Category Archives: ताजा समाचार

रामरेखामा एक युवक र एक बृद्ध मृत भेट्टिए !

तजबिज खबर, बागलुङ २०७३ असोज २४ । बागलुङ नगरपालिका १ रामरेखाकोे अलग अलग स्थानमा एक युवक र अर्का एक बृद्धको शव फेला परेको प्रहरीले जनाएको छ ।

आईतवार विहान रामरेखा कुरीको फुलवारी नेरको नालीमा अड्किएको अवस्थामा मृत भेटिएका युवक बानपा- १ रामरेखा कालिका भगवती मन्दिर प्रवेशव्दार अगाडी फुलप्रसाद विक्री गर्ने श्रीमती देवी खत्रीको छोरा भएको खुल्न आएको छ भने अर्का मृतक गोविन्द जोगी (भारत) कालिका भगवती मन्दिर आसपासमा बस्दै आएको स्थानीयले बताएका छन् ।

अन्दाजी ७५ वर्ष उमेरका बृद्ध जोगी गोविन्द दश बाह्र वर्ष देखी यहाँ बस्दै आएका थिए र कहिले पर्वत, कहिले म्याग्दी र अधिक समय कालिका भगवती मन्दिरमा बसेर भीक्षाटन गर्दै आएका थिए ।

नाली माथी राखिएको स्ल्याबका मुनी रडले बेरिएको अवस्थामा फेला परेका दिपकको मृत्य स्वाभाविक नभएको स्थानीयको भनाई रहेको छ ।

घटना बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) चक्रबहादुर सिहंले बताएका छन् ।

अहिलै नै मृत्यु या हत्या केही भन्न नसकिने बताउदै एसपी सिहंले पोष्टमार्टम र भिसेरा रिपोर्ट आएपछी थप भन्न सकिने पनि बताए ।

आज भोलि हुलाकको नाम नै सुन्न छोडियो …

गुमानसिँह भण्डारी, गल्कोट २०७३ असोज २३ । केही वर्ष अघिसम्म टाढा रहेका परिवारका सदस्य, नातेदार, आफन्त र साथीहरुको हालखबर थाहा पाउन हुलाकबाट चिठीपत्र आदानप्रदान गरिन्थ्यो । प्रत्युत्तर पाउँन हप्तौं र महिनौं कुर्नु पथ्र्यो । तर अहिले इमेल–इन्टरेनट चलाए पुग्छ । धेरैको हातहातमा मोबाइल, घरघरमा इन्टरनेट र गाउँगाउँमा टेलिफोन सुविधा पुगेपछि कुनै समय एउटै मात्र विकल्पको रुपमा रहेको हुलाक सेवालाई भने सबैले लगभग बिर्सिसकेका छन् । भन्छन, केहि वर्ष यता हुलाकको नाम नै सुन्न छोडियो …!

पहिले धनादेश (बैंकिङ)को कारोबर समेत हुलाकबाट हुने हुलाक कार्यालयहरु यतिबेला कामविहीन अवस्थामा पुगेका छन् । चिठ्ठी-पत्र, पत्र-पत्रिका, रजिष्टरी-पत्र लगायत पुलिन्दाका पोकाहरु बोकेर घरघरमा पुग्ने हल्काराहरु अहिले बिरलै देख्न पाईन्छ । बागलुङ बजारको उद्यान सामुन्नेको चोकमा रहेको जिल्ला हुलाक कार्यालय भवनको भूर्इँतला सबै भाडामा लगाईएको छ भने माथिल्लो तला सुनसान देखिन्छ । गाउँगाउँमा रहेका ईलाका हुलाक कार्यालयहरु पनि सुनसान अवस्थामा रहेका छन् । सेवाग्राहीहरुको अभावमा त्यसैत सुनसान बनेको हुलाक त्यस्मा पनि इलाका हुलाकहरुमा आउने (निकासा भएको) रकम जिल्लाबाट रोकिएपछी काम-माम सबैबाट कर्मचारीहरु पीडित बनेको चर्चा सार्वजनिक भएको छ ।

हुलाकबाट सेवा लिने सेवाग्राहीहरुको संख्यामा उल्लेख्य कमी आएको ईलाका हुलाक कार्यालय गल्कोट हरिचौरका प्रमुख सन्तोष थापाले बताए । कार्यालयका अनुसार चिठ्ठीपत्रको आदानप्रदान गर्ने क्रम ५/६ वर्षयता खस्केको छ, व्यक्तिगत काममा चिठीपत्रको प्रयोग हुन छाडेको छ, सरकारी र संस्थागत काम तथा पत्रिका पुर्याउनको लागि मात्र हुलाकको प्रयोग सिमित भएको थापाको भनाई छ ।

