Category Archives: Uncategorized

‘भगेरी चरीले, लरी लरर…’ गीतले गायन क्षेत्रमा आकाशिदै शिलु भट्टराई !

प्रेम सुनार, गुल्मी, २०७३ भदौं २३ । धेरै गीत गाएर चर्चित कलाकार बनिन्छ भन्ने भ्रम कलाकारले पाल्नु भन्दा स्तरिय एउटा मात्र गीत गाउन सके श्रोताको मन मटुमा बस्न सकिन्छ भन्ने कुरामा ढुक्क भए हुन्छ । यसको ज्वलन्त उदाहरण हो गायिका शिलु भट्टराईको यसपालिको तीज गीत ।

उनी स्वयमले समेत थुप्रै गीत गाईन तर खासै चर्चामा थिईनन तर जव यसपालीको तीजमा भगेरी चरीले मैदानमा लरीलरर वोलको तीज गीत गाईन तव भने उनको गायन क्षेत्रको भाउ आकशिदै गएको छ ।

बृद्ध बृद्धा र पाका महिलाहरुले मन पराउनु त स्वभाविक थियो नै भंगेरी चरीले बोलको उक्त गीत तर शहरिया युवती देखि ग्रामिण भेगका वाल वालिलक सम्मको ओंठमा उक्त गीत झुण्डीन थाले पछि स्टेज प्रोग्राममा उनको माग एकाएक बढ्दै गयो र कलाकारले पाउने पारिश्रमिकको भाउ पनि ह्वात्दै बढ्यो ।
तीज सकियो तर तीज संग जोडिएका कार्यक्रमहरु चलि रहेकै छन् । साउने सक्रान्तिबाट सुरु भएको तीज कार्यक्रम भदौं ३१ गते सम्म आयोजना गरिएको छ । यस विचमा शिलुलाई भ्याई नभ्याई छ । शिलु भन्छिन् –‘चर्तित गायक खुमन अधिकारी संग कृष्णवावुको शव्दमा जुन गीत मैले गाउने अवसर पाएँ त्यो मेरा लागि गंँड गिफ्ट नै बन्यो । ’

कुनै समय सामन्य रकममा पनि स्टेजमा गीत गाएको सम्झना ताजै छ तर अहिले त्यसै एउटा गीतको चर्चाले राम्रै पारिश्रमिकमा स्टेज तताउने अवसर पाएकी छु र दिनमा चार पाँच वटा कार्यक्रम समेत भ्याउनु पर्ने व्यस्तता प्राप्त गरेकी छु । ’

युट्युवमा साढे ९ लाख भ्युज पाएको भंगेरी चरी वोलको तीज गीत गाउनका लागि गुल्मीका विभिन्न स्थानमा आएकी शिलु तीज गएर पनि तिज कै गीत गाउन व्यस्त भएको बताउँछिन् । आज भन्दा ५ वर्ष अघि घुमपाकुमघुम बोलको तीज गीत गाएकी शिलुका लोक दोहरी र रोईला सहित हाल सम्म २० वटा गीतहरु बजारमा आएका छन् ।

अव छिट्टै राजु परियार संग गाएको लोक दोहरी र दशैं सम्वन्धि गmबलयचबलवबल लभधकीत अव छिट्टै बजारमा आउन लागेको बताउने शिलुले यहि एउटा तीज गीत हिट भयो भनेर मख्ख परेर बस्ने अवस्था भने छैन् । किन कि उनको गायन क्षेत्रको उज्वल भविश्य अवका गीतहरुले निर्धारण गर्ने देखिन्छ । उनि गुल्मी सिमीचौरकी चेली हुन् । विगतमा उनि व्युटिशियन पेशाबाट यस क्षेत्रमा लागेकी हुन् । गीत संगै उनि मोडलिङ्ग पनि गर्ने गरेकी छिन् ।

