All posts by केशव बिश्व

१२ वर्षिया छात्राको यौनशोषण गर्ने प्रअ माथी किन कार्बाही हुन्न ?

केशव बिक, मुस्ताङ २०७३ असोज १७ । मुस्ताङ जिल्लाको छुसाङ गाविस स्थित जननर्मल आवासीय प्राविका तत्कालीन प्रधानाध्यापक गुरुप्रसाद सापकोटाले १२ वर्षिया छात्रालाई यौन दुव्र्यबहार गरेको घटना सार्वजनिक भएको महिना वित्दा पनि सरोकारवाला निकायबाट कुनै कारबाही नगरिएकोमा जिल्लावासी आश्चर्यमा परेका छन् ।

पीडित छात्रालाई महिला तथा बालबालिका कार्यालय मुस्ताङले आश्रय दिएर राखेको महिना दिन भैसक्दा पनि दोषीलाई कुनै पनि कारबाहीको दायरामा नल्याउनुले सम्बन्धित निकायमाथि प्रश्न चिन्ह खडा भएको छ । पीडित बालिका कैदी जस्तै बस्नु र दोषी खुलेआम हिड्नुले पीडितलाई झन पीडा दिने र दोषीलाई उन्मुक्ति दिने काम भैरहेको जिल्लावासीको भनाई छ ।

जिल्ला बालकल्याण समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी हुने ब्यवस्था भएपनि जिल्ला भित्र बालिका माथि भएको जघन्य यौन अवराध उपर अर्धन्यायिक निकाय जिल्ला प्रशासन कार्यालयले दोषीमाथी कारबाहीको प्रक्रिया अगाडी बढाउन ढिलाई गरेकोमा जनमानसमा आक्रोश देखिएको हो ।

छुसाङको जननर्मल आवासीय प्राविमा अध्ययनरत एक छात्रा बिद्यालयकै प्रधानाध्यापक द्धारा बलात्कृत भएको सनसनीपूर्ण समाचार प्रकाशमा आएको थियो । समाचार श्रोतका अनुसार १२ वर्षिया पीडित बालिका आर्थिक अवस्था कमजोर हुँदा छुसाङको लमजुङ होटलका सन्चालक आफन्त पर्ने भएकाले अध्ययनका लागि लमजुङ देखी छुसाङ पुगेकी थिईन् । २०७१ सालको फागुन महिनामा २ कक्षामा भर्ना भएर निशुल्क अध्ययन गरिरहेकी पीडित छात्रालाई सोही विद्यालयका प्रधानाध्यापक गुरु प्रसाद सापकोटाले यौन शोषण गरेको उनको आरोप छ । कोठामा बोलाएर शरीरमा तेल लगाईदिन भन्दै पटक पटक यौन शोषण गर्ने गरेको पीडित छात्राले बताईन् ।

पीडित बालिकाका अनुसार प्रधानाध्यापक सापकोटाको कुकृत्यको विरोध गर्दा अहिले सम्म विद्यालयमा पढेको पैसा तिर भनेर धम्काउने गरेकोले २०७२ साल जेठमा लमजुङ फर्केकी थिईन् । प्रधानाध्यापक सापकोटा छुसाङबाट लोमान्थाङको राष्ट्रिय निमाविमा सरुवा भएपछि पीडित छात्रा लमजुङ गएको तीन महिना पछी २०७२ भदौ १ गते लमजुङ देखि पुनः सोही विद्यालयमा फर्किइ अध्ययन गरिरहेकी छन् । उनको फिस्टेल अस्पतालमा उपचार गराइएको बताईएको छ । पीडित छात्राले राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय पोखरामा उजुरी दिँदै आफ्नो उपचारको सम्पूर्ण क्षतिपूर्ति सहित पीडक शिक्षकलाई कारबाहीको माग गरेको श्रोतले बताएको छ ।

पीडित बालिका एक वर्ष भन्दा बढी समय चूप लागेर बस्नु अनि हाल आएर मात्र आफु यौन उत्पीडनमा परेको कुरा सार्वजनिक गर्नु पछिको रहस्य खुल्न आएको छैन । आरोपी पीडक सापकोटा भने केही वर्ष अघि सहकर्मी शिक्षिकालाई यौन दुब्र्यबहार गरेको घटनामा पनि मुछिएका थिए ।

मुस्ताङका पशु डाक्टर विरुद्ध उजुरी: भेँडा-च्याँग्रा प्रमाणिकरणमा घोटाला !

