All posts by बिमल खड्का

बुर्तिवाङ खबर : बागलुङ पश्चिमका बाढी पीडितलाई राहत रकम वितरण !

बिमल खडका, बुर्तिवाङ २०७३ असोज २१ । वाढी पीडित सरोकार समिति बागलुङको सक्रियतामा बागलुङ पश्चिमका बाढी पीडितलाइ संकलित राहत रकम वितरण कार्यक्रम आज शुक्रबार सम्पन्न भएको छ । हिजोदेखि सुरु गरिएको उक्त राहत रकम वितरण अभियानमा बोंगादोभानमा १९ घर, अधिकारीचौरको छालहाल्ना र दोगाडीमा ८५ घर, निसीमा ५ घर, बोहरागाउँमा ६ घर तथा देविस्थामा १३ घर परिवारलाई राहत रकम वितरण गरिएको हो ।

त्यसैगरि आजै बुर्तिबाङमा ६ घर, भीमगिठेमा ५ घर, राजकुतमा १९ घर, दर्लिङमा ११ घर र ग्वालीचौरमा १ घर बाढीपीडित परिवारलाई राहत रकम वितरण गरिएको बताईएको छ ।

बाढीपीडित सरोकार समितिको सक्रियतामा समितिका सदस्यहरुबाट संकलित रकमका साथै प्रभु बैंकबाट १ लाख ३० हजार रुपैयाँ, ग्लोबल बैंकबाट ५० हजार रुपैयाँ, विभिन्न व्यक्ति तथा संघसंस्थाबाट संकलित ५७ हजार रुपैयाँ, अधिकारीचौर घर भई हाल अमेरिका निवासी खिम बहादुर अदैबाट १५ हजार रुपैयाँ, अधिकारीचौरकै किम बहादुर भण्डारीबाट १० हजार रुपैयाँ, भेक बहादुर अदैबाट ८ हजार रुपैयाँ, बुर्तिबाङ घर भई हाल काठमाण्डौ निवासी हिक्मत शेरचनबाट ५ हजार रुपैयाँ, काठमाण्डौ असन चोकमा माइकिङ गरि संकलित २५ हजार रुपैयाँ गरि कुल ३ लाख ४१ हजार रुपैयाँ रकम संकलन गरि बाढीपीडित परिवारलाई प्रति घरपरिवार २ हजारका दरले राहत रकम वितरण गरिएको बाढी पीडित सरोकार समिति बागलुङका संयोजक एवं नेपाली काँग्रेस महाधिवेसन प्रतिनिधि जीत शेरचनले जानाकारी दिए । राहत संकलनका लागि समितिका अन्य सदस्यहरु तिलक श्रीपाली, जीवन भट्टचन लगायतको समेत सक्रियता रहेको बताइएको छ । गत साउन १० र ११ गते आएको बाढीका कारण बागलुङ पश्चिम क्षेत्रमा ठूलो धनजनको क्षती पुराएको थियो ।

सिवाईसीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सिवाईसी बचत तथा रिण सहकारी संस्था लिमिटेड बुर्तिबाङ शाखाले आफ्नो सातौं समृद्धि दिवसको अवसर पारि बुर्तिबाङमा आज दशैं तिहार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा सांसद् ज्ञान कुमारी छन्त्यालले सबैलाई शुभकामना दिंदै सिवाईसी वचत तथा रिण सहकारी संस्था लिमिटेडले ग्रामीणस्तरका जनतासम्म सेवा पुराउनमा उल्लेखनीय कार्य गरेको भन्दै धन्यवाद दिएकी थिईन् ।

कार्यक्रममा एकीकृत सेवा केन्द्र बुर्तिबाङका सह प्रमुख लोक बहादुर कुँवर, मालपोत कार्यालय बुर्तिबाङका नायब सुब्बा नन्दराम भुसाल, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख शिवराज क्षेत्री, लक्ष्मी बैंङ्क बुर्तिबाङका शाखा प्रबन्धक शिशिर भण्डारी, शेयर सदस्य एवं समाजसेवी चन्द्रलाल अर्याल, हरि कुँवर, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं संचारकर्मी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

उक्त शुभकामना आदानप्रदान कार्यक्रममा सिवाईसी बुर्तिबाङ शाखाका प्रबन्धक दामोदर गौतमले सिवाईसी वचत तथा रिण सहकारी संस्था लिमिटेड सेवा केन्द्र बुर्तिबाङको प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।

सवाईसी बचत तथा रिण सहकारी संस्था लिमिटेड बुर्तिबाङ शखाकी संयोजक गण्डकी थापा अधिकारीको अध्यक्षता रहेको उक्त शुभकामना आदान प्रदान कार्यक्रमको संचालन शाखाका सचिव चुडामणि भुसालले गरेका थिए ।

नयाँ शक्ति पार्टी नेपालका शुभकामना तथा चियापान कार्यक्रम

शक्ति पाटी नेपाल, क्षेत्र नं. ३ बागलुङको आयोजनामा आज बुर्तिबाङमा दशैतिहारको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका जिल्ला सचिवालय सदस्य एवं क्षेत्रीय संयोजक कुशल बुढाले विकसित एवं समृद्ध नेपालका लागि नयाँ शक्ति पार्टीको आवश्यकता रहेको भन्दै अब आर्थिक क्रान्तिले मात्र देशको मुहार फेर्न सकिने बताए ।