हुलाकमा चिठीपत्र आउन छोडेपनि कर्मचारीको काम भने रोकिएको छैन भन्छन थापा । ईकाला हुलाक कार्यालयमा आउने रकम जिल्लामा रोकिएको भन्दै सेवा प्रवाहमा केहि समस्या देखिएको उनको गुनासो छ ।

ब्यक्तिगत प्रयोजनका चिठिपत्र पठाउन छोडे पनि बिद्यालयका चिठिपत्र भने हुलाकबाटै पठाउने गरेको दिपज्योति आधारभुत बिद्यालयकी प्रध्यानाध्यापिका शारदादेवी शर्माले बताईन् ।

सन्देश छिटो पुयाउने फोन, इमेल, इन्टरनेटको बढ्दो प्रयोगले गर्दा चिठ्ठीपत्र आदान–प्रदानका लागि खोलिएका हुलाक कार्यालय सरकारी कार्यालयका औपचारिक पत्राचारमा सीमित बनेका छन् ।

दशैँ पर्वलाई भड्किलो नभै सहज र सरल ढङ्गबाट मनाउन आग्रह !

कोपिला कंडेल, बागलुङ २०७३ असोज २३ ।नेपालीहरुको महान पर्व विजयादशमी ,शुभ दिपावली तथा छटपर्वको अवसरमा नेकपा माओबादी केन्द्र नगर सम्मेलन आयोजक समिति बागलुङले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा बोल्दै नेकपा माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य एबं जिल्ला संयोजक चन्द्र बहादुर बुढा सागरले राष्ट्रियता र समाज रुपान्तरणका लागि सबै एक हुनुपर्ने बताए ।

माओबादी केन्द्र नेतृत्वको सरकार समक्ष सम्भावना र चुनौती दुबै रहेको भन्दै माओबादी नेता सागरले संबिधानमा प्राप्त उपलब्धीको रक्षा गर्न सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिए । उनले दशै पर्वलाई भड्किलो नभै सहज र सरल ढङ्गबाट मनाउनुपर्ने बताए ।

त्यसैगरी नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य अमृत घर्ति आभाष र सांसद केशरी घर्ति मगरले चाडपर्वको नाममा हुने बिकृति र बिसंगतीको अन्त्य गर्दै दशैलाई मेलमिलापको पर्वको रुपमा मनाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा पुनराबेदन बार ईकाई बागलुङका अध्यक्ष केशवराज पराजुली, नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनका अध्यक्ष डा. दिन बहादुर थापा, नेवा राष्ट्रिय मुक्तिमोर्चाका अध्यक्ष रतन मलेपति र प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य कोपिला कंडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम नेकपा माओबादी केन्द्र नगर सम्मेलन आयोजक समितिका संयोजक निर्मल कुमार श्रेष्ठको अध्यक्षता, सदस्य चित्र बहादुर सुबेदीको स्वागत मन्तब्य र कुमार बिक्रम क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो ।

श्रमिकबिरोधी कानुनको बिरुद्धमा श्रमिकहरु सडक आन्दोलनमा जाने !

काठमाडौ, २०७३ असोज २२ । श्रमिक संगठनहरुले औधोगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र ऐनमार्फत गरिएका श्रमिकको हड्ताल गर्ने र हड्ताल अबधिको तलबमा प्रतिबन्ध लगाउने गलत प्रस्ताव नसच्याईए सडक आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) द्धारा मर्यादित कामका लागि विश्व दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा महासंघ अध्यक्ष विष्णु रिमालले भने, ʽपहिलो यो नीतिगत कुरा हो । नीतिगत कुरालाई नीतिगत तहमा नै यसको प्रतिबाद गर्नुपर्छ । राष्ट्रपतिज्यूलाई फिर्ता गर्न मिल्नेसम्म फिर्ता गरिदिनुस् भन्ने आग्रह गर्छौं । बिधिले नमिल्ने रहेछ भने यो संशोधनको प्रक्रियामा जान्छ । नीतिगत तहभन्दा बाहिर श्रमिकलाई परिचालित गर्ने काम हामी छोड्दैनौं ।ʼ