मेरो खुसी लगेर अर्कैको भयौ, के कमी भाथ्यो र मलाई छोडी गयौ…

संगै जिउने मर्ने बाचा कसम खाई एकअर्कामा समर्पित भएको बेला जब आफ्नो मायालु अर्कैको अँगालोमा बाँधिन पुग्छ, मन छियाछिया हुन्छ, अनि यस्तो भन्न मन लाग्छ “मेरो खुःसी लगेर अर्कैको भयौ चोखो माया गरेकै थिए अरु तिम्लाई के कमी भाथ्यो र मलाई छोडी गयौ” ।
गीत संगीत हाँसो रोदन, मिलन विछोड, सुःख दुःखमा साथ दिने एकमात्र साथी हो । गीतसंगीत एउटा पिडा बिसाउने साझा चौतारी पनि हो । कतै हाँसो त कतै आँशु, कतै मिलन त कतै विछोड जस्तोसुकै भाव पनि गीत संगीतमा व्यक्त गरिएको हुन्छ ।
नेपाली गीत संगीतको बजारमा विभिन्न भाव वोकेका गीतहरु भित्रिन तछाड मछाड गरिरहेका बेला यहाँ एउटा यथार्थ परक गीत बजारमा भित्रिएको छ । जीवनको वास्तविक कहानी ओकल्न सफल मनलाई मन्त्रमुग्ध पार्दै मुटु छुने “मेरो खुःसी लगेरै अर्कैको भयौ” बोलको गीत बजारमा भित्रिएको हो ।
गीत धौलागिरीको माटोले जन्माएको एक होनहार प्रतिभा बागलुङ जिल्ला अधिकारीचौरमा जन्मि हुर्किई काठमाडौलाई कर्म थलो बनाई गीत संगीतमा संघर्षरत दर्जनौ चर्चित गीतमा आफ्नो आवज बुलन्द गराईसकेका कलाकार आशिष विसी र नेपालकी कोइली बहुचर्चित कलाकार विष्णु माझीको सुमधुर स्वरमा सजिएको छ ।
जीवन भोगाईको यथार्थ कहानीलाई शब्द मार्फत गीतमा उतार्न खप्पिस नरेश बिसि र मनिष पुन मगरले उक्त गीतको शब्द सृजना गरेका छन् । भने गीतलाई लयबद्ध गरेका छन मनिष पुन मगरले नै । गीतलाई रोदन म्युजिकले बजारमा ल्याएको छ ।
गीतमा विष्णु माझी भन्छिन– “मायाँ गर्छु भनेर फसायौ मलाई रुवाई अर्कैलाई हसायौ” मेरो खुःसी लगेर अर्कैको भयौ चोखो माया गरेकै थिए अरु तिम्लाई के कमी भाथ्यो र मलाई छोडी गयौ । अनि आशिष बिसि भन्छन– “तिमी बिना मर्छु म भन्दै थ्यौ आज किन अर्कैको बन्दै छ्यौ” मेरो खुःसी लगेर अर्कैको भयौ खाना लाउन दिएकै थिए अरु तिम्लाई के कमी भाथ्यो र मलाई छोडी गयौ । गीतमा यस्तै यस्तै शब्द समेटिएको छ । गीत सर्वत्र बजारमा उपलब्ध छ ।
प्रस्तुति केशव विश्वकर्मा, बागलुङ ।

धर्म : पशुपतिनाथ क्षेत्रमा नेपाल महिमाको प्रवचन !

देवर्षि, काठमाडौं, २०७३ साउन १६ । कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष, धर्म–अध्यात्मका प्रखर प्रवचक चैतन्यकृष्णले काठमाडौं पशुपतिनाथ क्षेत्रमा नेपाल महिमाको प्रवचन गरिरहेका छन् । यही साउन ९ गतेदेखि २२ गतेसम्म चल्ने नेपाल महिमा एवं शिवकथामृत प्रवचन ॐ नमः शिवाय परिवारको आयोजनामा सञ्चालन भएको बताइएको छ ।

धार्मिक क्षेत्रमा युवा पँक्तिबाट धर्म–अध्यात्मका प्रवक्ताको रूपमा मानिने चैतन्यले समष्टिमा मातृत्त्वको महत्त्व, विशालताको बारेमा वैज्ञानिक ढङ्गबाट प्रवचन गर्दै आएका छन् । कारले मातृशक्तिलाई अपहेलना गर्छ भन्ने गरेको हाम्रो समाजमा सनातन वैदिक धर्म संस्कारले मातृशक्तिलाई पुरुषलाई भन्दा बढी अधिकार र सम्मान दिएको पुष्टि गर्दै सो अधिकारको मातृजगतले सदुपयोग गर्नसक्नु पर्नेतर्फ उहाँको प्रवचन केन्द्रित हुने गरेको छ ।