उक्त कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका जिल्ला सदस्य चन्द्रकान्त भुसाल, डिलाराम रेग्मी, नेकपा माओवादी केन्द्रका प्रतिनिधि चन्द्रलाल अर्याल, मालपोत कार्यालय बुर्तिबाङका नायब सुब्बा नन्दराम भुसाल, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख शिवराज क्षेत्री, बुर्तिबाङ यातायात व्यावसाय समितिका अध्यक्ष शेरमान घर्ती, पश्चिमान्चल यातायात समितिका प्रतिनिधि रामप्रसाद आचार्य, दलित संजालका क्षेत्रीय अध्यक्ष विष्णु वि.क., दलित सशक्तिकरण केन्द्र बागलुङका प्रतिनिधि गोपाल वि.क., बुर्तिबाङ गाविस कार्यालयका प्रतिनिधि चुडामणि भुसाल, अन्तराष्ट्रिय बागुलुङ सेवा समाज कतारका सह सचिव राम बहादुर थापा, नेपाल पत्रकार महासंघ बागलुङका सदस्य एवं सामुदायिक रेडियो परिवर्तन बुर्तिबाङका अध्यक्ष लोकेन्द्र सुनार, रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छबिलाल पाण्डे, रेडियो बुर्तिबाङका स्टेशन म्यानेजर कृष्ण कँडेल, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतले शुभकामना व्यक्त गरेका थिए ।

नयाँ शक्ति पार्टी नेपाल बागलुङका क्षेत्रीय सह संयोजक शंकर कुँवरको अध्यक्षता रहेको उक्त कार्याक्रमको संचालन जिल्ला सदस्य मनोज कुमार वि.क.ले गरेका थिए ।

बिजुली जडान चार्ज ७० हजार लिने अडान नछोडे पछी टुंगिएन बिवाद !

बिमल खड्का, बुर्तिवाङ २०७३ असोज १४ । बुर्तिबाङ स्थित आर सी जी लघु लजविद्युत आयोजना र विद्युत उपभोक्ता संवाद समितिबीच शुक्रबार एकीकृत सेवाकेन्द्र (प्रशासन) मा छलफल भएको छ । विद्युत संचालकले अनियमित रुपमा सेवा शुल्कको नाममा रकम असुल्न खोजेको भन्दै विद्युत उपभोक्ताहरुले विरोध गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङमा लिखित उजुरी दिएका थिए । सोही उजुरीको लागि जिल्ला प्रशासनको निर्देशनमा आज एकीकृत सेवा केन्द्र बुर्तिबाङले दुबै पक्षलाई छलफलको लागि बोलाएको थियो ।

प्रशासनको रोहबरमा विद्युत संचालक र विद्युत उपभोक्ता कार्य संपादन समितिबीच छलफल भई सहमती खोज्ने प्रयास भए पनि उपभोक्ताको माग अनुसार सबै विषयको टुंगो भने अझै लागेको छैन । तर पनि केही महत्वपूर्ण विषयमा सहमती भएको बताइएको छ । आज भएको दुई पक्षीय सहमती अनुसार संचालकले बाढीले विद्युतलाई क्षती पुराएको भनी सेवा शुल्कको नाममा लिने भने बिलिङ गरेको २ हजार रुपैंया नलिने, घर किन बेच गर्दा ठाउँसारी र नामसारीको नाममा लिदैं आएको १० देखि १५ हजार रुपैयाँ नलिने र कलकारखाना र उद्योग संचालकलाई न्युनतम शुल्क भनी २४ सय रुपैया अनिवार्य लिएकोमा अबदेखि विद्युत मिटर बक्समा चढे अनुसारको युनिटको मात्र विद्युत रकम उपभोक्ताबाट लिनुपर्ने विषयमा सहमती भएको बताइएको छ ।

विद्युत संचालकले लिंदै आएको प्रति १५ रुपैया युनिट महसुल दर, विद्युत जडान चार्जको नाममा लिंदै आएको ५० हजार रुपैयादेखि ७० हजार रुपैयाँ सम्मको सेवा शुल्क र अन्य उपभोक्ताका मागको विषयमा भने अझै टुँगो लागेको छैन । यसको लागि फेरि छलफल गरिने निर्णय भएको छ । विद्युत उपभोक्ता कार्यसमितिको पहलमा रिठाखोला लघुजल विद्युतको लाइन बुर्तिबाङमा लिई विद्युत आपूर्ति गर्नका लागि काम सुरु भएको भएपनि लोड सेन्टरको बारेमा समेत निर्णय नभएकाले यस विषयमा समेत अर्काे बैठकमा निर्णय हुने बताइएको छ

ढोरपाटन ज्योति विकास विद्यालयको व्यबस्थापन समितिको गठन !

