All posts by कोपिला कँडेल

दशैँ पर्वलाई भड्किलो नभै सहज र सरल ढङ्गबाट मनाउन आग्रह !

कोपिला कंडेल, बागलुङ २०७३ असोज २३ ।नेपालीहरुको महान पर्व विजयादशमी ,शुभ दिपावली तथा छटपर्वको अवसरमा नेकपा माओबादी केन्द्र नगर सम्मेलन आयोजक समिति बागलुङले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा बोल्दै नेकपा माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य एबं जिल्ला संयोजक चन्द्र बहादुर बुढा सागरले राष्ट्रियता र समाज रुपान्तरणका लागि सबै एक हुनुपर्ने बताए ।

माओबादी केन्द्र नेतृत्वको सरकार समक्ष सम्भावना र चुनौती दुबै रहेको भन्दै माओबादी नेता सागरले संबिधानमा प्राप्त उपलब्धीको रक्षा गर्न सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिए । उनले दशै पर्वलाई भड्किलो नभै सहज र सरल ढङ्गबाट मनाउनुपर्ने बताए ।

त्यसैगरी नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य अमृत घर्ति आभाष र सांसद केशरी घर्ति मगरले चाडपर्वको नाममा हुने बिकृति र बिसंगतीको अन्त्य गर्दै दशैलाई मेलमिलापको पर्वको रुपमा मनाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा पुनराबेदन बार ईकाई बागलुङका अध्यक्ष केशवराज पराजुली, नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनका अध्यक्ष डा. दिन बहादुर थापा, नेवा राष्ट्रिय मुक्तिमोर्चाका अध्यक्ष रतन मलेपति र प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य कोपिला कंडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम नेकपा माओबादी केन्द्र नगर सम्मेलन आयोजक समितिका संयोजक निर्मल कुमार श्रेष्ठको अध्यक्षता, सदस्य चित्र बहादुर सुबेदीको स्वागत मन्तब्य र कुमार बिक्रम क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो ।

शोषणबाट मुक्ति पाउन दलित आन्दोलनलाई सशक्त बनाउन आवस्यक !

कोपिला कंडेल, बागलुङ २०७३ असोज १२ । नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चा बागलुङको सम्मेलन आयोजक समितिको संयोजकमा लाल बहादुर परियार चयन गरेको छ । मोर्चाको हिँजो आयोजित एकता भेलाबाट संयोजकमा परियार सहित ९१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको हो ।

भेलाले २७ सदस्यीय सचिवालय समिति गठन गरिएको मोर्चाले जनाएको छ । त्यसैगरी मोर्चाले संगठनात्मक कामलाई प्रभावकारी रुपमा अगाडी बढाउनका लागि कार्य बिभाजन समेत गरेको छ ।
vela dalit
भेलाबाट जिल्लाको दक्षिण क्षेत्रका लागि संयोजक लाल बहादुर परियार, बागलुङ नगरपालिकाको लागि टिका बिक, गल्कोट क्षेत्रका लागि दिल बहादुर परियार र बुर्तिबाङ्ग क्षेत्रका लागि कुविर बिकलाई जिम्मा लगाईएको मोर्चाले जनाएको छ ।

मोर्चाले आज देखीनै सदस्यता नबिकरण बिस्तार र संगठन सुदिढिकरण कार्यक्रमलाई शसक्तरुपमा अगाढी बढाउने निर्णय गरेको संयोजक परियारले बताए ।

भेलाको उद्घाटन सत्रमा बोल्दै नेकपा माओबादी केन्द्रका पोलट्ब्युरो सदस्य एबं प्रदेश नम्वर ४ का दलित बिभाग प्रम्ुख भक्त बहादुर रसायलीले दलित समुदायले आर्थिक र सामाजिक सोषण बाट मुक्ति पाउनका लागि दलित आन्दोलनलाई सशक्त बताएका थिए । पछिल्लो समयमा दलित समुदायको हकहित सम्बन्धी केही सकरात्मक कुराहरु उठान भएको भन्दै दलित अगुवा रसाईलीले संबिधानमा प्राप्त उपलब्धीको रक्षा गर्दै थप आन्दोलन गर्नुपर्नेमा जोड दिए । उनले राज्यका हरेक संरचनामा दलित समुदायको अर्थपुर्ण सहभागिता हुनुपर्ने दाबी गरेका थिए ।