केशव बि.क.मुस्ताङ २०७३ असोज १७ ।जिल्ला पशुसेवा कार्यालय मुस्ताङका वरिष्ठ पशु विकास अधिकृत डा. नन्दलाल बर्मा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा उजुरी परेको छ । चाडपर्वको अवसर पारेर जिल्लाबाट निर्यात हुने भेडाच्याङग्रामा घोटला गरेको भन्दै अख्तियारमा उजुरी परेको हो ।
डा. बर्माले भेडाच्याङग्राको भेटनरी प्रमाणीकरण गरी प्रति भेडा १५ रुपैयाँका दरले शुल्क लिई ब्यापारीलाई मलेप रसिद नदिएको भन्दै सिन्धुपाल्चोकका भेडाच्याङग्रा ब्यापारी शेरबहादुर स्याङवोले जिल्ला प्रशासन कार्यालय मुस्ताङ मार्फत अख्तियारमा उजुरी दिएका हुन् ।
हामीले ५०० वटा भेडाच्याङग्रा खरिद गरी जोमसोम ल्याई पशुसेवा कार्यालय जोमसोमका प्रमुख डा. नन्दलाल बर्मा संग भेटनरी प्रमाणीकरण गरी प्रतिगोटा भेडाच्याङग्रा रु. १५ का दरले चेकजाँच खर्च भनि राजस्व रकम बुझायौँ र हामी भेडाच्याङग्रा लिएर झ¥यौँ । म्याग्दी जिल्लामा पुगेपछि प्रहरीले हामीलाई राजस्व तिरेको रसिद देखाएपछि मात्र च्याङग्रा लैजान दिने भन्दै रोक्यो र हामी पुनः रसिद लिन पशुसेवा कार्यालय जोमसोम फर्कियौँ । रसिद नदिएको बारे बुझ्दा हामी ठगिएको महशुस गरी अख्तियारमा उजुरी दियौँ । भेडाच्याङग्रा ब्यापारी स्याङवोले भने ।
डा. बर्माले जिल्लाबाट बाहिरिने भेडाच्याङग्राको भेटनरी प्रमाणीकरण बापतको रकम लिई सोही दिन बिहानै पोखरा झेरेको र कार्यालयका अन्य कर्मचारीलाई आफुले तिरेको राजस्वको मलेप रसिद माग्दा हाकिम सावले गरेको कामको यहाँ रेकर्ड छैन बिना रेकर्ड हामीले रसिद दिन सक्दैनौँ भनि पठाएको स्याङवोले बताएका छन् ।
उनीहरुले डा. बर्मालाई कारबाही गरी आफुले तिरेको रकम दिलाई पाउँ भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोलाई अनुरोध गरेका छन् । डा. बर्माले भने स्वास्थ्य परिक्षण गर्ने काम आफ्नो क्षेत्राधिकार भित्र पर्ने भएकाले गरेको र कुनैपनि आर्थिक लेनदेन नगरेकाले आफुलाई सुनियोजित रुपमा फसाउन खोजिएको प्रतिक्रिया दिए ।
सिन्धुपाल्चोक जिल्ला गोल्छा गाविस ४ का शेरबहादुर स्याङवो र सोही जिल्ला मांखा गाविस ४ का मेख बहादुर नेपालले लोमान्थाङका नुर्वु गुरुङ र मुक्तिनाथका ध्याप्के गुरुङबाट २५०÷२५० गरी ५०० गोटा भेडाच्याङग्रा किनेका थिए ।
त्यसैगरी मुस्ताङबाट बाहिरिएका भेडाच्याङग्राको स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र जारी भएको छ । मुस्ताङको पशुसेवा कार्यालयले दसै तिहारका लागि निकासी भएका भेडाच्याङग्राको स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र दिएको हो ।
एक हप्ता पछिको मिति राखेर निरोगिताको प्रमाणपत्र दिइरहेका कर्मचारीहरुले रसिद नदिएको र मनपरी शुल्क लिएको ब्यवसायीले गुनासो गरेका छन् ।
एक पटक जारी भएको निरोगिताको प्रमाणपत्र ३ दिनका लागि मात्र लागु हुन्छ । त्यसपछि सम्बन्धित ठाउँमा पुगेर अर्को प्रमाणपत्र बनाउनुपर्छ । पशु ढुवानी मापदण्डको विपरीत जारी भएको निरोगिताको पमाणपत्र नक्कली भएको पुष्टि भएको छ ।
फोटोकपी पेपरमा भएको निरोगिताको प्रमाणपत्र मान्य नहुने ऐनमा उल्लेख छ । सरकारले तोकेको भन्दा फरक ढाँचा र फोटोकपीको पानामा प्रमाणपत्र जारी भएको छ । पहेलो रंगको प्रमाणपत्रमा पशुको उत्पत्ती, निकासी हुने माध्यम, लैजाने ठाउँ, संख्या, फर्म लगायतका विवरण उल्लेख गर्नुपर्छ ।
ठूलो संख्यामा रहेका भेडाच्याङग्राको एकएक गरेर स्वास्थ्य परिक्षण गर्न सम्भव नभएको पशु सेवाका कर्मचारीले तर्क गरेका छन् । पशु चिकित्सक उत्तमकुमार नेपालले आफ्नो नजरमा परेसम्मका भेडाच्याङग्राको स्वास्थ्य परिक्षण गरेर मात्रै निरोगिताको प्रमाणपत्र दिएको दावी गरेका छन् ।

पूर्व साँसद ओमविकास गौचनको प्रतिमा अनावरण !

