All posts by नारायण रिजाल

सिंगो पार्टीले बालेको टुकीमा महिला संघले तेल थप्दै जानेछ : केस आचार्य

नारायण रिजाल, बागलुङ २०७३ असोज १४ । नेपाल महिला संघका केन्द्रिय सदस्य पार्वती आचार्यले नेपाली काँग्रेस पार्टी भित्र मौलाएको गुट उपगुटको अन्य हुनुपर्ने बताएकी छन ।

शुक्रबार आफ्नो गृह जिल्ला बागलुङमा महिला संघको तेस्रो अधिवेशनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पर्णु शुभचिन्तकलाई धन्यबाद तथा शुभकामना आदान प्र्रदान कार्यक्रममा बोल्दै आचार्यले नेपाल महिला संघ भनेको काँग्रेसको एउटा सशक्त खम्बा भएकोले सिंगो पार्टीले बालेको टुकीमा महिला संघले तेल थप्दै जाने बताएकी छन । हालै सम्पन्न महिला संघको तेस्रो महाधिवेशनबाट प्रदेश नं. ४ को केन्द्रिय सदस्यमा निर्वाचित आचार्यले अबको महिला संघ भनेको गाउँ तह देखी केन्द्र सम्म एउटा नमुना संगठनको रुपमा स्थापित हुने बताईन ।

कार्यक्रममा नेपाली काँग्रेस बागलुङका पार्टी सभापति दिपेन्द्र बहादुर थापा, नेपाल किसान संघका केन्द्रिय सभापति भानु सिग्देल, काँग्रेस बागलुङका पुर्व पार्टी सभापति हरिप्रसाद श्रेष्ठ, निर्वतमान उपसभापति एवं महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्मा, नेपाल टे«ड युनियन काँग्रेस बागलुङका अध्यक्ष रामप्रसाद अधिकारी, नेपाल रेडक्रस सोसाईटी बागलुङका उपसभापति राजेन्द्र आचार्य लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

बागलुङबाट आचार्य प्रदेश नं. ४ को केन्दिय सदस्य र रेणुका काउचा जनजाती कोटाबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए ।

कार्यक्रम नेपाल महिला संघ बागलुङका सचिव उषा पौडेलले सन्चालन गरेकी थिईन् ।

नारायणस्थान गाविसमा निर्मित स्वास्थ्य चौकी भवन हस्तान्तरण !

नारायण रिजाल, बागलुङ २०७३ भदौ २२ । बागलुङ नारायणस्थान गाविसमा एक गैह सरकारी संस्थाले निर्माण गरिदिएको स्वास्थ्य चौकी भवन आज एक समारोहवीच स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । नेपाल लोक कल्याण संघ, बागलुङले ९ वटा कोठा १ सभाहल, बाथरुम सहतिको संस्थाको भवन निर्माण गरिदिएको हो ।

स्वान नेपाल बाट १८ लाख, ५० हजार र स्वास्थ्य चौकी साथै स्थानिय जनश्रमदानबाट ५ लाख ५० हजार गरी कुल २४ लाखको लागतमा भवन निर्माण सम्पन्न गरिएको स्वान नेपालका प्रशासकीय अधिकृत कल्पना कार्की बस्नेतले बताईन् ।

भवन हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय, बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले स्वास्थ्य जस्तो सम्बेदनशील क्षेत्रमा स्वानले गरको योगदानको कदर गर्दै हरेक बर्ग र समुदायलाई स्वस्थ्य राख्नका लागि सबै तह र तप्काको सहयोग आवश्यक रहेको बतउदै आगामी दिनमा पनी स्वान नेपाललाई हरेक क्रियाकलापमा साथ दिनका लागी आग्रह गरेका थिए ।

कार्यक्रममा जिविस बागलुङका कार्यक्रम अधिकृत भेषराज शर्मा, नारायणस्थान गाउँ बिकास समितिका सचिव नवराज शर्मा, स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका सल्लाहाकार कृष्णबहादुर खत्री, नेपाली काँग्रेस गाउँ पाटी सभापति चक्र बहादुर खत्री, नेकपा एमालेका टिका बहादुर खत्री, नेकपा माओबादी केन्द्रका धुव्र परियार, राष्ट्रिय जनमोर्चाका लक्ष्मीनारायण श्रेष्ठ, बलेवा नगर विकास समितिका अध्यक्ष कमल बहादुर जि.सी. स्वास्थ्य चौकीका हेल्थ असिष्टेन्ट ऋषिराम शर्मा, वडा नागरिक मंञ्चका संयोजक महानन्द शर्मा, जनताधन उच्च माविका प्रध्यानध्यापक कुमार पौडेल, साना किसान कृषी सहकारी संस्थाका अध्यक्ष नरबहादुर खत्री लगायतले मन्तव्य दिएका थिए ।