त्यसैगरी नेकपा माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य एबं जिल्ला ईन्चार्ज चन्द्र बहादुर बुडा सागरले दलित दलित लगायत सम्पुर्ण उत्पीडित उपेक्षित वर्गका हक अधिकार सुनिश्चीत गर्नका लागि संबिधानको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए । दलित समुदायको मुक्तिको लागि नेकपा माओबादी केन्द्रले बिगत देखीनै बिभिन्न आन्दोलनको सुरुआत गरेको चर्चा गर्दै उहांले दलितका मुद्धालाई सबैले साझा अभियानको रुपमा अन्त्य गर्नुपर्नेमा जोड दिए । त्यसैगरी नेपाल दलित मुक्तिमोर्चाका ४ नम्वर प्रदेश संयोजक भिम बहादुर बिकले समाजमा अझै छुवाछुत जस्तो जघन्य अपराध कायमै रहेकोले सशक्त आन्दोलन गर्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य व्दय यज्ञबल्लभ शर्मा बिद्रोही र राजिव घिमिरे, नेपाल दलित मुक्तिमोर्चा ४ नम्वर प्रदेशका सह संयोजक दिल बहादुर परियार, र अनेम सघं क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य टिका बिक लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नेपाल दलित मुक्ति मोर्चा बागलुङ्गका अध्यक्ष लाल बहादुर परियारको अध्यक्षता, सदस्यराज कुमार बोसेलको स्वागत मन्तब्य र खगेन्द्र बिकको संचालनमा सम्पन्न भएको थियो ।

आर्थिक रुपान्तरण र गरिबी निवारणका लागि सहकारी महत्वपूर्ण-खड्का

कोपिला कंडेल, बागलुङ २०७३ असोज ८ । साँसद चम्पादेखी खड्काले सरकारको तिन खम्बे अर्थनितीलाई सफल बनाउनका लागि सहकारी सघंसंस्थाको बिकास र बिस्तार आवश्यक रहेको बताउदै आर्थिक रुपान्तरण र गरिबी निवारणका लागि सहकारी क्षेत्रले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताएकी छिन् ।

युनियन बहुउदेश्यीय सहकारी संस्था बागलुङको नवौ बार्षिक साधारण सभाको अवसरमा बोल्दै सांसद खड्काले यस्तो बताएकी हुन ।

उनले सहकारीको मर्म र भावना अनुरुप अगाडी बढ्न आग्रह गर्दै सहकारीका गतिबिधी पारदर्शी हुनुपर्नेमा जोड दिईन् ।

सो अवसरमा बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष अञ्जु जिसी, युनियन सहकारी संस्थाका संस्थापक उपाध्यक्ष सीता शर्मा सल्लाहकार कबिन्द्र शर्मा साप्कोटा र गुरु प्रसाद शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
samman
सहकारीले यो बर्ष १३ करोड, २४ लाख, ९७ हजार, ७ सय १६ रुपयांको कारोबार गरेको सहकारीका अध्यक्ष दुर्गा कुवरले जानकारी दिए ।

सो अवसरमा असल ऋणी झलक सुबेदी र उत्कृष्ट बचतकर्ता राजु गौतम, संयुक्त कुवर, अमृता श्रेष्ठ, त्यसैगरी एसएलसीमा सर्बोकृष्ट अंक ल्याउने सम्मृद्धि साप्कोटा र सौगन राजभण्डारीलाई सम्मान एबं पुरस्कृत गरिएको थियो । पुरस्कृत एबं सम्मानित सबैलाई सांसद खड्का र संस्थाका अध्यक्ष कुवरले प्रशंसा पत्र उपहार र नगद सहित खादा ओडाएर सम्मान गरेका थिए ।