बिमल खडका/ बुर्तिवाङ २०७३ असोज ११ । पश्चिम बोवाङ गाउँ विकास समिति वडा नं. ९ स्थित ज्योति बिकास आधारभुत बिद्यालयमा आज बिद्यालय व्यबस्थापन समितिको गठन गरिएको छ । अभिभावकहरुको भेलाले दिपक थापाको अध्यक्षतामा बसेको भेलाले दिपक थापाकै संयोजत्वमा ८ सदस्यीय समितिको गठन गरेको छ । समितिको सदस्यमा धन बहादुर अदैै ,तेलसरा अदै , समुद्र बिक , सर्जुमला बिक लिला प्रसाद घर्ति तथा शिक्षक प्रतिनिधीमा तुल बहादुर कुमाई तथा सदस्य सचिबका विद्यालयका प्रधानाध्यापक चक बहादुर अदै चयन भएका छन् ।
सोहि भेलामा गरिएको सामाजिक लेखा परीक्षण अनुसार विदालयको आर्थिक वर्ष २०७२÷७३को आम्दानी २१ लाख ८५ हजार ५ सय १२ रुपैया तथा खर्च १६ लाख ९७ हजार ९ सय ५० रहेको छ भने बिद्यालयको ४ लाख ८७ हजार ५ सय ६२ रुपैया बचत रहेको बिद्यालयका प्रधानाध्यापक चक बहादुर अदैले जानाकारी दिएका थिए ।

टेलिकमको टावर नहुँदा गुल्मी र बागलुङका केहि गाविस प्रभावित !

बिमल खड्का, बागलुङ असोज ६ । गुल्मी जिल्लाको छापहिले गाउबिकास समिति अन्र्तगत सिद्धपाटी डाडाँमा रहेको नेपाल टेलिकमको नमस्ते तथा सिडिएमे टावरमा समस्या हुदा स्थानिय सञ्चार बिहीन भएका छन ।

बिगत केहि दिन देखि टावरमा समस्या आउदा सेवा लिईरहेका गुल्मी जिल्लाका छापहिले ,ह्वाङदी , पौदी अमराई, अर्खबाङ नेटा, दर्लिङ र बागलुङ जिल्लाका केहि गाबिसका जनता सेवा ग्रही मर्कामा परेको शिक्षक लोकेश गिरीले तजबिज खवरलाई बताए ।
टावर नआउदा नमस्ते, तथा सिडिएमए प्रयोकर्ता थप चिन्तामा परेका छन । उक्त ठाउमा केहि बर्ष पहिले नेपाल टेलिकमले नमस्ते टावर सञ्चालन गरेपनि सौर्य प्रणाली सोलारबाट सञ्चालन गरेको हुदाँ तापको अभावले रामो काम नगरेका सेबाग्राहीले गुनासो रहेको छ ।
टावरको समस्याको बारेमा बुझदाँ नेपाल टेलिकमका गुल्मी शाखाका प्रमुख उमानाथ पोखेलले आवश्यक सामान काठमाडौ लिन पठाएको र सामान आएपछि सेवा दिने बताए । सोलारबाट सञ्चालन भएको टावरमा अब तत्काल बिधुत सेवा जडान गरी दैनिक सेबा प्रवाहा गर्न स्थानियहरुको माग रहेको छ ।

बाढीले देविस्थान गाविसमा फेरी २ घर बगायो : असार २० को सन्त्रास दिलायो !

बिमल खड्का, बुर्तिवाङ २०७३ असोज ५ । गत असार र साउन महिनामा अबिरल वर्षा पछी बडीगाड, निसी, भूजी, तमान आदि खोलामा आएको भीषण बाढी पहिरोले होसै उडेका जिल्लाको पश्चिम अधिकारीचौर, बोँगादोभान, निसी, देविस्थान, बुर्तिवाङ, दर्लिङ, भिङगिठे गाविस लगायतका जनतालाई हिँजो मंगलवार राति परेको भीषण वर्षाले कतै साउन १० गतेको पुनरावृत्ति त हुदैन भन्ने सन्त्रास दियो ।
jugja 5
गत २०७३ असार २० गते जुग्जा खोलामा आएको भीषण बाढीबाट निकै क्षती पुराएको थियो ।

हिँजो राति वर्षा संगै आएको बाढीले देविस्थान गाविस २ का मुक्त सिंहको घर बगाएको छ भने घरमा रहेका अन्न बाली तथा लत्ताकपडा बगाएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कर्यालय झिवाखोलाका अनुसार देबिस्थान गाउबिकास समिति ७ जुग्जाखोलामा रहेको पक्की पुल, तथा मोटरबाटोमा समेत क्षेती पु-याएको छ । हिजैको बाढीले सोहि ठाउको बिद्युतको प्रशारणमा पनि अबरोध पु-याएको छ ।

burtibangko haal

गत २०७३ साउन १० गते आएको भीषण बाढीले यस्तो बनायो बुर्तिवाङ बजारको हाल ।

यस्तै देविस्थान वडा नम्बर ७ कै आसे परियारको घर बगाएको र बाहोरागाँउ छापखानी ३ मा गर्भी मगरको घरमा क्षेती पु-याए छ भने अहिले सम्म मानबीय क्षेती भएको जानकारी प्राप्त भएको छैन । गए राति नै भिङगिठे गाविसको भिङ खालमा अहिले सम्मके डरलाग्दौ पानी परेर स्थानीय सन्त्रासमा रहेपनि क्षती भने केहि नभएको स्थानीयले बताएका छन् ।