स्वास्थ्य संस्थाको भवन निर्माण संगै अहिले बर्थिङ सेन्टर लगायतका स्वास्थ्य सेवा दिनका लागि सहज हुने विश्वास गरिएको छ ।

नेपाल लोककल्याण संघका प्रशासकीय अधिकृत कल्पना कार्की बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पेक्षा लामिछाने र संचालन धनादेवी शर्माले गरेकी थिईन् ।

काँग्रेसको कलस्टर नम्बर २ को भेला सल्यानमा सम्पन्न !

नारायण रिजाल, , बागलुङ २०७३ भदौ १४ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ को आयोजनामा कलस्टर नम्बर २ को भेला सम्पन्न भएको छ । बाटाकाचौर, सल्यान, सुखौरा र हुग्दिशिर अन्र्तगतको कलस्टर भेला मंगलबार सल्यानमा सम्पन्न भएको हो ।

भेलामा बोल्दै नेपाली काङग्रेसका महासमिती सदस्य एवं युवा नेता भिम श्रीसले काँग्रेस सँधै हरेक वर्ग समुदायको पक्षमा रहेको बताए । त्रिभुवन विश्वविद्यालयका पुर्व स्ववियु सभापति समेत रहेका श्रीषले नेपाली काँग्रेसले थालनी गरेको हरेक समुदाय सम्म पुगरे गरीने कलस्टर भेला निकै प्रशंसनीय रहेको बताए ।
भेलामा नेपाल विद्यार्थी संघका सह महामन्त्री हरिहर शर्मा, नेपाली काँग्रेसका जिल्ला सदस्य, दिल प्रसाद शर्मा, सिताराम रसाईली, नेपाली काँग्रेस गुल्मीका पुर्व महाधिवेशन प्रतिनिधि गीता थापा, नेपाल शिक्षक संघ बागलुङका सल्लाहकार मुक्तिनाथ न्यौपाने, नेविसंघ धौलागिरी बहुमुखी क्याम्पसका ईकाई कमिटि सचिव श्रीकृष्ण पौडेल, नेपाली काँग्रेस सल्यानका गाउँपार्टी सभापनि विष्णु बहादुर खत्री, हुग्दिशिरका सभापती होम बहादुर श्रीष, बाटाचौरका कर्ण बहादुर थापा र नेपाल तरुण दल सुखौराका अध्यक्ष मोहन थापा लगायतले बोलेका थिए ।
साथै भेलाले क्षेत्रीय सदस्य पुरन पौडेलको संयोजकत्वमा १३ सदस्यीय नेपाली काँग्रेस क्षेत्रीय समिति कलष्टर नं. २ गठन गरेको छ । समितिको सह संयोजकमा गणेश गौतम, सचिवमा चन्द बहादुर शेरबुजा, सहसचिवमा अमृत गौतम, र कोषाध्यक्षमा बिर बहादुर कार्की ेरहेका छन ।
बागलुङ क्षेत्र नम्बर २ का क्षेत्रिय सभापती नारायण शर्मा पौड्यालको अध्यक्षता सहसचिव गोविन्द पौडेल गोपालको स्वागत र सचिव बिष्णु आर्चायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

नेविसंघको महाधिवेशन : उपाध्यक्ष, महामन्त्री र सह­महामन्त्रीमा बागलुङका उमेदवार !

नारायण रिजाल, बागलुङ २०७३ साउन १९ । नेपाल विद्यार्थी संघको ११ औ महाधिवेशन नजिकिदै जाँदा नेविसंघ बागलुङका तीन जना हस्तीहरुले आआफनो उमेदवारी घोषणा गरेका छन् । यसरी संघको विभिन्न महत्वपूर्ण पदहरुमा उमेदवारी घोषणा गर्ने विद्यार्थी नेताहरुमा विष्णु पौडेल दाह्री उपाध्यक्ष, डिल्लीराम सुवेदी केन्द्रीय महामन्त्री र नेबिसंघ बागलुङका निवर्तमान अध्यक्ष हिरिहर शर्मा सहमहामन्त्री रहेका छन् ।

त्यसै गरी खड्क थापा, राजु केसीले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने चर्चा चलेको छ भने अर्का विद्यार्थी नेता गणेश सापकोटा भने विधिवत रुपमा महाधिवेशनको माग गर्दै पार्टी कार्यालय सानेपामा आवरण अनसन बसेका हुनाले उनको उम्मेदवारीको बारेमा कुनै कुरा बाहिर आएको छैन । नेविसंघको केन्द्रीय महाधिवेशन यही साउन २३ गतेदेखि २५ गतेसम्म काठमाडौंमा हुने तय भएको छ ।