वार्ताबाट धेरै कुरा हल हुने आशा लिएको बताउँदै उनले भने ʽवार्ताबाट समस्या समाधान भए सडकमा जानु परेन । वार्ताले तलमाथि पार्यो भने सडकमा जानुपर्ने परिस्थिति आउनसक्छ ।ʼ

कार्यक्रममा दशवटा ट्रेड युनियन महासंघको छाता संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष खिलानाथ दाहालले संसदबाट पारित औधोगिक व्यवसाय सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको बिधेयक २०७१ सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको भन्दै ट्रेड युनियनहरुसँग समन्वय नगरी एकतर्फीरुपमा संसदबाट पारित कानुनमा बिमति जनाए । बन्द हड्ताल र नो वर्क नो पे सम्बन्धमा गरिएको व्यवस्था अमान्य भएको भन्दै उनले सो दफा हटाउन माग गरेका छन् ।

उनले भने,ʽश्रम बिरोधी औधोगिक व्यवसाय ऐनलाई पूर्णत अस्विकार गर्दै अन्तराष्ट्रिय श्रम संगठनमा मुद्धा दायर गर्ने प्रकृया अगाडि बढाउने र दबाबमूलक कार्यक्रम संचालन गर्न बाध्य हुनेछौं । श्रम बिरोधी दफा नहटाई लागु गर्न खोजिएमा त्यसबाट उत्पन्न हुने परिस्थितिप्रति राज्य पक्ष र राजनैतिक दल जिम्मेवार हुनुपर्नेछ ।ʼ

कार्यक्रममा जिफन्टले मर्यादित कामका सन्दर्भमा वृत चित्र प्रस्तुत गर्नुका साथै यसै दिवसका अवसरमा मर्यादित कामका सन्दर्भमा देशव्यापी प्रचार सामाग्री पुर्याएको जानकारी दिएको थियो ।

सीवाईसीको एक दिने सहकारी शिक्षा तालिम सम्पन्न !

सुमन जि.सी. बागलुङ, २०७३ असोज २२ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संस्थाको सातौंै समृद्धि दिवसको पूर्व सनध्यामा सदस्य सेवाकेन्द्र तित्याङ बागलुङका सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति र विभिन्न कार्यदलका लागि शुक्रवार १ दिने सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ ।

सिवाईसीको परिकल्पना ध्येय, लक्ष्य, उद्देश्य भावि रणनीति, संस्थाले प्रदान गर्दै आइरहेका सेवासुविधा, समिति उपसमितिको संस्थाप्रतीको दायीत्व तथा काम कर्तव्य र अधिकार लगाएतका विषयहरुमा साझा बुझाईको विकास गर्ने उद्देश्यले सञ्चालीत तालिम कार्यक्रमको सहजिकरण संस्थाका केन्द्रिय अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले गरेका थिए ।

संस्था मिति २०६६ चैत्र २६ गतेका दिन डिभिजन सहकारी कार्यालय बागलुङमा विधिवत रुपमा दर्ता भई मिति २०६७ आश्विन २२ गतेदेखि कारोवार शुरुवात गरेको थियो । कारोवार सुरुवात गरेको दिनलाई संस्थाले वार्षिक रुपमा समृद्धि दिवसको रुपमा मनाउदै आईरहेको छ । संस्थाले भोलीको दिनलाई मुल समारोहको रुपमा मनाउनका लागि शेयर सदस्य तथा बचत बृद्धि अभियानमा योगदान पु¥याउनु हुने दम्पती जोडीहरुलाई सम्मान, असल सदस्य परिचय–पत्र वितरण, जेष्ठ नागरिक पेन्सन वितरण लगाएतका कार्यक्रमहरु गरी मनाउने अध्यक्ष पौडेलले जानकारी दिए ।

एड्स रोगले ग्रसीत निसीकी महिलालाई राहत प्रदान !

