकर्तालाई कुनै पनि विपत्ति परेमा उक्त कोषबाट केहि राहत प्रदान गर्नका लागि सहज होस भन्ने हेतुले कोषको स्थापना गरेको क्षेत्र नं. २ का क्षेत्रीय सभापति नारायण शर्मा पौडेलले बताए । विपि स्मृति दिवसको अवसर पारेर शुरुवात गरिएको कोषमा क्षेत्र नं. २ का विस वटा गाविसमा पर्ने कुनै पनि विपत्तीमा सहयोग गरिने शर्माले बताए ।

अक्षय कोषमा विहिबार नै २ लाख ३२ हजार १ सय ५ रुपैया संकलन भएको छ । त्यसै गरी नेपाली काँग्रेसका हरेक कार्यक्रमलाई गाउँ तहदेखी संचालन गर्नका लागि क्षेत्रमा ६ वटा कलस्टर निर्धारण गरिएको छ ।

सोही अन्र्तगतका पैयुँपाटा, अमलाचौर र नारायणस्थान लाई जोडेर कलस्टर नं. ६ को भेला पनि सम्पन्न गरिएको छ । भेलाले क्षेत्रीय सदस्य नारायण श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय ६ नं. कलस्टर समिति चयन गरेको छ । समितिको उप संयोजकमा चन्द्र बहादुर खत्री, सचिवमा चक्र बहादुर खत्री, सह सचिवमा दिपक कुँवर कोषाध्यक्षमा देवेन्द्र पौडेल, त्यसै गरी सदस्यमा एकनाथ रिजाल, हरिकुमार श्रेष्ठ, सोकेन्द बहादुर खत्री, टेक नारायण शर्मा, संझना श्रेष्ठ रिता खड्का पौडेल, विष्णु प्रसाद शर्मा, उर्मिला शर्मा, कोपिलामणी शर्मा, गंगादत्त शर्मा, लिलाधर वि.कलाई चयन गरेको छ । साथै सल्लाहकार समिति पनि चयन गरिएको छ । सल्लाकारमा कृष्ण बहादुर खत्री दिर्घ नारायण श्रेष्ठ, कमल कुमार जिसी, मोहोराज शर्माल, डण्डपानी विक, दुर्गा कुमारी शर्मा सन्तोष कुँवर, सहदेव पौडेल, नरप्रसाद रिजाल र एकनाथ रेग्मी रहनुभएको क्षेत्रीय सचिव विकास पौडेलले बताए ।

काँग्रेस क्षेत्रीय सभापति थापाको अध्यक्षता क्षेत्रीय सभापति नारायण शर्मा पौडेलको स्वागत र सचिव विकास पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

विश्वमा दुर्लभ मानिने भाले हिउँ चितुवाको मृत्यु !

केशव विश्वकर्मा, मुस्ताङ २०७३ साउन ६ । विश्वमा दुर्लभ मानिने भाले हिउँ चितुवा मरेको छ । चितुवा धेरै दिनसम्म घाईते अवस्थामा रहेकाले अत्याधिक रक्तश्राव भएको र शरिरमा पानीको मात्रा एकदम कम भएकाले बचाउन सकिएन चितुवा म-यो प्राविधिकले भने ।

घाईते चितुवाको नेपाली सेनाको सहयोगमा जिल्ला अस्पताल जोमसोममा एक्सरे गरेर हेर्दा पछिल्ला दुई वटै खुट्टा भाँचिएको एउटा खुट्टा अनिवार्य रुपमा काट्नुपर्ने अवस्थामा रहेको थियोु उपचारमा संलग्न प्राविधिकको भनाई छ ।

हिउँ चितुवाको उपचारको लागि सदर चिडियाखाना जावलाखेल ललितपुरबाट आएको प्राविधिकको टोलीव्दारा मंगलवार साँझ ६ बजेर २१ मिनेट जाँदा चितुवाको उपचार सुरु गरिएको र उपचारको क्रममा सो चितुवा बेलुका ८ बजेर १५ मिनेट जाँदा मरेको उपरचारमा संलग्न प्राविधिक राधाकृष्ण घर्तीले बताए ।

चितुवाको भाँचिएका खुट्टा कुहिएर किरा परेको देखिएकाले करिब २ हप्ता अगाडी देखि घाईते भएको हुन सक्ने र कुनै चोरी शिकारीको पासोमा परि या भिरबाट लडेर दुवै खुट्टा भाँचिएको हो भनि पुष्टि हुन सकेको छैन ।

राष्ट्रिय प्रकृति संरक्षण कोष (ल्त्ल्ऋ) अन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग सम्पर्क अधिकारीको कार्यालयले सो चितुवालाई नष्ट गर्न लिखित निर्देशन दिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमकी प्रमखु निरु थापाले जानकारी दिइन् ।

वीपीको योेगदानको चर्चा गर्दै बुर्तिवाङमा मनाईयो ३४ औँ स्मृति दिवस !

बिमल खड्का बुर्तिबाङ २०७३ साउन ६ । बुर्तिबाङ गाउबिकास समितिमा नेपाली काग्रेसको ग्राम समितिको आयोजनामा ३४ औँ बिपी स्मृति दिवस मनाईएको छ ।

कार्यक्रममा बिपीले नेपाली काग्रेसमा पु¥याएको योगदानको बारेमा चर्चा गर्दै उनको तस्बिरमा अबिर माला लगाएर उनी प्रति १ मिनेट मौन धारण गरिएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताले उनले गरेका महत्वपुर्ण कामको व्यख्या उनी एक निष्ठा वान नेताको गुण रहेको बताएको थिए ।

कार्यक्रममा जिल्ला कार्यसमिति बागलुङकी सदस्य गण्डकी थापा अधिकारी, नेपाल महिला क्षेत्रीय अध्क्षय लिलमाया पुन, नेपाल महिला सघंकी केन्द्रीय प्रतिनिधी दिलमाया पौवी, समाजसेवी तथा सक्रिय नेता मेषलाल शर्मा, हर्क गुरुङ लगाएतको उपस्थित रहेको थियो ।

कार्यक्रममा पाटीको अगामी रणनीतिको बारेमा अन्तकृया गरिएको थियो । कार्यक्रममा नेपाली काग्रेस ग्राम समिति बुर्तिबाङका अध्यक्ष शालिकराम शर्माको अध्क्षयता तथा सक्रिय सदस्य हिरालाल पौडेलले गरेका थिए ।