सहमहामन्त्री पदका लागि उमेदवारी घोषणा गरेका निवर्तमान अध्यक्ष शर्माले तजबिज अनलाईनसंग कुरा गर्दै महाधिशेनबाट विद्यार्थी आन्दोलनलाई सशक्त बनाउँदै शैक्षिक रुपान्तरण अभियानलाई निरन्तरता दिन जरुरी रहेको हुनाले आफुले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको बताए । अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन सहित नेविसंघको सुदृढ संगठन निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाई थियो ।

अबको दिनमा काँग्रेस र लोकतन्त्रको नर्सरीको रुपमा रहेको बलियो नेविसंघले मात्र संविधान कार्यान्वयनका निम्ती महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने हुँदा विद्यार्थी संगठनलाई बलियो बनाउनका निमित्त लागेको सहमहामन्त्रीका उमेदवार शर्माले बताए ।
यसका लागि विभिन्न तह र तप्काबाट सबैको सहयोगको खाँचो रहेकोले आफुलाई सहयोग गर्नका निमित्त आग्रह गरेका छन ।

२०५६ साल देखी शान्ति सास्कृतिक परिवार जैदीबाट नेपाली काँगे्रसको सांस्कृतिक कार्यक्रमलाई अगाडि बढाउँदै हिडेका हरिहर २०५७ सालमा सतिढुंगा मावि जैदीका नेविसंघ अध्यक्ष बने उनि विद्यार्थी राजनितिमा हुमिदै गए त्यस पश्चात २०५९ सालमा नेविसंघ बागलुङको जिल्ला सदस्य, हुँदै २०६२ सालको स्ववियु निर्वाचनमा धौलागिरी बहुमुखी क्याम्पस बागलुङको स्वविय सदस्यमा भारी मतले बिजयी भए । २०५९ सालको प्रतिगमन सहितको निरङकुशंता विरुद्धको आन्दोलनमा पटक पटक जेल जीवन विताएका शर्मा ०६२÷०६३ सालको ऐतिहासिक जनआन्दोलनमा विद्यार्थीको तर्फबाट विषेश भुमिका निर्वाह गरेका थिए । उनी नेविसंघ बागलुङको सहसचिव, सचिव हुँदै २०६५ सालमा अध्यक्ष बन्न पुगेका थिए ।

बागलुङ-कुस्मीसेरा सडक अबरुद्ध हुँदा दक्षिण भेगका हजारौँ जनता मर्कामा !

तत्काल मर्मत गरी सडक सुचारु गर्न स्थाविअ गौतमको ध्यानाकर्षण !

नारायण रिजाल, बागलुङ, २०७३ साउन १६ । वर्षा सँगै गएको पहिरोका कारण बागलुङ कुस्मीसेरा सडक खण्ड विभिन्न ठाउँमा अबरुद्ध हुँदापनि सरोकारवाला निकायले कुनै ध्यान नदिएको भन्दै आईतबार दक्षिण भेगका जनताहरुले जिविस बागलुङको ध्याकर्षण गराएका छन । स्थानिय विकास अधिकारी भरत गौतमलाई भेटेर उक्त सडक खण्ड छिटो भन्दा छिटो मर्मत हुनु पर्ने भन्दै माग गरेका छन् ।

नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ का सभापति नारायण शर्मा पौडेलको नेतृत्वमा गएको टोलीले तत्काल सडक सुचारुका लागि पहल थाल्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको थिए ।

बागलुङ कुश्मिसेरा सडक खण्ड वर्षाका कारण लगभग १५।२० ठाउँमा अवरुद्ध भएको कुस्मीसेराका काशिराम आचार्यले तजबिजलाई बताए । उक्त सडक खण्ड विग्रदा जिल्लाका दक्षिण पैयुँपाटा, अमलाचौर, कुस्मीसेरा, अर्जेवा, विनामारे, लगायतका १ दर्जन भन्दा बढि गाविसका हजारौँ जनतालाई आवत जावतमा कठिनाई परको उनको भनाई छ ।

सडकमा नियमित सवारी साधन सुचारु नहुँदा अहिले घण्टौ हिडन पर्ने समस्या भएको छ । स्थानिय विकास अधिकारी गौतमले उक्त क्षेत्रमा तत्काल डोजर पठाएर बाटोलाई सुचारु गर्ने प्रतिबद्धता व्यक्त गरेको टोलीका सहभागीले बताए ।