कार्यक्रम युनियन बहुउदेश्यीय सहकारी संस्था बागलुङ्गका अध्यक्ष दुर्गा कुवरको अध्यक्षता, उपाध्यक्ष मेघनाथ शर्माको स्वागत मन्तब्य र सचिव अगम कुमार पालिखेको संचालनमा सम्पन्न भएको थियो ।

लायन्स क्लव अफ बागलुङव्दारा बिद्यार्थीलाई खाद्यान्न सहयोग !

कोपिला कंडेल, बागलुङ २०७३ असोज ७ । लायन्स क्लव अफ बागलुङव्दारा बा.न.पा १० कुडुले स्थित श्री मुक्तिनाथ बेद बिद्याश्रम सास्कृत पाठशालाका आवासीय बिद्यार्थीलाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।
kudule
सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लव अफ बागलुङले चामल,दाल, आलु तेल लगायत गरी २० हजार रुपैया बराबरको खाद्यान्न सामग्री वितरण गरेको क्लवका अध्यक्ष दुर्गा कुवरले तजबिज खबरलाई बताए ।

सो अवसरमा बोल्दै मन्दिरका उत्तराधिकारी स्वामी श्री ऋषि प्रपन्नाचार्यले आवाशीय बिद्यालयका बिद्यार्थीका लागि लायन्सले गरेको सहयोग महत्वपुर्ण रहेको बताए ।

संस्कृत भाषा र धर्मको रक्षार्थ आफुहरुले संस्कृत पाठशाला संचालन गर्दै आएको चर्चा गर्दै स्वामी प्रपन्नाचार्यले यस्ताखाले सहयोगले बिद्यालय संचालन गर्नका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यसप्रकारको सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह समेत गरे ।
std
सो अवसरमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष किरण कंडेल, बिद्यालयका प्रधानाध्यापक शान्ति ज्ञेवाली लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम लायन्स क्लव अफ बागलुङका अध्यक्ष दुर्गा कुवरको अध्यक्षता, प्रथम उपाध्यक्ष युक्त प्रसाद सुबेदीको स्वागत मन्तब्य, व्दितिय उपाध्यक्ष नारायण प्रसाद गौतमको धन्यबाद र सचिव प्रकाश चालिसेको संचालनमा सम्पन्न भएको थियो ।

स्मृति कोषबाट बिद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण !

कोपिला कँडेल। बागलुङ २०७३ असोज ६ । स्वर्गिय नन्द प्रसाद-नन्दकली उपाध्याय आचार्य स्मृति कोषव्दारा देउराली प्राबि बानपा ११ ओडारचौरका बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिएको छ । सो बिद्यालयका २० जना बिद्यार्थीलाई एकबर्षका लागि पुग्ने शैक्षिक सामग्री वितरण गरिएको हो ।

त्यसैगरी झरना केसी गुडिया स्मृति अक्षय कोषबाट बिद्यालयमा अध्यनरत छात्रछात्रालाई कोषकोए ब्याज बाट १ हजार ३ सय ६ रुपया बिद्यालयलाई हस्तान्तरण गरिएको छ । सो रकम कोषका संस्थापक संरक्षक एबं पुर्व जिल्ला शिक्षा अधिकारी बुद्धी बहादुर केसीले बिद्यालयका प्रधानाध्यापक राम बहादुर केसीलाई हस्तान्तरण गरेका थि ।

सो अवसरमा बोल्दै ध.बि माबि श्रोत केन्द्रका श्रोत ब्याक्ति ढक बहादुर पुनले यस्ताखाले कोषले गरिब दलित तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सफलता हासिल गर्न महत्वपुर्ण टेवा पुग्ने बताए ।