IMG_2896
गत २०७३ साउन १० गते आएको भीषण बाढीले अधिकारीचौर गाविसमा निकै ठुलो क्षती पुरायो ।

स्मरणीय छ, देविस्थान र बोहरागाउँ गाविसमा असार २० गते राति आएको अविरल बर्षा र बाढीले ३ घर बगाएको थियो भने लाखौंको क्षती भएको थियो । बाढीले केहि घर र पुल बगाउनुका साथै दर्जनौ घर परिवार बिस्थापित भएका थिए ।

भिङखालका वाढी पीडितलाई रु २ लाख राहत वितरण !

बिमल खडका, बुर्तिवाङ २०७३ असोज ५ । भिमगीठे गाउँ विकास समितिमा गठन गरिएको वाढी पीडित राहत समितिले संकलन गरेको राहत रकम मंगलवार वितरण गरिएको छ ।

गत साउन १० र ११ गते आएको वाढीले भिमगीठे गाउँ विकास समितिको खाल बजारमा घरवास गुमाएका परिवारका लागि खालबजार स्थायी घर भै हाल अमेरिका बस्ने बुद्ध माध्यमिक विद्यालयका पूर्व शिक्षक समाजसेवी जितेन्द्र प्रताप सिँहले प्रदान गरेको रु ७५ हजार, ऐ घर भै हाल रोजगारीको सिलसिलामा कतारमा रहेका सात्विकी प्रताप सिँह र शम्भु प्रताप सिँहको सहयोगमा ४८ हजार ५ सय २ रुपयाँ र स्थानीयस्तरमा संकलित रकम रु ९२ हजार ४ सय ९८ सहित जम्मा २ लाख १६ हजार रुपयाँ वितरण गरिएको हो ।

samserrahat rakamराहत संकलन समितिका संयोजक रविन्द्र श्रेष्ठको नेतृत्वमा संकलन गरिएको उक्त राहत रकम घर जग्गा बगाएका त्यहाँका चित्रा श्रेष्ठलाई ४० हजार, निरज श्रेष्ठलाई ४० हजार, निम प्रसाद श्रेष्ठलाई ४० हजार, अरविन्द श्रेष्ठलाई ४० हजार, टेकबहादुर अग्रेजालाई ३० हजार, टंक केसीलाई १० हजार, थम्मन माकिमलाई ७ हजार, नरबहादुर थापालाई ५ हजार तथा अरु २ जनालाई २÷२ हजारका दरले रकम वितरण गरिएको थियो ।

राहत वितरण कार्यक्रममा स्थानीय समाजसेवी संम्शेर प्रताप सिँह, पूर्व गाविस उपाध्यक्ष क्षत्रप्रसाद श्रेष्ठ, बुद्ध माविका प्रअ कमल अधिकारी, स्थानीय शान्ति समितिका कृष्ण भटटराई, नेपाली काँग्रेसका कृष्ण गुरुङ र नेकपा एमालेका दीपक रायमाझी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शम्भु प्रताप सिँहले गरेका थिए ।

देविस्थानमा स्वास्थ्य तथा सरसफाई सम्बन्धि जनचेतना तालिम !

बिमल खड्का बुर्तिवाङ २०७३ असोज ४ । बुर्तिवाङसंग जोडिएको देविस्थान गाउँ विकास समितिको ८ र ९ वडाका स्थानीय जनतालाई स्वास्थ्य तथा सरसफाई सम्बन्धी चेतना दिने उद्देश्यले स्वास्थ्य र सरसफाई सम्वन्धी तालिमको आयोजना गरिएको छ ।

नेपाल स्वास्थ्यका लागि पानी नेवाको सहयोगमा सुरु गरिएको उक्त तालिमको स्थानीय आयोजक बासखोला खानेपानी स्वास्थ्य तथा सरसफाई आयोजना देविस्थान ८ काल्नेचौर रहेको छ । गाउँ स्वास्थ्य तथा सरसफाई स्वच्छता समन्वय समितिको संयोजनमा सुरुभएको २ दिने तालिममा नेपाल स्वास्थ्यका लागि पानी नेवाका सहजकर्ता संझना कुवँर, राधिका सिंह सिर्जना कुवँर तथा कार्यक्रम संयोजक चेत बहादुर कुवँरले सहजीकरण गरेका छन् । तालिममा दुइ वडाका गरि ५५ जना स्थानीयको सहभागिता रहेको छ ।

क्त कार्यक्रममा घरायसी तथा व्यत्तिगत सरसफाई एवं सामुदायिक स्वास्थ्यको महत्व र अवधारणा, खानेपानी सुद्धिकरण गर्ने विधि तथा तरिका, च्याङ, जुठ्यान खाडल बनाउने विधीका विषयमा सचेतना गरिने सहकर्मी झम सिर्पालीले बताए ।