धेरै उदाहरण, तर्क एवं प्रमाणित विषयहरूको शन्दर्भलाई जोडेर नेपाल भूमिको महिमा, यहाँ रहेको साधन, स्रोत एवं प्रकृतिप्रदत्त संपदा आदिको र धार्मिक एवं आध्यात्मिक दृष्टिबाट नेपालसँग अन्य मुलुकको तुलना नहुने कृष्णचैतन्यको सारगर्भित प्रवचन हुने गर्छ । राजनीतिक कारणबाट दिनानुदिन असक्षम र अपहेलित हुँदै गयो भन्दैमा हामी नेपालीले जन्मभूमिप्रतिको कर्तव्य बिर्सन हुन्न, नेपालको वास्तविक महिमा हामीले जान्नु पर्छ र सो वास्तविकता के छ त्यसलाई जानेर बचाउनसक्नु पर्ने हामी सबै नेपाली नागरिकको काँधमा दायित्त्व आएको छ । व्यास गद्यीबाट चैतन्यले प्रतिदिन गर्ने प्रवचनको आसय हुन्छ, प्राय सबै दिन आफ्नो सहभागिता जनाउँदै आएकी संस्कार पाठशाला अभियानकी अभियन्ता देवी घिमिरे बताउछन् ।

बढी सँख्यामा मातृशक्तिकै सहभागिता रहने सो प्रवचनमा आमा तथा दिदी बहिनीहरूको आँखामा चैतन्यका तार्किक वाणी सुनेर हर्षविभोरका अश्रु टिल्पिलाई रहेको देख्न पाइन्छ । ‘पुरुषको तुलनामा मातृशक्तिलाई दोब्बर अधिकार र अवसर छ, एउटा आमाको मर्यादासँग कसैको तुलना हुँदैन, सृटिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता शिवले पनि आदिशक्ति भगवतीकै ध्यान गर्नु पर्छ’ चैतन्यले धेरै उदाहरण तथा शास्त्रीय मत ल्याएर प्रमाणित गर्दै प्रवचन गर्नुहुन्छ । सहभागि आमा, दिदी बहिनी तथा समस्त मातृगण र अन्य सहभागीहरूले आमाको महिमा सुन्न पाएकोमा मातृत्त्वको महत्त्व बोध गरेको महसूस गर्दछन् ।

पशुपतिनाथ क्षेत्रमा सञ्चालन भएको सो नेपाल महिमा एवं शिव कथामृत प्रवचनमा पुग्दा चैतन्यका प्रवचनको प्रभावले छोराछोरी तथा बुहारी आदिको अपहेलनामा परी बृद्धाश्रमको शरणमा पर्न बाध्य भएका आमाहरूलाई पनि नछोडेको भेटियो । बृद्धाश्रमको शरणमा बसेका पम्फा कार्की, गोमा खड्का र शिव कुमारी लिम्बुले सो प्रवचन कार्यक्रमका आयोजकलाई पाँच–पाँच सय रूपैया दान चढाएको उद्घोषकले उद्घोष गर्दा धेरैका आँखा रसाएका थिए । नेपालीलाई नेपाल महिमा र सबै सन्तानलाई आमाको महिमा सम्झाइदिने चैतन्यको चेतना अझै प्रगाढ होस ।

कट्वालको धमाकेदार ७ तीज गीतले यसपालिनि बजार तताउने !

बागलुङ । दिनप्रतिदिन लोक दोहोरी को बजारमा दर्शक श्रोताहरुको माया बटुलिरहेका चर्चित लोक दोहोरी गायक प्रकाश कट्वाल यसपालिको तीजमा सात ओटा कोसेली सहित बजारमा घन्किरहेका छन ।

पोहोर सालको तीजमा कनाईदेन बाई, रातो साडी सप्को काधमा, ढाडे बिरालो, एता सुन शिबजी, रातो रिबन सिरैमा जस्ता गीत गाएर चर्चा पाएका थिए भने यसपालिको तीजमा वान पिस लाए खोल्दिन्छु, केटी मिलाउने सिताराले भरिएको घुम्टो ओडेर,जवानी चडेसी,लान्छु केरा बोट्मै पाकेको जस्ता निकै रमाइला गीतहरु लिएर आएका छन /

उसो त गत वर्ष ढाडे बिरालो गीतको निकै आलोचना खेपेका प्रकाश कटवालले यो बर्ष भने सन्देशमूलक गीत गायका छन् । पछिल्लो समयमा दिनप्रतिदिन दर्शकको मन जितेका कट्वाललाई सांगीतिक प्रगतिको अझै धेरै शुभकामना ि
प्रस्तुति- राजेश बर्देृवा, बागलुङ ।

यसपालीको तीजमा लोकदोहोरी गायक रेग्मीका दर्जनौ कोसेली !