छबिलाल पाण्डे, बुर्तिवाङ २०७३ असोज २२ । निसी गाविस स्थित निसी दलीत युवा क्लबको आयोजनामा एचआईभी एड्स रोगले सँक्रमित निसीकी एक महिलालाई सहयोग हस्तान्तरण गरीएको छ ।

निसी वडा नँ ४ कि ४३ बर्षिय कर्मा बिश्वकर्मालाई सँस्थाको तर्फदेखि नगद पाँच हजार एक सय पचास चार बोरा चामल र एक पिस बगाङकेट हस्तान्तरण गरीएको हो

कार्यक्रममा निरुवा बिश्वकर्माको अध्यक्षता, समाजसेवी वीरमान बिश्वकर्माको प्रमुख आतिथ्यता एवम मन बहादुर बिश्वकर्मा, भुल बहादुर बिश्वकर्मा, बल बहादुर बिश्वकर्मा, हर्क बहादुर बिश्वकर्मा र सेर बहादुर बिश्वकर्माको आतिथ्यता रहेको थियो । क्लबका सचिब दयासरी बिश्वकर्माको स्वागत राजिब बिस्वकर्माको मन्तब्य रहेको थियो ।

पीडित बिकको परीवारमा दुई छोरी र १ छोरा रहेको र श्रीमान एड्सका कारणनै दुई बर्ष अगाडि निधन भएको थियो । पीडित बिकले पछिल्लो समय एड्स सँक्रमणले जित्न थालेसँगै आँखा नदेख्ने ,कान नसुन्ने, बोल्न नसक्ने, लगाएतका समस्याका कारण ओच्छ्यानमानै छटपटाउनु परेको बताईएको छ । निजलाई छोरा छोरीले हेरचाह गर्नै गरेका छन् ।

संविधान कार्यान्वयनका लागि एमालेको खबरदारी शुरु !

बागलुङ, २०७३ असोज २२ । संविधानको कार्यान्वयनका लागि समयमै तीनवटै तहको निर्वाचन सम्पन्न गर्नका लागि जनताको खबरदारी बढाउन एमाले बागलुङले ४ महिने अभियान सञ्चालन गर्ने भएको छ ।

असोज २८ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुने अभियान सफल पार्नका लागि एमाले जिल्ला सचिवालय वैठकले विभिन्न १० वटा लकष्टर निर्माण गरेर उत्प्रेरक, संयोजक र सदस्य तोकेर जिम्मेवारी दिएको छ ।

नेकपा एमाले बागलुङले सञ्चालन गरेको ४ महिने संविधान कार्यान्वयन अभियानलाई सफल पार्नका लागि गठित १० वटा कलष्टरहरुको कार्ययोजना निर्माण कार्य शुरु गरेका छन् । यसैक्रममा शुक्रवार नम्बर–२ को भेला सम्पन्न भएको छ । कलष्टर २ मा रेश, लेखानी, विहु, तंग्राम, धम्जा, भीमापोखरा र पाला गाविस रहेका छन् ।

भेलाले असोज ३० गतेदेखि कार्तिक ६ गतेसम्म पार्टी तथा जनवर्गीय संगठनहरुको गाउँ कमिटिको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

एमालेको लोकप्रियताबाट हच्केको वर्तमान सरकार र सरकारको नेतृत्व गरेका मुख्य दलहरु संविधान कार्यान्वयनका लागि निर्वाचनको पक्षमा नभएकोले जनतालाई खबरदारीका लागि सचेत बनाउन अभियानले सहयोग पुग्ने एमालेले जनाएको छ ।

संविधानको कार्यान्वयनका लागि दबाब दिनुका साथै एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले नीति तथा कार्यक्रम र बजेट मार्फत ल्याएका लोकप्रिय कार्यक्रमहरुका बारेमा आम जनतालाई जानकारी गराउन अभियान सफल हुने जनाइएको छ ।

सूचना तथा संचार सहकारी संस्थाव्दारा कारोवार शुभारम्भ !

तजबिज खबर, बागलुङ २०७३ असोज २१ । बागलुङ सूचना तथा संचार सहकारी संस्थाले आज शुक्रवार देखि बचत तथा ऋणको कारोवार शुभारम्भ गरेको छ ।

संचार उद्यमको रुपमा काम गर्ने उदेश्यले स्थापित सहकारीले पहिलो पटक करोवार थालेको हो । कारोवार सुरु गरेको पहिलो दिन दश लाख शेयर रकम तथा दश लाख रुपैयको कारोवार गरेको छ ।

संस्थाले शेयर सदस्यहरु विच कारोवार गर्न बचत तथा ऋणको काम बिधिबत रुपमा गर्न सुरु गरिएको बागलुङ सुचना तथा संचार सहकारी संस्थाका सचिव ज्ञानेन्द्र गौतमले बताए ।

संचार क्षेत्र सग आर्थिक समृद्धिको विकास गर्न सहकारी संस्थाले भुमिका खेल्ने बताइएको छ । २०६३ सालमा स्थापना भएको सहकारी संस्थाले बागलुङ एफ.एम मात्र संचालन गर्दै आएको छ । निकट भविश्यमा टेलिभिजन, केवल, पत्रिका एवं प्रेस संचालन गर्ने तयारी भईरहेको सतिव गौतमले बताए । सुरुमा ५१ जना संस्थापन र थप दुई सय जना नय“ा शेयर सदस्यबाट दुई करोड रुपैया“ शेयर संकलन भएको संस्थाका अध्यक्ष बसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

निसी खोलामा हाम फालेर बेपत्ता !