यसैवीच बुर्तिबाङ र बोंगादोभानका जनताले निर्माण गरि सञ्चालनमा आएको रिठाखोला लघु जलविद्युत आयोजनाले आज आर्थिक वर्ष आर्थिक वर्ष ०७२÷० ७३ को सामाजिक लेखा परिक्षण सम्पन्न गरेको छ ।

लेखा समितिका संयोजक संयोजक खुमबहादुर छन्त्यालको संयोजकत्वमा गठन गरिएको सामाजिक लेखा परिक्षण समितिमा सदस्यहरु लालबहादुर पुन, रुपा क्षेत्री सम्पूर्ण विक, र शेरबहादुर बोहोरा रहनुभएको थियो । भेलामा संयोजक छन्त्यालले, आयोजनाको यस आर्थिक वर्षको आम्दानी १२ लाख ५ हजार ४ सय ५४ रुपैयाँ तथा आर्थिक वर्ष ०७१÷०७२ को बचत ६ लाख ४३ हजार ७ सय ९५ रुपैयाँ गरि कुल आम्दानी १९ लाख ११ हजार ६ सय १९ ्रपैया रहेको बताए ।

आयोजनाले यस आर्थिक वर्षमा कुल ९ लाख ३४ हजार ८४ हजार रुपैयाँ खर्च गरेको प्रतिवेदन प्रस्तुत गर्नुभयो । आयोजनाको अव ९ लाख ७७ हजार ५ सय ३५ रुपैयाँ बचत रहेको प्रतिवेदनमा उल्लेख छ । जस्लाई भेलाले अनुमोदन गरेको छ । यो आर्थिक हिवावलाई तत्काल प्रत्येक वडामा विद्युत उपभोक्ताहरुको आम भेला गरि सार्वजनिक सुनुवाई गर्ने निर्णय गरेको छ ।

आयोजना सन्चालकलाई कालो बजारीमा कार्बाही गर्न उपभोक्ताको माग !

आफ्नो सम्पति हालेर कसैलाई पनि विद्युत वाल्न दिन सकिन्न-सन्चालक भण्डारी

बिमल खड्का, बुर्तिवाङ २०७३ असोज ३ । बुर्तिबाङको आरसीजी लघु जलविद्युत आयोजनाले ग्राहकसँगबाट अनावश्यक सेवा शुल्क र जडान शुल्क लिएको भन्दै एकीकृत सेवा केन्द्रमा परेको निवेदन उपर आईतबार भएको छलफलमा निष्कर्श निस्किनुको साटो दुबै पक्षबीच को भन्दा को कमको स्थिति देखियो ।

गत साउन १० गते आएको बाढीले आयोजनाको कुलो बगाएपछि अबरुद्ध बनेको आरसीजी लघु विद्युत आयोजना कुलोको मर्मत पश्चात भदौको अन्तिम साता देखी विद्युत उत्पादन हुन थालेपछी आयोजनाले. साधारण उपभोक्तालाई प्रति घरधुरी २ हजार तथा विभिन्न कम्पनी, कल कारखाना, संघ संस्था र वित्तिय संस्थाहरुलाई ३ हजारका दरले सेवा शुल्क लिने विलिङ गरेपछि उपभोक्ताहरु भदौ ३१ गते इलाका प्रशासनमा उजुरी गर्न पुगेका थिए ।

आयोजनाको स्थापना कालमा प्रति युनिट साढे ७ रुपैयाँ रहेको विद्युत महसुल १० वर्षको अन्तरालमा महसुल समेत बढेर प्रति युनिट १५ रुपयाँ लिने गरिएको र आयोजनाको कुलो मर्मत गरेको खर्च उपभोक्ताहरुबाट बलाँत् अशुलउपर गर्ने सन्चालकको गैरकानूनी एकाधिकारवादी सोंचले मर्कामा पारिएको उपभोक्ताले आरोप लगाएका छन् ।

प्रशासन कार्यालयमा हिँजो भएको छलफलमा आरसीजी लघु जलविद्युत आयोजनाका सञ्चालक चित्रबहादुर भण्डारीले, आफूले नितान्त व्यक्तिगत लगानी गरेको र विद्युत निर्माणमा कुनै अनुदान नलिएको हुँदा आफ्नो व्यक्तिगत लगानीको विद्युतको महसुल तथा सेवा शुल्क आफुले निर्धारण गर्न सक्ने बताउदै वाढी पहिराको कारण आफ्नो विद्युत आयोजनाको २०औं लाखको क्षति भएकाले त्यसको निर्माणका लागि सेवा ग्राहीबाट २ हजार र ३ हजारका दरले सेवा शुल्क लिने निर्णय परिवर्तन नहुने अडान लिएपछी पीडित उपभोक्ताहरु, नितान्त व्यक्तिगत लगानीमा निर्माण गरिएको विद्युत आयोजना पनि भन्ने अनि विद्युत महशुल बाहेक आयोजनाको मर्मत खर्च समेत सेवा शुल्कको नाममा उपभोक्ताहरुसग असुल गर्न खोज्नु नितान्त गैरकानूनी भएको भन्दै सन्चालकलाई कालोबजारी ऐन अन्तर्गत कार्बाही गर्नुपर्ने माग राखेका थिए ।