केशव बि.क.÷मुस्ताङ, २०७३ असोज १७ । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी मुस्ताङको आयोजनामा कोबाङको खन्तीमा नव निर्मित समाजसेवी तथा पूर्व सांसद स्वर्गीय ओम विकास गौचनको प्रतिमाको आश्विन १५ गते शनिबार एक समारोहका विच अनावरण गरिएको छ ।
वि.सं. २०४८ सालको आम निर्वाचनबाट एमाले मुस्ताङको प्रतिनिधित्व गर्दै सांसदमा निर्वाचित भएका स्वर्गीय ओमविकास गौचनको वि.सं. २०६३ चैत्र ३० गते विभत्स हत्या भएको थियो । स्वर्गीय गौचनले कम्युनिष्ट आन्दोलन र जिल्लामा पु¥याएको योगदानको कदर गर्दै गौचनको स्मृतिमा नेकपा एमाले मुस्ताङले कोबाङ गाविसको खन्तीमा उनको प्रतिमा स्थापना गरेको छ ।
मुस्ताङका सांसद श्रीमाया थकाली र सांसद महेन्द्र शेरचनको निर्वाचन क्षेत्र विकास कोषको ०७२ र ०७३ को ६ लाख ६५ हजार रुपैयाँको लगानीमा सो प्रतिमा निर्माण गरिएको नेकपा एमाले मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनले जानकारी दिए ।
प्रतिमाको अनावरण गर्दै नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश नं. ४ का सहसंयोजक गणेश तिमिल्सिनाले समाज परिवर्तनमा ओमविकासले पु¥याएको योगदानको स्मरण गर्दै समग्र कम्युनिष्ट आन्दोलन र मुस्ताङको परिवर्तनमा दिएको देनको प्रशंसा गरे ।
त्यसैगरी सांसद श्रीमाया थकालीले जिवन संघर्ष र संघर्ष जिवन हो भन्ने पाठ सिकाएका ओमविकासको आफ्नै ठाउँमा विभत्स हत्या हुनु दुःखदायी भएको भन्दै ओमविकास गौचन सम्पूर्ण मुस्ताङी जनताको मनमष्तिकमा बास बस्न सफल भएको बताईन् ।
प्रतिमा अनावरण कार्यक्रममा बोल्दै सांसद महेन्द्र शेरचनले ओमविकास नेकपा एमालेको मात्र नभई समग्र देशको नेता भएको भन्दै भद्र, शालिन, परिवर्तन र विकासवादी ब्यक्तित्व भएकाले उनले देखाएको बाटोमा सदैव अगाडी बढनुपर्ने बताए । त्यस्तै नेकपा एमाले मुस्ताङका अध्यक्ष चन्द्र्रमोहन गौचनले सबैका प्रेरणाका स्रोत ओमविकासको थकालीको पवित्र भूमि कोवाङमा विभत्स हत्या गरिनु दुभाग्यपूर्ण भएको भन्दै त्यस्ता अपारधिलाई संरक्षण गर्न नहुने र आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन सबै सतर्क रहन आग्रह गरे ।
कार्यक्रममा पूर्व सभासद टसी साङमो गुरुङसेनी, नेकपा माओवादी केन्द्रका सुक बहादुर विक, पूर्व जिविस सभापति आनन्दलाल शेरचन, दलित संजालका अध्यक्ष बुद्धिसिंह नेपाली, दिपज्योती महिला समुहकी भीमकुमारी नेपाली, कोवाङका समाजसेवी गौतम शेरचन, समाजसेवी एवं ओमविकासका सहपाठी जगत बहादुर गौचन, पोखरा लायन्स क्लव अफ ब्यूटिसिटीका अध्यक्ष चिनु गुरुङ र ओमविकासका सुपुत्री सवि शेरचनले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा स्वर्गीय ओमविकासको परिवारको तर्फबाट मुस्ताङबाट एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई अक्षयकोषको ब्याजबाट पुरस्कार दिने घोषणा सहित नेकपा एमाले मुस्ताङको कोषमा ३ लाख रुपैयाँ जम्मा गर्ने सवि शेरचनले बताईन् । त्यस्तै चिनु गुरुङले ओमविकासको प्रतिमाको संरक्षण र प्रतिमा आसपसको क्षेत्रमा उद्यान बनाउनको लागि क्लवको तर्फबाट आर्थिक भौतिक तथा नैतिक सहयोग गर्ने उल्लेख गरिन् ।
प्रतिमा अनावरण कार्यक्रम एमाले अध्यक्ष चन्द्रमोहन गौचनको अध्यक्षता र सचिव आस बहादुर थकालीको संचालनमा सम्पन्न भएको थियो ।
को हुन् ओमविकास गौचन ?
मुस्ताङ जिल्लाको कुञ्जो गाविस अन्तर्गत ताक्लुङ गाउँमा वि.सं. १९९४÷१÷५ गते जन्म भएका स्व. मातापिता दलबहादुर गौचन र तीलकुमारी गौचनका सुपुत्र हुन् । उनका पिता स्वर्गीय दलबहादुर गौचन ताक्लुङ गाउँको मुखिया र पञ्चायत कालका प्रधानपञ्च थिए र स्वर्गीय माता तीलकुमारी एउटा असल गृहणी र विकासप्रेमी अनमोल प्रेरणाको श्रोत थिईन् ।
आफु जन्मे हुर्केको गाउँ ताक्लुङ र बाग्लुङ जिल्लाबाट प्राथमिक एवं निम्न माध्यामिक शिक्षा लिएका ओमविकासले काठमाण्डौँको आनन्दकुटी विद्यापीठबाट वि.सं. २०१८ सालमा एसएलसी उतीर्ण गरेका थिए । त्यसपश्चात उनले विए र विएड गरेपछि शिक्षण पेशा अँगाल्दै सोलुखुम्बु, म्याग्दी र मुस्ताङ जिल्लाका विभिन्न माध्यामिक विद्यालयहरुमा विभिन्न समयमा प्रधानाध्यापक भएर शिक्षाको ज्योती फैलाउने काम गरेका थिए ।
केही समय शिक्षण पेशामा सक्रिय भएपछि उनी शिक्षण पेशालाई छोडेर गाउँ फर्किई करिब १ वर्ष आफ्नै गाउँमा कृषि कार्यहरु गर्ने र कृषकलाई कृषि पेशामा समाहित गर्दै कृषि सुधार गर्ने कार्यमा संलग्न भए । वि.सं. २०२६ साल फागुनमा पोखरा निवासी स्वर्गीय थरप्रसाद शेरचन र पदमकुमारी शेरचनको जेठी सुपुत्री देउकुमारी शेरचनसंग विवाह भएको थियो । १ छोरा र ३ छोरी गरी ४ सन्तानको जन्म भयो ।
मुस्ताङमा कृषि विकासमा टेवा पु¥याउन ताक्लुङ गाउँबाट कोबाङ गाविस अन्तर्गत सौरु गाउँमा स्याउ फार्म संचालन गर्ने हेतुले बसाई सरेका थिए । सौरु गाउँमा ३५ रोपनी जग्गामा स्याउ फार्म संचालन गरी मुस्ताङको एउटा नमुना फार्मको रुपमा विकास गरेका थिए ।
साधारण जीवन बिताउने उनी मृदुभाषी, परिश्रमी, लगनशिल र कर्मठ एमाले कार्यकर्ता थिए । शिक्षा एवं पठनपाठनका क्षेत्रमा विशेष कौशलता र प्रतिभा उनमा थियो । उदार भावना विकासवादी र परिवर्तनशील ओमविकास आफ्नो राजनैतिक जीवनमा संघर्ष गर्दै वि.सं. २०४८ सालको आम चुनावबाट नेकपा एमाले मुस्ताङको प्रतिनिधित्व गर्दै सांसदमा भारी मतकासाथ निर्वाचित भए । स्वच्छ छवि र लोकप्रिय भद्र शालिन ब्यक्तित्व भएका कारण ३५ हजार रुपैयाँ चुनावी खर्चमा तत्कालिन चुनाव जितेका थिए ।
अति साधारण मूर्धन्य व्यक्तित्व, परिश्रमी र सदा काममा जुटिरहने, सबैप्रति समान व्यवहार गर्ने, गरिब दीन दुःखीहरुलाई हृदयदेखि नै माया गर्ने, सत्य र सदाचारका धरोहर आदारणीय ब्यक्तित्व मुस्ताङका कम्युनिष्ट आन्दोलनका अगुवा ओमविकास गौचनले सम्पूर्ण मुस्ताङवासीमा चेतना अभिवृद्धि गर्दै मार्गनिर्देशन गरिरहेका थिए ।
मुस्ताङका अग्रज वरिष्ठ समाजसेवी वुद्धिजिवि ओमविकासलाई समाजको विकास र परिवर्तन नचाँहाने अपराधिक मनोवृत्तिका जल्लादहरुले बाँकी राखेनन्, अन्तत आफ्नै निवासमा वि.सं. २०६३ चैत्र ३० गते दुस्मनको क्रुरुरतापूर्ण हत्या स्विकार्नु प¥यो ।