माधब पराजुली, पर्वत, २०७३ साउन १२ । बाईबाई मायाँ, घासैँ राम्रो शिरु, घुम पाकुमघुम, रातो गाडीमा तामेगाग्री लगाएतका गीतबाट चार्चा कमाउन सफल भएका चर्चित लोक दोहोरी गायक तेजस रेग्मीले पछिल्लो सयम श्रोता दर्शकहरुलाई करिब एक दर्जन तीजी कोसेली पस्केका छन् । नेपाली लोक तथा दोहोरी क्षेत्रमा निकै चर्चाको शिखरमा रहेका लोक तथा दोहोरी गायक रेग्मीले यस वर्षको तीजमा एक दर्जन भन्दा वढी तीज गीत सृजना भएको बताएका छन् । पूर्वको मेची देखी पश्चिमको महाकाली सम्मका बिभिन्न कलाप्रेमीहरु संगको सहकार्यमा आफ्नै लय शब्द तथा स्वरमा सम्पुर्ण गीतहरु बजारमा आएको उनको भनाई छ ।

पश्चिमा सस्कृती झल्कने मौलिक गीतको रुपमा तेजस रेग्मीले निकालेका पृथकशैलीका तीजका गीतहरु सुन्नेहरुलाई समेत निकै आनन्दलाग्ने खालका छन् । उनका तीजका गीतहरु मध्येको एक हो यसै मुसुरी दाल त्यसै हिङले झानेको निकै गाउँले शब्दहरुमा आएको यो गीत बजारमा चल्ने कुरामा त कुनै दुबिधा नभएको धेरैको आँकलन छ । उक्त गीतमा केसी माया रामधाम र तेजस रेग्मीले स्वर भरेका छन भने लय शब्द रेग्मी आफै गरेका छन् । उक्त गीतको बजार व्यवस्थापक रेड एप्पल मिडियाले गरेको छ । संगीत र शब्द आफै सिर्जना गर्ने बहुप्रतिभाका धनी रेग्मीका यसपाली तीजका गीत जमुना राना देखि नव गायीका मिरा कौशल लगाएतले आवाज भरेका छन ।

रेग्मीको अर्को गीत हो राम्दीको पुलतरे पछी हेरौली मायाले का बसीँ त्यसतै अर्को छ अनौठो संगीत रहेको चम्चा पिलेट बफ होईन चिकेन चाउमीन खाउली बात मारेर जाउली भेटम भेटम मात्र निकाल समय १५ मिनेट यस्ता यस्ता शब्दहरुले गीतलाई निकै रमाईलो बनाएको छ ।

चम्चा पिलेट गीत तेजस रेग्मीको लय शब्दमा जमुना रानाको हो भने आवाजमा पनि रेग्मीलाई रानाको साथ मिलेको छ भने राम्दी पुल पुरानो टिफीकल शब्द गाउँ घरमा गाईने रौत्यौली पाराको गीतमा लय शब्द रेग्मी आफै गरेका छन भने स्वरमा भने नवगायीका राधा हमाल ठकुरीले उनलाई साथ दिएकी छन् ।
उनले महिलाहरुको महान पर्व तीजलाई मध्यनजर गर्दै पठाएका अन्य गीतहरु ह्ुन गफी गफी उक्त गीतमा लय शब्द रेग्मी कै छ भने स्वरमा पर्वतकी चेली सुमधुर स्वरकी धनी कल्पना काफलेले साथ दिएकी छन । त्यस्तै कोखाई कोखाई हाम्म केटा केटीलाई भुल्याउदा प्रयोग गरिने शब्दलाई टपक टिपेर रेग्मीले शब्द सगीत तयार पारी मिरा कौशल सगँ स्वर भरेका छन् ।

यस्तै सिङको फेन गीतमा पनि टोली यहिँनै रहेको छ । रेग्मीको अर्को शब्द लयमा तयार भएको गीत हो दारीपालेको यस गितमा स्वर भने कमल बिसी माईला दाई र कन्चन अधिकारीको रहेको छ । यस्तै अर्को तीजको कोसेली छ दिलको नाता उक्त गीत पनि रेग्मी कै शब्द तथा सङगीतमा तयार भएको हो भने आवाज भने बागलुङेली गायिका रितु थापा र रेग्मीको छ ।