छलफलमा उपभोक्ताहरुले विद्युत सञ्चालकले बाढी पहिरोको बहाना बनाएर आफूखुसी उपभोक्ताबाट सेवा शुल्क लिन नहुने, विद्युत महसुल घटाउनु पर्ने, विद्युत जडान गर्दा रु ५० हजार देखि ७० हजारसम्म लिने गरेको र नामसारीको नाममा १५ हजारसम्म रकम उपभोक्ताबाट असुल्ने गरेकोले तत्काल यो गैरकानूनी कार्य रोकिनु पर्ने माग गरेका थिए ।

छलफलमा उपभोक्त वार्ता तथा संघर्ष समितिका संयोजक एवं उद्योग वाणिज्य संघ बुर्तिवाङका अध्यक्ष चिन्तामणी शर्माले, यथास्थितिमा वार्ताको कुनै औचित्य नभएकाले संघर्षबाट आफूहरु एक ईञ्च पछि नहटने बताउदै उपभोक्तामाथि व्रहमलुट गरिएकोले, अव तत्काल यस्तो कालावजारी धन्धालाई राक्नका लागि उपभोक्ताहरु जुनसुकै मुल्य चुकाउन तयार रहेको बताएका थिए ।

यता सञ्चालक भण्डारीले, ‘आफ्नो सम्पति हालेर कसैलाई पनि विद्युत वाल्न दिन सकिन्न…’ भन्दै, ‘बाल्न नचाहनेले नबाले हुन्छ…’ भनी घुर्काएका थिए ।

छलफलमा एकीकृत सेवा केन्द्र बु्र्तिबाङका प्रमुख जनक थापाले, यहाँ समाधान हुन नसकेमा माथिल्लो निकायमा अघि बढाइने बताएपछी समस्या लम्बिने देखिएको छ ।

प्रहरीव्दारा निसीको १३ रोपनी सार्वजनिक जग्गाको गाँजा खेती नष्ट !

बिमल खडका/जमुना बुढामगर, बुर्तिवाङ २०७३ असोज १ । बागलुङ जिल्लाको पश्चिम निसी गाउँ बिकास समिति वडा नम्बर ९ तीघ्रापानीको सार्बजनिक जंगलमा उम्रिएको गाँजा ईलाका प्रहरी कार्यलयले बुतिबाङको टोलीले हालै नष्ट गरेको छ । त्यस स्थानमा १० रोपनी जग्गामा गाँजा खेती मौलाएको पहरीले बताएको छ ।

ईलाका प्रहरी बुर्तिबाङका प्रहरी निरीक्षक शिवराज क्षेत्रीको कमाण्डमा खटी गएको टोललीले निसीको तिघ्रापानी पुगेर उक्त गाँजा नष्ट गरेको प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।
jamuna
यस्तै टोलीले सोही स्थानकै चुसीबाङ स्थित सार्वजनिक जंगलमा अन्दाजी ३ रोपनी जग्गामा उम्रीएको गाजा पनि फडाँनी गरि नष्ट गरेको जनाएको छ । त्यस स्थानमा यसरी सार्वजनिक जग्गामा आफै उम्रिएको गाँजाबाट विभिन्न व्यक्तिले अवैधरुपमा चरेस, गाँजा बनाई अपराधिक क्रियाकलापमा संलग्न गराउने र स्थानीय मानिसहरुलाई अबैध कार्यमा विभिन्न गिरोहले प्रयोग गर्न सक्ने भएकाले खेति नै नष्ट गर्ने प्रहरीको अभियान अन्तरगत नष्ट गरिएको प्रहरी निरीक्षक क्षेत्रीले बताए ।

उक्त क्षेत्रमा अझै पनि विभिन्न स्थानमा यसरी नै सार्वजनिक जमीनमा गाँजा अर्थात भाँगोका वोटहरु रहेको प्रहरीसँग जानाकारी आएकोले थप गृहकार्य गरि नष्ट गर्ने अभियानमा लाग्ने प्रहरीको भनाई छ ।

निसीभूजी क्षेत्रका बिद्यालयहरु बने बाल दिवसमय !

बिमल खड्का, बुर्तिवाङ २०७३ भदौ २८ । आज बाल दिवस, जिल्लासदरमुकाम लगायत विभिन्न गाविस स्थित विद्यालयहरुमा भव्यरुपमा बाल दिवस मनाईएको छ ।
यसैक्रममा जिल्लाका पश्चिम निसीभूजी क्षेत्रका विद्यालयहरु बने बाल दिवसमय । ।