नेकपा एमाले मुस्ताङको अध्यक्षमा पुन गौचन !

केशव बि.क.मुस्ताङ, २०७३ असोज १७ । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी मुस्ताङको अध्यक्षमा पुनः चन्द्रमोहन गौचन चयन भएका छन् । असोज १४ गते भएको नेकपा एमाले मुस्ताङको छैँटौँ जिल्ला अधिवेशनले गौचनको नेतृत्वमा ४३ सदस्ीयय जिल्ला कमिटी गठन गरेको छ । पार्टीको पाँचौ जिल्ला अधिवेशन बाट पनि गौचन नेकपा एमालेको जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए ।
कमिटीको उपाध्यक्षमा देव बहादुर गुरुङ, सचिवमा आस बहादुर थकाली, सहसचिवमा आसमाया परियार चयन भएका छन् । त्यस्तै सदस्यहरुमा नविन भट्टचन, टसी स्याङमो गुरुङसेनी, तिलक बि.क, भूपेन्द्र शेरचन, छाङ रिङजिन गुरुङ, हेमन्त शेरचन, राम प्रसाद विक, रत्न गोतामे, रत्न विक, दिपसागर थकाली, कुल बहादुर थकाली, विशाल शेरचन, तेजेन्द्र गौचन, नरप्रसाद हिराचन, दिपक लालचन, छेप्तेन गुरुङ, कुंगा तेन्जीन गुरुङ, खाण्डो गुरुङ रहेका छन् ।
त्यसैगरी सदस्यहरुमै टसी ढुण्डुक गुरुङ, पासाङ गुरुङ, आङज्यू गुरुङ, टसी ओङदी गुरुङ, टसी नोर्वु गुरुङ, छाङ आङता गुरुङ, विश्व पाइजा, जमुना थकाली, मिम कुमारी शेरचन, भिमकुमारी नेपाली, शर्मिला गुरुङ, सोनाम छिनी गुरुङ, विनोद परियार, सुनिल परियार, न्हु आङजु गुरुङ, रमेश भट्टचन, महेन्द्र शेरचन, रमेश गुरुङ, विजय थकाली, झेवाङ तेन्जिङ गुरुङ र शेरबहादुर गुरुङ रहेका छन् ।
पार्टीको लेखा परिषद कमिटीको अध्यक्षमा मिमकुमारी शेरचन, उपाध्यक्षमा सुन्देवी रसाईली र सचिवमा आइतलाल थकाली चयन भएका छन् । त्यस्तै जिल्ला निर्वाचन कमिटीको अध्यक्षमा शेर बहादुर गुरुङ, उपाध्यक्षमा सीमा नेपाली र सचिवमा वुद्धिसिंह नेपाली रहेका छन् ।

सोह्रश्राद्धमा कागबेनीमा पितृश्राद्ध गर्नेको संख्या पचास हजार नाघ्यो !