बजारमा आएका उनका गीतहरुमा कतिपय समाजमा सन्देस दिने खालका, कतिपय समाजमा व्यग्यात्मक तरिकाबाट सन्देस दिनेखालका त कुनै मनोरन्जन प्रदान गर्ने खालका रहेका छन् । रेग्मी पछील्लो समय ब्यस्त गायकका रुपमा पनि चिनिन थालेका छन् । धरै लोकदोहोरीमा शब्द लय स्वर भरेका रेग्मी सबैका लोकप्रीय बन्दै गएका छन् । उनी पछील्लो समय गित बनाउन र स्टेज कार्यक्रममा व्यसत देखिन्छन् । बाग्लुको बिनामारेका जन्म लिएका रेग्मीले सबै स्रोता दर्शकहरुको मन जित्न सफल भएका छन् । हाम्रा गित लाई भन्दा पनी राम्रा गितलाई माया गर्नुपर्छ भन्ने मान्यताका रेग्मीले बजारमा पठाएका सम्पुर्ण तिज गितहरुले चारै तिर चर्चापरिचर्चा पाउन थालेका छन् भने छोटो समयमै धेरै स्रोताको मन जित्न सफल भएका छन् ।

बुर्तिबाङमा सीवाईसी शेयर सदस्यका लागि सहकारी शिक्षा तालीम !

छबिलाल पाण्डे बुर्तिबाङ २०७३ साउन १० । सिवाईसि सहकारी सँस्था लीमिटेड बागलुङको आयोजनामा सोमबार शाखा कार्यलय बुर्तिबाङमा स्थानीय सेयर सदस्य तथा कर्मचारीहका लागि एक दिने सहकारी शिक्षा तालीम सम्पन्न भएको छ ।

“सदस्य बनौँ सिवाईसीमा” हातेमालो देश बिकासमा “भन्ने मुल नाराका साथ सञ्चालीत कार्यक्रमका अबसरमा सिवाईसि बचत तथा क्रण सहकारी सँस्थाका अध्यक्ष चण्डि प्रसाद सर्माले सहजिकरण गर्दै सिवाईसि सहकारी दिगो बिकास र गरीब जनताको हितको सहकारी भएको बताउँदै २०६६ सालमा स्थापित भई हालसम्म जिल्लाका बिभिन्न क्षेत्रका जनताको सेवा र सुबिधामा लागिरहेको बताए ।

छोटो समयमै जनताको बिश्वास जित्न सफल उतm सहकारीले महिलाहरुका निम्ती माईतीको भुमिका निर्वाह गरीरहेको छ भने सेयर सदस्यको परीवारमा जन्म, शिक्षा, जेष्ठ नागरीक पेनसन, एकल महिला भत्ता, चौरासि पुजा, बिरामि खर्च, तथा परीवारका सदस्यको मृत्यु भएमा समेत घरमै पुगेर सेवा र आर्थिक सहयोगतथा यस बर्षदेखि बर्षमा ३ सय ६५ दिननै सेवा दिईरहेको छ ।

धनी बर्गको पैसा गरीबी सँग पनी लगानी गर्दै गरीब धनी बिचको खाडल पुरा गर्ने लक्ष्यका साथ सञ्चालीत सहकारीले जिल्लाको प्रत्यक गाविसमा सिवाईसि सहकारी अभियान सञ्चालनमा अगाडि बद्ने लक्ष्य लीईएको छ । कार्यक्रमका अबसरमा बुर्तिबाङ, देबिस्थान, बोहोरागाँउ, भिमगिठे, अधिकारीचौर, ग्वालीचौर लगाएतका गाविसबाट करीब ८० जना शेयर सदस्यको उपििथती रहेको थियो ।

सहकारी सँस्थाका अध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रमका अबसरमा सिवाईसि बचत तथा क्रण सहकारीका सेयर सदस्य भवन राज बरालको स्वागत सदस्य हरी कुवँर, लक्ष्मी बानिया, पत्रकार छबिलाल पाण्डेको मन्तब्य रहेको थियो । कार्यक्रम क्षेत्र नँ ३ कि बुर्तिबाङ शाखा प्रतिनीधि प्रमुख गण्डकी थापाअधिकारीले सञ्चालन गरेकी थिईन् ।