छबिलाल पाण्डे, बुर्तिबाङ २०७३ असोज २० । बोहोरागाँउ ३ का ५० बर्षिय राम बहादुर बिक शोभा निसी खोलामा हाम फालेर बेपत्ता भएका छन् ।

बिगत २० बर्ष देखि भारतमा परिवारका सदस्य सँगै रोजगारी गरी बिहिबार दुई छोरी श्रीमती र आफु गरी पाँच जनाको परिवार लिएर भारतबाट गाँउ आएका बिकले विहीबार दिँउसो करीब साढे २ बजे बसबाट झिँवाखोला बजार नजिकै र्ओिर्लएर घर पैदल जाने क्रममा सौच जान्छु भनी गएको र नदी किनारमा गएर अचानक हाम फालेको उनकी श्रीमती मिना बिकले बताईन । बिकले अचानक हाम फाल्नुको रहस्य भने खुलेको छैन् । उनको शब समेत नभेटिएको स्थानीयले बताएका छन् । बिकको बोहोरागाँउ ३ स्थित घरमा बृद्ध बुबा आमा, लगाएतको परिवार रहेको बताईएको छ ।

पर्वतमा मनाईयो ६१ औ प्रहरी दिवस !

पर्वत २०७३ असोज २० । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा सदरमुकाम कुस्माबजारमा ‘समाजको चौतारी छ राष्ट्रको छहारी, नागरीक सुरक्षा नै हाम्रो जिम्मेवारी’ भन्ने मुल मन्त्रका साथ कर्तव्य पालनाको सिलसिलामा देश र जनताका लागी आफ्नो प्राणको आहुति दिई वीरगती प्राप्त गरेका अमर प्रहरीको सम्झना गर्दै ६१ औ प्रहरी दिवस मनाईएको छ ।

जिल्ला प्रहरी कार्यालय , पर्वतको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा सशस्त्र प्रहरी वल चण्डिका गणका गणपति सुदर्शन प्रसाद सिलवाल, नेपाली सेनाका सह सेनानी दिपेन्द्र श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष, पुर्व प्रहरी कर्मचारीहरू, अमर प्रहरीका आश्रित परिवारहरू, समाजसेवी, वुद्दीजिवी, राजनितिक दलका प्रतिनिधी, सञ्चारकर्मी तथा जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुको सहभागिता रहेको जिप््रका पर्वतले जनाएको छ ।

वीर अमर प्रहरीहरूको सम्झनामा प्रहरी स्मारिकामा पुष्प गुच्छा तथा माल्यार्पण गर्दै मनाईएको कार्यक्रममा उत्कृष्ट कार्य गर्ने ८ जना प्रहरी कर्मचारीहरू क्रमशस् प्रहरी सहायक निरिक्षक भोज बहदुर गुरूङ, प्रहरी हवल्दार भक्त बहादुर पुन र हरी बहादुर थापा, प्रहरी जवान मिन ब लामा , प्रहरी जवान दुग्ध लाल श्रेष्ठ, प्रहरी जवान श्याम कुमार श्रेष्ठ, प्रहरी जवान निर्मल गाहा र प्रहरी जवान रेशम बहादुर क्षेत्रीलाई पुरस्कृत गरीनुका साथै अमर प्रहरीका आश्रीत परिवारलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो

कार्यक्रममा प्रमुख अतिथि प्र।जि।अ शम्भु प्रसाद मरासिनीले शान्ति सुरक्षा स्थापनामा प्रहरीको भुमिका महत्वष्ूर्ण रहेको बताएका थिए भने प्रहरी नायव उपरीक्षक शेखर खनालले प्रहरीलाई निर्देशन दिएका थिए ।

सो अवसरमा पुर्व प्रहरीको तर्फवाट थमन बहादुर क्षेत्री, अमर प्रहरीको तर्फ वाट मेनका लामगादेले पनि बोलेका थिए । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक दिपक पातलीले गरेका थिए ।