केशब बि.क. मुस्ताङ २०७३ असोज १५ । हिन्दुहरुको पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ र कागबेनीमा बर्षेनी हजारौँको संख्यामा नेपाल तथा भारताका तीर्थयात्रीहरु आउने गरेका छन् । सोह्रश्राद्धमा कागबेनीमा पुगेर पितृलाई पिण्डदान गरेमा पुण्य लाभ हुने धार्मिक विश्वास रहिआएको छ । सोह्रश्राद्धको अन्तिम दिनसम्म सडक तथा हवाई मार्ग भएर मुस्ताङ आउने तीर्थयात्रीको सङ्ख्या बढेको हा । असोज १४ गते शुक्रबार सम्ममा करिब ५० हजार तीर्थयात्रीले काली गण्डकीको संगम स्थल कागबेनी पुगेर पीण्ड तर्पण गरेको पण्डित हरि सापकोटाले जानकारी दिए ।

आश्विन कृष्ण प्रतिपदा देखि सुरु भएको सोह्रश्राद्ध शुक्रबार सकिएको छ । कागबेनी आएर पीण्डदान गरे पुण्य लाभ मिल्छ रे अनि पितृ पनि खुशी हुन्छन भनेर मुस्ताङमा श्राद्ध गर्न आएको हुँ । चितवनका कृष्णराम सापकोटाले भने । उनी श्राद्ध गर्न मुस्ताङ आएका हुन् । उनी संगै १२ जनाको ग्रुप मुस्ताङमा श्राद्ध गर्न आएको छ ।
bhakta1
विगतका वर्ष देखि नै सोह्रश्राद्ध सुरु भएको दिनदेखि मुस्ताङ आउने तीर्थयात्रीको घुँईचो लाग्ने गरको छ । देशका विभिन्न ठाउँका श्रद्धालु भक्तजनहरु मुस्ताङमा पितृलाई पिण्ड तर्पण गर्न आएका छन् । पितृलाई खुःशी पार्दै पुण्य कमाउन स्याङजाका नरहरी कार्की पनि मुस्ताङ आएका छन् । कागबेनीमा श्राद्ध गरे पुण्य मिल्ने उनको तर्क छ । उनी संगै श्राद्ध गर्न आउनेको भीड पनि ठुलै छ । नेपालका हिन्दु हुन या भारतीय हिन्दु प्रत्येक वर्ष आश्विन र चैत महिनाको कृष्ण प्रतिपदा तिथिमा पितृलाई पिण्डदान गरि पुण्य लाभ लिन कागबेनीमा आउने गरेका छन् । मुस्ताङको यातयातमा भएको सिण्डिकेटको अन्त्य भएसंगै श्रद्धालु भक्तजनहरु आफ्नै ठाउँबाट सवारी साधन बुकिङ गरी अर्थात आफ्नै सवारी साधन लिएर मुस्ताङमा आएका छन् ।

गत वष भारतीय नाकाबन्दी र विनाशकारी भूकम्पको कारण कागबेनीमा पितृतर्पण गर्न एकदमै न्यून मात्रामा धार्मिक पर्यटक भित्रिए पनि यस वर्ष भने त्यसमा उल्लेख्य रुपमा सुधार आएको र धेरै धार्मिक पर्यटक भित्रिएको बताइएको छ पर्यटन सिजन सुरु भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन्।

धार्मिक, आन्तरिक पर्यटकको सिजन सुरु भएसंगै यहाँका होटलहरु पनि भरिभराउ भएका हुन् । होटलहरुमा दिनानुदिन अतिथिहरुको चाप बढिरहेको होटल ब्यबसायीहरु बताउँछन् । मुस्ताङमा धार्मिक तथा आन्तरिक पर्यटकको चाप बढेपछि यहाँका फुटकर÷खुद्रा ब्यापारीहरुको व्यापार पनि सप्रिएको छ । चाडपर्वको सिजन संगै स्याउ पाक्ने र ढुवानी गर्ने सिजन भएकाले पनि मुस्ताङमा अहिले चहलपहल बढिरहेको छ ।

एमाले मुस्ताङको जिल्ला अधिबेशन : खुशी नेपाली र समृद्ध नेपाल मुख्य एजेण्डा !