तुलसिंहलाई देवी घर्तिले भनिन्–‘ढंग भए रंग हुन्छ नाच्न …’

tulsing 2प्रेम सुनार, गुल्मी, २०७३ साउन १० । गुल्मीको सदरमुकाम तम्घासको प्रशिद्ध धागीथुम भगवती मन्दिरमा एउटा तीजको म्युजिक भिडियोको सुटिङ्ग भई रहेको थियो । जसमा छिनेको वारुले कम्मर मर्काउँदै गायिका देवी घर्तिले गायक तुलसिंह रनपछाईलाई, सोल्टा ढंग भए पो रंग हुन्छ नाँच्न।। भन्दै जिस्किदै थिईन् ।

तीज गीतको वोल नै–‘ ढंग भए पो रंग हुन्छ नाच्न , वारुले कम्मर मरक्कै भाँच्न।।।।’ रहे छ र पो उनि जिस्किएकी रहेछिन् । जसमा अभिनय गर्दै थिए चर्चित नृत्य निर्देशक विजय थापा र ऋचा थापा । निकै रोमान्टिक दृश्य र नृत्यमा अभिनय गरिएको उक्त वोलको गीत आईतवार देखि टेलिभिजनको पर्दामा देख्न पाईएको छ ।

दुई दर्जन भन्दा बढि लोक तथा दोहरी गीत गाएर आफुलाई पछिल्लो समयका चर्चित कलाकारहरुको पंक्तीमा उभ्याएका र सञ्चारकर्मीका रुपमा समेत यस जिल्लामा स्थापित कलाकार तुलसिंह रनपछाईले आज देखि उक्त वोलको तीज गीत बजारमा ल्याएका हुन् ।

आज सर्वत्र वजारमा उक्त गीत उनले ल्याए पनि हिजो रेसुङ्गा टेलिभिजनकाको प्रथम वार्षिकोत्सवको अवसरमा उनले दर्शक श्रोता माझ पस्केर ताली बटुलेका थिए । गुल्मीकै सर्जक नेत्र अर्यालको शव्द तथा लय सिर्जना भएको गीतलाई रनपछाई र अर्की चर्चित गायिका देवि घर्तिको सुमधुर स्वरले सजाईको छ ।

गुल्मीकै हरि बस्नेतको प्रस्तुतीमा रहेको गीतलाई शिव दर्शन फिल्मसले वजारमा ल्याएको छ । रत्यौली पाराको तीज गीतले विकृति ल्याई रहेको बेला तुलसिंहको यस गीतले मौलिकता समेट्न खोजेको छ । गत वर्ष ‘नाची देउ सानु छम्छम् …’ वोलको तीज गीत अहिले पनि चलिरहेको वेला यसपालीको ढंग भए पो रंग हुन्छ नाच्न ।।।वोलको गीत पनि श्रोताले मन पराई दिने कुरामा आफु विश्वस्त रहेको रनपछाई बताउँ छन् ।

‘कति महान छौं…’ र ‘तिमी मेरी होईनौं सानु… ’जस्ता दुई दर्जन भन्दा बढि वियोगान्त गीत गाएर श्रोतको मन जितेका गायक तथा सञ्चारकर्मी तुलसिंह रनपछाईले अव छिट्टै एकनारायण भण्डारीको लय सिर्जनामा अर्को वियोगान्त गीत वजारमा ल्याउने तयारीमा रहेको बताए ।

विदेश रहेकी प्रेमिकालाई शंका गरे कलाकार भुमि सुवेदीले !

पर्वत २०७३ साउन ९ । लोक दोहोरी गीतमा आधा दर्जन गीत लेखेका पर्वत सालिजाका भुमिले पछिल्लो समय नेपालको वैदेशिक यात्राको विवशतामा अल्झिएको साँचो प्रेमलाई दोहोरी गीतको शव्दमा लेखेका छन् । उनले वर्तमान परिवेशमा प्रेमिका जापान कोरिया अमेरिका अस्टेलिया युरोप गएपछि जन्मभुमि नेपाल गाउँको परिवेश र आफ्ना आफन्त प्रेमीलाई भुल्नेहोकि भन्ने मनका शंका र कतिपय यथार्थलाई गीतको विषय बस्तु बनाएर यसरी लेखेका छन्,

भन्ने हौ कि गाउँ घरमा फर्किन्न,
खोज्ने हौकि शहरमा घर किन्न्,
मेरो दिलमा तिमी नै छौ
तिम्रो दिलमा कुन छ,
धन सम्पत्ति हेरिनौ भनेत
तिम्रो मेरो मिलन एक दिन पकै पनि हुन्छ।

जवाफमा प्रेमिकाले भन्छिन्-
बिझाउदैन रात दिन आँखामा निदाउन मन छ
तिम्रो नै काखमा फेरि प्रश्न गर्छन,
हराउछ कि हाँसो त्यो ओठमा
देख्यौं भने गाई भैंसी गोठमा !