त्यसैगरी झरना केसी गुडियाका संस्थापक अध्यक्ष बुद्धी बहादुर केसी र तेजरत्न स्मृति कोषका अध्यक्ष लालचन्द्र राजभण्डारीले कोषले समाजमा रहेका बालबालिकाको मनोबल बढ्नुका साथै शैक्षिक प्रगति हुदैजानेमा जोड दिए । कार्यक्रम नन्दप्रसाद नन्दकली स्मृति अक्षय कोषका संस्थापक अध्यक्ष शिवराम शर्मा आचार्यको अध्यक्षता, कोषका संस्थापक यज्ञबल्लभ शर्मा बिद्रोहीको स्वागत मन्तब्य र सचिव राजेन्द्र आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

भाषा र साहित्यको उत्थानमा लाग्नु युवाकवि भट्टप्रति सम्मान : पाण्डे

कोपिला कंडेल्, बागलुङ २०७३ भदौ १६ । यसवर्षको स्मृति युवा सम्मान पर्वतका कवि एबं पत्रकार ओम प्रसाद घायललाई प्रदान गरिएको छ । १ सय ५१ औ मोती जयन्तीको अवसर पारेर स्मृति प्रकाशन बागलुङले सो सम्मान घायललाई प्रदान गरेको हो ।

युवाहरुलाई साहित्यमा प्रोत्साहन गर्ने उदेश्यले प्रकाशनले मोती जयन्तीका अवसरमा प्रदान गर्दै आएको सो सम्मान घायलले नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै प्रदान गरिएको प्रकाशनका अध्यक्ष काजी रोशनले जानकारी दिए ।

घायललाई प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गरेका थिए । घायललाई प्रकाशनले प्रदान गर्दै आएका सर्जक मध्य नवौ स्रस्टा हुन ।

सो अवसरमा मन्तब्य ब्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले युवाकवी मोतीराम भट्टको सच्चा सम्मानका लागि भाषा र साहित्यको उत्थानमा निरन्तर लाग्नुपर्ने बताए । उनले कला साहित्य र संस्कृतिको जगेर्नाका लागि यस्ताखाले कार्यक्रम महत्वपुर्ण हुने चर्चा गर्दै सम्मानित ब्याक्तित्व घायल लाई बधाई ज्ञापन समेत गरे ।

त्यसैगरी सम्मानित ब्याक्तित्व घायलले स्मृति प्रकाशनले गरेको सम्मानबाट आफु थप उत्साहित भएको भन्दै साहित्य क्षेत्रमा लाग्नका लागि थप जिम्मेवारी थपिएको बताएका थिए ।

सो अवसरमा बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारी, नेपाल रेडक्रस शोसाईटी बागलुङ शाखाका उपसभापति राजेन्द्र आचार्य र नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाका सचिव दिल शिरिष लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सो अवसरमा सर्जकहरु दिल शिरिष, कोपिला कंडेल, राज थापा, बिक्रम सुनार सुमित्रा सुनार लगायतले साहित्यीक सृजना बाचन गरेका थिए ।

सम्मानित ब्याक्तित्व बारे सर्जक एबं पत्रकार तारा शर्मा स्टारले प्रकास पार्नुभएको थियो । कार्यक्रम स्मृति प्रकाशनका अध्यक्ष काजि रोशनको अध्यक्षता, सदस्य कोपिला कडेलको स्वागत मन्तब्य र सचिव राम थापा अबिरलको संचालनमा सम्पन्न भएको थियो ।

ढोरपाटन दैनिक १४ औ बर्षमा: पत्रकारले वाचडगको भूमिका निर्वाह गर्नु पर्छ !