केशव वि.क., मुस्ताङ, २०७३ असोज १४ । राष्ट्रको स्वाभिमान, एकता र समृद्धिका लागि संविधान कार्यान्वयन गरौँ पार्टी सांगठनिक र वैचारिक क्षमता वृद्धिका लागि अभियान संचालन गरौँ भन्ने मुल उद्घोषका साथ नेकपा एमाले जिल्ला कमिटि मुस्ताङको छैँटौँ जिल्ला अधिवेशन शुक्रवार देखि जोमसोममा सुरु भएको छ ।

पानसमा दिप प्रज्वोलन गरी कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश नं. ४ का सहसंयोजक गणेश तिमिल्सिनाले खुःशी नेपाली र समृद्ध नेपाल एमालेको मुख्य एजेण्डा भएकाले देश बनाउने भिजनका साथ राष्ट्र निर्माणका लागि नेकपा एमालेले अगुवाई गर्नुपर्ने बताए । देशको विकास र सबै वर्गको हकहितको पक्षमा कामगर्ने एकमात्र पार्टी एमाले भएको भन्दै तिमिल्सिनाले एमाले लाई समर्थन गर्दै सबै सक्रिय रुपमा लाग्नुपर्ने बताए ।

त्यसैगरी व्यवस्थापिका सांसद श्रीमाया थकालीले नेपाली जनताको पार्टी एमाले भएको भन्दै समृद्ध राष्ट्र निर्माणका लागि सबै एक ठाउँमा उभिनुपर्ने विचार ब्यक्त गरिन् । पैसाको चलखेलका कारण २०७० सालको निर्वाचनमा मुस्ताङबाट नेकपा एमालेले पराजय भोग्नु परेको भन्दै थकाललीले पैसाको लागि आफ्नो अधिकार नबेच्न आग्रह गरिन् ।

उद्घाटन समारोहमा बोल्दै सांसद महेन्द्र शेरचनले संगठन बलियो भएमात्र पार्टी बलियो हुने भएकाले सबै पक्षलाई समेटेर अगाडी बढनुपर्ने बताए । त्यस्तै नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष चन्द्रमोहन गौचनले पार्टीलाई विभिन्न तह र तप्काबाट सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै एमाले विकासवादी पार्टी भएकाले देश विकासको लागि नेकपा एमालेलाई सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय निर्वाचन आयोगका सचिव माधव पौडेल, केन्द्रिय लेखा आयोगका द्धय विद्या ढकाल र ढाकाराम अर्याल, नेकपा एमालेका पूर्व सभासद चन्द्र बहादुर गुरुङ, नेकपा माओवादी केन्द्रका प्रतिनीधि सुक बहादुर बि.क, भूपू सहायक मन्त्री नरबहादुर हिराचन, अनेम संघकी सचिव सुन्देवी रसाईली, निजामति कर्मचारी संगठनका अध्यक्ष मोतिलाल चपाई, नेपाल शिक्षक संगठनका अध्यक्ष प्रेम प्रसाद गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा नेपाली काँग्रेस पूर्व सचिव रिङजिङ नामग्याल गुरुङ सहित ५० जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले जिल्ला कमिटि मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनको अध्यक्षमा भएको उद्घाटन समारोहको स्वागत पार्टीका उपसचिव आस बहादुर थकाली र पार्टीका सचिव देव गुरुङको संचालनमा सम्पन्न भएको थियो ।

जोमसोममा आज देखी कर शिविर संचालन हुने

केशव बि.क/ मुस्ताङ २०७३ असोज १४ । मुस्ताङको सदरमुकाम जोमसोममा आज देखी (असोज १४ र १५ गत)े कर शिविर संचालन हुने भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङ र उद्योग वाणिज्य संघ मुस्ताङको सहयोगमा आन्तरिक राजस्व कार्यालय पोखराले कर शिविर संचालन गर्न लागेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
आन्तरिक राजस्व कार्यालयका कर अधिकृत सूर्य सुर्खानीको नेतृत्वमा ४ जनाको टोलीले कोष तथा लेखा नियन्त्रक कार्यालय जोमसोममा कर शिविर संचालन गर्न लागेको कोष नियन्त्रक गोकर्णराज सुयलले जानकारी दिए ।

दुई दिन सम्म संचालन गरिने शिविरमा स्थायी प्यान नम्बर उपलब्ध गराउने, कर संकलन गर्ने र कर विवरण लिने बताईएको छ । उक्त कर शिविरमा उपस्थित भई मौकाको फाईदा उठाउन कोलेनिकाले सम्पूर्ण उद्योगी ब्यवसायीलाई आग्रह गरेको छ ।

मुस्ताङमा दशैँमा मात्र भेडाच्याङग्राको रु. ४० करोडको कारोबार !

केशव बि.क., मुस्ताङ, २०७३ असोज १२ । चाडपर्व नजिकिँदै गर्दा च्याङग्रा खरिद बिक्रीको चहलपहल सुरु भएको छ । नेपालीहरुको महान पर्व दशैँतिहारलाई लक्षित गरेर हिमालपारीको जिल्ला मुस्ताङमा भेडाच्याङ्ग्रा किनबेच सुरु भएको हो । मुस्ताङकै स्थानिय व्यापारी र बाहिरी जिल्लाका व्यापारीहरुले भेडाच्याङ्ग्रा खरिद बिक्रि गर्न सुरु गरेका छन् ।

च्याङग्रा व्यापारीहरुले किसानको गोठमा पुगेर भेडाच्याङग्रा खरिद गरिरहेका छन् । रामेछापका उद्धव खडका र रसुवाका रामप्रसाद न्यौपानेले दशैँमा बिक्री गर्नको लागि ४ सय भेडाच्याङग्रा खरिद गरेका छन् । दशैँमा मासुको अत्याधिक माग हुने भएकाले बजारमा बेच्नको लागि उनीहरुले मुस्ताङमा आएर भेडाच्याङग्रा खरिद गरी देशका विभिन्न ठाउँमा लगेर बिक्रि गर्नेे तयारी गरेको बताए । ‘हामी २ जनाले करिब ८० लाख बराबरका च्याङग्रा किनेका छौँ,’ उनले भने, ‘अब यसलाई विभिन्न ठाउँमा लगेर बिक्री गर्छाै ।’