प्रेमिकाले भन्छिन-
ढिँडो आटो जे छ त्यहि खुवाए मुटु टाढा राखेर नरुवाए ।

उनि भन्छन्-
तिमी डुल्छ्यौ जापान र कोरिया मैले गर्छु गाउँ बेशि खोरिया !

प्रेमिका भन्छिन-
क्यार्छौ सानू पुगेन खान तिम्लै छोरी आएकी छु
जापान मेरो दिलमा तिमिनै छौ तिम्रो दिलमा
कुन छ धन सम्पति हेरेनौ भनेत
तिम्रो मेरो मिलन एक दिन पक्कै पनि हुन्छ

यो टिपिकल शव्दलाई जीवन्त बनाएका हुन् खुमन अधिकारी र पुर्णकला विसीको स्वरमा शुसज्जित गीतको लय केशव सापकोटाले बनाएका हुन । अडियो भिडियो जनता डिजिटल प्रालिबाट केशव सापकोटाको प्रस्तुतिमा लोक दोहोरी गीत मेरो दिलमा तिमिनै छौ तयार भैसकेको चाँडै वजारमा सार्वजनिक गर्ने तयारी रहेको बताए । भुमि रेडियो पत्रकारिता संगै गीतसंगीत हास्य टेलिशृङ्खला भाँडभैलोमा मुख्य भुमिका शराडेको अभिनय गर्दैआएका छन् साथै कुशल रेडियो प्रस्तोता पनि हुन ।

प्रस्तोता: खगेन्द्र विश्वकर्मा
बागलुङ ।

गुरु पूर्णिमाको महत्वलाई हृदयंगम गरी गुरुको सम्मान गर्न सिकौँ !

राजेन्द्र ढकाल, बागलुङ २०७३ साउन ६ । बागलुङ जिल्लाको भकुण्डे गाविसमा रहेको शिवालय निमाविमा गुरु पूर्णिमाको अबसरमा शिक्षक, बिद्यार्थी र अबिभावक बिचमा गुरु सम्मान तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै सत्कर्म नेपालका कार्यकारी निर्देशक सीताराम थापाले गुरु ज्ञान दिन बाटो देखाउनको साथै भित्रि आखा खुलाउने जीवन ब्यबहारमा लागू गर्न गुरुको खाचो बाटो देखाउन परेको र अहिले गुरुलाई गरिने मान सम्मानको कमि हुँदै गएको हुदा गुरु पुर्णिमाको महत्व बढेको बताए । उनले मानव जातिको ईतिहास देखि गुरु कसरी मानियो र समाजमा गुरुत्व कसरी मानिदै यहाँ सम्म समाजको विकासक्रम आईपुगेको बारे धारणा व्यक्त गरे ।

कार्यक्रममा आसमान नेपालका जिल्ला संयोजक लक्ष्मण थापाले हाम्रो संस्कार र संस्कृतीमा पनि गुरुको स्थान उच्च मानिन्छ । गुरुलाई हामी माता पिता भन्दा पनि पहिलो देवताको स्थानमा राखेर पुज्छौ । गुरुले आफ्ना शिष्यहरुसंग आत्मा र परमात्माको बीचमा सेतु भेएर काम गर्छन् । जसरी सूर्य को प्रकाश पराबर्तन गरेर चन्द्रमाले कालो रातलाई उज्यालो बनाउछ राम्रा गुरुको ज्ञान लिएका शिष्यहरुले संसारलाई नै उज्यालो पार्ने काम गर्दछन भन्ने धारणा राखेका थिए ।

विद्यालयका गुरु, गुरुआमा, विद्यार्थी तथा शिक्षा सम्वन्धी सरोकारवालाको सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता विव्यस अध्यक्ष तुल बहादुर थापाको अध्यक्षता, आसमान नेपालका सामाजिक परिचालक मिना बि.कको स्वागत तथा त्रिबिक्रम शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।