कोपिला कंडेल, बागलुङ २०७३ भदौ १ । युनिक संचार सहकारी संस्था बागलुङव्दारा प्रकाशित ढोरपाटन राष्ट्रिय दैनिक आज देखी १४ औ बर्षमा प्रवेस गरेको छ । बार्षिकोत्सवका अवसरमा पत्रिकाले जिल्लाको साहित्य एबं पत्रकारिता लगायत बिभिन्न क्षेत्रमा योगदान पुर्याउने स्रस्टा, पत्रकार, स्तम्भकार,कर्मचारी र बिज्ञापन दातालाई सम्मान समेत गरेको छ ।

जिल्लाको साहित्य एबं शैक्षिक क्षेत्रमा योददान पुर्याएको भन्दै पुर्व शिक्षा मन्त्री एबं साहित्यकार दिननाथ शर्मालाई सम्मान गरेको छ । शर्मालाई पत्रकार महासघंका केन्द्रिय अध्यक्ष डा. महेन्द्र बिष्ट, युनिक संचार सहकारी संस्थाका अध्यक्ष कृष्णमायां अधिकारी र पत्रिकाका सम्पादक हरीनारायण गौतमले सम्मान पत्र सहित दोशल्ला ओडाएर सम्मान गरेका थिए ।

त्यसैगरी पत्रिकाका नियमित स्तम्भकार भरत बागलुङ्गे, समाचार सहयोगी, बालकृष्ण सुबेदी, पत्रिकाका उत्कृष्ट कर्मचारी सुर्य पौडेल र बिज्ञापनदाता नरहरी आचार्य लगायतलाई नगद सहित प्रशंसा पत्रद्धारा सम्मान गरिएको थियो ।

सो अवसरमा राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक एकराज पाठकको ढोरपाटनलाई पत्र बिषयक एक पुस्तक समेत बिमोचन गरिएको थियो । कृतिको बिमोचन महासघंका अध्यक्ष महेन्द्र बिष्टले गरेका थिए ।

सो अवरमा बोल्दै महासघंका केन्द्रिय अध्यक्ष बिष्टले सामाजिक न्याय सहितको पत्रकारिता गर्नुपर्नेमा जोड दिए । समाजमा हुने हरेक गतिबिधीमा पत्रकारले वाच डगको भुमिका निर्वाह गर्नुपर्ने भन्दै डा. बिष्टले श्रमजिवी पत्रकार ऐनलाई तत्काल लागु गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा बोल्दै पुर्वशिक्षा मन्त्री एबं सम्मानित ब्याक्तित्व दिननााथ शर्माले संबिधानलाई कार्यान्वयनको दिशामा लैजानका लागि सबैले सकरात्मक भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले राजनिति प्रतिशोध नभै प्रतिस्पर्धा भएको भन्दै निषेधको राजनितिले समस्याको समाधान गर्न नसक्ने दाबी गरे ।
त्यसैगरी नेकपा एमालेका केन्द्रिय प्रचार बिभाग प्रमुख बिष्णु रिजालले संबिधानको कार्यान्वयन र मुलुकमा उत्पन्न राजनितिक समस्या समाधानका लागि सरकार जिम्मेवार बन्नुपर्ने बताए । उनले केपी ओली नेतृत्वको सरकाले भन्दै अझै राम्रो काम गरेर देखाउन चुनौती समेत दिए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, राष्टिय समाचार समितिका कार्यकारी सम्पादक एकराज पाठक, प्राज्ञ प्रेम छोटा, अधिवक्ता राम शर्मा,पत्रकार महासघं बागलुङ्ग शाखाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, लगायतले बोलेका थिए ।

कार्यक्रम युनिक सहकारी संस्था बागलुङ्गका अध्यक्ष कृष्णमैया अधिकारीको अध्यक्षता, पत्रिकाका कार्यकारी सम्पादक रामकृष्ण बोहोराको स्वागत मन्तब्य र पत्रकार दिल शिरिषको संचालनमा सम्पन्न भएको थियो ।

मृगौला फेल भएपछि सहयोगको याचना !