त्यस्तै रसुवाका व्यापारी दिवाकर न्यौपाने पनि भेडाच्याङग्रा खरिदका लागि मुस्ताङ आएका छन् । न्यौपाने सहित तीन जनाको समुह मुस्ताङ आएको हो । ‘किसानको घर—घरमा पुगेर खरिद गरिरहेका छौँ,’ न्यौपानेले भने, ‘चार सय संकलन गरेर लैजान्छौँ ।’ उनीहरुले सडकबाट हिँडाएर भेडाच्याङग्रा बिक्री गर्दै जाने बताए । दशैँतिहारमा अत्याधिक माग हुने मुस्ताङमा पालेका भेडाच्यङग्रा किनबेचको सिजन सुरु भए पछि किसान पनि बेच्न उत्साहित छन् ।

मुस्ताङमा यस वर्ष करिब २५ हजार भेडाच्याङग्रा बिक्री गर्नको लागि तयारी अवस्था रहेको जिल्ला पशु सेवा कार्यालय मुस्ताङले जनाएको छ । किसानले प्रतिगोटा १९ देखि २१ हजार रुपैयाँमा बिक्री गरेका छन् । चार वर्ष उमेर पुगेर बेच्ने अवस्थामा करिब २५ हजार भेडाच्याङग्रा रहेको पशु कार्यालय मुस्ताङका प्रमुख डा.नन्दलाल बर्माले बताए । ‘दशैँलाई लक्षित गरेर भेडाच्याङग्रा किनबेच सुरु भएको छ,’ बर्माले भने, ‘२५ हजार मुस्ताङबाट निर्यात हुने अनुमान गरिएको छ ।’
जिल्लामा ४१२ किसानले ब्यवसायिक रुपमा भेडाच्याङग्रा पाल्ने गरेका छन् । मुस्ताङको १६ गाविस मध्ये मार्फा, जोमसोम, कागवेनी, झोङ, मुक्तिनाथ, छुसाङ, सुर्खाङ, चराङ, लोमान्थाङ, छोसेर, छोन्हुप गाविसका किसानले च्याङग्रा पाल्दै आएका छन् । मुस्ताङमा उत्पादित भेडाच्याङग्राले बजारको माग थेग्न नसक्ने भएपछि चाडपर्वलाई लक्षित गरेर व्यापारीले तिब्बतबाट समेत भेडाच्याङग्रा ल्याउने गरेका छन् । उपल्लो मुस्ताङका घमी, लोमान्थाङ, चराङ, सुर्खाङ, छोसेर र छोन्हुपका व्यापारीले तिब्बतका भेडाच्यांग्रा ल्याएर स्थानिय भेडाच्याङग्रामा मिसाएर बेच्छन् । यस वर्ष गत भाद्रमा संचालित अन्तरदेशीय व्यापारमेलाबाट यहाँका व्यापारिले करिब १० हजार च्याङग्रा खरिद गरेका छन् । लोमान्थाङका स्थानिय समाजसेवी इन्द्रधारा विष्टले बताए ।
बजारमा हिमाली उच्च चरन क्षेत्रका भेडाच्यांग्राको माग हुने भएकोले मुस्ताङीले तिब्बतबाट ल्याएका भेडाच्याङग्रा मिसाएर बेच्ने गर्छन् । यहाँका भेडाच्याङग्राको मासु स्वादिलो हुने गरेकाले पनि मासु पारखीको रोजाईमा पर्ने गरेको छ ।
मुस्ताङबाट गत वर्ष १९ हजार भेडाच्याङग्रा निर्यात भएको जिल्ला पशु सेवा कार्यालय, मुस्ताङले जनाएको छ । मुस्ताङका किसानले गत वर्ष १९ हजार भेडाच्याङग्रा बेचेर करिब ३६ करोड कमाएका थिए । किसानले भेडाच्याङग्राबाट मनग्य आम्दानी गर्ने गरेका छन् । हाल जिल्लाभरमा ७० हजारको हाराहारीमा भेडाच्याङग्रा रहेको डा. नन्दलाल बर्माले बताए ।
मुस्ताङबाट भेडाच्याङग्रा खरिद गरी व्यापारीले बिक्रीको लागि बागलुङ, पर्वत, पोखरा, काठमाण्डौ लगायतका ठाउँमा लैजान्छन् । केही किसानले आँफै म्याग्दी, बागलुङ, पर्वत, पोखराका बजारमा लगेर बेच्ने गरेका छन् ।
कार्यालयको सम्पर्कमा आएका किसानको भेडाच्याङग्रा निकासी हुँदा अनिवार्य स्वास्थ्य जाँच गरेर पठाउने गरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।
त्यसैगरी नेपाल खाद्य संस्थानले करिब एकहजार पाँचसय भेडाच्याङग्रा काठमाण्डौ लैजाने भएको छ । संस्थानले भेडाच्याङग्राको व्यवस्था गर्नको लागि जिल्ला पशु सेवा कार्यालय, मुस्ताङलाई पत्राचार गरेको छ । र केही च्याङग्राहरु पठाईसकेको बताईएको छ ।

मुस्ताङ जिल्लामा यस वर्ष ७ प्रतिशतले घट्यो, स्याउको उत्पादन !