यसैबीच बुर्तिबाङ स्थित जनता सेकेन्ड्री ईलिस बोर्डिङ स्कुलले आफ्नो २६औं वार्षिकोत्सव कायक्रमसँगै दिवस पनि मनाएको छ । विद्यालयले यस अघिपनि विभिन्न आन्तरिक तथा बाह्य कार्यक्रमहरु सम्पन्न गरेसँगै आज समापन कार्यक्रम गररेको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष टंक प्रसाद पौडेलको अध्यक्षता, उत्तरगंगा माध्यमिक विद्यालय स्रोत केन्द्रका स्रोत व्यक्त बेदबहादुर बुढाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा रिभरहेड ईन्टरनेशनल एकेडेमीका म्यानेजिङ डाईरेक्टर चन्द्रलाल अर्यालको विषिष्ट आतिथ्यता थियो । कार्यक्रममा विद्यालय सञ्चालक समितिका पदाधिकारी, शेयर सदस्य विभिन्न सरकारी तथा ग्रैह्र सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक अभिभावक र विद्यार्थीको उपस्थिति रहेको थियो । कार्यक्रमका अवसरमा विभिन्न विद्याका प्रतियोगीतात्मक क्रियाक्लवपमा सहभागी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । विद्यालयका शिक्षक बाबुराम नेपालीकाृे स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन शिक्ष पुरन पाण्डेले गर्नुभएको थियो । आज वालदिवस भएका कारण विद्यालयका तर्फबाट शिक्षक, विद्यार्थी र अभिभावक सहितको टोलीले बजार परिक्रममा गरि विद्यालय प्राङगणमा पुगेर सभामा परिणत भएको थियो ।

यस्तै बुर्तिबाङ स्थित न्यूमोर्डन एकेडेमीले पनि एक ¥याली सहित वालअधिकारका नारा लेखिएका प्लेकार्ड सहित बजार परिक्रमा गरि विद्यालय परिसरमा पुगेर कायृक्रम सम्पन्न गरेको छ । यस्तै रिभरहेड इन्टरनेशनल एकेडेमीले पनि ¥याली सहित प्लेकार्ड र बालअधिका।रका नारा लगाएर विद्यालयमा पुगि कार्यक्रम सहित वालदिवस मनाएको जनाएको छ ।
यसैबीच जिल्लाको भिमगिठेको वडा नम्बर ८ स्थीत बुद्ध माबि खालमा पनि आज वालदिवसका अवसरमा प्रा बि र माबि स्तरिय अन्तरसर्दनात्मक हाजिरीजभाव प्रतियोगिता भएका छन । जस्मा प्राबि तर्फ जनक सदन प्रथम व्दितिय बुद्ध सदन र भृकुटी सदन तृतिय भएका छन भने माबि तर्फ सीता सदन प्रथम बुद्ध सदन व्दितिय र भृकुटी सदन तृतीय भएका छन ।

कार्यक्रममा बिधालयका प्रअ कमल बहादुर अधिकारीको अध्क्ष्यक्षता शिक्षक खिमान्द आचार्यको मन्तव्य र शिक्षक यादव धिमिरेले गरेका थिए । यस्तै भिमगिठेमै भिमगिठे आर्दश एकाडेमीले पनि बाल दिबस मनाएको छ । बाल दिबसको अबसर पारेर बाल अधिकार सम्बन्धी निबन्द लेखन तथा बेलुन फुटाई प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रममा प्रिन्सीपल कृष्ण गुरुङको अध्यक्षयता र सञ्चालन शिक्षक कमल चालिसेले गरेका थिए ।

उता बाल दिबस अबसरमा जिल्लाको पश्चिम तमानमा पनि गाविस स्तरमा गठन गरिएको तमान बाल क्लबले आयोजना गरेको गाबिस स्तरिय कार्यक्रम सम्पन्न भएको छ । क्लबले आयोजना गरेको कार्यक्रममा तमान गाउ बिकास समिति भित्रका ५ बिद्यालयको सहभागिता रहेको थियो । कार्यक्रममा कक्षा १ देखि ५ सम्म चम्चा दौड प्रतियोगिता सम्पन्न गरिएको छ । जस्मा धनगौज्योति मा .बि तमानकी सपना बुढा प्रथम बिबेक सिउथानी द्धितिय अजुर्न घर्ति तृतिय र एलीना सिउथानी शान्त्वना भएका छन् । त्यस्तै कक्षा ६ ,७ र ८ सम्म हाजिरीजवाफ प्रतियोगिता पनि सञ्चालन गरिएको छ । जसमा हिलसाईट बोडिङ स्कुल प्रथम धनगौज्योति मा .बि द्धितीय भएको छ भने कक्षा ९ र १० का लागी बाल अधिकार शिर्षकमा निबन्धात्मक प्रतियोगिता सम्पन्न गरिएको छ । जस्मा धनगौज्योति माबिका भरत कुमारी रोका प्रथम तुल बहादुर रोका द्धितीय जीबन छन्त्याल तृतिय र हिलसाईट बोडिङ स्कुलकी दिपा घर्ति सान्तोना भएका छन् । कार्यक्रममा धनगौज्योति माबिका शिक्षक प्रेम बहादुर बिक हिलसाईड बोडिङका शिक्षक अर्जुन घिमिरे र बिद्यार्थी किसोर बुढा लगाएतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

बाल क्लबका अध्क्षय दिपा घर्तिको अध्क्षयता स्बागत मन्तव्य बिद्याथी भरतकुमारी रोका र सञ्चालन शिक्षक दिनेश शर्माको रहेको थियो ।