kidny-1कोपिला कंडेल, बागलुङ २०७३ भदौ १ । भकुण्डे गाबिसका मृगौला पीडित भद्र बहादुर थापाको परिवारले सहयोगको लागि अपिल गरेका छन् । दुबै मृलौला फेल भएपछि पोखराको मणिपाल अस्पतालमा उपचाररत थापाका आफन्त एबं परिवारले मृगौला प्रत्यारोपण उपचार खर्च जुटाउनका लागि सहयोगको याचना गरेका हुन् ।

बिरामी हुनुपुर्व भारतको एक होटलमा कुक काम गर्दै आएका थापाको हाल सम्म पाच लाख रुपया खर्च भैसकेको र अब बाकी ६ लाखको आवश्यकता परेको मृगौला पीडित थापाकी श्रीमती दिल कुमारी थापाले जानकारी दिईन् । भारतमा कुक काम गर्दै आउनु भएको थियो, बिरामी भएर एक्कासी घर फर्केपछि उपचारका क्रममा मृगौला फेल भएको जानकारी भयो, उनले भनिन् ।

काठमाडौको टिचिङ अस्पतालमा उपचार गर्दै आएका थापालाई पछिल्लो समय टिचिङ अस्पतालले पोखरा मणिपाल अस्पतालमा रिफर गरेको थियो ।

४६ बर्षिया थापाको उपचार खर्च जुटाउनका लागि स्वास्थ्यकर्मी उदित कुमार थापाको संयोजकत्वमा उपचार सहयोग समिति समेत गठन गरिएको छ । उनंको उपचारार्थ सहयोग गर्न चाहनेका लागि एभ्रेष्ट बैकंको खाता नम्वर ०२२००५१२०२७६६ मा सम्पर्क गर्न
सकिने पीडितका आफन्त याम बहादुर थापाले जानकारी दिए ।

सहयोग समितिका संयोजक थापाका अनुसार निशुल्क उपचार सेवाका लागि प्रयत्न गर्ने,सहयोग रसिद मार्फत सहयोग जुटाउने र बिभिन्न सघंसंस्था संथ आर्थिक सहयोग माग्ने लगायतको योजना बनाईएको छ ।

बाढीपहिरो पीडितका लागि तत्काल राहत र क्षतीपुर्तिको व्यवस्था गर्न माग !

कोपिला कंडेल, बागलुङ २०७३ साउन १६ । बागलुङ क्षेत्र नम्वर २ का सांसद प्रकाश शर्मा पौडेलले बर्षा र बाढी पहिरोका कारण क्षेती पुगेका घर परिवारलाई तत्काल राहत र क्षेतीपुर्तिकोको व्यवस्था गर्न माग गरेका छन् । व्यवस्थापिका संसद अन्र्तगत बिकास समितिको आजको बैठकमा बोल्दै उनले पश्चिम बागलुङको अधिकारीचौर , बोङ्गादोभान– भीमगिठेमा बूर्तिवाङ, दर्लिङ्गमा– रायडाँडा –कुश्मिशेरा– ग्वालीचौर राजकुत रांखानी धुल्लुबास्कोट, मालिका, बानपा लगायतका बाढी पहिरो पीडितलाई तत्काल राहत र क्षेतिपुर्तिको व्यवस्थ ागर्न सरकार संग आग्रह गरेका हुन् ।

व्यवस्थापिका संसद अन्र्तगतको बिकास समिति सदस्य समेत रहेका सांसद पौडेलले बाढी र बर्षाका कारण मृत्यु भएका परिवार प्रति समबेदना प्रकट गर्दै पीडित एबं बिस्थापित परिवारलाई राहत र उद्धारको व्यवस्था गर्न माग गरे । उनले बाढी पहिरोका कारण अबरुद्ध सडक खण्ड खुलाउनका लागि समेत आफ्नो तर्फबाट पहल भैरहेको जानकारी दिँदै मृतक परिवारका लागि ४० हजार र बिस्थापितका लागि १० हजार मात्र सरकारले राहत रकमको व्यवस्था गरेको भन्दै यो रकमलाई अझै बढाउन सरकार संग माग गरेको जानकारी सांसद बिकास समितले दिएको छ ।