केशव बि.क. मुस्ताङ २०७३ असोज ११ । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष स्याउ उत्पादनमा कमि आएको छ । गत वर्षको तुलनामा यस वर्ष स्याउको उत्पादन ७ प्रतिशतले घटेको हो ।

गत वर्ष मुस्ताङमा चारहजार आठसय मेट्रिक टन स्याउ उत्पादन भएकोमा यस वर्ष चारहजार चारसय मेट्रिक टन मात्र स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङका कृषि योजना अधिकृत तप्त बहादुर गुरुङले जानकारी दिए ।

लामो समयसम्म खडेरी पर्नु, गत हिउँदमा कम हिउ परेको, जिजिनामथ किराको आक्रमण, स्याउको फूल फूल्ने बेला तुसारो पर्नाले फूलपात नष्ट हुँदा स्याउको उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्लामा एकहजार पैँचालिस हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएतापनि तीनसय पचास हेक्टर क्षेत्रफलमा लगाएको बोटबाट मात्र स्याउ उत्पादन हुने गरेको छ । प्रत्येक वर्ष एकसय देखि एकसय दश हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार हुने गरेको वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले जानकारी दिईन् ।

मुस्ताङका १६ गाविस मध्ये टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ र घमी गाविसमा स्याउ उत्पादन हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार मुस्ताङमा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचारेड, फुजी, न्यूरोयल, मुत्सु, अ‍ैकिन, बिनौनी, साउने, राइमर, अम्री, रेड गोल्ड, ब्रामे र चकलेट लगायतका प्रजातिका स्याउ उत्पादन हुने गर्दछन् ।

मुस्ताङको स्याउ सबैभन्दा उत्कृष्ट मानिने हुँदा बजारको खासै समस्या नभएको स्थानिय बताउँछन् । स्याउ पाक्नु भन्दा केही समय अगाडीनै ठेकेदारहरु कृषकको घरमै पुगेर स्याउको बगैचा किन्ने र बैँधोपट्टा गर्ने गर्दछन् । यातयातको सहज पँहुच संगै स्याउको राम्रो मुल्य पाउन थालेपछि यहाँका कृषकको स्याउ खेती तर्फ आकर्षण बढ्दो छ । हाल कृषकले बोटबाटै प्रति केजी ८० देखि १०० रुपैयाँमा स्याउ बिक्री गरेका छन् ।

यहाँका कृषकले स्याउबाट प्रति वर्ष एकलाख देखि एक करोड सम्म आम्दानी गर्ने गरेका छन् । विगतका वर्षमा ठेकेदारहरुले काँचो स्याउ टिपेर बजारमा पु¥याउने गरिएतापनि यस वर्ष वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा स्याउ ढुवानीमा समस्या देखिएपछि स्याउ बोटमै पाक्न पाएको छ ।

काँचो स्याउ बजारमा पु-याउँदा स्वादिलो नहुँने हुँदा स्याउ पूर्ण रुपमा पाकिसकेपछि मात्र टिप्न सल्लाह दिएको कृषि विकास कार्यालयको भनाई छ । जिल्लामा अहिले स्याउ टिप्ने र ढुवानी गर्ने लहर चलिरहेको छ । हालसम्म ४० प्रतिशत स्याउ टिपाई भैसकेको कृषि विकास कार्यालयका गुरुङले बताए ।

जिल्लामा स्याउखेतीको विकास र विस्तार गर्न कृषकलाई प्राविधिक तालिम, सिचाँईको व्यवस्था र ५० प्रतिशत अनुदानमा विरुवा वितरण गर्दै आएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङ शिक्षक संघको अध्यक्षमा आचार्य !

केशव विक, मुस्ताङ २०७३ असोज १० । नेपाल शिक्षक संघ मुस्ताङको अध्यक्षमा अनन्तराज आचार्य चयन भएका छन । असोज ८ गते जनआदर्श उमावि कोवाङमा भएको नेपाल शिक्षक संघको ८ औँ जिल्ला अधिवेशनले आचार्यलाई अध्यक्षमा चयन गरेको हो ।
संघको महिला उपाध्यक्षमा लक्ष्मी देवी लम्साल, उपाध्यक्षमा जीवनाथ शर्मा, सचिवमा गोविन्द प्रसाद श्रेष्ठ, सहसचिवमा लोक बहादुर कार्की र कोषाध्यक्षमा सुकदेवि गौचन रहेका छन् ।

त्यसैगरी महिला सदस्यमा खुनाकुमारी न्यौपाने, सदस्यहरुमा दयाराम रेग्मी, नारायण प्रसाद तिमिल्सिना, तुलप्रसाद गौचन, खुमचन्द्र चापागाई, तुलसीनाथ सुवेदी र सनदेवी थकाली रहेका छन् । त्यस्तै केन्द्रिय प्रतिनीधिहरुमा रामु प्रसाद श्रेष्ठ, प्रमेश गौचन र शारदा शेरचन चयन भएका छन् । मनोनित सदस्य एवं प्रतिनीधिहरु कार्य समितिको बैठकले मनोनयन गर्ने बताईएको छ ।