खुंखानीको वडा नम्बर ७ मा रहेको बिष्णु आधारभुत बिदयालयमा पनि आज वालदिवस मनाईको छ । विद्यालयमा आन्तरिक सदनात्मक बादबिबाद प्रतियोगिता सम्पन्न गरिएको हो । ९ जना प्रतियोगीले भाग लिएको प्रतियोगीतामा कक्षा ८ की छात्रा अस्मिता छन्त्याल प्रथम कक्षा ८ की छात्रा सुनिता छन्त्याल द्धितिय र कक्षा ८ का छात्र अनबिर बिक तृतिय भएका छन् । वालदिवसका अवसरमा बिदयालयले आयोजना गरेको कार्यक्रमा बाल क्लबकी अध्यक्ष सुनिता छन्त्यालको अध्क्षयता रहेको थियो । उक्त अवसरमा बिदयालका प्रअ ओम प्रसाद छन्त्यालको मन्तव्य रहेको थियो । कार्यक्रमा शिक्षक रमेश खरेलको स्वागतमन्तव्य क्लबका सचिब चन्द« श्रीपालीको संचालनमा सम्पन्न भएको थियो ।

त्यस्तै आजको बाल दिवस सरस्वती प्राथामिक बिदयालय बुर्तिबाङ भबे्रटामा पनि मनाएको छ । कार्यक्रममा बाल बालिका हक सम्बन्धी नारा तथा प्ले कार्ड सहित गाउ परिक्रमा गरिएको बताएको छ । बिदयालयले आयोजना गरेको अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगितामा धौलागिरी सदन प्रथम अन्नपुर्ण सदन द्धितिय र माछापुच्छे सदन तीतृय भएको छ ।
बाल अधिकार सम्बन्धी कबिता बाचन प्रतियोगितामा प्रतिज्ञा श्रीपाली प्रथम हिमाल पौडेल द्धितीय र सुनिता केसी तृतीय भएका छन् । भने पुच्छर तान्ने प्रतियोगितामा प्रेम भट्राई प्रथम शम्शेर परियार द्धितीय र दिपक पौडेल तृतिय भएका छन् । कार्यक्रम संचालन शिक्षक नरिश्वर पाण्ड गरेका थिए ।

यस्तै बोहोरागाउँमा पनि आज बाल सञ्जाल बोहोरागाउँको आयोजनामा विभिन्न प्रतियोगीताहरु सम्पन्न भएका छन् । जस अनुसार अन्तर प्रावि स्तरीय हाजिरी जवाफमा १० विद्यालयको सहभागीता रहेको थियो । उक्त प्रतियोगीतामा बोहोरागाउँ लिटिलरोज बोर्डिङ स्कुल प्रथम, बोहारोगाउँ प्रावि द्धितिय र पूभा मावि तृतिय भएका छन् ।

त्यसतै निमावि स्तरीय अभिनय प्रतियोगीतामा प्रभा मावि प्रथम, जनमावि झीम्पा द्धितिय र ज्योति निमावि थापागाउँ तृतिय भएका छन् । वालविकासमा शिक्षा र स्वास्थ्य तथा पोषणको महत्व विषयको मावि स्तरीय वत्तित्वकला प्रतियोगीतामा श्यामलाल रेग्मी प्रथम, विमला पसरियार द्धितिय र पार्वती न्योपाने तृतिय भएका छन् ।
वालक्लवका अध्यक्ष भरत नेपालीको अध्यक्षता र सचिव कुम्भीर विसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।

खुँगामा पनि आज बाल दिवस मनाइएको छ । गाविस स्तरीय वाल सञ्जालको अयोजनामा सम्पन्न भएको कार्यक्रम अन्तरगतका प्रावि स्तरीय हिवास दौड प्रतियोगगीता सम्पन्न भएको छ । जहाँ हिमालय निमावि खुँगा, प्रथम भएको छ । दिपक प्रावि खुँगा द्धितिय र तृतिय छोरेगाउँ मावि एवं सान्त्वना प्रकास मावि खुगा भएको जनाइएको छ । त्यस्तै निमावि स्तरीय लोक नृत्य प्रतियोगीतामा प्रकाश मावि प्रथम छारेगाउँ मावि द्धितिय र हिमालय निमावि तृतिय भएकाछन भने जन जनप्रय प्ुस्तकालय सान्त्वना भएका छन् , उता मावि स्तरीय सडक नाटक प्रतियोगीतामा प्रथम छोरेगाउँ मावि द्धितिय प्रकास मावि भएको छ । बाल सञ्जालका अध्यक्ष आशिमान घर्तिको अध्यक्षता गाउँ वाल सं।रक्षण समितिका पूर्व अध्यक्ष थमबहादुर कार्कीको प्रमुख अतिथि रहेको कार्यक्रममा स्थानीय राजनैतिक दल विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी गाविस महिला सञ्जाल तथा बुद्धिजीविहरुको उपस्थिति रहेको थियो । गाउँ वाल सञ्जालका सह सचिव दीपा रसाइलीको स्वागत र सञ्चालन सचिव तारा गोतामे र उपाध्यक्ष वालकुमारी अर्गेजाले गरेका थिए ।